Sunday, January 15, 2012

२००५ जनवरी ०३ - श्री राज्जीश्याम महाराज आसन -श्री देवचन्द्र महाराज ब्यथा सातौं दिन पछि (०२३)


समयः प्रात ०४ः३० बजे
स्थानः पूजा कोठा, पिङ्गलास्थान, काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र, शाह रामकृष्ण, बिहारीदास
प्र्रवचनः श्री राज्जी श्याम महाराज, श्री देवचन्द्र महाराज, श्री, ईन्द्रनी, प्राणनाथ, सखीहरु, अदृष्य, बत्ति

उनै श्री राज्जी श्याम श्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।
देवचन्द्र : त्यो पनि त आफूले निश्चय गर्नु पर्दछ । हुन त धर्म गरें भनेको छ भगवानले लिनु भयो कि भएन त्यो जानेको छैन । भगवान देखिन्दैनन पक्कै पनि लाग्यो भन्न सकिन्छ । तै पनि हाम्रो ती मन्दिरमा पुग्दा त्यहाँ भगवान छ कि छैन त्यो आफूले सोच्न सकिन्दैन । आफूलाई भगवान हुनु हुन्छ भन्ने यहाँनेर हुनु हुन्न भन्ने बिश्वास हुन सक्दैन । यो किन हुन्छ यो पनि त आफैंलाई चिन्न सकिन्दैन । त्यसैले म जसरी आफ्नो दुखमा लरबराउँदैै दुखका भारी बिसाउँदै दुखसंग म बाहन खेलाउँदै खेलाउँदै खेलाउँदै कहाँ सम्म पुगि सकेको यस्ता ब्यथाहरुले सबैलाई पिरोली रहन कहाँ सक्छ र संसारमा आउनु भनेको एउटा आफ्नो पिडा बोकेर आउनु हो । संसारमा आउँदा कसैलाई सुखको सहज फेर्न आउनु होईन एउटा दुखको पिडा भारी बोकेर आउने हो ।
जसरी जन्मँदा नाङ्गै जन्मिएको हुन्छ भने आफूले मर्दा पनि नाङ्गै जानु पर्ने स्थिति छ । त्यसलाई हामीले सदैव बिचार गरेर मात्रै हामीले खेला गरौं । यो खेलामा हामी भुल्दैमा हाम्रो आत्मालाई भर पारेर आत्मा रुवाएर फेरी पाएको मनुष्य चोलालाई बिगारेर (थोरै बचन काटिएको रहेछ) । हामी परमधामको सदस्य बनेर परमधाम सम्म हामी श्री प्रभु राज्जी संग श्यामाजी संग हामी यहाँ बस्न सक्ने छौं । यो हामीले बिचार गर्नु पर्दछ ।

राज श्याम आनन्द धामधनी ज्ञान स्वरुप महिमा परमधामको यो शुभबचन शुभ आरम्भ शुभ प्रभात संसारमा । संसारमा रात हुन्छ संसारमा दिन हुन्छ उज्यालो हुन्छ रात हुन्छ । परमधाममा यस्ता किसिमको केही अनुभव हुन सक्दैन । यहाँ न त रात पर्छ न त यहाँ कुहिरोले नै ढाकेको हुन्छ । यहाँ सधैं उज्यालोको देश यो उज्यालो यहाँ उज्यालो देशमा जानको लागि हामीले के गर्नु पर्छ ? अब हामी के गरौं कसो गरौं हुन त स्वर्गबास भन्दछन् । स्वर्ग संसार हो । यही संसारमा बास भई रहने कस्तो अभिलाषा हो जन शक्तिमा स्वर्गबास भनेको स्वर्ग संसार हो संसार मै बास भई रहने यस कारणले गर्दा कति त्यो आत्माहरु रोई रहेका छन् । आत्माले सन्तुष्ट मिष्ठान्न खाएर उ तृप्त हुन उसले खोजी गरी रहेको हुन्छ । उसलाई चुलबुल भई रहेको हुन्छ । तर त्यही आत्माले बताउँदैन कि म चुलबुल गरी रहेको छु । यस्तो पनि यहाँ बिडम्बना छ । त्यो कसैले पनि यसका अर्थ खोलेका छैनन् । सर्बप्रथम जाने कै छैन त्यस पछि कहाँ अर्थ खुलाउन सक्छन् । अर्थ बिहीन मै यहाँ समाप्ति हुन सधैं जाँदै छ । कलियुगको अन्त्यमा सबैलाई दुख आई पर्ने छ । सुखको आशा गर्दा गर्दै दुखको भूमरीमा पर्नु पर्दछ । अझै पनि संसारमा कति के के हुने हुन । यो कलियुगको अन्त्य सकिनु परेको छ । एकै चोटी सक्नुभन्दा क्षण क्षण गरेर सक्नु यो भगवानहरुको आदेश छ । त्यस्तै भई रहन्छ भई रहेको छ ।

(थोरै बचन काटिएको रहेछ) आक्रमण गरेका थिए । र िसंहासनमा आक्रमण हुँदा मलाई धेरै नै गाह्रो भो । मलाई यसमा सहन सक्ने शक्ति प्रदान हुन सकेन जस्तो मलाई भान भयो । मलाई खुब ज्वालाले पोली रहेको महसुस भई रहेको थियो । मलाई आँखाको ज्योतिमा आउने ज्योतिले पनि खुबै पोलि रह्यो आँखालाई । मेरा शिरमा पनि यस्तै ईन्द्रिेनी ज्योतिले छुँदा मलाई पोलि रहेको आजै पनि मलाई पोलि रहेको छ जस्तो मलाई लाग्दछ । तर यसरी मलाई किन पोल्यो मैले यो सोच्न सकेको छुईन । हो म हिजोसम्म सानै पो थिएँ । आज त्यो ज्योति छोए पछि म तरुण अवस्थामा आई सकेको मलाई भान भएको छ । म धेरै ठूलो भई सकेको रहेछु । ज्योतिले मलाई पोलि रहेको महसुस मलाई भई रहेको छैन यी ज्योतिहरुले किन पोले ईन्द्रेनीले मलाई के भन्छ

