Sunday, February 12, 2012

२००२ मेई ०८ – श्री राज्जी श्याम श्यामाजीले श्री शरद चन्द्र चार दिनको आत्मिय बालकलाई बोल्न सिकाउँनु हुँदै


२००२ मेई ०८ – श्री राज्जी श्याम श्यामाजीले श्री शरद चन्द्र चार दिनको आत्मिय बालकलाई बोल्न सिकाउँनु हुँदै  मितिः २००२ मेई ०८  समयः साँझ १९ः०० बजे
स्थानः एउटा कोठा , कोठेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शकुन्तला सुनुवार रुपाचा (पक्षघातले सताईएकी बिरामी), यामदास, रामकृष्ण, कनकबाई, सुयोग, संझना,  पसन्द, प्रकृती, रीनावती बाई,
प्र्रवचनः श्री राज्जी श्याम श्यामाजी ले आफ्नो छोरी लाई बोल्न सिकाउँदै


उनै श्री राज्जी महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।

http://www.youtube.com/watch?v=-KWj2pcaeg8&feature=related


नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा) वाहाँ आँहा,  वाहाँ आँहा  , वाहाँ आँहा,  वाहाँ आँहा 
(भर्खर जन्मिएको आत्मिक बालिका रुँदै)

श्री राज्जी श्याम:  “श्यामाजी, नानी रुँदैछ दुध खुवाउन , श्यामाजी ।”

बिरामीको अवस्था देखि चिन्तित घर परीवारका सदस्यहरु :  दुध, दुध, दुध लेउ छिटो (संसारको दुध खुवाउने का लागि खोज, कोही आरती गरेर स्वागत गर्दै)

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा) एहे एहे एहे वाहाँ आँहा वाहाँ आँहा, वाहाँ आँहा , वाहाँ आँहा,  वाहाँ  (नानी रुने क्रम जारी । )

आमाको दुध (श्री श्यामाजीको) आत्मिक स्तन पान गर्दै (च्वप , च्वप, च्वप, च्वप, च्वप)
एहे, एई, तु तु ता (पक्षघातले पिडित बिरामीलाई मेई ५ को प्रवचनमा दिईएको निर्देशन मुताबिक पाटको रातो लुगाले बेह्रिएको हो

यता उती शारीरिक हलचल गरेर भर्खरको बालकले चलमल गरे जस्तो गर्दै
एह, एई , आहई, आम ताक आतुम आऽऽऽत तुऽऽ ता ताक तम
चि चि चि चि
चि चि चि चि आ आ आ आ आहा आहा
तातु , आयई (बुररप बुररप बुररप मुखको आवाज)
आ ता त तु तुई तु तुई हादु अँहँहह

नानीलाई सिधा पारेर राख (आत्मिक बच्चा चलमल गर्दा शारीरिक कठिनाई भएकोले अह्राउँदै)
नानीको हात अगाडि

अई अई

श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “सिरी, नानी सिरी  ।”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):   “आ चु चि चि चिई”

श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “सिरी”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):   “आई च चिई सि सि”

श्री राज्जी श्यामाजी :  (श्री भन्न सिकाउनु हुँदै) “सिरी”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):   “सि, सि, चिरी, श्री” (केही श्री भन्ने प्रयास गरिएको भिडियोको टुक्रा काटिएको छ)

श्री राज्जी श्यामाजी :  (श्री भन्न सिकाउनु हुँदै) “स्याबास नानीले श्री भन्यो । मेरो नानीले श्री भन्यो । २ एई राज्जी , राज्जी, नानीले श्री भन्यो , मेरो नानीले श्री भन्यो ।”

 श्री राज्जी श्याम:  “हँ ? पक्का हो ? खै म सुनुँ त !”

श्री राज्जी श्यामाजी :  (श्री भन्न सिकाउनु हुँदै) “श्री भनेको छ नानीले । नानी सिरी  ।”

श्री राज्जी श्याम:  “बाबा सुन्ने, नानीको बाबाले सुन्ने । श्री नानीको बाबाले सुन्ने ।”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):    “सि , चि सिरी (श्री)”

श्री राज्जी श्याम:  “अहो, कस्तो राम्ररी भन्यो मेरो छोरीले श्री  बाफ्रे ! हगि श्यामाजी । नानीले श्री भनेको । यो नानी ज्ञानी छ ।”

श्री राज्जी श्यामाजी :   “हो आज बल्ल श्री भन्यो । झगडा गर्छ, सुत्नु मान्दैन , के गर्ने होला ।”

श्री राज्जी श्याम:  “फकाएर सुताई देउ न त श्यामाजी । नानी खुट्टा चलाउँदै छ क्या, थाक्छ सुत्छ ।”

श्री राज्जी श्यामाजी :  “मान्दैन , तपाई भन्नु हुन्छ । नानी सुत्नु मान्दैन ।”

नानीलाई गर्मी भो, हल्लाई देउ पङ्खा । पङ्खा हल्लाई देउ , नानीलाई गर्मी भो । पङ्खा हल्लाई देउन, सखिहरु कहाँ गए हँ ?

सखिहरु : “श्यामाजी हामी लगेर सुताउँछौं नानीलाई ।”

श्री राज्जी श्यामाजी : “होईन, होईन बल्ल यसले श्री भनेको छ । यसलाई श्री राज श्याम भन्न लगाउनु पर्छ क्या । तिमीहरुले चउर डोलाउ नानीलाई,  अनि बसि रहन्छ । अनि हामीले भनेको सुनेर भन्छ । न लैजाउ आज , न लैजाउ है ल चार दिनको नानीलाई
लानु हुँदैन ।”

सखिहरु : “ल ल ल उसो भए ।”

श्री राज्जी श्यामाजी : (राज भन्न सिकाउनु हुँदै) :  “राज, नानी, नानी , राज ।”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):   “ला ला लाज् लाज ।”

श्री राज्जी श्यामाजी :  “श्याबास । मेरो नानीले राज भन्यो । सुन्यौ ? सुन्नु भयो कि भएन ? नानीले राज भनेको छ ।”

श्री राज्जी श्याम:  “हो र ? हो के त हौ ?”

श्री राज्जी श्यामाजी :  “हो, फेरी सुन्नुहोस है त । नानी , राज ।”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):   “ला ला राज ।”

श्री राज्जी श्यामाजी :  “ल सुन्नु भो राज भनेको ?”

श्री राज्जी श्याम:  “सुने अहो ! बोल्ने भो हौ छोरी त । ओहो ! श्याबास नानीले श्री राज दुईटा शव्द बोली सक्यो ।”

श्री राज्जी श्यामाजी : (श्यामजी भन्न सिकाउनु हुँदै)  “श्यामजी । श्री राज श्यामजी । श्यामजी ।” 

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):    “च्या , श्या , च्याम , च्यामज, च्यामज जी ।”

श्री राज्जी श्यामाजी :  “श्याबास, श्यामजी  भन्यो । सखिहरुले सुन्यौ ? नानीले श्यामजी   भनेको ? ताली देउ न त खुशियालीमा ।”

(अचानाक बिजुली बत्ति बन्द हुन्छ, परीवार माझ खैला बैला चल्छ, तर )

“सखिहरु नानीलाई तिमीहरुले हम्केको छैन क्यारे हँ ? पङ्खा हम्कि देउ नानीलाई । नानी गर्मी भएर रुन्छ अहिले । फकाउन सकिन्दैन ।”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):  आऽऽऽ ता ता ता ता ता ता ता चिरी, लाज, च्यामाजी

श्री राज्जी श्यामाजी :  “नानीले श्री राज श्यामजी भनेको छ नि ! श्यामजी ।”

श्री राज्जी श्याम:  “सुन्दै छु, सखिहरुले उसलाई चउर डोलाउँदै छन् । त्यहाँ भन्दैछे, सुन्दै छु । अव खेलेको बेला बोलाउनु हुन्न नानीलाई । हुन्न  । श्री राज श्यामजी भनि सक्यो । अब बोल्छ , नानी बोल्छ । नानी बोल्छ । खुट्टा चलाई राखेको छ नानीले ।” (आज सम्म पक्षघातले सताएकोले शरीरको कुनै पनि अङ्ग नचलेको ब्यहोरा जानकारी गराउँदछु )

“हात तानेर हिंड्न पनि सिकाउनु पर्छ नि श्यामाजी ।”

श्री राज्जी श्यामाजी :  “हत्त तपाई पनि के को हतार । अब खुट्टा हल्लाउँदै छ त , नानी आफै उठेर हिंड्छ नि । किन हतार ? हतार गर्नु हुदैन ।”

नानी ! आ
नानी सुत्यो । सुत्यो है नानी सुत्यो  ।

“हिंडोलामा हालि देउ न त नानीलाई । त्यो पनि भन्नु पर्छ कि ?” ठ्वाक्क ठ्वाक्क ठ्वाक्क (जिभ्रो पड्काउँदै) हे  हे हे नानी ।

सखिहरु :श्यामाजीको नानी । छोरी हो, छोरी छोरी । यो छोरी लक्षण को छ नि हगि सखि । हो त नि कति गजब को नानी हगि । श्यामाजीले कति राम्री छोरी पाउनु भएको ।”

“श्याम श्यामाजी खुशी हुनु होला हगि ? हो त नि ! अब यो छोरीले के गर्छ होला हगि सखि ?”

“छोरीले ? छोरी भनेको लक्ष्मी हो ।  चमत्कार गर्दो होला नि छोरीले । श्याम श्यामाजीको छोरी त भयो । अब सब भन्दा ठूलो भगवानको छोरीले चमत्कार त गर्छन नि ।”

“चमत्कार ? कस्तो गर्छ होला हगि चमत्कार नानीले ? संसारमा जान्छ होला कि यही बस्छ होला ?”

“खै त्यो त श्यामाजीले भन्नुभएको छैन । राज श्यामालाई सोधु नै है त ल ।”

श्री राज्जी श्यामाजी :  “राज्जी , राज्जी , हाम्रो नानीले चमत्कार गर्ने हो रे ? सखिहरु त त्यस्ता गफ गर्छन मैले सुनेको ।”

श्री राज्जी श्याम:  “गर्छ नि त , पक्का साईतमा जन्मेको छोरी छ । अब छोरी चमत्कार गर्नलाई त जन्माएको छोरी हो । लाटी, श्यामाजी पनि लाटी छ । त्यो पनि मैले भन्नु पर्छ श्यामाजीलाई ।”

श्री राज्जी श्यामाजी :  “नजानेको कुरा सोध्नु परेन त ।”

श्री राज्जी श्याम:  “ठीक गर्यौ, ठीक गर्यौ । हो, हो भन्नु पर्यो तिमीलाई , हो । कुराको खानी , महारानी ।”

श्री राज्जी श्यामाजी :  “बल्ल खुट्टा चलाएको छ के को हतार । लड्छ के लड्छ ।”

श्री राज्जी श्याम:  “ल, लड्छ भनेर राखि राख । राखि राख । बोल्नै नहुने बाह ! केटीहरुको अगाडि बोल्नै नहुने”

श्री राज्जी श्यामाजी :  “नानी !  नानी ! नानी !”

नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा):  ई हि ही हा हा हा र्ईर्य , ओई । ट्वाक्क, ट्वाक्क, ट्वाक्क (जिभ्रो पड्काउँदै)

श्री राज्जी श्यामाजी :  “नानी ताता गर्ने । सखिहरु हिंड्ने सिकाई देउ ल । हिंड्न सिकाई देउ है नानीलाई ।”

सखिहरु :  “ता ता गर्ने नानी, ताता गर्ने । ता ता वन, टु, थ्रि, पो गर्ने । धत्तेरीका, नानीलाई त वन , टु पो भनेको संसारमा पो वन, टु, थ्रि, फोर, फाइव, सिक्स भन्छन । यहाँ त त्यो छैन । यहाँको त्यो होईन । श्यामाजीले सुन्नु भयो भने गाली गर्नु हुन्छ । साँच्ची त हगि परमधाममा पनि कहाँ वन , टु भन्छन ?”

