Friday, January 20, 2012

२००५ जनवरी १६ – श्री राज्जी श्यामा महारानी आसन - श्री देवचन्द्र महाराज तथा प्राणनाथ जमुनाको तिर (०२९ र ०३०)

प्राणनाथ : एउटा माध्यम खडा भएको हुनाले सरसर्ती आउने जाने हामीलाई यसरी परमधामको नाता लाई दिएको हुनाले घच्घचाउँनु, ब्युँझाउनु पर्ने हो भनेर मात्रै हामी आएका हौं ।

समयः प्रात ०४ बजे
स्थानः पूजा कोठा , पिङ्गलास्थान, काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह, रामकृष्ण, बिहारीदास, संझना, कनकबाई
प्र्रवचनः श्री राज्जी श्यामा महारानी, श्री देवचन्द्र महाराज, प्राणनाथ, प्रभु , फूल, आदृष्य 


उनै श्री राज्जी श्यामश्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।

०३०
श्री राज्जी श्यामा महारानी : स्वरुप, आनन्दको नाम, श्री निजनाम,
प्रभु सरण आउँछ र प्रभुलाई पाउँने ?
सबै भन्छन् भक्तिले सधैं म धाउँने ?
कति गर्छाै भक्तिहरु, कति गर्छौ मलाई
भन्ने कोही छैन यहाँ देखिन्दैन कसैलाई
परमधामको नाम जप्न, आनन्दको नाम
प्रभुलाई बिन्ति गर्नु, गर्छन प्रणाम २
प्रणाम गर्दै अखण्डको नाम जप्नलाई
छैन कि भुलेको परमपदमा आई ३
परमधाम, श्री राजश्याम
अखण्ड नाम, दिए निजनाम२
जप्दै जाने निजनामको सहारा
आउँदै जाने अखण्डको नाम
प्रभुलाई बिन्ति गर्नु केही छैन काम २
सुनेर आउँने परमधामको बचन२
परमधामको बचन२ अमृतरुप पिउँने २

दर्शन भक्ति यसै भन्ने किन भन्छन् यसरी२
परमधाम पाउँनलाई आत्मा रुन्छ जसरी, भक्ति आत्मा रुन्छ जसरी
यही आत्मा भो क्रोधि, त्यही आत्मा भो क्रोधि भो
सुन्नु छैन, जान्नु छैन, भन्न सजिलो भो२
कोही कोही नआउँने होईन
जान खोज्ने धेरै भए नपुगेको किन ?२
सबै गर्छन तडक भडक हामी परमधाममा जाने२
किन होला ? कता होला ? नपुगी थाक्ने २
पुग्नै पर्छ , जाउँ है अब, (कुन चाहिं होला बोलाउँने ?२)
प्रभुको नाम सुनाउँने २


अखण्ड दीप यसरी जुन बोलाउँने पनि कोही छैन । आपैंm जान सक्ने पनि क्षमता बढेन भने दर्दनाक, भार सिवाय अरु यहाँ देख्न पाईन्दैन । तर उसैलाई होला जे जस्तो भए पनि उसैलाई हुन्छ । हामीले भोग्नु परेको छैन भन्ने कति सजिलो छ । जप, तप, आनन्द, ध्यान, ज्ञान स्वरुप श्री प्रणाम । प्रणाम गर्न सबैलाई सजिलोको बिषय बस्तु बनेको छ । प्रणाम भन्न सजिलो पनि छैन , तर सबैभन्दा सजिलो त्यही भई रहेको छ ।

देवचन्द्र  :शुभ आषिश २ आएँ म संसारमा शुभ आषिश
संसारको आसन लिनलाई आई पुगे
परमधाम बाटै मैले शिक्षा लिएँ २
आखु, आखु, आखु, आखु, नाम छैन आखु, नाम छैन आखु,
बोलाई दिनु होस । २
यही शुभ घडीमा आसन मेरो ग्रहन
आएँ म संसारमा आसन लिनलार्इ भक्ति

कोही कोही मेरो होईनन आसन लिनलाई, आएँ आसन लिन लाई
संसारको आसन मेरो संसरा कै आसन
शुभ दर्शन सबलाई दिनलाई २
शुभ बचन सबलाई, सुन्न सक्ने सबलाई२
आशिष बचन दिन्दछु २
परमधामको महिमा गरेर लिन सक्ने को छ र ? २
भार सबलाई भरी दिएर २
जोर बत्ति बलि दिएछन२ मलाई यी दुई जोर बत्तिले मलाई बोलाउँदै छन ।
आएँ म संसारमा मलाई बोलाए छन् । २
जोर बत्ति मलाई सजाए छन, २ यही बत्तिको प्रभावले मलाई बोलाएछन २
छैन कही अघि पछि म लागि हिंड्ने
छैन कतै अघि पछि लागि हेर म हिंड्ने
आएँ प्रदर्शन गर्न, सबैलाई सुनाउँने २
परमधामको बचन सुन्न कति हतार छ ?
कसलाई हतार छ ?
परमधामको बचन सुन्न कता कता अल्झिन्छ ४


प्रभु, आनन्द , दीब्य महिमा, ज्ञान स्वरुप, यसरी जुन प्रभुको बचन सुन्दा सुन्दै सबैलाई तितो पिरो अमिलो अनुभव भएता पनि यी बचनहरु जति सुन्यो, त्यति नै पिरो अमिलो भएर जाँदछन् । यहाँ कसैलाई मोहनी लगाएर मन मोहक पारेर बाँधि राख्ने मन पनि छैन । पिरो, अमिलो पारी दिने सिवाय अरु केही पनि आउँने बचनहरु देखिन्दैन  ।