ईन्द्रेनी: जाउ तिमी देवले के के गर्ने छौ २
तिम्रै शिरमा बसि दिन ज्योति आँए म २
देव तिमीलाई महा पुरुष बनाउँन आएँ म २
दुईटा ज्याति आँखामा आयौं २ तिम्रो आँखा ज्योति देखाउँने छौं
सत कर्म सत धर्म अब तिमीले गर्ने छौ २
बाबु आमा छोडी आयौ तिमीलाई देख्ने छन् २
बाबु आमा छोडी आउँने देवचन्द्र तिमीलाई २
यहाँ मिल्यो आज स्वागत यहाँ मिल्यो तिमीलाई स्वागत
देव तिमीलाई स्वागत चन्द्र तिमीलाई स्वागत छ २
कसले पाउँछ यस्तो स्वागत अब कसले पाउँछ यस्तो स्वागत

देवचन्द्र : अब आए यहाँ एउटा बालक । मेरो अगाडि फेरी आएर

प्राणनाथ: हे ! देवचन्द्र तिमीले ज्योति निल्ने छौ । तिमीलाई तालु पनि एउटा ईन्द्रनी ज्योति आएर बसेछ । तिम्रो आँखामा पनि उज्यालो उज्यालो ज्यातिहरु तिम्रो आँखामा बसेछन् । देवचन्द्र तिमीलाई यहाँ प्राप्त गर्यौ के गर्यौ तिमीले तिमीलाई मैले के भनौ अब । तै पनि तिमी मॆरा दाजु हौ । म दाजु भन्न सक्छु । तिमी हिजोसम्म मैले दुई ठाउँमा भेट्दा सानै थियौ । तै पनि तिमी तीन दिनको दाजु थियौ । आज धेरै दिनको दाजु भए जस्तो लाग्दछ मलाई । दाजु तपाईंले कसरी यो िसंहासन प्राप्त गर्नु भयो मलाई त बोलाउनु भएन । तपाईंलाई जब कि बूढी मान्छेले तपाईं सुति रहनु हुँदा खेरी सिरानीमा मालिस गरेर निद्रा दिनु भएको थियो । तपाईलाई छोडेर फेरी मलाई लिन पठाउँनु भएको थियो । हबस साथमा उभिरहनु भएको बुढी आमाले मलाई पठाउनु भएको थियो तपाईलाई लिन । मैले लिएर त्यहाँ पुर्याएको थिएँ । खै! तपाईले बिस्रनु भयो तपाई त यहाँ आउँनु भएछ ।
देवचन्द्र : हो म यहाँ आई पुगि सकें । बाटो लाग्दा लाग्दै बटुवारे बन्दा बन्दै बिच बिचमा मैले कति घोर घनघोर दुखहरु सहेर मैले यहाँ सम्म आई सकेको छु । तिमी को हौ ?

प्राणनाथ: म पनि एउटा अकाचन तपाई जस्तै हो । मेरा पनि बाबु आमा छैनन् । तै पनि म एउटा आश्रय लिएर बसेको छु । तपाई जस्तो भुमरी खेलेर िहंड्न सकिन । म म एउटा आश्रयमा बसि रहेको छु । तै पनि म पनि मेरो निश्चय छ यसै गरी बाटो खोजेर िहंड्ने म पनि कुनै दिन मेरो शुभ दिन आउला र म िहंड्ने छु भन्ने मेरो पनि प्रार्थना छ ।

देवचन्द्र : तिमी कहाँ जान्छौ ?

प्राणनाथ: म कहाँ जान्छु मेरो निश्चय छैन । मलाई थाहा छ बिच बिचमा मलाई यहाँ आउँदछ परम प्रभु हुनु हुन्छ । परमधाममा सुबासना छरिएर कहिल्यै पनि उहाँको हृदयमा घात नहुने भगवान हुनु हुन्छ भन्ने मैले सुनेको छु । मैले मेरो आत्मामा झल्किएको पाएको छु । तर मेरो यो खोजी गर्ने साईत जुरेको छैन । तपाई आज यो िसंहासनमा हुनु हुन्छ । तपाई िसंहासन कसले दियो होला दाजु ।

देवचन्द्र : मैले भने ँबाबु ! भाई तिमी रहेछौ । तर मेरो आमा बाबुको काथमा रहँदा मेरो दाजु पनि थिएनन् । भाइ पनि थिएनन् । तर दाजु भन्ने तिमी आएका छौ । म यत्ति जान्दछु कि यो कसले दियो कसले दिएनन् म भन्न सक्दिन । म जसरी अगाडि बाटो लाग्दै आएँ त्यसरी नै मैले प्राप्ति गर्दै आएको छु । यो प्राप्तिहरु म यसले दियो भनेर उसको नाम लिन सक्दिन । आज म यस दिनमा मेरो आँखामा दुई वटा ज्योति आएका छन् तालुमा पनि मेरो ईन्द्रॆनी ज्योति बसि रहेको छ । मलाई यस ज्योतिहरुले भरभर पोलि रहेको महसुस भई राखेको छ । के तिमीलाई त्यस्तो हुन सक्छ ।

प्राणनाथ: होईन दाइ तपाईंले पाउनु भयो यो यसलाई महिमा गरेर म सक्दिन । ल हेर्नुस पछि लाग्नु सिवाय अरु केही हुन्न । जो भागमा थियो त्यो पाउनु भयो । मेरा भाग मै थिएनन् होला । मैले यसरी बाटो लाग्न पनि सकेको छैन । एउटा आश्रयमा बसेको छु । मैले पनि कुनै सुख सयलको आशा गरेको छुईन । म आत्माको सुखको आशा गरेको छु ।