(यहाँ भिडियोको टुक्रा काटिएको छ)

श्री राज्जी श्यामाजी : 
गजारो गजारो हाउ गजारो । २
यही हो धामधनी नाम पुकारो । २
हो नानी लाई यो भजन सिकाई देउ न गजारो गजारो हाउ गजारो । २
यही हो धामधनी पान पाती । २

यो उक्त बेलुकीको एक टुक्रा श्री राज्जी श्यामाजी महारानीले नानी (पक्षघातले सताईएकी बिरामी शकुन्तला सुनुवार रुपाचाको आत्मा) लाई श्री राज श्यामजी भन्न सिकाउँदै गर्नु हुदाको एकक्षणको बार्तालापको अक्षररुपी प्रस्तुत सम्पूर्ण दीव्य आत्माहरु समक्ष पुर्याउने दुष्प्रयास गरेको छु । यहाँहरुलाई यो निबेदन छ कि परीवारका सम्पूर्ण सदस्यहरुलाई बिरामीको यस्तो अवस्था देखि धेरै चिन्ता लागि रहेको अवस्था छ ।  तरै पनि बिरामीको मुखारबिन्द बाट निस्किएको निर्देशनलाई  कर्तव्य पालना गर्नु सिवाय केही ठानिएको थिएन । पहिलो प्रवचनमा बिरामी निको हुन्छ भनेको कुरा सत्य साबित भयो, एक बर्ष भित्रमा शकुन्तला सुनुवार आफै  हिंडडुल गर्न सक्ने हुनु भयो । २००२ देखि २०१२ हालसम्म दश बर्षको अवधि  पुग्दै गर्दा श्री राज्जी श्यामाजीले हामी आएर बोल्ने छौं, यसले केही पढ्नु, गुन्नु पर्दैन भन्ने कुराको साबित हरेक हप्ताको तीन दिन शनिबार – श्री हरीशरण माँ आसन, आईतबार – श्री राज्जी श्यामाजी महारानी आसन तथा सोमबार श्री राज्जी श्याम महाराज ज्यूको आसन हुँदै आएको जानकारी गराउँदछु ।

१६ तला परमधाम गोप्य रहेको र २८ सौं कलियुगमा भगवानहरु आउनु भई जागनी गराउने तथा गोप्य रहेको बचन , परमधामको बर्णन खुलाशा गर्नु पर्ने भएकोले श्रीमति शकुन्तला सुनुवारको आत्मामा पक्षघातले शिथिल बनाएर महिनौ अस्पतालमा बस्नु पर्ने अवस्था, अनेकौं दुष्टआत्माहरुले धडपकड गराएर, शुद्घ बनाई उहाँको आत्मालाई श्री शरदचन्द्र को अलौकिक जन्म गराई उहाँ हरु प्रबेश गर्नु भै बचन खोल्नु भएको तथा दशौं बर्ष क्यामेरामा बन्द रहेको अमृतमय बाणीलाई सुन्दरसाथ , दीव्य आत्माहरु सम्म पुराउने सुवर्ण अवसर प्रदान गरी दिनु भएकोमा उनै सतचिद आनन्द अखण्ड दिव्य धामको उननति चौकमा दक्षिण मुहाडा फर्केर बिराजमान आत्माहरुका धनी श्री राज्जी महाराजमा आत्मादान, दर्शण संसार बाटै टत्र्mयाउँन चाहन्छु, म कैदी बाबु ।  दस्ताबेज भिडियो क्लिपहरु जति बेला मलाई उनै राज्जी महाराज ज्यू ले सुअवसर दिनु भयो, रेकर्ड गरेर सुरक्षित राखेको छु । उहाँहरुबाट जोश तथा सुअवसर प्रदान गरी रहनु भयो भने बिज्ञ बर्ग, सुन्दरसाथ, दिव्य आत्माहरु समक्ष सेवामा प्रस्तुत गर्ने नै छु ।

१६ तला परमधाम दर्शन ÷ बर्णनको बेभ साईड बनाउँने योजनामा छु र धामधनी ज्यू बाट निगाह बक्स भयो भने यहाँहरुको सेवामा टकरयाउँने नै छु । जय श्री राज्जी श्यामश्यामाजी, जय श्री देवचन्द्र महाराज, जय श्री प्राणनाथ प्रभु, जय श्री शारदा नानी, जय श्री शरदचन्द्र, जय श्री सातौं आत्मा

http://www.pranami.org/index.php?option=com_content&view=article&id=49&Itemid=71

Meher Sagar

jAko leta hai meher meiN, tAye pehele mehere banAve vajud |
guN aNg indree meher kee, ruh mehere phukat mAheN bund ||14


Whom the Lord wants to
embrace in His grace first, He makes his body fit for it and also the qualities and he makes him His favourite and afterwards He lets the drop of grace enter into his soul along with the qualities, body and senses.[14]


मेई ८, २००२ को बेलुकी बिरामीको अवस्था देखि चिन्तित शोकाकुल घर परीवार माझ बिरामी अचानाक भर्खरै जन्मिएको बालक झैं रुन थाल्दछिन् । उनै बिरामीको आत्मा श्री राज्जी श्याम श्यामाजीको छोरी भएर जन्मिएको आभास हुन्छ । उनीलाई परमात्मा स्वयमले "श्री राज्जी श्याम श्यामाजी" भन्न सिकाईन्छ । दस्ताबेज भिडियो क्लिप २ अवलोकन गरेर प्रत्यक्ष महसुस गर्ने जिम्मा बिज्ञ दर्शक सुन्दरसाथलाई नै सुम्पन्दछु । त्यो बेलुकीको चमत्कारीक प्रदर्शनमा एघारौं दिनमा श्री देवचन्द्र महाराजबाट नानीको न्वारण तथा नामाकरण गरिने भविष्यबाणी हुन्छ । प्रबचन भजन तथा केही भविष्यबाणी गरिन्छ ।

http://www.youtube.com/watch?v=-KWj2pcaeg8&feature=related

Friday, February 10, 2012

२००२ मेई ०५ – श्री राज्जी श्यामा महारानी पहिलो पटक संसारमा

२००२ मेई ०५ – श्री राज्जी श्यामा महारानी पहिलो पटक संसारमा  

मितिः २००२ मेई ०५                  समयः प्रात ०९ः०० बजे
स्थानः एउटा कोठा , कोठेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शकुन्तला, यामदास, रामकृष्ण, कनकबाई, सुयोग, संझना, चम्पक, ठूली दिदी, पसन्द, प्रकृती, रीनावती बाई,


प्रवचनः श्री राज्जी श्यामाजी महारानी पहिलो पटक संसारमा

उनै श्री राज्जी महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको एक टुक्रा अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।
को यहाँ परमधामबाट संसारमा २
पे्रत आत्मा मान्छेलाई राज्जी पधराउँने सबैभन्दा ठूलो धर्म यही हो२
धन्य धन्य धन्य (निर्देशन मुताबिक श्री श्यामाजी महारानी ज्यूको स्वागातार्थ फूलमाला पहिराईन्दै)  
अबिर माला, अबिर लगाई देउ अब ३, थप्पडी बजाउ३
श्यामाजी आउनु भो३,

श्री राज्जी श्यामाजी : परमधामको कुरा म अलिकति गर्छु, सबैले सुन । तिमीहरुले हिजो अस्ति प्रबचन सुन्नु नपाएर दुख चित्त लगाएका छौ । अब म त्यो दिनको लागि यो प्रेत आत्मा शकुन्तला नाम गरेकी बालिकाको आत्मामा म यो बिष्णु भगवानलाई साँच्चि राखेर भन्न लागेकी छु । यो बिष्णु भगवान आएर उसले बस्नु पर्ने ठाउँमा बसेको छ । सिंहासनमा म बसेको छु । म भन्दा तल यो बिष्णु हुन्छ । बिष्णु भगवान हो । आफै हाँसेर आएर बसेको छ । उसले अठार बर्षमा बिष्णु भगवान गर्छ । आज जानु हुँदैन यसले, म संग बस्नु पर्छ । म भन्दा तल्लो तह मैले अह्राएको काम गर्ने यो हो, बिष्णु भगवान । अब प्रबचन सुन है त । प्रणाम
पक्का सुन्छौ ? २ 

बिरामी निको हुन्छे । पहिला कै जस्तो हुन्छ । यसको रोग दोहोरिने छैन । आजको सात दिनमा यसलाई ड्रेस तैयार गरी देउ । पाटको चोलो, पाटको साडी, पाटको फरीया, लगाई देउ । एक जोर कुतौ सुरुवाल बनाई देउ । त्यस पछि यसलाई सिंहासनमा बस्ने चन्दन तोरनहरु तैयार पारी देउ । यही भने पनि सानो एउटा बनाएर राखि देउ । थपना भए पनि हुन्छ । अब दिन प्रति दिन म आएर यहाँ प्रवचन गर्नु पर्छ । सुन्ने मान्छे होस या नहोस एक जना भए पनि, दुईटा कुरा भनेर जानु पर्ने हुन्छ । यसले पढ्नु पर्दैन, गुन्नु पर्दैन । कसरी प्रवचन भन्ला भनेर चित्त नदुखाउ, म आएर बोल्ने हुँ, मैले हुँ , यसले बोल्ने होईन । 

यो उक्त दिनको एक टुक्रा श्री राज्जी श्यामाजी महारानी संसारमा पहिलो पटक आउनु भएको कुरा दर्शाउनु भएको छ । यही दिन देखि श्री शकुन्तला सुनुवारको आत्मामा श्री शरदचन्द्र को अलौकिक जन्म भएको गणना गरीएको छ ।  दस्ताबेज भिडियो क्लिपबाट थोरै जानकारी पाउन सकिन्छ ।

संलग्न भिडियो क्लिपबाट प्रस्तुत दस्ताबेजको आत्मिक महसुस गर्न सकिन्छ ।

 http://www.youtube.com/watch?v=-iX_1j-2yUQ&feature=related


*********************************************************************

मेई ५, २००२ को बिहान सबेरैको निर्देशन अनुसार पुूलमाला आरती अबिर प्रसादको बन्दोबस्त हुन्छ । भक्तजनहरुलाई डाक्ने निर्देशन अनुसार आफन्तजनहरुलाई निम्त्याईन्छ । मानसिक रोगले ग्रस्त जस्तो विरामीलाई सुनेर को भक्तजन डाक्ने यस्तो क्षणमा । बिरामीको अवस्था अति चिन्ताजनक भएको महसुस हँुदा हँुदै पनि आफन्तजनहरुबाट आज्ञा पालना गरिन्छ । ठीक बिहानको ९ बजे संसारमा श्री राज्जी श्यामा महारानी पाल्नु हुने भविष्यबाणी अनुसार सबै पूजाको सामान ठिक्क पारिन्छ । प्रबचन गर्न कुनै ग्रनथको अध्ययन र अगि्रम तैयारी गर्नु नपर्ने परमात्मा स्वयमले बोल्नु हुने भविष्यबाणी । संलग्न भिडियो क्लिपबाट प्रस्तुत दस्ताबेजको आत्मिक महसुस गर्न सकिन्छ ।

http://www.youtube.com/watch?v=-iX_1j-2yUQ&feature=related


Tuesday, February 7, 2012

२००४ फेब्रुवरी ३० – श्री राज्जीश्याम महाराज आसन -श्री प्राणनाथ प्रभु तलेकी चौक बर्णन (०१३ र ०१४)

समयः प्रात ०४ः३० बजे
स्थानः पूजा कोठा , बानेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह, रामकृष्ण, श्री जुगलदास महाराज, श्रीमति कनकबाई, श्री बिहारीदास, श्रीमति रीन्नावती बाई, झपट
प्र्रवचनः श्री राज्जी श्याम महाराज, श्री प्राणनाथ प्रभु

१६ तला परमधामको गोप्य बर्णन खुलासाउनै श्री राज्जी श्याम श्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ । यी सत्य घटनामा आधारित अमृतमय बचन हुन । श्रीमति शकुन्तला सुनुवार (श्री शरदचन्द्र) हाल यु. के. मेडस्टोनमा बसोबास गर्नु हुन्छ । हप्ताको तीन बिहान आसन जारी छ, कति अमृतमय बचन अभाग परेर श्रवण गर्न तथा रेकर्ड गरेर सुन्दरसाथ माझ सेवा पुर्याउन नसकेकोमा खेद प्रकट गर्दछु ।