प्राणनाथ :  हे दाजु तिमीलाई के को प्रदर्शन भयो नि !२
दाजु तिमी किन यहाँ अलमलमा पर्यौ नि २
सोध्न आएँ म पनि ४
आज मेरो पालो छ कि ? छ कि मेरो पालो ?
प्रभुसंग बचन दिन मेरो हुन्छ पालो२
प्रभु कहाँ छन् ? देख्दिन २ ,
प्रभु संगै मैले बचन पुरा गर्नु छ २
आउ आउ बचन मलाई सुनाउ
देव दाजु तिमी लाई के के प्रदर्शन भयो नि ?२
केही होईन मलाई दर्शन देउ नि २ अब दर्शन देउ नि प्रभु५
आएँ म दाजुलाई कति भार भएको ?
यही भारमा म आई प्रश्न मैले गरेको
दाजु कहाँ छौ बोलन, ३ बोलन बोलन ।

यसरी म जुन दाजुलाई प्रश्न गरें । हे दाजु कहाँ हुनु हुन्छ ? प्रश्नको उत्तर पनि मलाई दिनु पर्दछ । र आज तपाईले मात्रै होईन द्वादश गर्ने मेरो पनि पालो छ , भनेर मैले यसरी आग्रह गरेको । मेरा दाजु को हुन ? मेरा दाजु को हुन भने देवचन्द्र महाराज हुनु हुन्छ । उहाँ तीन दिन अगाडि देखि खोजी गर्नु भो, लाग्नु भो , यसैले उहाँ दाजु हुनु भयो । र मैले उहाँलाई भनेको नि यही हो, कहाँ छौ दाजु ? पालो मेरो आउँनु पर्दछ । दाजुलाई प्रश्न सोध्ने भन्दा पनि मैले सत्य आत्मा संग भेट्नु छ ।

जञ्जाल, दुख सबैलाई छ,
परमधाम प्रभुले सबलाई हेर्ने छ ।
यो रुखको बयान कसरी दिने छ ?
सुन्नु मैले पर्या छ, २
देव तिमीले खुबै जान्यौ नि , यहाँ देव तिमीले खुबै जान्यौ नि ।देव तिमीलाई के छ? कसले के छ? कसले सुनाउँछ ?
देव तिमी के के गर्छाै ? तिमीलाई कसले घुमाउँछ ? २यही सोधें देव तिमीलाई कसले घुमाउँछ ?
आउ देव बोल्नलाइर्, आउ देव बोल्नलाई
कसले घुमाउँछ तिमीलाई ? देव कसले घुमाउँछ तिमीलाई ?
आउ हामी बचन भारी जाउँ कुटियामा
खेल्नलाई तैयारी भो, जाउँ हामी तैयारी
भुजियाको रास हामीलाई कसले दिन सक्छ र ?
आत्मै बिना बिभोर भो, चिन्न कसले सक्छ र? २मज्जा भो, आज यहाँ मज्जा भो आज
यही रुखको फेदमा बस्ने बाचा भो
जरा समाई चिमोठि दिने देवचन्द्रको अभिलाषा भो

यहाँ अभिलाषा भो, भन्ने यहाँ अभिलाषा भो
भन्ने समाचार जताततै पैmलियो २
परमधामको मञ्च चाहिं हल्लियो, देव मञ्च चाहिं हल्लियो

यसरी देवचन्द्र यस रुखको हाँगाको जरालाई चिमाठि दिन्छु भनेर जुन सोंच गर्नु भएको थियो, त्यो सोचले परमधाम मै एउटा के हो भनुँ भने आश्चार्यजनकको हावा चल्यो । हावा भन्नु नै एउटा के हो ? शव्दहरु गुनगुनाउँछन् जसले पनि ती शव्द बोल्दा कसैले पत्याउँदैनन भने यहाँ हावा हो भन्न सक्दछन । यो हावा भन्ने कुरो के हो त? तर देवचन्द्रले रुखको जरा चिमोठ्छु भन्दा उहाँ मञ्चै हल्लिएको । अब यो हल्लियो किन ? अपत्यारिलो भएर हल्लियो कि ? पक्कै हो भनेर हल्लियो कि ? अब यो हामीले यहाँ बिचार गरौं  । जुन आज म आउँछ भन्ने कुरो यहाँ अगावै हल्ला भई सकेको हुनाले आज म यस श्यामाजीका आसनमा उपस्थित भएको छु । सज्जनबर्ग र परमधाममा हामी पनि उही रहँदा रहँदा संसारको अवलोकन पनि हामी गर्नु पर्ने यो कलियुगको अन्त्यमा औसर पाईएको छ । यो शुभ अवसरलाई हामीले के भनेर मानौं ? के भनेर नमानौं ? अनिश्चित र संसारमा आउनु, छोडी सकेको संसारमा आउनु, यो पनि एउटा माध्यम खडा भएको हुनाले सरसर्ती आउने जाने हामीलाई यसरी परमधामको नाता लाई दिएको हुनाले घच्घचाउँनु, ब्युँझाउनु पर्ने हो भनेर मात्रै हामी आएका हौं । तर जहाँ घच्घचिन्दैनन, जहाँ ब्युँझन्दैनन, तिनीहरुलाई घच्घचाउँनु र  ब्युँझाउनु पनि हुँदैन भन्ने यो हामीलाई लागेको छ ।