देवचन्द्र : फर्की गए बालक दाजु भनेर । मलाई दाजु भनेर । २
कता जान्छन् यी बालक अब कता जान्छन् २
दाजु भन्छन् के मलाई २ के को साईनो लगाए
म कसको दाजु हो मलाई केही छैन २
संसारमा खोजी गरी आज शुभ प्राप्ति गर्दै छु २
आँखामा ज्योति आए ज्योति बढाउनलाई२
तालुमा ईन्द्रेनीले मलाई ज्ञान खुलाउन २
यसै गरी मलाई भतभत पोली रहेको हो
ज्ञानले पोलेको हो मलाई ज्ञानले पोलेको हो

भक्तिहरु मलाई यसरी ज्ञानले पोलि रहेको छ भकभकी मलाई । यस ज्योतिहरुले आँखामा ज्योति बढाई दियो तालुमा ज्ञानको भकारी खुलाई दिन लागेको छ यो म सहर्ष स्वीकार्दछु । र यहाँ पाच कन्याहरुले मलाई फेरी पनि स्वागत गरी रहेका छन् स्वागत गरी रहे र दीप बालेर शुभ साईत गरेका छन् ।
सुधन्य सुधन्य सुधन्य सुधन्य सुधन्य
पाच वटी कन्यालाई
कहाँ बात आयौ
तिमीलाई कसले पठायो
म त केही होईन किन मलाई दीप बालेर चढायौ
यस्तो मलाई बिभोर भो२ मेरा आँखा दुईटैले देख्न सक्ने भो २ ।

पाच वटी कन्यालाई कहाँबाट आएको भन्दा मलाई परमधामबाट पठाउँनु भएको रहेछ पाँच वटा सखिहरु । परमधामबाट आएर मलाई यसरी स्वागत दीप बालेर मलाई अर्पण गर्ने फूल चढाउने मलाई परमधामको स्वागत भएको प्रष्ट थाहा भयो । यसमा खुशीको बिभोर मानेर मैले भने पाचवटी कन्याहरुलाई
तिमीहरुलाई परमधामबाट पठाउनु भयो प्रभुले यसरी म जाबो एउटा यहाँ बाबु आमा छोडेर िहंड्ने एउटा निरङ्गकुस भावना भएकोलाई त्यसरी स्वागत गर्ने म त बाबु आमालाई मलाई कस्तो मायाँ गर्ने म जावो पाँच बर्षको मान्छे बाबु आमाले मलाई कति मायाँ गर्थे । कत्ति मलाई गलबाज गर्दथे त्यस्तो न्यानो काख छोडेर िहंडेकोलाई के को यहाँ स्वागत म पनि यहाँ दङ्ग परी रहेको छु । हुन त मैले खोजी गर्दै िहंडेको हो खोजी गरेकै चीज पाएको हो तै पनि मलाई यस्तो सानो कुराहरुको याचना लाग्दछ । र मलाई दीप प्रज्वलन गरेर पाच कन्याहरुले स्वागत गरी सके पछि म यस घडीमा म यस िसंहासनमा म किशोर अवस्थाको भई रहेको छु । मलाई थाहा छ अब सुन्दरी आउँछिन होला मलाई फेरी पनि दर्शन गर्न । र मैले सोचें सुन्दरी आउँछिन कि भन्ने सोचि रहेको छु तर ती सुन्दरी आज तक सम्म पनि आएकी छैनन । जव कि मलाई स्वामी भनेर पुकारा गर्दथिन घुम्टोभित्रै रहेर घुम्टो देखाउँदैैनथिन । र मैले यो सोच्न सकेको छुईन कि मेरो पत्नी हो कि होईन मेरो पत्नी छ र म पाँच बर्षको बालक कसरी अहिले बिहे गरें यसमा मलाई धेरै खुलदुल मच्चिएको छ । मेरो सोचाई छ त्यसको निर्णय मैले निश्चय नै लिनु परेको छ । तब म यसमा कुनै पनि बिचारहरु हेरेर गर्दिन । मात्रै उसले यस शव्द भनेको हुनाले मलाई निश्चय गर्नु छ । उसलाई ल्याएर मैले यहाँ मैले किशोर अवस्था किशोर भएँ भनेर उसलाई मैले बिहे गर्न चाहेको होईन । उससंग त म प्रष्ट द्वादश गर्न चाहेको हो प्रष्ट शव्दहरु निकाल्न चाहेको छु । तरै पनि यो एक दिन श्री राज्जी श्री श्यामाजीले मलाई यो बयान पक्कै पनि खोलि दिनु हुनेछ भन्ने बिश्वासले म रहेको छु ।

तव म आज यहाँ मेरो ज्योतिहरु लिई सके पछि म फेरी िसंहासनबाट ओर्लिएँ र िसंहासनबाट ओर्लिंदा मलाई धेरै नै सखिहरुले मायाँ गरे । सखिहरुले मलाई डोलाउँने गरे । यी सखिहरु कहाँबाट आए मलाई थाहा भई सक्यो कि परमधाम प्रभुले मलाई सहायता गर्न पठाउँनु यहाँ सोह्र हजार सखिहरुले मलाई स्वागत गरे । परमधामका सखिहरुले स्वागत गरेको मैले देखें । र सखिहरुले भन्छन्

सखिहरु: धन्य घडी धन्य देवचन्द्र तिमीलाई २
धन्य धन्य सुवासना धन्य
परमधाम आउनलाई तिमी यत्रो जाग्राम गर्दैछौ २
परमधाम प्रभु खुशी हुँदैछन् २
तिमीलाई बिच बाटोमा दर्शन खुबै दिई सकेछन्२
तिमीले चिन्न सकेनौ कि कसो २

यसरी सोह्र हजार सखिले तिमीलाई परमधाम प्रभुले बिच बाटोमा दर्शन दिई सक्नु भयो चिन्न सकेनौ कि कसो हो यस शव्दहरु भन्दा मैले पनि सोचें
आए मलाई दर्शन दिन बूढा बा थिए बूढीआमा थिए तिनै पो हुन कि मलाई घचघचाउने हुन कि मलाई सोच दिए
आएछन् मलाई दर्शन दिनलाई २ यति दर्शन मैले पाएँ मैले यही मान पदवी २ मैले त्यसै पाएको होईन सोह्र हजार सखि हो २
सखिहरुको नाम बताउ मलाई सखिहरुको नाम बताउ