  • श्री राज्जीश्याम महाराजः  परमधाम जान सबै ईच्छुक भएता पनि आफ्नो भित्रि आत्माले परमधाम नदेख्दा परमधाम आई पुग्न धेरै गाह्रो पर्दछ । परमधामका नियम निशानाहरु धेरै अदलीबदली भई रहेको महसुस यहाँ भई रहेको छ , दिई रहेको छ । त्यसैले भक्तहरुले यसलाई सज्जन बनेर आफ्नो बाटोलाई चिनेर परमधामका मालिक बोली रहेको छु ।  म संग भेट गर्न आउने ईच्छुकलाई स्वागत योग्य हाम्रो स्वागत द्वार खुल्ला रहनेछ । स्वागत योग्य बन्न सक्नु पर्दछ, र छानिन सक्नु पर्दछ । म यही भन्दछु सबै मेरा भक्तिलाई ।
  •  श्री प्राणनाथ:  प्राणनाथ मरी सक्नु भो । उहाँको चलुवा तिथि यहाँ मनाईन्छ , प्राणनाथ बोली सकेको छु, मेरो चलुवा तिथि नमाउनु भनेर । म संसारमा कुनै समयमा थिएँ, मेरो देह वसान गरेर म परमधाम पुगे । म फेरी पनि परमधामबाट संसारमा बोल्न आई सकेको छु । म कहिल्यै मरेको छैन । मेरो आत्मा मर्दैन भने किन मलाई मर्यो भन्छन त ? मरेको हो भने त्यो बोल्नु हुँदैनथ्यो । अहिले मेरो आत्मा संसारमा आएर बोली रहेको छ ।
  •  श्री प्राणनाथ: हामी यो अपुरो आत्मा शरीर लिएर यसरी घुमी राखेको छौं । हाम्रा उमेर बिते, हाम्रा दिन बिते भन्दछन्, आज भन्यो, भोली भन्यो , ती दिनहरुले पनि छोड्दै, छोड्दै, छोड्दै गई रहेको हुन्छ ।  दिनहरुले छोड्दा, छोड्दा, छोड्दा आफु पनि त्यस्तै त्यस्तै भई रहेको हुन्छ । तर त्यो आफुलाई थाहा छैन । अर्काले दिन छोडेको कुरा अर्कालाई हेर्दा, हेर्दा थाहा हुन्छ । आफुले छोडेको आफुले देख्न सकिन्दैन । यस्ता प्रबृद्घिहरु चलि रहेका छन् । र भक्तजनहरु, सबै मेरा भक्तिले सोच्न सकेका छैनन, श्री राज्जीले भन्नु भएको छ ।
  • श्री प्राणनाथ: श्री परमधामको अठार हजार चौक मध्ये कुनै एउटा कथा मैले यहाँ गर्न लागि रहेको छु । तलेकी चौकको आज यहाँ बर्णन हुँदैछ । यो मैले लेखेको छु । सोह्र तला परमधाम, अठार हजार चौक, पहिला पनि किन यहाँ अठार हजार समाप्त भो ? अठार हजार एक, दुई , तीन भएर यो ग्रन्थ समाप्ति भएन ? मात्रै अठार हजारमा समाप्ति भो । यो किन भएको भन्दा यहाँ अहिले अर्थ खुल्न आएको छैन । भक्तहरुबाट मागेको हो मैले । र यसरी तलेकी चौकको कुरा गर्नु पर्दा तलेकी चौक भनेको एउटा दक्षिण मोहडामा पर्ने मन मोहक एउटा चौक पर्दछ ।
  • श्री प्राणनाथ: यसरी यो तलेकी चौकमा श्याम श्यामाजीका आह्वान श्याम श्यामाजीका आगमन , श्याम श्यामाजीका सिंहासनमा बिराजमान भए पछि सबै सखिहरु खुशी हुन्दछन् । सबैले दीयो जलाई, आआरती उतारेर अर्पण गरेर , आरती गर्नु नै आफ्नो आत्मा गर्नु हो । आरती जलाएर उज्यालो गर्नु नै आफ्नो आत्मालाई पार्नु हो । आफ्नो आत्मालाई त्यो आरतीको उज्यालोले बाटो देखाउनु हो । बाटो देखाउनको लागि हामीले आरती जलाउनु हो । आरती त्यसै त्यहाँ मन्दिरमा लगेर आरती पैसा चामल दिएको जस्तो होईन । चामल पैसा हामी माग्न आएका छैनौं ।
  • श्री प्राणनाथ: तलेकी चौकमा मैले यो उदाहरण ल्याएको यहाँका पण्डितहरु जस्तो बाँदरले त्यसो गरेको थियो, हनुमान उहाँ त्यसो गर्यो भनेर कथा ल्याउन हामी जान्दैनौं । र हामीले लेखेका ग्रन्थमा पनि हनुमानको कथा लेखेका छैनौं । सत्य कुरा हामीले लेखेर राखेका छौं, तर ती सत्य कुराहरुलाई यहाँ सबैले जानकारी लिन, गर्न सक्दैनन । अर्थ खोलेका छैनन अहिलेसम्म । जति पढुन, जति गरुन, अर्थ खोलिएको छैन, बन्दै छ त्यो अर्थ । र यसरी हाम्रा मन्दिरमा हाम्रो छाक टार्नका लागि हामीले चामल पैसा माग्न हामी आउँदैनौं । स्वईच्छा यो मन्दिर आउनलाई ।
  • श्री प्राणनाथ: त्यो हिंडोला कहाँ झुण्ड्याएको छ, झुण्ड्याउँने कही देखिएको छैन । मात्रै हिंडोला हल्लि रहेको देखिन्छ । कही अल्झाएको , बाँधेको देखिन्न । यहाँ मन मोहक सुन्दर छ । चारपाटे , चारपाटे परेका , चार कुना परेका हिंडोलाहरु आनन्दले झुलिरहेका छन । बाँधेको पनि छैन, गाडेको पनि छैन, अड्याएको पनि छैन , त्यो कसरी हल्लियो अव ? हामी बिचार गरौं है छ । अडकल काट्न पाईन्छ नि ? पाईन्दैन र ? सबैले अडकल काट्न पाईन्छ ।
  • श्री प्राणनाथ: गाईसंग शक्ति नहुनु, किन नहुनु ? उसंग पनि आत्मा छ , उ संग पनि शक्ति छ । शक्ति बराबरी दिनु भएको छ राज्जी श्याम श्यामाजीले । सबैलाई बराबरी दुईटा आँखाले हेर्नु भएको छ ।  र आफ्नो हामीले चर्म चक्षु आँखाले होईन , दिव्य चक्षु आँखाले देख्न सक्नु पर्दछ । यसो हुदा हुदै सबै बिचमा आई पुगि सके चौकमा ।  यो चौकको बिचमा के छ त अब ? केही त होला । यहाँ सानो मन्दिर जस्तो देखिन्छ । यो मन्दिर बिचमा, सानो छ । र सखिहरुले भन्न थाले,
  • श्री प्राणनाथ: आज म धेरै फूल चढाएर,  धेरै माला लगाई दिएर , पुरा र धेरै मेवा मिष्टान्न   टक्राएर , आज मैले भगवानलाई मानि सकें , अब पर्दैन भन्दा हुन्छ त ? त्यो कहिल्यै हुँदैन । भोली पनि फेरी भगवान मान्नै पर्यो , भरै पनि फेरी भगवान मान्नै पर्यो । त्यसैले भगवानलाई सेवा गरेर कहिल्यै पनि हामी माथि पुग्दैनौं । हामी तलै रहन्छौं, थोरै नै भएको हुन्छ ।
  • श्री प्राणनाथ: यो कथा म आफैले लेखेको हुनाले मैले भनेको आज म आएको हु्रनाले यसरी प्राणनाथले लेखेको कथा यो तलेकी चौकको । र यो कथा म यहाँ बिसर्जन गर्दै मेरा भक्ति साथीहरुलाई, भक्तिहरुलाई, अभिवादन गर्दै म परमधाम प्रस्थान गर्दछु ।  यी कथाहरु सुनेर कस्तो लाग्दछ , यहाँ कुनै पण्डितले बताएका भए यो कथा आई सकेको थियो, भनेर मलाई भन्नु होला , म यो आग्रह गर्दछु । किन हामी परमधामबाटै आएर हामीले साँच्चै कसैसंग चित्त दुखाउनु छैन । कसैसंग मन मटाव गर्नु छैन, तर घोच्नु भने परेको छ २ । त्यसैले हामी परमधामबाट हामीलाई श्री राज्जी महाराज बाट हामीलाई बक्स भो, पहिला पनि देवचन्द्र महाराज, प्राणनाथ प्रभु यसरी हामी दुई जनाले यस्ता दुख कष्ट उठाएर पहिला पनि बचनहरु यहाँ ल्याएर छोडेर राखेको थियौं, लेखि बचनहरु थिए, अहिले प्रवचन मात्रै । अहिले बाणी बचन २, लेखि बचन छैन ।  सबैलाई प्रणाम ।
  • श्री राज्जीश्याम महाराजः  यसरी हामीले बारबार नानीलाई दुख दिई रहेका छौं । उसले भन्दछ, संसारको परीक्षण मलाई चाहिन्दैन । मलाई परीक्षण गर्नु जरुरी छैन । यहाँ त सबैले गरी रहेकै छन नि खाने, बस्ने, हिंड्ने , लगाउने, रिसाउँने, हाँस्ने, उठ्ने, कुद्ने, सबैले मिठो खाने, तितो फाल्ने, राम्रो कुरा आफुलाई राख्ने, नराम्रो कुरा अरुलाई दिने, अर्काको कुरा गर्ने, आफ्नो कुरा गरेको मन नपराउने । संसारमा यो ब्यबहार चलि आएको छ । यस्ता कुराहरुमा मलाई परीक्षणमा राख्नु पर्दैन , बरु मलाई परमधाम ल्याउनु । बरु हामीले परीक्षणको रुपमा राख्दा राख्दा नानीलाई हामीले बियोगान्त पनि गरायौं । यो हामीलाई थाहा छ । किन गराउनु पर्दछ । र यसरी उसले यस्ता कुराहरु, कार्यहरुलाई संघर्ष गर्दै आउनु परी रहेको छ । संघर्षमा जुधि रहेको छ । संघर्षले जकडि राखेको छ । कति दुख भई राखेको छ । यो हामीले देखि राखेका छौं । त्यसैले हाम्रो यो आसनलाई सदैव तिब्र गतिले लान सकोस । यो आशिर्बाद दिंदै, यो आशिर्बाद छोड्दै, आजको यो मेरो आसनलाई बिराम दिन लाग्दैछु । सब भक्तिमा ज्ञानको भण्डार फुलोस, ज्ञानको दिव्य ज्योति बाल्न सकुन, ज्ञानको बत्ति बालेर परमधाम देख्न सकुन भन्दै म यही सज्जेसनका साथ म परमधाम प्रस्थान गर्दछु । 
श्री राज्जीश्याम महाराज : (आसन ग्रहण गरी बक्सिन्दै )२१ः४९
पूर्णरुपको नाम छ मेरो सबलाई यही संसारमा आई दिने
ज्ञानको नाम २ खोली दिएँ नाम २ बुझ्न सके सबलाई
खोली दिएँ मैले नाम
परधामको ढोका खोली दिएँ, ज्ञानको भण्डार देखाई दिएँ भक्तका आँसु पुछ्नलाई २ भक्तिका नाम देखाउँनलाई २
राजश्याम आनन्द भक्तिको नाम २ भन्छन सबको यही हो अज्ञान२
आउ भक्ति नाम सुमेरण २ ज्ञानको भक्ति खुलाउन २
दिंदै छ, श्याम राज आनन्द भक्ति राज, पूर्ण रुप श्री राज (भन्दै छन भक्ति२)
भक्ति नाम सबलाई छ, श्री निजनामको ज्ञान
आए सारा भक्ति सबलाई (पुरा धामको नाम सुनाए २)२
पुरा नाम पुरा धाम, श्री परमधाम २
श्री परमधामका नाम २ सबलाई सुनाउँने निजनाम २


आए श्री राजधनी ज्ञान स्वरुप पूर्णनाम
श्री सच्चिदानन्द ज्ञान श्री पूर्ण रुप निज परमधाम
परमधामका नाम पुकारा सबलाई छ यही
दिएँ दर्शन प्र्रभु गर्नमा मन अर्पण
आए प्रभु ज्ञान भक्ति सजाउन आउ
आए दिव्यधाम चढाउन निजानन्द निजनाम चलाउ
निजनाम २ सब भज्छन निजनाम,
कसको भज्ने निजनाम ?
भक्तिको नाम हो कि ? कसको नाम ?
निजनाम २ किन जप्छन् निजनाम ?२
निजनामको जप्ने अर्थ कसलाई खुलेको छ ? २
आत्मा खोली, सत्य बोली, कसले बोलेको छ ?
तेरो मेरो गर्न सबै किन तैयारी ? २
आत्माका नाम श्री परमधाम
परमधाम कता छ कसले देखेको ?
देख्न सके मनको ढोका खोल्न सकेको भन्छन २
आत्मालाई नखोलि दिने भन्ने कोही छैनन २
आत्मालाई आफै पार्छन फेरी उसै नै आफै पर्दामा बेरी राखेको
आत्मालाई किन बेरी राखेको
हे भक्ति सारालाई म बोलाउन छैन २
अघि जाउँ भन्न बाटो देखाउँने म होईन
आउ भक्ति मेरै पछि लागेर भन्नलाई आएको होईन
संसार मेरो कहिल्यै पनि होईन
संसारका भक्तिलाई फकाउने होईन
आत्मा खुशी बनेर आउनेलाई मेरो प्यार छ२
आत्मालाई धिक्कार्न सक्ने भक्तिलाई २
यही आत्मा डोराउ, यही आत्मा सधाउ
त्यही आत्मालाई सोधि सबले (ज्ञानको बोली बोल्न लगाउ २)
छैन कही कसैको २ केही छोडी जाने, केही लिई जाने
तेरो मेरो छुट्टाउँनलाई कसैले छैन छानेको २
आत्मा ढोका खोल्नलाई बोल्न छैन जानेको
भक्ति सारालाई सजेस्सनको भारी मेरो
संसार के हो चिनन, परमधाम जानलाई आत्मा चिनन २
आत्माले भेटिन्छ म संग २ मेरो देशमा आउने भक्तिले चिन म संग २
परमधामका मालिक भन्ने को हुन चिन्न सक्नु है २
केही होईन संसारमा क्षणिकको मायाँले सबलाई बिगार्छ है २
आत्मालाई सपारी आउनु है , मालिक भेट्न आउनु है धनी
यही पुकाराका आशिर्बाद लिनु है भक्ति ३


प्यारा मेरा भक्तिहरु म आज पनि यसै गरी सधैंको जस्तो चलि आएको मैले संसारको आसनमा फेरी पनि मेरो आसनलाई आलो र ताजा राख्दै जानका लागि म यो संसारको आसनमा उपस्थित भएको छु । संसारमा आउने, जाने, हामीले तय गरेको हुनाले हामी आफ्नो आसनमा आउने गरेका छौं । संसारमा सबै भक्तिहरुलाई आह्वान गर्न हामी चाहदैनौं । जसले आफुले खोज गरेर आउन सक्छ उसलाई नकार्न पनि चाहँदैनौं । यसरी म संसारमा आसन लिन आई रहेको छु । सबै भक्तिहरु परमधाम जाने भन्दछन्, म प्रणामी हुँ भन्दछन्, र प्रणामीको यो के हो त ? मैले खोज गर्न लगाएको छु । परमधाम जान सबै ईच्छुक भएता पनि आफ्नो भित्रि आत्माले परमधाम नदेख्दा परमधाम आई पुग्न धेरै गाह्रो पर्दछ । परमधामका नियम निशानाहरु धेरै अदलीबदली भई रहेको महसुस यहाँ भई रहेको छ , दिई रहेको छ । त्यसैले भक्तहरुले यसलाई सज्जन बनेर आफ्नो बाटोलाई चिनेर परमधामका मालिक बोली रहेको छु ।  म संग भेट गर्न आउने ईच्छुकलाई स्वागत योग्य हाम्रो स्वागत द्वार खुल्ला रहनेछ । स्वागत योग्य बन्न सक्नु पर्दछ, र छानिन सक्नु पर्दछ । म यही भन्दछु सबै मेरा भक्तिलाई ।

भक्तहरु, संसारमा सबैले आ आफ्नो नियम पालन गरि रहेका छन । मेरा भक्तहरुले पनि नियम पालन गरेका छौं भन्न पछाडि पर्दैनन । तरै पनि आफ्ना कुकृत्यहरुलाई छोड्न पनि सक्दैनन । जुन लागि रहेको बानि छ, त्यसलाई आफुले छट्ट छोड्न नसक्दा दुनियाँको हुलमा बसेर त्यसैलाई कम्मर कस्दा धेरै दुख भई रहेको छ । आफुले निजनाम, निजानन्दी भनेको आफुले आनन्द गर्नु भनेको , निज भनेको आफु, आफ्नो पेवा , निज भनेको कसैको होईन, नन्द आफ्नो एक्लौटी, आत्मासंग परमधाम आउँने एउटा बाटो लिएको । बाटो हिंड्न जान्नु भनेर आफुले सिकेको , तर आफुले ।