तर देवचन्द्र महाराजले यो रुखको फेदको पलङ्ग जब छैन , जब जरैजरा छन् , ती जराहरुलाई चिमोठ्छु भनेर उहाँले अभिलाषा लिनु भएको थियो । र यो रुखको उहाँले किन चिमोठ्नु हुन्छ ? यो उहाँ आपैंmले बाचन गर्नु हुनेछ । म भन्छु आज संसारमा सबैलाई झुट्टो आकर्षणले पिरोलि रहेका छ । प्राणनाथ प्रभु के गर्नु हुन्छ ? प्राणनाथका के हुन कार्यकलाप ? प्राणनाथ के पक्कै मान्छे हुन ? कि प्राणनाथ नाम मात्रै हो ? कि प्राणनाथ को आत्मा छैन ? कि प्राणनाथ देखावटी मात्रै हो ? यस्ता किसिमका यहाँ जालझेलबाट सबैलाई रुम्मलि राखेको , त यसलाई रुम्मलिनको सहर्ष अर्थ के हो ? के हामीलाई थाहा हुन सक्छ ? यो हामीलाई थाहा हुन सक्दैन भने हामीले पनि आफुले गरेको कार्य सिद्घिको लागि के पायौं त ? त्यसमा पनि हामीलाई अर्थ आउँदैन । अर्थ भन्नु नै जान्नु हो । जान्नु नै त्यसलाई पैmलाउनु हो । तर पहिला अर्थै नजाने पछि पैmलाउन सकिन्दैन ।

म गएँ जमुनाको तिरमा २
जमुनाको तिर, कहाँ छ यसको शिर ?
खोज्नलाई जान तैयारी म २
परमधामको प्रभुमा बिन्ति चढाउँछु २
जमुनाको शिरमा पुगि आत्मा जगाउँछु म २

यसरी जमुनाको तिरमा गई रहेछु म । जमुना एउटा सानो नदी हुन । जमुना भनेको एउटा नाम राखिएको हो र यसको तिरमा म यसरी हिंडि रहेको थिएँ ।

जाउँ है सबै मिलि सखिलाई बोलाउँन
सखिहरु कता छन् यी डोला झुलाउँन
सखिलाई कसले  गर्छ ? कसले चिन्छ होला ?
को हुन सखि ? मलाई बोलाउन चाँडै गर्नु होला ।२

जमुनो तिरमा म यसरी हिंडि रहेको थिएँ र जमुनाको तिरमा

छोडी गए मलाई २ सब सब सखिले
छोडी दिए मलाई सब सब सखिले
जमुनाको तिर लाग्दैछु, म जमुनाको तिर लाग्दैछु
भयो हामीलाई यसरी, बराबरी कसरी ?
देवचन्द्र गुफा मै जाँदै छन् २,
म चाहि भने जमुनाको तिरमा लाग्दै छु
हे जमुना नदी कहाँ तिम्रो शिर ?
मलाई यही धोको छ तिम्रै शिर भेट्नलाई ।
आत्मा त्यही जगाउँने मेरो अभिलाषा भोजमुना नदीले देखाउ मलाई तिम्रो शिर २

यसरी म जमुनाको तिरमा लागि रहेको थिएँ । जमुनाको शिर कहाँ छ ? म जमुनाको शिरमा पुगेर मात्रै मेरो आत्मालाई म चिन्न सक्दछु । आत्माको ढोका खोलिन्छ । यसरी जमुना नदी एङ्गल आकार बगि रहेकी छिन । र जमुनाको त्यो नदीमा मेरो बूढी अंगुठा खुट्टा राखेर मैले भने,

जमुना तिमी कति छौ निष्ठुरी
तिम्रो के छ बिषादी ? २
कोही पनि तिमीलाई सेचन गर्न मान्दैनन २
मेरै बूढी औंलाको शिर मै आउँनु है २
भन्छु, बिन्ति यही लगाउँछु
जमुनाको नदीमा जमुनाले के गर्छिन ?
मलाई केही थाहा छैन २
जमुना नदीले मेरो खुट्टा औंलामा राखि दिईन फूल चम्पा २
यही न फूल चम्पा २ लिएर द्वादश गर्न जानु कि ? २
देव कता छन होला ? २ जमुनाको तिरमा आई के के बताउँछन होला ? २
सत्य बचन खुलाउँछन कि ? २ के के बताउँछन होला ?३

जमुनाको तिरमा म यसरी हिंडि रहेको बेला जमुना नदी देखेर मैले आफ्नो खुट्टा जब जसरी आफ्नो खुट्टाको बूढी औंला पानीमा डुबाएको थिएँ । त्यस बखत त्यहाँ मलाई एउटा पानीको चम्पा फूल मेरो खुुट्टामा टत्र्mयाईयो । यो चम्पा फूल किन टत्र्mयाईयो मलाई ? अब यसमा बिषयगतहरु आउँदछन् । मैले यस फूललाई सजिलै संग मैले आफ्नो शिरमा राखें । मैले आफ्नो शिरमा राखेर जमुनाको तिरमा हिंडि रहेको छु ।

जाँदैछु, जाँदैछु जमुनाको तिरमा २
पाएँ मैले जमुनाको तिर
राखें मैले भूई चम्पा फूल शिरमा २

हे प्रभु मलाई यसरी दर्शन दिनु भएको थियो । तर आज मैले यहाँ यो दर्शन , यो चम्पा फूल पाउनु मैले दर्शन पाउनु हो । दर्शन पाएको मलाई स्वागत योग्य , मलाई सौभाग्य, यसरी प्राप्त भएको छ । यो फूल यसरी मैले आफ्नो शिरमा झिल झकाउ गरेर पहिरिएर हिंडेको छु । मलाई खुशी लाग्दछ ।

प्रभु तिमी के गर्छौ र यहाँ आउन मान्दैनौ जहाँ तहाँ
आउनु अव म आई रहें प्राण हुँ म यहाँ
आउँछु हजुरलाई चिनाउन ।