यसरी मैले सखिहरुलाई मलाई थाहा छ अब तिमीहरुको पनि आफ्नो नामहरु बताउ मलाई । किन म जान्न चाहन्छु म संसारमा छु म खोजीमा िहंडि रहेको छु तै पनि मलाई परमधामबाट देखि रहनु भएको रहेछ म यसमा एकदमै हर्षित छु । ल सखिहरुको नाम बताउनु होस मलाई । सखिहरुले भने

सखिहरु: देवचन्द्र तिमीलाई
न्ााम बताउन जरुर अहिले छैन हामीलाई देव अहिले हामीलाई
कुनै दिन कुनै बार नाम आउँने छ तिमीलाई नाम आउँने छ
आज तिमीलाई नाम सुनाउँदा समय काटिने छ२
संसारको समयले पर्खिन्दैन कत्ति
संसारको समय सानो गेडा जति सानो दाना जत्ति पनि हुदैन यहाँ पनि हँुदैन
देवचन्द्र तिमीले धैर्य गर्नु है हामी फेरी आउँने छौं
आज स्वागत भई हाल्यो तिमीले हामीलाई चिन्न तिमी सक्दैनौ
हे देव तिम्रो संसारकै काम बाँकी छ २

यति भनेर सखिहरु जानु भो । मलाई संसारको काम तिम्रो धेरै बाँकी छ तिमी किन हडबडाउँने तिम्रो समय छैन भन्ने उनीहरुले मलाई जनाए पछि म यसमा ढुक्क पनि छु । हो म पाँच बर्षको मान्छे िहंडेको म बाँचुाजेल त निक्कै काम गर्नु पर्ने छ । मैले संसारमा धेरै जाँदा जाँदा कामहरु गरेर जानु पर्दछ । मैले सोचें ठीक हो । म अब किशोर अवस्थाको भई सकेको छु । म सात दिनको थिएँ त म आज कति दिनको भएँ मलाई थाहा छैन अब । यो मलाई याद हुँदैन । अब किन म किशोर अवस्थाको भई सकें । भगवानको लिला यस्तो हो । भगवानले यस्तो गराउँनु हुँदो रहेछ । भगवानले सोच्नु भो भने सत्य युगका कुरा हुन भन्न सत्यमा जे सोच्यौ त्यही हुन्छ भन्दछन् । कलियुगमा जे साचिन्छ त्यो बिपरीत हुन्छ भन्ने कुरो यहाँ सर्ब यत्रतत्र चलिरहेको छ । र मलाई आज यस्तो गौरव लागि रहेको छ कि अब म पक्कै पनि मैले गर्न खोजेका कुराहरु म गर्दछु अब । किन मलाई यी ज्योतिहरुले बढाएका हुन । तीन तीन वटा ज्योति एकै चोटी पाउनु भन्ने कुरो यो साना तिना कुराहरु होईनन् । यो कसले पाउँदछ न भगवानको पालामा भन्दछन् न भगवानको पाला कुन चािहं पालामा हो त्यो पालामा पनि पाएनन् । मैले अव यहाँ आँखाबाट धेरै राम्रा राम्रा कुराहरु सङ्कलन गर्नु परेको छ । राम्रा राम्रा शव्दहरुको मिठासपनमा मैले यहाँ उतार्नु परेको छ । यो दिमागबाट मैले धेरै नै राम्रो कुराहरुको स्टायल गर्नु परेको छ मलाई यस्तो भावना आएको छ । र म यहाँ िसंहासनबाट ओर्लिएर अब म कहाँ जान लागें कहाँ जान लागियो यो निश्चय छैन । यो गुफाभित्र छु गुफाभित्र जताततै म डुल्न सक्छु । म गएँ केही पूर्वको बाटो लागें पूर्वको बाटो लाग्दा मलाई एउटा उज्यालो बाटो देखियो । त्यस बाटोमा जाँदा मलाई एउटा शुभ िसंहासन र एउटा चौतारो फूलै फूलले जडिएको अघोर राम्रो त्यहाँनेर मैले पाएँ । र मैले यस फूलको चोतारोमा मैले भने ँके म यो चौतारोमा एकछिन बिराम दिन पाउँदछुे ” मैले सोच्दाखेरी ँपाउँछस् अवष्य पिन” भन्ने मलाई शव्द भो । र म यस चौतारोको बिचमा पैतालाले टेकें । एकदम मेरो पाईतालामा तातोपन आयो । र मैले सोंचे यहाँ त धेरै तातो रहेछ । तातोमा त बस्न सकिन्दैन होला । तै पनि धैर्य गरेर दुईटै खुट्टाले टेकेर त्यस बिचको फूल िसंहासनमा गएर मैले भने ँप्रणाम गर्दछु । यो प्रभुको िसंहासन हुन सक्छ । म चिन्न सक्दिन । म एउटा अकाचन म खोजीमा िहंड्ने एउटा साधु मैले जानेको केही छैन खोजी गर्दैछु ।” म त्यस चौतारोमा एकछिन बिराम लिएँ । मलाई बिराम िलंदा आनन्द आयो । कुनै सोंच्ने मलाई केही पनि आएन । म आनन्दले त्यहाँ बिभोर भएछु । म फेरी त्यहाँबाट बिभोर भएर म फेरी सम्झे पछि होईन म यहाँ बसि रहने होईन । यो चौतारो ज्यादै राम्रो छ अब फर्केर आउँला म फेरी यहाँ आउँदछु । फेरी अगाडि बढें अगाडि बढेको दुई पाईला पर तिर िसंहासनको भाव मैले पाएँ र त्यहाँ त्यसलाई परीक्रमा गरें । मैले परीक्रमा गरेर प्रणाम गरें । ँप्रणाम प्रभु !” मलाई यो भन्न आयो प्रणाम । त्यहाँबाट जवाफ आयो

अदृष्य: प्रणाम ! तिमी को हौ तिमी कहाँ जान लागेको तिमी किन प्रणाम गर्छौ प्रणामको अर्थको अर्थ के तिमीलाई थाहा छ प्रणाम गर्न तिमीलाई कसले सिकायो ” हो यस्ता शव्दहरु मलाई आए ।

देवचन्द्र : प्रणाम भन्न जान्दछु म परदेशमा भुली रहेको म एउटा दुखी हँु ज्ञानको दुखी हँु म यो शरीरले सुख सयल पाएन भनेर दुख मान्दिन तर आत्माले सुख पाएन भनेर यो आत्माको खोजी गर्न िहंड्ने दुखी हुँ म । मैले यो भन्दा

अदृष्य: तिमीले यस्ता कुराहरु जानेका रहेछौ । तर अब तिमी किन घुमी रहन्छौ त ?