संझनु गाह्रो भो, देखाउनु अप्ठ्यारो,
संझाउन गाह्रो भो, देखाउनु अप्ठ्यारो
संसारमा तुजु धेरै अप्ठ्यारो , देख्छ धेरै अप्ठ्यारो
कोही छैन , कोही होईन , कुन चाहिं भो अप्ठ्यारो ? २
छुट्टयाउनलाई अघि बढ्न आउ अगाडि भक्ति आउ अगाडि
संसारको सबैलाई लोभ प्यारो भो
संसारको सबैलाई ठूलो हुन हतार भो
सबैभन्दा माथि हुन कति उज्यालो ? २
कोही छैन सानो हुने सबै ठूलो भई देखाउने छन्
मेरै अगाडिमा आउनु सबैलाई
भन्छु म यसै गरी मेरो भक्तिलाई २
आउ भक्ति बोलाउन, मेरो हात समाउन २
भक्तिले आत्मा खोली मलाई देखन २
सजनको भार बोकी मलाई देखाउ न २ भक्ति
सब भक्तिलाई , छैन कोही छोडेको मेरा भक्तिलाई
आत्माको सजन, आउ भक्ति सबलाई देख्छु म
भक्ति आँखा खोलन ४

मेरा भक्तिहरु संसारमा सबैलाई दुखदायी, पिडादायी , यो देश शरीरलाई कति घात भई राखेको छ । सबैले आफ्नो यो देहलाई घात भएको कति बिश्वास छ । के भएको छ ? आफुले आफ्नो यो देहसंग कुरा गर्ने होईन , आफ्नो आत्मासंग कुरा गर्नु पर्दछ ।  जसरी आफ्नो आत्माको कुरा गर्न आत्माहरुले कुरा गर्दछन । यसरी जुन आफ्नो धर्मर आफुले गरेका कार्यहरुबाट आफु कति बञ्चित भई राखेको छ , त्यो बञ्चितको आफुले सामना गर्नु, आफैलाई थाहा हुँदैन । हे भक्ति हो, कति भक्त गर्यौं भन्दछन्, मेरा भक्तिहरु कति चुकि रहेका छन । चुक्नुको अर्थको कुरै रहेन । चुके पछि गई सक्यो । जसले पिछे लागेर हिंडेको बाटो मेटाउन खोज्छ, जति मेटाए ता पनि त्यो बाटो मेटिन सक्दैन । होला, उसले मेटाएँ भन्ने आफुलाई गौरव बढ्न सक्दछ । तर बाटो मेटियो, मेटिएन, आफुले ठिमाउँन गाह्रो हुँदछ । म यसरी उदाहरण दिन्छु मेरा भक्तिहरुलाई, मेरा भक्तिहरुले भक्त गरें भनेर कसैसंग आडम्बर गर्नु हुँदैन । कुनै धर्म पन्थीहरुसंग आफुले उनीहरुसंग मुकाबेला गर्न पनि जरुर पर्दैन । जसले जे जान्दछ, उसले जे भन्दछ, आफुले जे जानिन्छ, त्यो आपैंmसंग छ । निज भनेको आफ्नो अरुलाई दिएर हुन्न , अरुलाई दिएर सकिन्दैन । मेरा भक्तिहरुलाई मैले कति संसारमा भक्तिहरु अल्मलिई रहेका छन् ।  मेरा भक्तिहरुले कटु बचन बोल्न पनि त्यत्तिकै जानि रहेका छन । जति गरेका भक्त, जति बाटो संघाले ता पनि  एकछिनको ईष्र्या, एकछिनको कटु बचनले गर्दा त्यो तोडिएर जान सक्दछ । त्यो याद रहेको छैन । कसैले कसैलाई तोड्दछन, तोडी माँगिने भन्दा तोड्नेलाई धेरै घात परी रहेको हुन्छ । यो आफुलाई ज्ञान आउँदैन । यसरी संसारमा घुम्ति चक्र घुम्नलाई यो देहले धेरै कष्टको आफ्नो सामनालाई दर्द भई रहेको सिवाय अरु गर्न सकेको हुँदैन । आत्मा भन्नु नै एउटा आफ्नो दिव्य चक्षु संसार देखाउँने त्यही हो । त्यसैले नै परमधाम देख्न सक्नु आफ्नो कर्तव्य आउँदछ । जसले चाहन्छ, उसले देख्न सक्दछ

श्री प्राणनाथ:  श्री प्राणनाथ कि जय !किन भनेको त जय ?
प्राणनाथ प्याराको नाम प्यारो छ
भजन गर्नलाई धेरै पुग्यो
सबैलाई २ भजनको प्राण सम्झेर
होईन कसैले गर्नु २ यही सम्झेर
प्राण प्यारा २ प्राणनाथ आनन्द
सतचित्त नाम जप्ने २
सत चित्त आनन्द

यी तीन शव्दहरु भन्न सबैलाई कण्ठ भई रहेको छ । सचिदानन्द, सत चित्त आनन्द , यसरी आफ्नो भन्ने तरीकाहरु भक्तिहरुले आफै गर्न सिकेको छ । प्राणनाथ मरी सक्नु भो । उहाँको चलुवा तिथि यहाँ मनाईन्छ , प्राणनाथ बोली सकेको छु, मेरो चलुवा तिथि नमाउनु भनेर । म संसारमा कुनै समयमा थिएँ, मेरो देह वसान गरेर म परमधाम पुगे । म फेरी पनि परमधामबाट संसारमा बोल्न आई सकेको छु । म कहिल्यै मरेको छैन । मेरो आत्मा मर्दैन भने किन मलाई मर्यो भन्छन त ? मरेको हो भने त्यो बोल्नु हुँदैनथ्यो । अहिले मेरो आत्मा संसारमा आएर बोली रहेको छ । संसार भनेको एउटा सबैको सजिलो शव्द हो । तर अर्थ खोज्नु पर्दा यो संसारले धेरै दुख दिन्दछ । त्यसैले अर्थ अहिले सम्म खोलिएको छैन । धेरै भक्तजनले जानि पनि सकेका छन् र यहाँ संसारमा भक्त छैनन भन्न सकिन्दैन , छन । आ आफ्ना किसिमका भक्त सबै बनेका छन । तरै पनि यो तीन वटा अक्षरको अर्थ झिक्न सकेका छैनन । भक्ति कोही छैनन भन्न सकिन्दैन, आ आफ्नो लयमा भक्ति छन । जयकार मनाउँद छन , यो खुशीको कुरा हो । तर जयकार मनाउनुको किन जरुरी थियो ? यसको अर्थ खोज्नु पनि चाँडो गर्नु परेको छ । यहाँ खोल्न सक्ने, बोल्न सक्ने , देख्न सक्ने, चिन्न सक्ने, मान्छे यहाँ चाहिएको छ । सबैले आफ्नो परापूर्व काललाई संझेर हुन सक्दैन । बर्तमानमा के आई परेको छ, त्यसलाई आफुले संझिन सक्नु पर्दछ कि स्मरण शक्ति बढाउनु परेको छ । स्मरण शक्तिले के बताउँछ त अब ? र यसै गरी भक्त भक्त बन्नु मात्रै मग्न हुनलाई होईन । मग्न हुनु मात्रै देखाउनलाई होईन । देखाउनु मात्रै आफ्नो आडम्बरी होईन । आडम्बरीले आफुलाई घेरी राखेको हुँदछ । यसैले नै आफ्नो परम्पदको बाटो लाग्नलाई सबैले आत्माले आत्मालाई डोर्याउनु पर्दछ ।   यहाँ अर्थ आउँदछ, यो कसैले खोज गरेका छैनन । आत्मालाई देखाउँनु भनि सकेको छ, फेरी त्यही आत्मा बोल्दछ, त्यही आत्माले बिभिन्न कार्यहरु गराउँदछ । यो आत्मा के हो त ? यो कसैले सोच्न सक्ने कुरै आउँदैन । आत्मा भनेको छ, त्यो बोल्ने भनेको छ, बोली रहेको छ, त्यो आत्मा भनेको छ, के गरी रहेको छ, देख्न सकेको छैन । यसैले त पछि पछि आएर सबैलाई हैरानीको मूल ढोकामा कुराएको देखिन्छ । तर त्यो आफुलाई थाहा भएको महसुस कहिल्यै पनि हुँदैन । जानु छ, आउँनु छ, हतार छ, कोलाहल मच्चिन्छ , त्यो किन भयो त ?

मेरा भक्तिहरु भन्नु हुन्छ श्री राज्जीले, कति राम्रो शव्द छ , मेरा भक्तिहरु । मेरा भक्तिहरुले चाहिं भक्त कसरी गरेको छ ? के आफुले आफैलाई चिन्न सकिएको छ त ? भक्तजनको आत्मा कस्तो हुनु पर्दछ ? परमधाम पुग्नलाई के गर्नु, कस्तो किसिमको गरे आफु परमधाम पुग्न सकिन्छ त ? त्यो पनि आफैले सोच्न सकिने छ । आज म फेरी पनि श्री राज्जीका आसनमा मलाई शुभ घडी दिनु भएको अवसरमा म यो संसारमा आई पुगेको छु । परमधामको कथा जति गरे तापनि थोरै हुन पुग्दछ । जस्तो कि जति आफुले बनाउँदै गयो, गर्दै गयो, त्यति नपुग्दै जाने यो संसारको सानो तिनो जसलाई पनि थाहा भएको छ । तर यसलाई चिन्न सकेको मात्रै छैन । हामी मानिस मात्रैको तुलना गर्दा पनि बिहान खायो, दिउँसो खान पर्ने, दिउँसो खायो फेरी बेलुका चाहिने, यो प्रबृद्घि किन घुमी रह्यो त यसरी ? यसलाई पनि यस भित्र घुमेर हेर्नु पर्दछ । अपुरो सधैं किन हुन्छ त ? यसैलाई हामीले सोचेर हेर्नु पर्दछ । एक चोटी हामीले सम्झेर हेर्दा यसलाई के देख्दछौं ? यसलाई हामीले निचोडमा ल्याउनु पर्दछ । त्यसैले नै हामी यो अपुरो आत्मा शरीर लिएर यसरी घुमी राखेको छौं । हाम्रा उमेर बिते, हाम्रा दिन बिते भन्दछन्, आज भन्यो, भोली भन्यो , ती दिनहरुले पनि छोड्दै, छोड्दै, छोड्दै गई रहेको हुन्छ ।  दिनहरुले छोड्दा, छोड्दा, छोड्दा आफु पनि त्यस्तै त्यस्तै भई रहेको हुन्छ । तर त्यो आफुलाई थाहा छैन । अर्काले दिन छोडेको कुरा अर्कालाई हेर्दा, हेर्दा थाहा हुन्छ । आफुले छोडेको आफुले देख्न सकिन्दैन । यस्ता प्रबृद्घिहरु चलि रहेका छन् । र भक्तजनहरु, सबै मेरा भक्तिले सोच्न सकेका छैनन, श्री राज्जीले भन्नु भएको छ ।

बचनको आह्वान सुर पधारी
छैन कसको जानकारी मलाई अगाडि
बताउन जानु छ परमधामको गुरुको उत्साह लिई
परमधामको खुशियाली बताई दिनु छ,
मैले बताई दिनु छ ३

श्री परमधामको अठार हजार चौक मध्ये कुनै एउटा कथा मैले यहाँ गर्न लागि रहेको छुतलेकी चौकको आज यहाँ बर्णन हुँदैछ । यो मैले लेखेको छु । सोह्र तला परमधाम, अठार हजार चौक, पहिला पनि किन यहाँ अठार हजार समाप्त भो ? अठार हजार एक, दुई , तीन भएर यो ग्रन्थ समाप्ति भएन ? मात्रै अठार हजारमा समाप्ति भो । यो किन भएको भन्दा यहाँ अहिले अर्थ खुल्न आएको छैन । भक्तहरुबाट मागेको हो मैले । र यसरी तलेकी चौकको कुरा गर्नु पर्दा तलेकी चौक भनेको एउटा दक्षिण मोहडामा पर्ने मन मोहक एउटा चौक पर्दछ । यो चौकमा सबै हामी जस्तै सखिहरु भेला भएर आफुले मेला गर्ने, उत्सव गर्ने, राज्जी श्यामाजी संग भेट गर्ने , राज्जी श्यामाजीलाई यत्ति बेला आफुले मेलामा जे जस्तो गर्न सके पनि सुहाउँने समय हो । अरु बेला उन्नति चौकको सिंहासनमा गएर हामी त्यसो गर्न असमर्थ हुन पुगिन्छ । र यो तलेकी चौकामा सुवर्णको सिंहासन जडिएको छ । यो सिंहासनमा सबै भक्तिहरु, सखिहरु, आउने जाने गर्दछन् ।

आए सब भक्ति मिलेर हो२
श्याम राज श्यामाजी पधारीए हो २
आई सब सखिले देखाई सेचन गराउँने हो
आईए, सिंहासनमा आईए राजश्यामाजी २
धनि श्री राज श्यामाजी २ सिंहासनमा पधारिए
राज श्याम श्यामाजीमा २ अचवन चढाईए २
मेरा आसन रुपी संसारबाटै प्रणाम
छैन कसैबाटै, पुरा धामको नाममा शिर झुकाई
गर्छु म बिन्ति प्रभुमा २ छैन मलाई कसैको डर किन ? २