आदृष्य :  “हे प्राणनाथ, तिमी यसरी जुन देवचन्द्र महाराज गुफाभित्र कहिले सिंहासनमा , कहिले आफ्नो तालमा, कहिले रुखको फेदमा यस्तै यस्तै किसिमले उहाँले आफ्नो कथा ब्यथाहरु गर्दै हुनु हुन्छ । प्राणनाथ तिमीले यो जमुनाको तिरमा आउँदा फेरी तिमी यसो गर्दछौ । तिमी दुई जनाको यो आकांक्षाहरु के हुन ? मैले सुन्न पाएको भए  यी आकांक्षाहरु यत्ति दुखदायी हुने थिएनन होला । सजिलै संग प्रकट हुने थियो होला । यसमा हामी दुईमत नभई तिमीहरुलाई सोध्न तैयारी छौं हामी ।” यी शव्द आई पुगेको हुनाले । र मैले भने,

प्राणनाथ : “निगाह होस ।”

आदृष्य :   खोजी रह्यौं , के के खोजी रह्यौं
                प्राणनाथलाई के के चाहियो ? २

प्राणनाथ :  होईन हजुर २, धन सम्पत्ति चाहिएन
                  मेरो मेरो गर्नलाई धेरै पनि चाहिएन २
                 आफ्ना धेरै होईन , ठीक्क, थोरै पनि होईन ।

मैले भने,  “प्रभु धेरै सम्पत्ति जोरजाम गरेर तुजुक देखाउँ भनेर होईन । म त एउटा खाली सिवाय दुखको भार बिसाउँन आएको हुँ ।

यो जमुनाको तिरमा मैले के पाउँदछु ?
जमुनाको तिर छोडी जानु छ कि मैले
यो जमुनामा देख्दिन केही पनि अहिले
प्रभु श्याम श्यामाजी , किन खाली भयो यहाँ ?
मलाई दिनु हवस ज्ञान भरेर यहाँ २ ।
यस जमुनामा मैले हेर्दा हेर्दै जमुनाको शिर मैले खोज्दा खोज्दै ।
जाँदै छु म जमुनाको शिर,
छोड्दैछु मैले जमुनाको तिर

तिर र शिर म यसरी आफ्नो जमुनाको शिर खोजेर तपस्या त्यहाँ झल्काउँन म माँगी रहेछु । देवचन्द्र जुन त्यस रुखको जरा चिमोठ्ने भनेर धारना गरेर त्यहाँ ब्यथालाई बिराम दिनु भएको छ । यसरी आफ्नो लालच बालचहरुलाई आशा देखाउनु भन्दा उनीहरुलाई छिट्टो से छिट्टो परीणाम दिनु राम्रो हँुदछ । त्यस्तै मैले राज्जी संग कति बिन्ति गर्दा पनि राज्जीले सुन्नु भएन । तै पनि मैले आग्रह गरेर यस आग्रहमा बिन्ति गरें मैले । “हे राज्जी ! म जमुनाको तिरमा बसि रहेको छु र यसको शिरमा गएर हजुरको ज्ञान प्राप्ति गर्ने अभिलाषा लिएर बसेको छु ।” र मलाई जवाफ आयो ,

आदृष्य :  “तिमीले यसरी कष्टदायी गर्नु पर्दैन । यी शिर पनि भेट्ने छौ । तिमीले आफ्नो आत्मा कल्याणी पनि पाउने छौ ।”

प्राणनाथ :  यो जमुनाको तिरमा एउटा अनौठो यहाँ के के रहेछन् । मैले देखेर मलाई अनौठो लाग्ने हो, अरुलाई अनौठो नलाग्न पनि सक्दछ । देवचन्द्र महाराजले त्यो रुखको जरालाई चिमोठ्छु भनेर आफ्नो आसन बिराम दिनु भएको छ । र उहाँलाई आज मैले त्यो उत्थान गर्न पालो दिएको । मैले जुन जमुनाको तिर बाट पनि यस बिचमा ब्यथाहरु जोडाउँनु पर्ने भएको हुनाले जमुनाको ब्यथा लिएर म आएको छु । जमुना किनार, जमुना नदी ,

जमुना, जमुना शिरै भरी जमुना
कसले दियो भाग खोलेर ?
यसको शिर खोलेर
आउ सब सखि ।

यो जमुनामा यहाँ पनि धेरै राम्रा राम्रा पाईएको छ । यो जमुनाको तिर पनि एउटा आश्चार्य जनक लाग्दछ मलाई ।

यताबाट बगेको जमुना कता गई समाप्ति हुने हो
मलाई सुनाउ यी शव्द २ कसरी पुग्ने हो

शव्दका कुराहरु यसरी सुनाउ भनेर मैले माग गर्दा र प्राणनाथ! मैले भने, “हे प्रभु ! यस जमुनाको के छ रहस्य ? यसको रहस्य मलाई दिनु होस ।”

आदृष्य :  सुन अब हे प्राणनाथ तिमीलाई सुनाउन
               आउँदैछु म यहाँ तिमीलाई सुनाउन ।

प्राणनाथ :  तिमीलाई सुनाउँन आउँदैछु भन्ने एउटा आवाज आयो । मैले पनि चुपचाप संग सुन्नको लागि तैयारी भएँ ।

आदृष्य :  “हे प्राणनाथ तिमी सुन । यो नदी एउटा अपुर्ब नदी हो । यसको शिर तिमी अहिले भेट्न सक्दैनौ । यत्ति साह्रै धेर्रै घपण्ड गर्नु हँुदैन  । तिमी यस नदीमा पौडिन्दै जाउ, छालहरुले तिमीलाई कति उचाल्छ, कत्ति पछार्छ । त्यस छालहरुसंग याद गर, हुन्छ म आउँदछु । “