देवचन्द्र : घुम्नु पर्ने मैले अवस्था आयो र मैले सिधै जाने बाटो पनि नपाएको हुँदा मैले खोजी गर्दा यस्तै यस्तै किसिमहरु प्राप्त गर्दै आई रहेको छु अवष्य पनि प्राप्त गर्छु होला भन्ने बिश्वास छ । प्रभु मैले यो एउटा निश्चय गरेर यो देहलाई मैले त्यागेर आत्मा लिएर िहंडेको छु । मैले यो भन्दा

अदृष्य: अहो धन्यबाद । धन्यबादको पात्र रहेछौ तिमी । यस्तो शव्द बोल्न त कसलाई आउँछ र तिमीलाई कसले सिकायो ।

देवचन्द्र : होईन मलाई कसले पनि सिकाएका छैनन् । मैले गुरु पनि कसैलाई मानेको छुईन । गुरु कस्ता हुन्छन् । कस्तोलाई गुरु भन्नु पर्ने हो । त्यो मेरा गुरु छैनन् म आफैं िहंडि रहेको छु ।

अदृष्य: ठीक छ तिमी जवाफ िदंदा रहेछौ यस्ता यस्ता । तर तिमीलाई म एउटा कुरा भन्दछु । तिमीले सोच है तिमीले त्यो आँखाको ज्योतिहरु लिएर िहंडेका छौ । त्यो ज्योति के तिमी देख्दछौ

देवचन्द्र : मैले भने हो ती ज्योतिहरु मलाई आएर बसेको त्यहाँ सम्म थाहा छ । तर आँखामा ज्योति देखिन्छ कि देखिन्दैन यो मलाई थाहा छैन ।

अदृष्य: तिमी यस्ता भन्न सक्नेले यस्तो पनि भन्न सिक । तिमीले ज्योति बोकी रहेको छु यो ज्योतिले मैले धेरै कुराहरु देख्दछु । तिमीले त्यो पनि सोंच्नु पर्दछ ।

देवचन्द्र : हो यो कुराहरु म सोचि रहेको छु । तरै पनि मैले ज्योति लगाएर सिधै देख्न सक्दिन । ज्योति आएको अनुभव छ । तर म देख्दिन ।

अदृष्य: जाउ तिमी देवचन्द्र कहाँ सम्म जाने
तिमीलाई बाटो खुलाउने हामी
जाउ तिमी जाउ तिमी गुफाभित्रै छौ
कहिले सम्म बस्छौ तिमी गुफाभित्रैमा२

देवचन्द्र : थाहा छैन प्रभु को बोल्नु भो
देख्न सकिन मैले के के भन्नु भो
बोल्नु हुन्छ सुन्छु शव्द मान्छे देख्दिन
को हो मान्छे देख्दिन
शव्द आउँछ गुिाजन्छन् को हौ
को हौ मलाई ज्ञान खुलाउने २

यसरी मैले शव्द सोधें मलाइै ज्ञान खुलाउँने को हुनु हुन्छ यहाँ बसेर बोली रहेको पनि म कोही देख्दिन । तरै पनि यस्ता मिठास शव्दहरु मलाई आई रहेको छ ।

अदृष्य: देव तिमीले देख्न सक्ने ज्योतिमा जडिएको छैन । २
            ज्योति छ अति कलिलो देव ज्योति छ अति कलिलो
            हो कि तिमीलाई कलिलो ज्योतिले
            देख्न सकेनौ हामीलाई तिमीले २
            तिमी बालक नानी तिमी बालक देव

यस्ता शव्दहरु आउँदा मलाई यहाँ बिडम्बना भो मैले केही पनि देख्न सकिन । मैले देख्न सक्नु पर्दछ । खोज गरेको मैले पक्के पाएको छु जस्तो लाग्छ । कहाँ हुनु हुन्छ उहाँहरु किन मेरा ज्योतिहरुले मलाई देखाउँदैनन् त ज्योति आउँदो छ । म यसैमा बिडम्बनामा परि रहें र मैले यस ठाउँमा यहाँ नेर एउटा के रहेछ भन्दा गुफाभित्र एउटा सानो फल्याक ओछ्याएको छ । एउटा सानो रुख छ । रुखको छेउमा एउटा धारा छ । सानो एकनासले बगि रहने र त्यो धाराको शिरमा एक बोट फूल फूली रहेको छ । त्यो सिवाय म अरु देख्दिन यहाँ । मैले भने आज म आजको राती यस फल्याकमा बस्दछु अब । किन मैले यस फल्याकमा बस्नु पर्दछ । मेरो लागि जलको आवश्यकता परे जलधारा यहाँ छ । फूलको आवश्यकता परे जलधाराको शिरमा फूल फूली रहेको छ । यो भन्दा सिवाय मलाई अरु केहीको अभिलाषा छैन म यसैमा बस्दछु भनेर म त्यही त्यो फल्याकमा ठक्क बसेको मात्रै के थिएँ त्यो फल्याक त यस्तो भयो कि त्यहाँ एउटा झकझकाउँदो सुगन्धित सुबासनाले छरिएको एउटा मण्डप बनेर आयो । त्यो धारा जुन जलधारा बगि रहेको पानी जलधारा पानी पनि मेरो ठीक नजिकमा मलाई जति बेला चाहियो त्यति बेला ठक्क जल झर्ने भई दियो । यो म एकदमै चकित भई रहेको छु । यो मण्डप कस्तो आनन्दको मण्डप भई दियो फल्याक पनि छ म बसि रहें फल्याकमा । र मैले सोचें यो मण्डप मलाई सुहाउने योग्यको होईन । म त यस्तो मण्डपमा बस्ने योग्यको कहाँ छु र म त एउटा भिकारी हँु । म भिखको अभिलाषामा िहंड्नेले यस्तो मण्डपमा बस्न मलाई सुहाउँदैन । यी मण्डप मेरा लागि त होईनन । तर मैले यहाँ बस्नु नहुने पो थियो कि मैले पो भुल गरे छु कि भन्ने मलाई यस्तो भान आयो । र मैले सोचें ठीकै छ म फल्याकमा छु । म यो मण्डपमा जान सक्दिन । किन मेरो औकात पुग्दैन । म त एउटा भिकारी हँु । पाँच बर्ष देखि पाँच बर्षको मान्छे बाबु आमालाई छोडेर िहंड्ने एउटा भिखारी हँु । एउटा बिष्टुल हँु म बाबा आमा रुवाएर िहंड्ने म कहाँ राम्रो मान्छे हँु र मलाई यस्तै यस्तै यादहरु आयो । मैले भने