राज आनन्द,
तलेकी चौकमा यसरी श्री राज श्री श्यामाजी आफ्नो सिंहासनमा आफ्नो सिंहासनलाई आह्वान गर्नु हुन्छ । श्री धाम धनी अखण्ड नित्य धाम भनेर सबै सखिहरु यहाँ तल्लिन भई रहेका हुन्छन् । जसरी हामीले, अघि नै उदाहरण गरें मैले, बिहान खानु पर्छ अनि दिउँसो, बेलुका खायो फेरी बिहान उठेर खानु पर्दछ । यो अपुरो किन यस्तो हुन्छ सधैं । आज टन्न अघाएको दिन भोली खान नपरे धेरै राम्रो हुने थियो । तर फेरी खानु पर्छ । यस उदाहरण मैले के भन्न खोजें ? हामीले जति गरे तापनि , जति जे भए तापनि हामीलाई खाँचै भई रहेको हुन्छ । पूर्ण, पूरा भएको हुँदैन , आधै भइै राखेको हुन्छ, यसलाई भर्न खोज्दछ । हामीले यसलाई भरी पार्न सक्दछौं कि ? भन्ने हामी अभिलाषा बढाएर अघि बढ्दछौं । आशाको झोली भन्दछन् । आशाको झोली फिंजाउनु भनेको यसै गरी नपुग्ने हुँदा आशाको झोली फिजाउनु पर्ने हुन्छ । (यो हल्ला गर्ने नानीहरुलाई यहाँ ल्याउ ३९ः०५) अपुरो हुन्छ । त्यसैले यहाँ सबै सखि परमधाम बसि रहेको छ, श्री राज्जी श्री श्यामाजीको आराधना गर्नु के जरुरी थियो त ? सबै परमधाम मै बसि रहेको छ, देखि रहेको छ , गर्नुलाई किन आफ्नो यस्तो धावाधावा यस्तो सधैं भरी रहर रहर जाग्नु पर्ने के आवश्यकता ? र यस्तै यो तलेकी चौकमा सबले आह्वान गरेर श्री राज्जी श्री श्यामाजीको आह्वान माग्दछन ।  यसै गरी परमधाममा बस्ने आफ्नो एउटा कर्तव्य हो । के काम गर्ने त परमधाममा बसेर अब ? बस्ने मात्रै हो त ? बास्ने मात्रै होईन । केही न केही संसारमा आफुले गरेर जव पाईयो परमधाम , परमधाममा पुगेर श्री राज श्याम श्यामाजीको आफुले एउटा दर्शन त गर्न सक्नु पर्दछ । त्यो दर्शन पनि नपाउँदा परमधाम पुगेको पनि एउटा मतलब आफुलाई खुल्दैन । यसरी यो तलेकी चौकमा श्याम श्यामाजीका आह्वान श्याम श्यामाजीका आगमन , श्याम श्यामाजीका सिंहासनमा बिराजमान भए पछि सबै सखिहरु खुशी हुन्दछन् । सबैले दीयो जलाई, आआरती उतारेर अर्पण गरेर , आरती गर्नु नै आफ्नो आत्मा गर्नु हो । आरती जलाएर उज्यालो गर्नु नै आफ्नो आत्मालाई पार्नु हो । आफ्नो आत्मालाई त्यो आरतीको उज्यालोले बाटो देखाउनु हो । बाटो देखाउनको लागि हामीले आरती जलाउनु हो ।

आरती त्यसै त्यहाँ मन्दिरमा लगेर आरती पैसा चामल दिएको जस्तो होईन । चामल पैसा हामी माग्न आएका छैनौं । तर हामी माग्छौं अब । हामीलाई मन्दिर चाहिएको छ संसारमा । कसले दिन्छ त अब । घर घरमा गएर हामी कसैलाई माग्दैनौं सबै संग हामी आत्मा माग्दछौं । यहाँ भक्तहरुको मनमा परी सक्यो झस्का माग्छौं भन्दा धेरै पैसा माग्न आँट्यो कसरी दिने ? पैसा भन्ने कुरो यहाँ कसैले छिरिक्क दिन सक्दैनन यो संसारमा यस्तो छ । तर हामीले माग्दछौं आत्मा माग्दछौं । के ठीक होईन र ? हामीले आत्मा मागेका छौं । पैसा माग्दैनौं । स्वच्छ आत्मा माग्दछौं । स्वच्छ आत्मा लिएर आउनेहरुलाई हामी स्वागत गर्दछौं । त्यसै गरी यो तलेकी चौकमा मैले यो उदाहरण ल्याएको यहाँका पण्डितहरु जस्तो बाँदरले त्यसो गरेको थियो, हनुमान उहाँ त्यसो गर्यो भनेर कथा ल्याउन हामी जान्दैनौं । र हामीले लेखेका ग्रन्थमा पनि हनुमानको कथा लेखेका छैनौं । सत्य कुरा हामीले लेखेर राखेका छौं, तर ती सत्य कुराहरुलाई यहाँ सबैले जानकारी लिन, गर्न सक्दैनन । अर्थ खोलेका छैनन अहिलेसम्म । जति पढुन, जति गरुन, अर्थ खोलिएको छैन, बन्दै छ त्यो अर्थ । र यसरी हाम्रा मन्दिरमा हाम्रो छाक टार्नका लागि हामीले चामल पैसा माग्न हामी आउँदैनौं । स्वईच्छा यो मन्दिर आउनलाई । यसरी सबैले आरती गर्नु भनेको चामल पैसा दिएर त्यहाँ आफ्नो ग्रह दशा सार्ने भन्ने हुन्छ । त्यो पनि होईन । सारीन्दैन त्यहाँ । मात्रै आफुले त्यहाँ स्रद्घाले आफ्नो आत्माको लागि आत्मा चाहिं कहिल्यै पनि ढलफल हुन नपाओस, आत्मा ठीक ठाउँमा जावस , आत्मालाई बाटो देखाउनका लागि हामीले आरती बाल्ने, उज्यालो पार्ने हो । आरती बाल्नु नै उज्यालो उज्यालो देखाउनको लागि हो ।  कुनै यहाँ देखावटी राज्जीको लागि आरती होईन । त्यो आफ्नो लागि गरेको आरती ।

र यसरी सबै सखिहरुले चरणमा आरती गरेर पुष्प माला अर्पण श्री राज्जी श्री श्यामाजीमा सबैले अर्पण शिर झुकाए । आफ्नो आत्मा, आत्मा दान गर्दछन् ।  तब अब आदेश हुन्छ, सखिहरुले जे जे अपनाएका छन, आफ्नो प्रदर्शनीहरु गर्न पाउने , मेला भन्नु नै आ आफ्नो जे जे जानेको छ, त्यस्तै त्यस्तै देखाउने, ज जसले झुकाउन सक्छ, ज जसले उसलाई लट्टाउन सक्छ, त्यस्तै त्यस्तै गर्ने । मेला, नाउ नै मेला , मे भनेको आफु , ला भनेको दियो । मेला , आफुले अर्कोलाई दुख दियो, झुक्कायो, जे झुट्टा दियो, साँचो दियो, दियो । मेला, भेट भयो, सबै सखिहरुले यसरी मेलामा आ–आफ्नो तर्फको आ आफ्नो खुशिले सबैले गर्न पाउँदछन । कसैको आफ्नो पेवा मैले भनेको कुरो मान्नु पर्छ भन्ने कुरो आउँदैन । सबैले आफैले तर्जुमा गर्ने मेला हो । र यस मेलामा अब के गरे त ? हामी जाउँ अलिकति ।

यहाँ चारैतिर हिंडोला, हिंडोला, हिंडोला, हिंडोलै, हिंडोला, यहाँ झुण्ड राखिएका छन् । फूलै फूलले सिंगारीएको हिंडोलाहरु छन । र हिंडोलाको छेउ छेउमा के छ त अब ? हामी केही अडकल काट्न सक्छौं ? के छ होला ? हिंडोलाको छेउ छेउमा यहाँ साना साना नानीहरु बसि रहेका छन । उनीहरु छेउमा छन, बिचमा सिंहासन बनाएको हिंडोलाहरु झुलाई राखेका छन । ती नानीहरु पनि हिंडोला संगै झुलि रहन्छन् । त्यो हिंडोला कहाँ झुण्ड्याएको छ, झुण्ड्याउँने कही देखिएको छैन । मात्रै हिंडोला हल्लि रहेको देखिन्छ । कही अल्झाएको , बाँधेको देखिन्न । यहाँ मन मोहक सुन्दर छ । चारपाटे , चारपाटे परेका , चार कुना परेका हिंडोलाहरु आनन्दले झुलिरहेका छन । बाँधेको पनि छैन, गाडेको पनि छैन, अड्याएको पनि छैन , त्यो कसरी हल्लियो अव ? हामी बिचार गरौं है छ । अडकल काट्न पाईन्छ नि ? पाईन्दैन र ? सबैले अडकल काट्न पाईन्छ । अब यो हिंडोला चारैतिर यो एउटा मनमोहक चौक छ यहाँ । अठार हजार चौक मध्ये यो तलेकी चौक एउटा हो । र यस चौकमा सबै सखिहरु आएर यहाँ बसेका छैनन् । भनि रहेका छन,

सखिहरु : “मात्रै चौक छ यहाँ, केही छैन, सम्म छ अहिले, चारैतिर ठाउँ खाली नभई कन हिंडौंलाहरु झुलि रहेका छन् । अब के मेला गर्ने त हामीले । मेलामा त हामीले यस्तै रमाईला चिजहरु गर्नु पर्ने हो । हामीले के आयोजना गर्ने हो, आयोजना नै गरेको छैन ।”

श्री प्राणनाथ:  सखिहरुले यस्तै आफ्ना अलमलका कुराहरु सबैको आत्मामा जागि राखेको देखिन्छ ।  र हिंडोला हल्लि रहेको छ , त्यो हिंडोलामा के छ त ? कहाँबाट बाँधिएको अझै राम्रो हिंडोलाहरु एकै साथमा हल्लि रहेका छन् । फूलै फूलले सिंगारिएको ढकमक्क परेका हिंडोलाहरु । सबै सखिहरुले भन्न थाले,

सखिहरु : “यो हिंडालाहरु अब हामीले भुईंमा झार्नु पर्दछ । केहीले बाँधेको पनि छैन , केहीले समातेको पनि छैन , यसलाई केही अडेस दिएको छैन । हामी झार्न सक्दैनौं । हामी आफैं उफ्रेर त्यो हिंडोलामा बस्ने तव त्यो हिंडोला गह्रांै भएर झर्छ ।”

श्री प्राणनाथ:  सबैले यस्ता ईच्छाहरु गरे, भक्तिहरु, सखिहरुले । सबैले सोचि रहे, जति सोच्यो, त्यति त्यो हिंडोला हल्लि रहेको छ । जति सोच्यो त्यो हिंडोला हल्लि रहेको छ । हिंडोलामा सबैले भने,

सखिहरु : “हल्लि रहेको हिंडोलामा हामी कसरी पस्न सक्छौं ? किन नसक्नु ? सकिन्छ ।” फेरी अर्काेले भन्छ, “यस्तै नै हुन्छ मेला भन्ने कुरो, सबैले आ आफ्ना ईच्छा ब्यक्त गरे ।  आफ्ना आफ्ना ईच्छालाई देखाउँने , आफुले गर्न सक्ने कार्य गर्ने न हो मेला भनेको । त्यो भए पछि सबैले लौ त हामी यो हिंडोलामा बस्नै पर्छ । श्याम श्यामाजी आफ्नो सिंहासनमा होई बक्सिन्छ , राज होई बक्सिन्छ । यो हिंडोला हाम्रो लागि तैयारी हो । हाम्रो लागि हो, श्याम श्यामाजीले हामीलाई तैयार पारी दिनु भएको । अब हामी यत्ति धेरै सखिहरु छौं , यो हिंडोला कहाँ हामीलाई पुग्छ ?” उनीहरुले यो पनि सोच्दछन् । “पहिला हामी उफ्रेर त त्यो हिंडोलामा गई हेरौं, उफ्रेर हामी त्यो हिंडोलाभित्र पस्यौं भने ठीकै छ , पसेनौ हामी झर्नु पर्दछ तल, हामी ठोकिन्छौं ।”

श्री प्राणनाथ:  यस्ता कुराहरु पनि याद आउँदछ । याद नआउने होईन , चेतना हो , यो आत्मालाई सधैं सबै कुरा थाहा हुँदछ । सबैले जिद्दी गर्न थाले होईन,

सखिहरु : “त्यो नबाँधेको हिंडोला त्यसै हल्लि रहेको छ, हामीले झार्नु पर्छ , झारेर हेर्नु पर्छ , त्यो भित्र के छ ? कसले हल्लायो त यो ?”

 श्री प्राणनाथ:  त्यत्ति बेला पनि परमधाममा बस्ने सखिहरुलाई श्री राज्जीले गर्नु भयो कि भन्ने याद नआउनु किन ? के भयो त अब ? र यता पनि सोचौं । र हिंडोला हल्लि रह्यो । सबै भक्तिहरु, सखिहरु, आफ्ना मन मोहक उल्लासका साथ सबै उफ्रे । उफ्रिन्दा सबैलाई पुग्यो एक एक वटा हिंडोला । सबै हिंडोलामा छन् । हिंडोला झर्दैन, हल्लि रहेको छ । हिंडोला झर्दैन । सबै चकित भए,

सखिहरु : “अब हामी तल फाल हान्नु पर्छ अब ।”

श्री प्राणनाथ:  तल केही छैन । सम्म छ । हिजो अस्तिको रङ्गी चङ्गी चौक, आज देखिन्दैन, मात्रै सम्म छ, छेउ छेउमा हिंडोला झुण्डिएको छ फूलमालाले सिंगारीएको । बिचमा केही छैन । अब सबैले भने, राज्जी श्यामाजीको आफ्ना सिंहासन पनि आराम पूर्वक हल्लि रहेको छ, हल्लि रहेको छ ।  श्याम श्यामाजी आनन्दले मुस्कुराउँदै हेरी रहनु भएको सखिहरुलाई । अब सबैले भने, र दक्षिण तर्पmको हिंडोलामा बस्ने सखिले भन्न लाग्यो, 

दक्षिणको सखि : “होईन, हामी हिंडोलामा हल्लिएर मात्रै त हुँदैन, हाम्रो मेला त यत्तिले पूरा हुँदैन । हामीले त केही गर्नु पर्छ । चौकहरुलाई सिंगार्नु पर्छ । हामीले चौकमा त केही झिलिमिलि गर्नु पर्छ , तब पो हाम्रो मेला हुन्छ, हाम्रो तर केही छैन ।” सबैले त्यसो भने पछि ।

सखिहरु : “हो त हामी यो हल्लेर बस्ने हो ? श्याम श्यामाजीलाई जिस्काए जस्तो भो हामी त”, भन्न लागे । “हो, ल हामी उफ्रिनु पर्छ । हामी तलको तैयारी गर्नु पर्छ । हामीले मेला देखाउँनु पछर्”, सबैले त्यो भने पछि , “हो हामी उफ्रने हो ।”

श्री प्राणनाथ: सबै सफ्रिन्दा बिचैमा छन्, तल पुगेनन । फेरी बिच मै छन् । बिचाराहरु हिंडोला छोडेर उफ्रे, तर बिच मै छन् अब । तल पुगेनन । टेकेको पनि केही छैन, समातेको पनि केही छैन । छैन तल । ल, सबैलाई फेरी यो पनि एउटा गजब भयो । के भयो त अब ?