प्राणनाथ :  मैले भने, “देवचन्द्रले धेरै कथाहरु, ब्यथाहरु लेख्न लागि सके । मलाई भने आजसम्म एउटा बचन दिनु भएको छैन । यस्ता निष्ठुरता बचनहरुले गर्दा मलाई अप्ठ्यारो भई राखेको छ । त्यसैले म यो जमुनाको तिरमा आएको हँु ।”

जमुनाको तिरमा खेलीखेली आएको
ज्ञानको कोशेली पाउन मैले धाएको प्रभु मैले धाएको ।

प्रभुसंग बिन्ति गर्न यसरी मैले धाएको, अब मैले धेरै छ गर्नु पर्ने  । त्यस कारण मैले सबैलाई बिन्ति चढाएको छु । यस जमुनाको तिरमा एउटा ठूलो मन्दिर पाएँ । त्यो मन्दिर रहेछ, सुनसान । यहाँ जहिले पनि ब्यथाहरु आउँछ सुनसान । देवचन्द्र महाराज भन्नु हुन्छ, सुनसान, सुनसान । तर यो , सुनसान पनि होईन । यहाँ नेर यो मन्दिर यस्तो रहेछ कि सबै जनभक्तिहरु आएर जसले पनि यहाँ बस्न सक्छन् । यहाँ जन आवाज उठाउन सक्छन् , भक्त गर्न सक्छन् । 

आदृष्य :  “तिमी के को खोजीमा लागि रहेका छौ ? तिमी एक्लै । अब देवचन्द्र उता गुफाभित्र उ एक्लै ढुनमुनि रहेको छ । प्राणनाथ तिमी यता हिंडि रहेका छौ । तिमीहरु दुई जनाको के छ लक्ष्य ?” भन्ने शव्द आउँदा मैले भने,

प्राणनाथ :  “लक्ष्य भन्ने कुरो सबैको एकै किसिमको हुन  सक्दैन । त्यसैले देवचन्द्रलाई गुफा भित्रको उसलाई रहर लाग्छ भने , मलाई यो जमुनाको तिरको रहर लाग्छ । यसैले आफ्नो आफ्नो बिचारलाई आफुले यसरी नै ब्यक्त गर्ने अभिलाषा लिएको हो ।”
 
आदृष्य : “पक्क्ै हो ?”

प्राणनाथ :  यसरी प्राणनाथ प्रभु भन्नु हुन्छ, “म यहाँ किन आएको छु यो जमुनाको तिरमा ?” यसैले त बुझ्नु पर्दछ,  

आदृष्य :  तिमी आयौ ज्ञान लिन यहाँ , तिमी किन आउँथ्यौ र त्यसै ?
               प्राण प्रभु तिमीलाई ज्ञान दिन आउँनु भयो आत्माको ज्योति त्यसै
               आत्मालाई ज्योति बाली देखाई दिने शक्ति हो
               आउ प्राणनाथ तिमी अब भक्तिको नाम हो
               प्राणनाथलाई अब सबले आरती देउ ।

प्राणनाथ प्रभुले गर्नु हुन्छ हामी लाई अब भन्नु हुन्छ हामी लाई अब ।

प्राणनाथ :  “यस जमुनाको तिरमा म आएको छु । जमुनाको तिरमा मैले के पाएको छु ? जमुनाको तिरमा आउनुको कारण उदेश्य के छ ? जमुना भनेको एउटा नदी नाम राखिएको नदी हो । यसको बिचमा एउटा मन्दिर रहेछ । त्यसको अंशमा त्यहाँ एउटा मैले के पाएँ भन्दा सहजमा मिल्ने ज्ञान पाएँ ।  यस जमुनाको तिरमा मैले जुन अघि देखें, मैले पाएँ भनेको कुराहरु छ, यसको छेउ छेउमा सबै ज्ञानका कुराहरु पैmलिएका रहेछन् । म पनि एक्लो छु, जब देवचन्द्र महाराज आफुले यसरी एक्लोपनमा घुलमिल हुँदै जानु भएको छ, उहाँलाई म दाई भन्दछु । र म पनि यहाँ जमुनाको तिरमा आएको छु , म भाइ भएको छु ।”

जमुना :  जमुना भन्नु नै हो २
              यही मेरो ज्ञानको कोशेली तिमीलाई दिनु हो २ भन्छ

प्राणनाथ :  दिने भए म लिन्छु प्राणनाथले हात थाप्छु
                 कसले दिन्छ मलाई अमृतको भाग राख्छु२।

मैले यसो भन्दा मलाई फेरी जवाफ आयो ।

आदृष्य :  हे प्राणनाथ तिमीले यस जमुनाको तिरमा
               कति घुम्छौ तिमी कहिले सम्म बस्छौ ?
               कहिले जान्छौ आफ्नो शिरमा ?
               तिमी गर्छौ सव कार्यहरु , अर्काको हो कि पनि भन्ने ठान्दछौ
               होईन त्यसरी प्राणनाथ प्रभुले अर्पण गरी बिन्ति चढाउँने गर२ ।

प्राणनाथ : आज मलाई पनि कता हो कता ? क्या हो क्या ? यो जमुनाको नदीमा आएर मलाई बिचमा एउटा फूल बक्स भएको छ । यो फूलको के हो त अर्थ ? म यो अर्थ दिन जान लागि रहेको छु । यो फूल मलाई दिनु भो , स्वागत योग्य छ । तर मैले कहाँ राख्नु ? यही मलाई सोंच भई रहेको छ । न मैले भूईंमा राख्दा फूल नै हुँदैन कि ? शिर मै राख्नु पर्ने हो कि ? यो मलाई यस्तो अजान शव्दहरुले पिरोली रहेको छ । र मैले यो चम्पा फूललाई मैले यो खोलाको तिरबाट म हिंड्दै जाँदा बिचको एउटा चौकमा पुगें । र मैले त्यही चौकमा त्यो फूललाई त्यहाँ राखेको छु । र यस चौकमा राख्दा मलाई एउटा बचन आयो,

आदृष्य :  “हे प्राणनाथ, तिमी यो किन राख्दछौ ?”