प्रभु दर्शन दिनु भो कि मलाई प्रभुले दर्शन दिनु भो ।
चिन्न सकिन कि मेरो भुल भो प्रभु मेरो भुल भो ।
अब मलाई के को भुल स्वीकार्य छ
प्रभुले मलाई धिकारिन्छ
भनि नसम्झनु२ आत्मा मेरो भकारी ३
प्रभुसित आउँदैछु छु अब तैयारी २

यसरी शव्दहरु मैले प्रयोग गरेर जुन मण्डपमा छु । यो मण्डपमा पाँच वटा बत्ति बले र केही पर तिर एउटा बलेर ६ वटा बत्ति बलि रहेका छन् । यी बत्तिले मलाई ईशारा दिई रहेका छन् ।

बत्ति : आउ देवचन्द्र तिमी मण्डपभित्र आउ । तिमीले नआए देखि हामीले यो दीप जलाए हाम्रा दीपहरु केही महन्वपूर्ण हुने छैनन् । तिमी भित्र आउ” भन्ने शव्द मलाई गुिाजयो ।

देवचन्द्र : म त्यो बत्तिहरुको छेउमा पुग्दा एउटा सुन्दरीले भनिन

सुन्दरी : प्रभु तिमी को हौ
देवचन्द्र तिमीले कसलाई भेट्न िहंडेको
दीयो आरती तिमीलाई कसले दिएको लौ भन कसले दिएको

देवचन्द्र : भनौं के भनौं के भनौं के अब २
कसले दियो यो दीयो आरती प्रभुले नै दिनु भो आरती
मलाई यस्तो सौभाग्यको शुभ साईत खुल्दै छ २।
संसारमा कसैले होईन गरेको २
मलाई परमधामबाटै आएको ३
मलाई यत्ति नै थाहा भो सुन्दरी तिमीले सोध्न खोज्यौ के के कुरा सोध्न सक्छौ नि ।

सुन्दरी : अनि देव तिमीलाई कसले ल्यायो नि यहाँ कसले ल्यायो नि
गुफामा तिमीलाई कत्ति डर लागेन २
गुफामा एक्लै बस्दा किन डर लागेन २

देवचन्द्र : होईन युवती तिमीले सोध्यौ प्रश्न
मलाई डर लाग्ने थियो भने किन आउँथें
बाटो खोजि गर्दा मैले यही गुफामा प्राप्ति भो
बेकारमा मैले यहाँ प्राप्ति गर्न सकेको २
गुफामा आएर ज्योति मैले पाउँदै छु२
तिमीलाई देखेर यो प्रश्न गर्दै छु२
भन सुन्दरी तिमी पनि लौ तिमी किन आएको
म एउटै यहाँ गुफाभित्र घुमेको
सुन्दर सुन्दर सुन्दर ठाउँमा मैले सुन्दर घुमेको यहाँ मैले घुमेका
तिमीलाई डर लाग्नु पर्ने हो सुन्दरी तिमीलाई डर लाग्नु पर्ने हो
म एउटै पुरुष छु गुफाभित्र डुलेको२
तिमीलाई सुन्दरी आउन किन डर नलागेको

यी शव्द सोध्दा सुन्दरीले भनिन

सुन्दरी : हे सुन्दर तिमी एउटा पुरुष छौ निस्वार्थ लिएर तिमी आफ्नो बाटोमा िहंडि रहेका छौ । तिमी देखि डराउनु पर्ने कुनै अवस्था छैन ।

देवचन्द्र : म आफ्नो सुन्दरता लिएर आफ्नो बाटोमा िहंडि रहेको छु । मैले डराउनु पर्ने कुनै कारण छैैन । तिमी कसरी यो गुफाभित्र िहंडि रहेका छौ ?

सुन्दरी : मलाई एउटा थाहा भएको कुरो भएर तिमीलाई यहाँ दर्शन गर्न आएको ।

देवचन्द्र : सुन्दरी, मलाई के दर्शन गर्छौ म एउटा खोज्न िहंडेको मान्छे मात्रै हँु । म भगवान होईन, मलाई किन दर्शन गर्ने ?