सखिहरु : “हामी बिचमै छौं । हामी मेलाको तैयारी गर्न उफ्रेको, हामी चौकमा पुगेनौं ।” सबैलाई अन्यौल भो र भने, “होईन, पहिला एक जना झरी हेर, तब तान त, ताने पछि सबै झरीन्छ ।”

श्री प्राणनाथ: त्यही एक जना झर्ने चाहिं को त अब ? सबै बिचमा छन् । त्यही एकजना चाहिं झर्न पाए त हुन्थ्यो नि । कोही झरेन । सबैलाई यस्तो कहाली लाग्दो , डर लाग्दो भने जस्तै , अचम्म भो यहाँ । कोही एक जना पहिलो झर्ने कोही भएनन । सबैले भने,

सखिहरु :  प्रभु श्री राज श्याम श्यामाजी २
                 हामी सखि पर्यौं अन्तरमा २
                छैन कोही २ छोडी जाने जङ्गल
                छैन कोही २ झोडी काट्ने जङ्गल
                अन्तरमा परी गयौं कोही जाँदैनन तल २
                यही भो अलमल २ राज श्याम श्यामाजीमा बिन्ति कर जोडी २
                हामीलाई थाहा छैन २ कुरा के हो ? केही प्रष्ट भएन
                प्रभु श्री राज श्याम श्यामाजीमा बिन्ति हजुर ।

श्री प्राणनाथ: यसरी बिन्ति गर्न लागे । हामी बिच अन्तरमा परी रहेका छौं । तल झर्ने पनि कोही छैन, माथि तान्ने पनि कोही छैन । हिंडोला पनि हामीले छोडी सक्यौं । हिंडोला हल्लि रहेको छ । त्यो हिंडोला हल्लिएर हामी कहाँ आए पनि त त्यो हिंडोलामा जानु हुन्थ्यो । हिंडोला पनि आउँदैन, हामीले अब के गर्ने ? श्री राज श्री श्यामाजीमा यसरी बिन्ति गरी सके पछि उनीहरु थाहै नपाईकन फेरी घुम्न थाले छन् । पंक्तिबद्घ भएर उनीहरु आरती बाल्न थाले । आरती बालेर घुम्न लागे । आरती बालेर घुम्दा घुम्दै उनीहरुलाई थाहै भएन, उनीहरु ठक्रक्क भुईमा आई पुगेछन् चौकमा । त्यो के भो त ? उनीहरुलाई केही थाहै भएन , कसरी त्यहाँ पुगे । आरती जलाएर घुमेको मात्रै थाहा छ , तर चौकमा सबै उभिन पुगि सके । त्यत्ति बेला याद भो सबैले भने ,

सखिहरु :  “होईन, हामी कति बेला आयौं त यहाँ ? हामी बिचमा थियौ । हामी यहाँ आयौं । हामी यहाँ आई पुग्नु थियो, आई पुगियो, ल मेलाका तर्जुमा हामीहरु गरौं ।”

श्री प्राणनाथ: अहो, सबैले आफ्नो मेलाको तर्जुमा गर्ने, सबैले चौक सिंगार्ने, मात्रै के भनेका थिए, सबै चौकहरु सिंगारी सकियो । झकिझकाउ भई सकियो । त्यही चौक भित्र हराउने भई सकियो । अब यो सखिहरु यहाँ अचम्म मान्दै छन् ।

सखिहरु : “अघिसम्म खाली थियो यो चौक, अहिले हामी नै हराउने चेपचेप , कुनाकुना  गन्न नसक्ने भयो यो चौक । राज श्याम श्यामाजी अहिले त चौकैमा  राज श्याम श्यामाजी पनि यहाँ तल चौकैमा हुनु हुन्छ, बिराजमान हुनु हुन्छ, सिंहासनमा । यो हामीलाई भ्रममा फैलिएको हो कि ?” सबै सखिहरुले भन्न थाले । र श्याम श्यामाजी श्री राज्जी ले भन्नु भो,

श्री राज्जीश्याम महाराज :सखि मेरा झुलमुल पर्यौ नि
सखि मेरा अलमल पर्यौ नि
आउ तिमी मेरो अगाडि २
सखिलाई चिन्नु कुन चाहिं सखि आउने हौ
आउ त अगाडि २

श्री प्राणनाथ: यसरी सखिहरुलाई बोलाउनु भो । को आउँछौ त मेरो अगाडि ल आउ । तिमीहरु धेरै चकित भई रहेका छौ । मसंग सोध्न आउ । के भयो त यो ? सबैले एकै स्वरमा भन्न थाले,

सखिहरु :  “श्री महाराज हामी झट्ट कुदेर चट्ट अगाडि उभिन कहाँ सक्छौं र ? महाराजको अगाडि हामी भन्न त के सक्छौं ? तै पनि हाम्रो अन्दाज एउटा शव्द उच्चारण गर्न सक्छौं कि भन्ने हिम्मत कसेका छौं । यसरी सखिहरु बोल्दछन् ।

श्री राज्जीश्याम महाराज :  “ल बोल तिमीहरु के बोल्छौ श्री राज्जी भन्नु भयो ।”

सखिहरु :  “होईन, हामीलाई सधैं चकित, चकित हुँदछ यो परमधाममा पनि । यो चकित लाई हामीले कहिल्यै पनि ठेगानमा लिन सकेनौं । के हामीहरु सधैंभरी कम्तिमा हुन्छौं । सधैं भरी हामी आधामा बस्ने हो त ? जहिले पनि अपुरो हुने हो त ?” यस्ता कुराहरु प्रस्ताब जस्तै भो । र श्री राज्जीले भन्नु भो,

श्री राज्जीश्याम महाराज : “तिमीहरुले अपुरो गर्यौ कि पुरा गर्यौ ? पहिले आफुलाई हेर त । पहिला आफुमा बिश्वास गर्नु पर्दछ, त्यस पछि अर्कालाई आफुले सच्चाउन जान सक्नु पर्दछ । आफु ठीक छ , छैन पहिला आफुलाई नै हेर्नु पर्दछ । त्यसरी अर्कालाई हेरेर कुरा गर्नु झट्ट मिल्दैन ।” राज्जीले यसरी जवाफ दिनु भयो ।

श्री प्राणनाथ: र सखिहरुले सोचे, पककै हो, हामी आफैले आफ्नै बिचार पुराउन सक्दैनौं भने अर्कालाई बिचार काटेर हामीले के भन्न सक्छौं ? त्यसैले नै श्री राज्जी श्री  श्यामाजीका हुकुम उनीहरुले मेला तैयार गरे । र यस मेलामा आज उनीहरुले के गर्न लागे भन्दा पुरै गाईहरुलाई सिंगारेर ल्याए आज, दुध दिने ग्वाला जुन गाईहरु छन्, यी गाईहरुलाई ल्याएका छन् आज । उनीहरुले के ले सिंगारे भन्दा , के ले सिंगारे होला त अब ? रातो सेतो रङ्गले हो कि ? झिलिमिली लुगा लगाएर हो कि ? गर गहना पहिराएर हो कि ? के ले सिगारे होलान बिचार गरौं त हामी एकछिन । के ले सिंगारे होला ? पुरा यहाँ एकनासे गाईहरु सिंगारी रहेका छन् । हामीले अडकल काटी सक्यौं त ? मैले देखेको चाहिं यो गाईहरुलाई पुरा म देख्दै छु, सुवर्णको मालाले पहिराएका छन् । मोतिको

(क्यासेट सकियो, केही बचन छुट्न गएकोमा क्षमा )

चारै चौकमा गाईहरु बसेका छन् र यो गाईहरुले त्यो हिंडोलालाई हल्लाउँन थाले । गाईहरुले यसरी हल्लिन्दा(शरदचन्द्र आसनमा शरीर दायाँ बायाँ हल्लाउँदै) हिंडोलालाई छोएर हल्लिएको देख्दछन सखिहरु ।

सखिहरु :  “हामी उफ्रिन्दा पुग्ने, उफ्रिन्दा झरेर बिचमा बस्ने, यो गाईहरुले चाहिं हल्लाएको देखिने ? गाई माथि चढेर हामीले हिंडोला फालि दिने”, ल सखिहरुले यो भने ।

श्री प्राणनाथ:  सबै सखिहरु उफ्रेर गाई माथि गए, गाई माथि गएर हिंडोला फाल्छौं भन्दा हिंडोला नै छैन । हिंडोला त तल भुईमा पो हल्लि राखेका छन् सबै । हिंडोला भित्र श्री राज्जी श्री श्यामाजी जताततै हल्लिएको देखिन्छ । होईन, भ्रममा परेको जस्तो छ, गाईहरु सुति रहेका छन् मज्जाले बसि रहेका छन् । अघि त उभिएका थिए गाई त । बसि राखेको गाईमाथि बस्ने मान्छे मुर्ख भएन ? सखिहरु त त्यो गाई माथि बसि राखेका छन्  । हिंडोला भुईंमा हल्लि राखेको छ , श्री राज श्याम श्यामाजीहरु देखि रहनु भएको छ । सिंहासनमा हेर्यो श्याम श्यामाजी देखिन्छ, हिंडोलामा हेर्यो श्याम श्यामाजी देखिन्छ ।  र यो सखिहरुले आफैलाई सोचे छन्,

सखिहरु : “होईन, हामी पो मुर्ख रहेछौं । गाईहरु बसि राखेका छन, बसि राखेका गाईहरु माथि हामी किन अत्याचारी , किन बसि राखेको हामी ? सबै चौकमा उत्रिए छन् ।” चौकमा उत्रिए पछि गाईले भन्न थाले,

गाईहरु:  सखिहरु सबैलाई चेतनाको मूलढोका खुलाउनु बाँकी भो२
              गौ गाई हामी हौ, हामीलाई कुल्चि दिने यी सखिको कत्रो दाउ ?
              हेरीकन लानु छ २ आत्माभित्र पर्यो घाउ २
              यो आत्मालाई कसरी घाउ बनायौ सखि २
              हामी सबै सखिलाई किन यस्तो दर्द भो ? २
             सम्झि ल्याउँनु कहिल्यै होईन (हामीलाई ठूलो दर्द भो २)

श्री प्राणनाथ: यसरी सखिहरु लाई दर्द भो । गाई माथि चढ्ने, हिंडोला चुँड्ने, हामीले के सोचेको त यो ? मेला भन्नु नै यस्तो नचाहिंदो नचाहिंदो , अरुलाई हाँस्य ब्यङ्ग , अरुलाई दुख दिने , यस्तै किसिमका मेलाहरु चल्दछन् । र सखिहरुले भने गाईहरुसंग,

सखिहरु : “हेर, तिमीहरु त उभि रहेका थियौ र हामी चढेका हौं । तिमीहरु अग्ला हुन्छौ र हामीले यो हिंडोला चुडाउँने भनेको हो । तर तिमीहरु बसि दिएछौ । त्यसैले हामीले हिंडोला चुढाउन पनि सकेनौं । र हिंडोलाहरु आफै  भुईमा बसेर यस्तो गर्छन भन्ने कुरा हामीलाई के थाहा थियो ।” उत्तरको ढोकामा बस्ने गौले भन्न थाल्यो ।

गौ : “सखिहरु सबैले मेरो पुच्छर समाउँनु । अब म के देखाउँछु ।”

श्री प्राणनाथ: भन्दा सबै सखिहरुले त्यो गाईको पुच्छर समाउन थाले । उतातिर त्यो गाईले सबै सखिहरुको पो पुच्छर समाति राखेको । सखिहरुको पनि पो पुच्छर रहेछ । अब लौ भयो कि ? गाईको पो पुच्छर थियो र सखिहरुलाई पुच्छर समाउ भनेको थियो । कसरी आयो त्यो सखिहरुको पुच्छर थिएन, उनीहरु सबैको पुच्छर । एउटै गाईले समाति राखेको छ पुच्छर त । सबै पुच्छर समाति सक्यौं । पुच्छर छोड्छौं गाईको भन्दा त गाईले आफ्नो पुच्छर समाति रहेको छ । सबै सखिहरु अब यहाँ हामी के गर्ने त ?