प्राणनाथ : मैले भने, “मैले पाएको उपहार स्वरुप हुन, मैले यहाँ राख्नु पर्दछ । तव मैले ज्ञान पाउँदछु, र प्राणनाथले भन्नु हुन्छ, हे प्रभु ! मैले यसरी पाएका मेरा सुनगाथा , ब्यथाहरु मैले लिई आएको छु  । ल आउ तिमीले बताउ ।

बताउँदै गएँ, सजाउँदै गएँ
प्रभुलाई दर्शन दिन म आएँ २

देवचन्द्रले गर्छन उता गुफामा भएका आफ्ना ब्यथाहरु भने म यहाँ जमुनाको तिरमा आएर ।

जाँदै छु जमुनाको तिरमा , कही छैन यसको शिर
मलाई चाहियो यसको शिर , मलाई चाहियो
जिद्दी गरी रहेछु शिर मैले पाईन
बिन्ती चढाएको छु बाटो मैले देखिन ।

जमुनाको तिरमा मैले पाएका पूलहरु बिचको चौकमा लगेर राखेको छु । र मैले यो बिचको चौकमा राखेर म पनि त्यही चौकमा बस्ने अठोट लिएँ । यो फूल जहिले सम्म ओईलिन्दैन, तहिले सम्म म यो चौकमा बस्दछु । र यो फूल के को हो ? फूल एकदम राम्रो छ , झरझराउँदो छ, ओईलिन्छ जस्तो पनि देखिन्दैन । र भने

फूल तिमी बनेर मेरै उपहार भई दियौ
फूल तिमीले बिचार गरेर के के खोलि दियौ ?
अब के के खोलि दियौ ?
ज्ञानको खोला २ मलाई चाहियो देव मलाई चाहियो ।

देवचन्द्रलाई मैले भने, “हे देवचन्द्र यदी तिमीले थाहा भएको भए देखि यसको खोल छ भने मलाई ल्याई देउ । देवचन्द्र यदी तिमीले थाहा छ भने तिमी एकछिन यहाँ पनि आई देउ , दुई जना बसेर हामी केही गरौं । हामी उस्तै उस्तै छौं । तिमी पनि साना छौ, म पनि सानो छु । तिमी युवक भई सक्यौ, म युवक हुने तरखरमा छु ।” र यस्ता कुराहरुले गर्दा यहाँ देवचन्द्र आउनु भयो । र भन्नु भयो ।

देवचन्द्र :   “ए प्राण ! तिमीले किन बोलाएको मलाई ?”

प्राणनाथ : “हे देव दाइ , तपाईंलाई मैले बोलाउनु नै, हेर्नु होस यो चौकमा, मैले जमुनाको तिरमा पाएको यो पूmल हो । यो फूल मैले यहाँ ल्याएर सजाएको छु , यो चौकमा । मैले सजाउँदा ठीक भयो कि भएन भनेर तपाईंलाई बोलाएको ।”

देवचन्द्र :   देवचन्द्रले भन्नु भयो, “खै कस्तो पूmल पाएछौ तिमीले ?”

प्राणनाथ : मैले भने, “हेरी बक्सियोस अब मैले पाएको फूल यही हो । मैले आफ्नो जिउमा राख्दा हँुदैन कि भनेर यस चौकमा ल्याएर राखेको छु । र यस चौकमा राख्ने बित्तिकै यहाँ एउटा गमलामा फूल झकमक्क भई रहेको छ, यो चम्पा फूल ।” र मैले भने, “हे प्रभु ! अब यहाँ साक्षत प्रभु आउँनु हुन्छ  र भन्नु हुन्छ, ज्ञान दिनु हुन्छ । यो ज्ञानको ढोका खोल्न कै लागि आएका हौं हामी ।  र प्रभुले सुन्नु भयो कि कसो ? यहाँ प्रभु प्रकट हुनु भो । र भने,

प्रभु :  हे “ल प्राणनाथ, तिमीले चाहेको के हो ?”

प्राणनाथ : र मैले भने, “मैले केही पनि चाहिएको छैन । तर पनि चाहिएको छ । मलाई संसारमा आत्मा बिगार्यो यसले भन्ने कुरो कसले गर्छ ? आत्मा कसरी बिग्रिन्छ ?” यो फूललाई मैले सोधे, “फूल तिमी किन आएका हौ ? तिमीले मलाई के पहिचान गर्नु पर्दछ लौ गरी हाल ।”

फूल :   फूलले भन्यो, “तिमीलाई पहिचानको भार भन्दा पनि तिमीलाई सच्चा उधारमा हामीले हेरी रहेका छौं । अब तिमीले के के गर्छौ ? तिमीले गर्न सक्दछौ । हामीले यो गर, यो नगर भन्दैनौ ।”

प्राणनाथ : र मैले मेरो बिचार अनुसार यस चम्पा फूललाई मैले टपक्क लिएँ हातमा र भने, “अव तिमी फूल भएर होईन, फूलको सुबासना भित्र तिमी छरिनु पर्दछ । बासना चल्नु पर्दछ” भन्दा ।

फूल : फूलले जवाफ दियो, “लौ ! मैले बासना नभएको यदी भए यसरी भ्रमरा झुमिन्थ्यौ त ? तिमीहरुले किन यस्तो सोचाईमा गल्ती गर्यौ ?”