सुन्दरी : होईन सुन्दर पुरुष तिमीले त्यसो भन्ने होईन । तिमीलाई दर्शन दिनुको अर्थ धेरै छ । तिमीलाई म मन पराएर आएको होईन । तिमीसंग बिहे गर्ने भनेर आएको होईन । तिमीसंग मायाँ गर्ने भनेर आएको होईन । के सोच्यौ तिमीले यो केटीले मायाँ गर्न आयो म कसैलाई मायाँ गर्न आएको होईन । तिमीलाई एउटा ज्ञानको बाटो देखाउन आएको हँु । यदी सिक्छौ र जान्दछौ भने र चाहन्छौ भने म तिमीलाई ज्ञान सिकाई दिने छु ।

देवचन्द्र : अहो सुन्दरी मेरो भुल गल्ती म यस्ता ज्ञानहरु त धेरै लिन आएको छु । म ज्ञानहरुको खाँचो भएर नै िहंडेको हँु । त्यसैले म त ज्ञान भनेको कुरा त म छोड्दिन म लिन्छु मैले यस प्रार्थना गरें । सुन्दरीले भनिन

सुन्दरी : हेर सुन्दर तिमीलाई तिम्रो जुन टाउकोमा तिमीलाई ज्योतिले आएर त्यहाँ बास गरेको छ । तिम्रा आँखामा ज्योति पसेका छन् । तिमीलाई त्यहाँ बास दिएका छन् । तिमी अब यी तीनवटा ज्योतिका बास स्थान भएर महा पुरुष बन्ने छौ । तिम्रा सौभाग्य सुदिनहरु खुल्दै आएका छन् । तिमीलाई अब दुख भन्ने कुरो हँुदै पनि जाने छ सुखको अनुभूती पनि यहाँ तिमीलाई हँुदै जाँदै छ । त्यहाँ तिमीले खोज गर्न छाड्नु हँुदैन । तिमीले अवष्य पनि भेट्ने छौ । तिमी भेट्न िहंडेका हौ भेट्ने छौ । तिमीले सुन्दर देश देखेर चाहना गरेका छौ तर गुफा भित्र पसेर त्यो देशलाई बिसर्ि सक्यौ अब । त्यो देश तिमी कुन बाटो बाट पुग्छौ त्यो पनि तिमीलाई झल्का दिन आएको म त ।

देवचन्द्र : अनि भन सुन्दरी तिमी कहाँ बाट आयौ

सुन्दरी : म कहाँबाट आएँ तिमीलाई अहिले म बाटो देखाउँदिन । तिमीलाई मैले बाटो देखाउँनु छैन । म आउँने बाटो म जाने बाटो । म जति आउँदछु त्यो बाटो खुल्दै आउँछ जति म फर्केर जान्छु ती बाटो बन्द हँुदै जान्छ तिमी देख्न सक्दैनौ

देवचन्द्र : यी शव्दहरु पाउँदा मलाई धेरै बिचार आयो । ती को हुन त सुन्दरी पक्कै परमधामबाट आएको हुनु पर्दछ । आउँदा बाटो खुलेर जाँदा बन्द हँुदै जाने भनि सके पछि यहाँ केही कुराहरु छन् । भन सुन्दरी मलाई केही शव्दहरु दिनु होस । तपाई आउँदा बाटो खुल्दै आउँनु भयो जाँदा बाटोहरु बन्द हुँदै जान्छन् भन्ने यो शव्दले धेरै नै यहाँ पिरोलि रह्यो । यसको केही शव्द खुलाई दिनुहोस । मैले भने हे सुन्दरी तिमीले यति बचनभन्दा यस बचनहरुको प्रष्ट त गर्नु पर्दछ । म झन अझ भुमरीमा पर्दछु । मैले यो गुफा कहिले पार गर्दछु कति लामो छ कति ठूलो छ मैले बिश्वास गर्न सकेको छुईन । तर मलाई एउटै बिश्वास छ दर्शन दिनु भो बिच बिचमा पक्कै परमधामबाट प्रभु आउँनु भएको हो । मलाई एउटा ज्ञान दिएर जानु होस एउटा ज्ञानको खाँचो छ मलाई । मैले यो बिन्ति बिसाउँदा भन्नु भयो

सुन्दरी : साह्रै बिन्ति गर्यौ महा पुरुष तिमी । तिमीले ज्ञान माग्यौ । म यसमा दिन तैयारी छु । तिमीले अट्टल रहेर सत्यता बोल्ने र दुर्वयवहारमा तिमीलाई तिम्रा आत्मा नजाने तिमीले साक्षत भगवानको खोजी गरी रहेका रहेछौ अवष्य भेट्ने छौ । म यहाँ भन्दा अरु केही भन्दिन ।

देवचन्द्र : अब जय होस भगवानको । यसरी परमधामबाट मलाई बचन दिनु भो । भन्ने मैले सोचें । उहाँ साँच्चै फर्केर जानु भयो । फर्केको मात्रै देखेको थिएँ कहाँबाट फर्किएर जानु भयो त्यो देखिएन । यहाँबाट हो भन्ने गोरेटो पत्ता लाग्न सकेन । बाटो बन्द भएछ । म यसमा अब यहाँ के गरौं । म फर्केर िसंहासनमा जाउँ कि त्यही नेर बसौं कि मलाई यहाँ धेरै बिचारपूर्ण कुराहरु आए । म धेरै नै िसंहासनलाई लाई छोडेर टाढा पुगि सकेको छु । मैले सोंचें होईन आजको दिन जुन मैले यहाँ नेर दर्शन पाएँ यो सानो मठ छ म यही बस्दछु । फेरी पनि दर्शन मिल्न सक्ला । मेरो सौभाग्य सुयोग्य भई रहेको छ अब । बाटो खुलिरहेका छन् । दर्शन पाई रहेको छु । म यही बस्न लागें । र म यहीं बस्दा यहाँनेर एउटा फेरी छल भयो ।

अदृष्य : स्वामी जी तिमीले बाटो किन छोडेको २
             बाटो अर्कै थियो किन यहाँ भुलेको
            महा पुरुष हुनलाई महा पुरुष बन्नलाई
            बाटो भुल्नु हुन्न बाटो भुल्नु हुन्न
            स्वामी जी यी कुरा संझाई दिन आएको २
            स्वामी जी तिमीलाई यही कुरा संझाई
           संझाई दिन म आएको २
           मेरो नाम प्रभुसंग किन खुलेन ४

देवचन्द्र : यी युवतीले स्वामी जी भनेर बाटो भुल्यौ भन्न आईन ।

अदृष्य : स्वामी धेरै किसिमका बन्न सकिन्छ भन्न सकिन्छ पतिलाई मात्रै स्वामी भन्न सकिन्दैन २ । स्वामी भनेको आफैं आफ्नो आत्मालाई चिन्नेलाई स्वामी भन्न सकिन्छ