सखिहरु : “हाम्रो पुच्छर थिएन कहाँबाट आयो ? हामी यहाँ जहाँनेर मेला गर्नु छ , हामीलाई ढिला भो, छोडी देउ गौ । गौ तिमी छोडी देउ ।”

गौ: “तिमीहरुले मेरो पुच्छर समाउने, मैले तिमीहरुको पुच्छर समाउनु हुदैन ? तिमीहरु यति धेरैले मेरो पुच्छर समाउँछौ, म त एउटैले समाउँछु ।” सबै सखिहरु यहाँ भन्न थाले,

सखिहरु : धेनु भनेको पनि तिमी हौ
गौ भनेको पनि तिमी हौ
गाई भनेको पनि तिमी हौ
दाइ भनेको पनि तिमी हौ
आमा भनेको पनि तिमी हौ

“यसैले छोडी दिनु हामीलाई , पुच्छर छैन हाम्रो छ । यो पुच्छर कहाँबाट ल्यायौ गाई तिमीले । आफै राख हामीलाई चाहिंन्दैन त्यो पुच्छर, बिन्ति छ छोडी दिनु हामीलाई , हाम्रा उत्सुक के के आउँछन् २, निभाई दिनु हामीलाई ।”

श्री प्राणनाथ: यसरी उनीहरुले हाम्रा उत्सुकता मेटि, मेला हो के के सोचिन्छ२, तिम्रो पुच्छर समाउने ईच्छा भो, तिम्रो पुच्छर समाउन आएको, कसरी हाम्रो पलाएर हाम्रो पुच्छर समात्यौ ? हामीलाई छोडी देउ, त्यस्ता कुराहरु भनेर बिन्ति गरे पछि, गाईले छोडि दिए , सबैको पुच्छर छैन अब ।  पुच्छर छैन र सबैले भने,

सखिहरु : “हामी यो हिंडोला बोक्छौं अब । चुड्छौं भन्दा पनि भएन, फाल्छौं भन्दा पनि भएन , झार्छाैं भन्दा पनि भएन, हामी बोक्छौं अब । हामी बोकेर यो हिंडौला श्री राज्जी श्री श्यामाजीकोमा अर्पण गर्न जान्छौ” ,

श्री प्राणनाथ: यो सोंच्दा सखिहरुले सबैले हिंडोला बोक्न लागि सके । हिंडोला बोक्न सकेनन् । हिंडोला लाई उचाल्नै सकेनन । आफै थकित भई सके । थकित भनेको कुरा त एउटा सिमा रहन्छ । तर यहाँ हर कुरा गर्न खोज्यो, गर्न सकिन्दैन । सोंच्नलाई सजिलो हुन्छ, गर्नलाई धेरै गाह्रो. हुन्छ । सोच्दा खेरी कति कस्तो कुराहरु सोचिन्छ । त्यही कुरालाई गर्नु पर्दा कति गाह्रो पर्दछ । सखिहरुले हिंडोला बोक्छु भन्दा बोक्न सकेनन । र भन्न कसलाई भन्नु ? कसलाई गुहार्ने ? कुनै सखिको बल आएन । सबै सखि थाकि सके, र भन्न लागे ,

सखिहरु : “प्रभु महाराज ! श्री राज्जी हजुर कै कृपा हो यो । हामीले यो हिंडोला बोक्न खोज्दा , यो हिंडोला हामी बोक्न सक्दैनौ भने हामीलाई हाम्रा यी भएका तागतहरु कहाँ गए त ?  श्री राज्जी श्री श्यामजी कै हुकुम, हामी यत्तिकै न तागतिलो हुने होईन । हामी अमृत धारा पिई रहेछौं”, र यो बचन बोली सके पछि श्री श्यामाजीले भन्नु भयो,

श्री श्यामाजी : घमण्डको ठाउँ कही देखिन्दैन सखि हो
                      तिमी भन्छौ फाली दिन्छु, तिमी भन्छौ झारी दिन्छु
                     कसको के को जीत हो ? कसको कसको जीत हो ?
                     बताई देउ २ सखि सबले बताई देउ, कसको जीत हो ?
                     नचाहिंदो कुरामा जिद्दी नगर २
यसरी राज श्याम जी ले भन्नु भयो ।

श्री प्राणनाथ: जित कसको भयो त अब ? कसै न कसैको भएन । कसले बोक्यो हिंडोला, कसैले बोकेनन । जित कसको भो ? त्यहाँ आफुसैग तानातान गर्ने मान्छे नै छैन । कसको जित भयो र ?  आफु मात्रै मुर्ख भो । मुर्खको ठाउँ छैन । मुर्खको ठाउ भएन । तानातान गर्न पाएको भए नि त हुन्थ्यो नि । तानातान गर्ने पनि छैन त्यहाँ । मुर्खको ठाउ भएन । यसैले यसको उदाहरण के हुन आउँछ अब ? जसले अर्कालाई ढाल्न खोज्दछ , यसलाई म जित्दछु । उसले गरी रहेको काममा म बाधा पुर्याउँछु, यसलाई म यसको कार्यमा सफल हुन दिन्न । जसले आफुले बाटो छेक्दछ , त्यो बाटोमा आपैंm गएर पर्नु पर्दछ । उसलाई छुन्दैन , यदी सत्य हो भने सत्यमा अडिनु अति जरुरी पर्दछ । सत्यलाई दुख दिन्छन असत्यले । तर त्यो सत्य कहिल्यै डग्दैन । सत्यता भने सधैं भरी हुन पर्दछ । र यसरी हिंडोला तान्न नसक्दा उनीहरुको मुर्खको ठाउँ छैन । मुर्ख भई दिएछन सखिहरु त । हामीले सोच्दा पनि त मुर्ख हो नि । र यसो हुँदा हुँदा सबै सखिहरुले अब गाईसंग भन्न थाले,

सखिहरु : “तिमी पनि अपूर्वको चीज रहेछौ । हुन त तिमी गाई हौ । तिमीले दुध दिन्छौ , मिठा पकवानहरु तैयार हुन्छन तिम्रा दुधबाट । हामी त यस्तो किसिम त गर्न सक्दैनौ । तै पनि तिमीले हामीलाई यस्तो दुख दिने ? होईन , तिमीमा यत्रो शक्ति ? छैन , फेरी यस्तो भन्न थाले ।

श्री प्राणनाथ: गाईसंग शक्ति नहुनु, किन नहुनु ? उसंग पनि आत्मा छ , उ संग पनि शक्ति छ । शक्ति बराबरी दिनु भएको छ राज्जी श्याम श्यामाजीले । सबैलाई बराबरी दुईटा आँखाले हेर्नु भएको छ ।  र आफ्नो हामीले चर्म चक्षु आँखाले होईन , दिव्य चक्षु आँखाले देख्न सक्नु पर्दछ । यसो हुदा हुदै सबै बिचमा आई पुगि सके चौकमा ।  यो चौकको बिचमा के छ त अब ? केही त होला । यहाँ सानो मन्दिर जस्तो देखिन्छ । यो मन्दिर बिचमा, सानो छ । र सखिहरुले भन्न थाले,

सखिहरु :  “अघि सम्म मन्दिर छैन, अहिले बिचमा कहाँबाट आयो ? मन्दिर यहाँ चाहिन्दैन, परमधाम मै त छ, के लाई मन्दिर यो ?” सबैले भने । “होईन , यो मन्दिर हटाएर अर्कै किसिमको केही अर्का रचना गर्नु पर्छ ।” सखिहरुले भन्न थाले । मन्दिर भित्रबाट केही आवाज आयो ।

सुन्दरी : फालि दिनुस मलाई, सबैले चुँडी दिनु होस
             केही छैन यो दरबार सबै लिनु होस २
             चाहिन्दैन मलाई २ सबैले लिनुहोस ३

श्री प्राणनाथ: चाहिन्दैन, यो सबैले लिनुहोस । मन्दिर भित्रबाट आवाज यस्तो आयो ।

सखिहरु :  “के छ यो भित्र ? सबै लिनु, मलाई चाहिंन्दैन भन्छ । हामीलाई पनि चाहिएको त होईन । तै पनि हामीले मेला गर्न खाजेको हो । आफ्नो किसिमको गर्ने भनेको हो, त्यसैले यसलाई हटाउने मात्रै भनेको हुन ।”

श्री प्राणनाथ: त्यो भित्र एउटा सुन्दरी पो रहिछन् हेर्दा त । ती सुन्दरी एकदम मनमोहक कि छन । समाउन खोज्दा समाउन सकिन्दैन , ठ्याप्प समात्यो हुँदैन । कस्तो खालको सुन्दरी छन । र ती सुन्दरीले भन्छिन,

सुन्दरी : तिमीलाई हतार भो कता जाने हो ?  २
             छोडी देउ यो बाटो, बाटो सोझाउ तिमीले २
            जानु छैन २ बाटो सोझाउ

श्री प्राणनाथ: यसरी सुन्दरीले भनिन । तिमी कहाँ जाने हो बाटो सोझाउ । पहिले आफु जानु छैन तिमी अन्धधुन्ध घुम्दछौ , अँध्यारोमा घुम्दछौ भने कसरी बाटो लाग्दछौ ? अँध्यारो मै घुमि रहनु पर्छ । पहिले बाटो त सोझाउ, भने पछि सबैले सम्झे,

सुन्दरी : “हो अब हामी उसलाई चाहिन्दैन, ।  सबै तिमीहरुले ल्याउ भनेको छ । अब हामीले यसलाई लिने । राम्री सुन्दरी त छिन , हाम्रो साथी हुन्छिन , ती हाम्रा सखि हुन ।”

श्री प्राणनाथ: यसो सोच्दा उनीहरुले, त्यो सुन्दरीलाई निकाल्ने भन्दा सुन्दरी छैनन त्यहाँ फेरी ।   त्यो मन्दिर पनि छैन, सम्म भो । सबैले चकित भएर भने,

सखिहरु :  “यहाँ त के हुन्छ यस्तो ? हामी सधैंभरी लट्टी रहन्छौं कि कसो ?”

श्री प्राणनाथ: र यसै बिचमा यहाँ एउटा के भयो त भन्दा चार जना युवक बाबुहरु केटाहरु जम्मा भएछन् । र भन्न थाले,

युवकहरु : कता को सखिहरु के के गर्दछौ ?
                हामी आयौं यस चौकमा के के गर्नलाई ।
               सखिहरु हामीलाई चोरी हेर्नलाई ।
               आयौ चोरी हेर्नलाई, हामीलाई चोरी हेर्नलाई । २
               चोर्न सक्दैन यहाँ भर्न सक्दैन कसले चुन्न सक्दैन
               हामीलाई लान सक्दैन ।
यसरी भने ती केटाहरुले । र सखिहरुले भने

सखिहरु :  “बोलत, यति सुन्दर देखिन्छौ, हामीलाई तिम्रो कुरा खोल त ।२ नगरौं न धेरै अलमल २ ।”

श्री प्राणनाथ: सखिहरुले यसरी भने, ती बाबुहरु, नानीहरु त्यसो भन्छन । र ती चार जनाले के भन्छन ।

युवकहरु : “सखि हो, हामी यहाँ कहाँबाट आयौं ? कहाँ जानु पर्ने हो ? हामी मात्रै यो तलेकी चौकमा आएका हौं । हामी आई पुग्यौं ।”

श्री प्राणनाथ: र यसो भनि सक्दा मात्रै एउटा देखियो । त्यो एउटा फेरी श्री राज्जी श्री श्यामाजी पो हो कि भनेर भनेर सबैले हेरे, राज्जी पनि होईन । को हो त यो त ? को हो ? को हो ? सबैले बास्ता गरेनन ।

सखिहरु :  “यस्तै हुन्छ यहाँ, मेला भन्यो एक एक वटा अप्ठ्यारो कुरो परेर आउँछन् । आ हामीले त वास्ता नगर्ने ।” भन्न थाले सखिहरुले ।  त्यसो हुँदा त्यो एक जना युवकले भन्यो,

युवक : “सखिहरुको आत्मामा कति बिभोरता छाएको , जे सुकै होस भन्न लाग्यौ, ठीक छ, जे भएता पनि जे सुकै होस भने पछि, जे सुकै होस , म यो बिचमा बसि रहन्छु, अट्टल बनेर ।”

सखिहरु :  “होईन, हामीले यहाँ त एउटा सुन्दर, मनमोहक चौक बनाउँन लागेका छौं यो बिचमा । यो चौकमा लुकामारी खेल्ने बनाउन लागेको हामीले, यहाँ लुकामारी खेल्नु पर्दछ । सबले सबलाई अलमलाउनु परेको छ । श्री राज्जी श्री श्यामाजीलाई पनि हामी ल्याएर यहाँ अलमलाउने । हाम्रो यो मेलाको पहिलो मुख्य खेल नै त्यही हुनेछ ।”  सखिहरुले भने पछि, त्यो युवकले भन्यो,

युवक : “ल हुन्छ, तिमीहरु खेल्दै गर, म केही समयलाई ठाउँ छोडी दिन्छु, के भो त म हेर्छु ।” सुन्दर केटाले त्यसो भने पछि,

श्री प्राणनाथ: सबैले हटेर त्यहाँ चौक बनियो । चौक भए पछि अब त्यहाँ लुकामारी खेल्ने सबैले सुर गरे । श्यामाजीलाई पनि ल्याए त्यहाँ । श्री राज्जीलाई पनि ल्याए उनीहरुले तानेर ल्याए सखिहरुले । मेला न हो, जबर्जस्त श्री राज्जी श्री श्यामाजीलाई ल्याएर लुक्ने अब ।

सखिहरु :  “राज्जी श्यामाजी, हामी लुक्ने, राज्जी श्यामाजीले हामीलाई देख्ने ।” सखिहरुले यो भने पछि , राज्जी श्याम श्यामाजीले

राज्जी श्याम श्यामाजीः “ठीक छ, तिमीहरुलाई हामी देख्छौं । धेरै टाढा गएर नलुक्नु है । हामी त फेरी आउँन सक्दैनौ हेर्न । नजिक नजिक लुक है ।” भन्नु भयो राज्जीले ।

सखिहरु :  “लुक्ने हाम्रो काम हो, राज्जी श्यामाजीले झिक्नु पर्दछ लुकेको ठाउँबाट । हामीलाई बोकेर ल्याउनु पर्छ । लौ घमण्ड यत्रो आयो सखिको । राज्जीले भन्नु भयो,

राज्जी श्याम : “ठीक छ, मेला हो, तिमीहरुले मेला अपनायौ, हामी यो मेलामा आएको हुनाले, आज हामी तिमीहरुले जे जे गराउँछौ, त्यही त्यही गर्छौं । सखिहरुको मर्जि ।” श्री राज्जीले भन्नु भयो । श्यामाजीले पनि भन्नु भयो ,

राज्जी श्यामाजीः “ठीक छ, ठीक छ, सब ठीक छ । ल लुक ।” सबै लुक्न गए ।

श्री प्राणनाथ:  अब मेलामा त यसै गरी न हो , रमाईलो गर्ने । सबै लुक्न गए । यो चौक यति भनेर साध्य छैन , चौक यस्तो भएको छ । सबै सखिहरु लुकी सके । राज श्याम श्यामाजी एक जना दक्षिण, एक जना उत्तर लाग्नु भयो । अब लुकेकाहरुलाई देख्नु पर्यो ।  उहाँ उत्तर र दक्षिण फर्केको मात्रै हुनु हुन्थ्यो, सबै सखिहरुलाई तानेर त्यही ल्याई पुर्याउनु भयो । सबै सखिहरुलाई समातेको छ  । ल उहाँहरु हिंड्नु पनि भएन । उत्तर र दक्षिण फर्केको मात्रै थियो, सबै सखिहरुलाई तानेर ल्याउनु भयो । कहाँ कहाँ लुकेर बसेका सखिहरुलाई । सबै सखिले भने,