प्राणनाथ : र मैले भने “सच्चा भगवानको प्रेम गर्नलाई मैले खोजेको हो । सच्चा भगवानसंग मैले द्वादश गर्न खोजेको हुँ  । सच्चा भगवान कहाँ हुनु हुन्छ ?”

फूल :  “सच्चा भगवान कहाँ हुनु हुन्छ ?  त्यो म कसरी देखाउँ ?”

प्राणनाथ : र यस फूललाई मैले भने, “हे फूल, तिमी कति बढ्दछौ ? तिमी कति चम्किला हुन सक्दछौ ? तिम्रो के पावरहरु पनि छन् ?” 

फूल:  “त्यत्ति मात्रै किन भन्छौ तिमीले हेर प्राणनाथ ! तिमीले पनि एउटा देवचन्द्र महाराजले खोजी गरे जस्तै खोजी गरेको देखिन्छ । त्यसैले तिमीले पनि कुरा सुन ।” आफ्नो फूलले मलाई झकमक्क ज्ञान दिलान जस्तो मलाई लाग्दछ । र देवचन्द्र महाराज पनि आउँनु भो ।

देवचन्द्र :  “हे प्राण ! तिमीले के गर्दै छौ ?”

प्राणनाथ : र मैले भने, “हे देव, मैले यस फूलबाट केही ज्ञान प्राप्ती गर्न चाहेको छु । त्यसैले ज्ञान प्राप्ति हुन्छ भन्ने मलाई आदेश भएको हुनाले मैले यो ज्ञान प्राप्ति खोज्न लागेको हो ।”

देवचन्द्र :  “लौ, तिमीलाई यस फूलबाट ज्ञान आउँछ भने, भन्नु त केही छैन । तै पनि फूलबाट ज्ञान कसरी आउँछ तिमीलाई ? उ एउटा सौन्दर्य बनेर तिमीलाई एउटा स्वागत गर्न आएको हो । ज्ञान त तिमीले खोज्नु पर्छ , तिमीलाई ज्ञान दिन आएको होईन, तिमीलाई ज्ञान खोज भनेर आएको हो ।”

प्राणनाथ : “हे ! अब मैले गर्नु पर्छ के के त ?”

देवचन्द्र :   देवले भन्नु भो, “तिमीले गर्नु पर्ने क्रियाकलापहरु धेरै छैनन । तिमी शुद्घता छौ । मलाई बिश्वास छ । तिमीले मात्रै गर्नु पर्यो, आराधाना !

प्राणनाथ : “यस फूल के को लागि आएको हो ? फूल मैले कहाँ चढाउँने?”

देवचन्द्र : देवले भन्नुले भन्नु भो, “तिमीले आफ्नो फूललाई हेर । तिमी कस्तोमा पाउँदछौ ?”

प्राणनाथ : साँच्चै नै त्यो अघिको चम्पा फूल त अहिले त सुन्दर फूल अर्कै किसिमको फूल भै सकेको छ । फूलको झल्का मैले देखें यहाँ । त्यसैले अब यो फूलमा म केही प्रश्न गर्न हुने नहुने ? किन प्रश्न गर्ने ? नगरुँ भने मैले केही देखि सकेको छु यस फूलभित्र । र मैले एक चोटी झुमेर मैले यस फूलभित्र के देखें ?

त्यो मेरो यो आज मात्रै हो यो जमुनाको केही झल्काहरु भन्न आएको । म बारबार आउँने छैन । मेरा बचनहरु थुप्रै भएता पनि म यहाँ बारबार आउने छुईन । किन ? म आदेश पनि पाएको छुईन र यहाँ आएर यसरी बचन प्रहार गर्ने मेरो पालो पनि आई सकेको छैन । आज अपरझट मेरो पालो दिनु भएको हुनाले म आएर जमुनाको बचन गर्दछु । तर किन ?

अब यो जमुनाको तिरमा खोल न खोल यसको ढोका मलाई कहाँ छ यसको शिर ? यसरी मलाई शिरै मात्र चाहिएको छ । तिर मात्रै देखेर भएन । यो जमुना एकदम बिचबिच भाग तिर पनि आनन्दले बसि रहेको छ । डेक लिएको छैन । सललल आनन्दले बगि रहेको छ । कसैलाई बाटो थुनेको छैन । र यहाँ धेरै जना ग्रन्थीहरु आउँने रहेछन । उनीहरु आउँदै , जाँद,ै यहाँ भजन , गुनगान गाउँने , यस फूललाई उनीहरुले मान्ने, यहाँ यस्तो ठाउँ रहेछ ।

फूल : र जन्माएको फूलले भने, “हे प्राणनाथ तिमीले खोजेको कुरा पाउँने छौ । तिमी यहाँ अचानक आई पुग्यौ । तर तिम्रो बिषयहरु त्यति तगडा पनि केही छैन । तिमी कुन बिषय लिएर यसरी यहाँ आयौ ?”