देवचन्द्र : त्यसैले स्वामी भन्ने शव्द मलाई यसरी प्रकट भो । पख म त स्वामी भएर धेरै म त अर्थको बिना अर्थमा पो पुगि रहेको रहेछु ।

अदृष्य : जसले आफ्नो आत्मालाई खोजेर स्वाभिमान स्व आफ्नो आफ्नो स्वागतको लागि खोजी हिड्नेलाई पो स्वामी भन्दछन् त” भन्ने शव्द यहाँ मलाई प्रकट भो ।

देवचन्द्र : ज्ञान भन्ने कुरा यसरी आउँदा रहेछन् । त्यो सुनि सके पछि कसले भन्यो त्यो भन्ने पनि देखिन मैले । मात्रै शव्द सुनेको हँु । ठीक छ म अब िसंहासनमा फर्किन्न म यही बस्दछु । तर यहाँ केही कठोरपना छ यहाँ िसंहासनमा जस्तो सुख छैन । यहाँ एउटा मात्रै ढुङ्गा छ । यो ढुङ्गाको छेउछेउमा केही टिप्न सक्ने सम्म मात्रै जमिन छ । तर जे होस म यही बस्छु आज । म अठोट गरेर त्यस गुफामा बसें । यति भन्दै आजको मेरो यस ब्यथालाई यही मैले पूर्ण बिराम दिनु पर्ने भएको हुँदा मलाई परमधामबाट शुभ सन्देश आएको म यहाँ बाट अगाडि मेरो ब्यथा बढ्न सकेन । भक्तिहरुसंग क्षमा चाहन्छु । मलाई परमधामबाट सुचना आई सक्यो । समय भयो त्यसैले म मेरो यो ब्यथा लाई यो ढुङ्गाको आड मा रहेर मैले यहाँ बिराम दिएको छु । कुनै शुभ मुहूर्तमा म शुभ दिनमा फेरी यहाँ बाट शुरु हुनेछ । म गुफाभित्रै छु यो गुफामा कहिले सम्म रहने हो गुफाभित्र मैले के के गर्नु पर्ने हो अब यो सिला ढुङ्गामा आई सकेको छु । यो ढुङ्गालाई मैले के गर्नु पर्दछ यहाँबाट कथा शुरु हुने छ । मेरा व्यथाहरु मैले भन्नु पर्ने छ । प्रणाम गर्दै परमधाम प्रस्थान गर्दछु ।

श्री राज्जी श्याम : श्री राजधनीका अखण्ड दिव्यधाम स्वरुप यसरी जुन देवचन्द्र महाराजले आफ्नो व्यथाहरु ल्याउँदै हुनु हुन्छ । ती ब्यथाहरु सत्य हुन कि होईनन् यहाँ धेरै खुलदुल हुन्दछ । खुलदुल गर्न जरुर छैन । सही सत्यका कथा आफैंले भनि रहेका छन् । बिच बिचमा हामीले उसलाई दुख दिई रहेका छौं । श्याम श्यामाजीले आएर उसलाई किसिम किसिम उसलाई गराई सकेका छौं । उ कति अडिक भएर िहंडि रहेको छ । अगाडि बढी रहेको छ । यसरी महा पुरुष बन्न सकिन्छ । आफ्नो व्यथा यसरी आफूले संसारमा देश बसान गरेर आफ्नो देह छोडेर परमधाम गएर यसरी अट्ठाईसौं कलियुगको अन्त्यमा आएर आफ्नो ब्यथा भन्न सक्ने महा पुरुष कोही छन् यहाँ कोही छन् भने यहाँ निस्कन गाह्रो पर्दछ । को निस्कन्छन् कोही नै छैनन् सिवाय देवचन्द्र । यहाँ यसरी आफ्नो ब्यथालाई प्रकट गर्नु भएको छ । कुनै सुनेर रिसाउँने भक्तिहरु रिसाई रहनु होस् यहाँ रिसाउँछन् भन्ने कुरो प्राप्ति भई रहेको छ परमधाममा । होई्रन भन्ने कुरो प्राप्ति भई रहेको छ । खण्डन गर्नेहरुको प्राप्ति भई रहेको छ । यो मैले जानी सकेको छु । जसले मेरो नाम लिन्छ उ मेरो खण्डन गर्छ उ मेरा भक्ति होईन । उ एउटा प्राणघाती पापी हो । यत्ति भन्दै आज मेरा आसनलाई बिराम दिन लागि रहेको छु । शुभ चिन्तक शुभ घडी शुभ आनन्द शुभ शुभ शुभ भन्दै म आफ्नो परमधाममा देवचन्द्र महाराज गई सक्नु भएको छ । आज महा महिम चौकमा हामीलाई स्वागत गर्न तैयार भएका छन् । बाह्र हजार सखिहरु यसैले देवचन्द्र महाराज त्यहाँको वहाँ मुली हुनु हुन्छ । त्यसैले उहाँलाई सन्देश गरेर उहाँ जानु भएको हो । परमधाममा त्यसरी हामीले संसारमा ढिलाई गर्नु हँुदैन । संसार ढिलो देश हो । संसारमा ढिलो गर्ने चलन हुन्छ तर हामी यहाँ रहँदैनौं । हामी यहाँ आसनमा मात्रै आएका हौं । कुनै सखिहरुसंग बाँधिएर बस्न आएका छैनौं । हामी ज्ञानको ढोका चाहनेलाई यसरी देवचन्द्र महाराजले दिन्दै हुनु हुन्छ । यदी सही सत्य हुन कि होईनन् होईनन् भन्नेलाई हामी होईनन लाई स्वीकार योग्य राखि दिने छौं । हो भन्नेलाई हामी फूलमाला सुयोग्य सुबासना छरेर शुभ उज्यालोको बाटो तिर डोर्याउँने छौं ।

No comments:

Post a Comment