सखिहरु :  “श्री राज्जी यहाँबाट हिंड्नु भएको पनि छैन । श्यामाजी पनि हिंड्नु भएको छैन । लुकेको ठाउँमा खोज्न पनि आउनु भएन । र कसरी हामी यस्तरी लुकेकोलाई समातेर ल्याउनु भयो ।” र सबै सखिले यसो भने पछि, “ हामी सक्दैन रहेछौं । सबै भन्दा मालिकसंग हामीले , उहाँ संग हामीले ठेस गर्नु भनेको त , हाम्रो रहर मात्रै रहेछ । कमसे कम उहाँहरुले छाँद मारेर खोज्नु भएको भए हामीलाई मजाक त हुने थियो । लुक्न पाएको छैन समातेर निकाल्नु भयो ।”

श्री प्राणनाथ:  यो जोश हामी संग रहेन छ, भनेर सखिहरुले थाहा पाएर आई सके पछि सबै सखिहरु यहाँ एक प्रकारको मिठो रङ्ग पहेंलो भनु पहेंलो होईन, रातो भनु रातो होईन, साह्रै मिठो रङ्गमा सबै एकै किसिमका छन् । र श्यामाजीले भन्नु भयो,

राज्जी श्यामा : “ल, तिमीहरुलाई हामीले निकाल्यौं भने , तिमीहरुले हामीलाई निकाल अब । हामीलाई तिमीहरुले फालि देउ सिंहासनमा पुराउनलाई । ल तिमीहरुको पालो । तिमीहरुले उचालेर फालि देउ ।”

श्री प्राणनाथ:  राज श्याम श्यामाजीले यसो भन्नु भए पछि, सखिहरुले उचालेर फाल्न आँट्नु भयो । सबैले उचाल्न लागे । उचालिंदैन । उहाँहरु त भर्खरको सानो सानो कलिलो त देखिनु हुन्छ । उचालेर फाल्ने हुँदैन । र थाके सबै जना उचालेर फाल्न सकेनन । सबै भूईंमा लडे छन् , सखिहरु त निदाए छन् । थाकी सके । त्यो दुई जनालाई मात्रै त्यत्रो सखि लाग्दा खेरी उचाल्न नसकेर थाकेर निदाउनु भन्ने कुरो पनि फेरी यो के सोचौं त हामीले । उनीहरु त्यही लडेछन् । थाकि सके छन् , र राज्जीले भन्नु भएछ ,

राज्जी श्याम: “बाह ! तिमीहरु त निदायौ पो त । हामीलाई फाल्ने भनेको होईन ? तिमीहरुले कति बेला फाल्छौ र सिंहासनमा बस्ने भनेको , निदाउँछन पो यिनीहरु त ।”  सबै मष्ति निद्रामा परेछन् , निदाई रहेको छन ।


श्री प्राणनाथ:  त राज श्याम श्यामाजीले के गर्नु भयो ? सबैको टाउको टाउकोमा टेकी दिनु भयो र पनि उनीहरु ब्युँझेनन । त्यस्तो थाकेछन् । र उनीहरुलाई टाउको टाउकोमा टेकेर, टाउको टाउकोबाट तानेर लानु भएछ र पनि थाहा भएनछ ।  पछि उनीहरुलाई होस जगाई दिनु भए पछि सबै होस जागेछन । राज्जी श्यामाजी त सिंहासनमा बिराजमान होई बक्सिनु भएको । खुट्टा झारी रहनु भएको, खुट्टा मुनि त सबै झण्डि रहेका छन बाह

सखिहरु :  “ल, हामी के भयौं त अब ? सबै झण्डि रहेको छ ।”

श्री प्राणनाथ:  यसको अर्थ के आयो त भक्तजनलाई आयौ ? भनौं त एक दुई वटा शव्द । के हुन्छ ? मैले देखेको उत्तर । हामी भक्तहरु कहिल्यै पनि राज्जीभन्दा माथि पुग्न सक्दैनौं, तलै हुन्छौं । जति हामीले सेवा गरे ता पनि हामी कहिल्यै पुरा हुन सक्दैनौं । त्यसैले नै यी सखिहरु के भए । झुण्डि रहनुमा परे । राज्जी श्यामाजीकै लागि भए ता पनि झुण्डि नै त पर्यो । सेवा गर्न त पर्यो । आज म धेरै फूल चढाएर,  धेरै माला लगाई दिएर , पुरा र धेरै मेवा मिष्टान्न टत्र्mयाएर , आज मैले भगवानलाई मानि सकें , अब पर्दैन भन्दा हुन्छ त ? त्यो कहिल्यै हुँदैन । भोली पनि फेरी भगवान मान्नै पर्यो , भरै पनि फेरी भगवान मान्नै पर्यो । त्यसैले भगवानलाई सेवा गरेर कहिल्यै पनि हामी माथि पुग्दैनौं । हामी तलै रहन्छौं, थोरै नै भएको हुन्छ । र यो कथा यहाँ यसरी सबै झुण्डि रहे पछि सबै सखिले भने,
 
सखिहरु :  होईन , श्री राज आनन्द
                श्यामजीमा हामीले के के बिराम त
               सबै बिरामलाई हामी क्षमा माग्दछौं ।

श्री प्राणनाथ:  क्षमा मागे । क्षमा मागे पछि श्री राज्जीले छोडी दिनु भयो, श्यामाजीले छोडी दिनु भयो । सबै त्यहाँ बैभव भयो । र सबैले त्यहाँ के गर्न थाले अब, रास्केर मैयाँ आउनु भयो, रास्केर मैयाँले तिलक चढाउँनु भयो ।

रास्केर मैयाँ : श्री राज श्याम श्यामाजीमा २
                     अखण्ड धाम तिलक चढाएँ
                     श्री राज श्याम श्यामाजीमा बिन्ति चढाएँ
                     श्री राज श्याम श्यामाजीमा अखण्ड धाम तिलक चढाएँ
                     मैले तिलक चढाएँ राज , श्यामाजी तिलक चढाएँ

श्री प्राणनाथ:  यसरी तिलक चढाईन रास्केर मैयाँले । रास्केर मैयाँले तिलक चढाई सके पछि चरण धुवाउँन आउनु भयो । छत्रशाल महाराज चरण धुवाउँन लाग्नु भएको छ ।

छत्रशाल महाराज:  चरण धुवाउँने, चरण धुवाउँने,
                            चरण धुवाई राज श्याम श्यामाजीको २
                            अक्षर २ सबै मेटाउने

श्री प्राणनाथ:  यो चरण धोएर चाहि सबै सखिहरुको मुख मुखमा चरण अमृत पुगि रहेकोछ । छत्रशाल महाराजले चरण धुवाउँनु भयो । चरण धुवाई सके पछि त्यो पुछ्याउनका लागि नानी मुखियाँ आएर पुछाई रहेकी छिन । र यो कार्य सिद्घि भई सके पछि बाईजी महारानी आउनु भयो । 

बाईजी महारानी : जय जय कार ३ प्रभुमा
                           चढाउँने आत्मा माला (सबैले साथमा २)
                           आउ सखि सब एक भएर
                           परम प्रभु राज श्याम श्यामाजीलाई आत्मा अर्पेर
                           होईन कसैको, छैन कसैको 
                           तेरो , मेरो गर्नु हुन्न हामी सबैको २

श्री प्राणनाथ:  यसरी बाईजी महारानीले भन्नु भयो र यस पछाडि

सखिहरु :   “अब केही त हामीले प्रसाद लिनु पर्छ, अमृत लिएर मात्रै भएन”, सबै  सखिले भने ।

प्रसाद टत्र्mयाउँनु छ । २
श्री राज श्याम श्यामाजीमा प्रसाद हामीले माग्नु छ । २

श्री प्राणनाथ:  यहाँ प्रसाद, प्रसाद भनेको कुरो , अघाउने पनि होईन । तिर्खा मेटाउने पनि होईन अमृत पिएर, प्रसादले अघाउँने होईन । र यसरी सबै सखिले प्रसाद लिन्छौं भन्दा सबै सखिको अगाडि प्रसाद भयो । प्रसाद सबैले लिई सके । र सबैले भोजन लिन थालि सके । यहाँ हरपल मेला गरी सकेपछि सबै थाकेका हुन्छन् । त्यस बखतमा सबैलाई तृप्त आस गराउने बन्दोबस्त हुन्छ । यो बन्दोबस्त पकाउने यहाँ मान्छे पनि छैनन , भाँडा मोल्ने यहाँ नोकर पनि छैनन । आफ्से आफ सबैलाई तैयार भो , सबैले यो चौकमा वरीपरी बसेर आफ्नो श्री राज्जी बाट हुकुम भएको प्रसाद लिएर सबै मग्न छन् । प्रसादहरु आफ्नो हात हातमा दिने मान्छे पनि देखिन्न , आफ्नो हात हातमा प्रसाद । सबैले टन्न प्रसाद लिएका छन् । राज्जी श्यामाजीलाई भन्दछन्,

सखिहरु : तृप्त आस गराउने प्रभु दयालु
               प्रभु नै कृपालु हामीले जानेको
               हामी भयौं तृप्तास प्रसादी लिएर
               प्रभुलाई हामी गछौं आत्मा दिएर २

श्री प्राणनाथ:  यसरी भन्दछन भक्तहरुले । र यो कथा मैले यहाँ सक्न लागेको छु । यो कथा म आपैंmले लेखेको हुनाले मैले भनेको आज म आएको हु्रनाले यसरी प्राणनाथले लेखेको कथा यो तलेकी चौकको । र यो कथा म यहाँ बिसर्जन गर्दै मेरा भक्ति साथीहरुलाई, भक्तिहरुलाई, अभिवादन गर्दै म परमधाम प्रस्थान गर्दछु ।  यी कथाहरु सुनेर कस्तो लाग्दछ , यहाँ कुनै पण्डितले बताएका भए यो कथा आई सकेको थियो, भनेर मलाई भन्नु होला , म यो आग्रह गर्दछु । किन हामी परमधामबाटै आएर हामीले साँच्चै कसैसंग चित्त दुखाउनु छैन । कसैसंग मन मटाव गर्नु छैन, तर घोच्नु भने परेको छ २ । त्यसैले हामी परमधामबाट हामीलाई श्री राज्जी महाराज बाट हामीलाई बक्स भो, पहिला पनि देवचन्द्र महाराज, प्राणनाथ प्रभु यसरी हामी दुई जनाले यस्ता दुख कष्ट उठाएर पहिला पनि बचनहरु यहाँ ल्याएर छोडेर राखेको थियौं, लेखि बचनहरु थिए, अहिले प्रवचन मात्रै । अहिले बाणी बचन २, लेखि बचन छैन ।  सबैलाई प्रणाम ।

श्री राज श्याम :श्री राज आनन्द ज्ञान स्वरुप मेरो नाम सबैले भन्दछन ।
आएँ स्वरुपका नाम लिई श्री संसारका धाममा ।
यही मेरो आसनलाई नानी तिमीले गर परोपकार धमाधम ।
गर्नु पर्ने छ तिमीले खुबै गरी मेरा आसनहरुलाई
कहिल्यै तिमीले पछि हट्नु पर्ने छैन अघि बढ तिमीले
आत्माको ढोका खोलाउन कसरी आएँ म आफै
संझिएर , बुझेर लिनु है भक्ति सबैले
सानो ठूलो हुदैन कोही पनि होचो अग्लो केही छैन यसको हिसाबमा ।
ज्ञानलाई मान्नु पर्दछ सबले यही संसारमा । २

र भक्तजन यसरी हामीले बारबार नानीलाई दुख दिई रहेका छौं । उसले भन्दछ, संसारको परीक्षण मलाई चाहिन्दैन । मलाई परीक्षण गर्नु जरुरी छैन । यहाँ त सबैले गरी रहेकै छन नि खाने, बस्ने, हिंड्ने , लगाउने, रिसाउँने, हाँस्ने, उठ्ने, कुद्ने, सबैले मिठो खाने, तितो फाल्ने, राम्रो कुरा आफुलाई राख्ने, नराम्रो कुरा अरुलाई दिने, अर्काको कुरा गर्ने, आफ्नो कुरा गरेको मन नपराउने । संसारमा यो ब्यबहार चलि आएको छ । यस्ता कुराहरुमा मलाई परीक्षणमा राख्नु पर्दैन , बरु मलाई परमधाम ल्याउनु । बरु हामीले परीक्षणको रुपमा राख्दा राख्दा नानीलाई हामीले बियोगान्त पनि गरायौं । यो हामीलाई थाहा छ । किन गराउनु पर्दछ । र यसरी उसले यस्ता कुराहरु, कार्यहरुलाई संघर्ष गर्दै आउनु परी रहेको छ । संघर्षमा जुधि रहेको छ । संघर्षले जकडि राखेको छ । कति दुख भई राखेको छ । यो हामीले देखि राखेका छौं । त्यसैले हाम्रो यो आसनलाई सदैव तिब्र गतिले लान सकोस । यो आशिर्बाद दिंदै, यो आशिर्बाद छोड्दै, आजको यो मेरो आसनलाई बिराम दिन लाग्दैछु । सब भक्तिमा ज्ञानको भण्डार फुलोस, ज्ञानको दिव्य ज्योति बाल्न सकुन, ज्ञानको बत्ति बालेर परमधाम देख्न सकुन भन्दै म यही सज्जेसनका साथ म परमधाम प्रस्थान गर्दछु । 

बिज्ञ बर्गमा यी बचनहरुको बारेमा आफ्नो निस्वार्थ भावना पोखि दिनु हुन अनुरोध गर्दै बिदा, प्रणाम ।