प्राणनाथ : मैले भने, “मलाई बिषयको केही चासो छैन । म एउटा आत्माको चासो गर्ने मान्छे हँु । बिषयगत भनेको त आफ्नो पेट भराउको लागि गर्नु हो । तर मैले आफ्नो प्रण भनेको त अरुलाई जगाउनु । र यस पूmलको बारेमा जति भने पनि यो फूल भित्र अझ अर्कोे देश रहेछ । यहाँ बाट आवाज आउँदछ ,

सव मिलि आयौं यस फूलमा
सव मिलि बचन गर्यौ यही फूलमा
अखण्डको नाम जप्न हामी आउँदैछौं
परमधाम जानलाई हामीले माला जप्दैछौं ।

यसरी यो फूल भित्रको कुराहरु खोल्न , कसरी खोल्नु पर्दछ । फूलभित्र एउटा सिंहासन प्रभु महिमाको एउटा सिंहासन छ जस्तो मलाई लाग्दछ ।

जाउँ प्रभुलाई सुनाउन अब जाउँ प्रभुलाई सुनाउन
फूल भित्र के के छ, हामी हेरौं न अब
यही फूलको बाचालाई हामी हेरौं न अब ।

फूल भित्र गएर यस द्वार, सानो एउटा द्वार रहेछ, यो फूल पहिले देखि चौकमा राखेर मैले केही पनि यसको भाषा बुझेको थिईन । तर मलाई यहाँ याद आयो फूल भित्र केही छ । एउटा सानो ढोका पनि छ । यो ढोका राम्रो पहिलाएर जाउ भन्ने शव्द मैले पाएको हुनाले मैले यसरी आफ्नो शव्दहरुलाई खोलेको हो ।

आदृष्य :  प्राणनाथ प्रभु हुनु हुँदो रहेछ, साक्षत नै हुनु हुँदो रहेछ । देवचन्द्र भन्दा कही कमजोरी आउँने छैनन कि जस्तो पनि लाग्दछ भन्ने यहाँ धेरै शव्दहरु गुञ्जिन्छन् । देवचन्द्रले धेरै कृतिमान कायम गर्नु भो । प्राणनाथले गर्नु भयो कि भएन यो सबै हामीले जान्दै आउँनु पर्दछ । र

प्राणनाथ : यो फूलको भित्र जव सानो द्वार भेटियो,  यो द्वारबाट जाँदा यहाँ त मलह पो रहेछ, फूल भित्र । र श्री राज्जी श्याम श्यामाजीको मठ मन्दिर पो यहाँ भित्र देखें ।  मलाई त्यस्तै भान आयो, वा हो, वा होईन । होईन भन्न पनि सक्दिन, हो भन्न पनि मलाई गाह्रै छ । यहाँ एकदम यो चम्पा फूल भित्र ठूूलो मन्दिरको यहाँ अडान भई रहेको रहेछ । र मैले भने, हे प्रभु, प्रभु परमात्माको दर्शन यसरी पाईन्छ भने किन नगर्ने दुख, आफूले दुख गर्दा आफूले यस्तो फल पाईन्छ भने किन निदाएर बस्ने ? म कहिल्यै कदाचित्त निदाउने छैन ।”

प्रभुसंग बिन्ति यही फूल भित्रको
फूल किन यहाँ टुक्क टुक्क भई दिन्छ ?
सबलाई भुल गराई दिन्छ ।
किन हो यसको हुलको ।
राज श्याम मन्दिरमा पधारिए छन् । २
जमुनाको तिरमा गई माटो कुल्चे छन्, यहाँ माटो कुल्चे छन्

जमुनाको तिरमा गएर श्री राज्जी श्री श्यामाजीले त त्यहाँ माटो पो टेक्नु भएछ । त्यो माटो अब, मैले के गर्ने त त्यो माटोलाई अब ? तर मैले सोंच्न सकिन । र मैले यो माटो जहाँ बाट ल्याएँ त्यहाँ पुर्याउँनु पर्ने हो त ? एउटा आवश्यकताको बिषय आउँदछ ।  मैले भने, “हे चम्पा पूmलभित्र, श्री ५ महाराजधिराज संसारमा भने जस्त,ै श्री राज्जी श्री श्यामाजीका झलझलाकार अनुहार देख्दछु । र उहाँहरु नै हुनु हुन्छ हामीले खोजेको, हामीले रोजेको, उहाँहरुलाई पाउँदा मलाई अरु केही पनि चाहिंन्दैन । मात्रै मलाई एउटा (आवाज निकाल्दै हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह हुँह )
(यहाँ क्यासेट अपुुग भएकोले बचन काटिएको मा क्षमा याचना )

श्री राज्जी श्यामा महारानी :  प्राणनाथ प्रभुले बचन मात्रै सुन्नु भएको छ । यो कथाहरु बिस्तारमा ल्याउँनु हुनेछ । हतार छैन यहाँ यति बेला भन्छु भनि श्री प्राणनाथ सधैं आउँनु हुन्न । आफ्नै मुहूर्तमा मात्रै आउँछु भनि जानु हुन्छ प्राणनाथ प्रभु (कति अमूल्य छन नि !२) । प्राणनाथ प्रभुले आफ्नो चम्पा फूलमा पाउनु भएको कथा शुरु गर्नु भएको छ । आउनु भएर यसरी बोल्नु भो, यसैमा सहर्ष उहाँहरुलाई स्वागत गर्नु पर्दछ । यसरी कही पनि प्राणनाथ प्रभु र देवचन्द्र प्रभु अहिले कलियुगमा काही बोल्नु भएको छैन । यसरी बोल्न आउँनु भो, यो अहो भाग्य ठान्नु पर्दछ । जहाँ भगवान बोल्न आउँछन् , त्यहाँ एउटा सुन्दर , कोमल , ज्ञानको भकारी बाँधिन आउँदछ । म त्यसै भनेर आजको मेरो आसनलाई पनि यहाँ बिराम दिन लाग्दै श्रद्घाभक्तिमा शुभेक्षा गर्दछु । ,

No comments:

Post a Comment