Friday, February 10, 2012

२००२ मेई ०५ – श्री राज्जी श्यामा महारानी पहिलो पटक संसारमा

२००२ मेई ०५ – श्री राज्जी श्यामा महारानी पहिलो पटक संसारमा  

मितिः २००२ मेई ०५                  समयः प्रात ०९ः०० बजे
स्थानः एउटा कोठा , कोठेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शकुन्तला, यामदास, रामकृष्ण, कनकबाई, सुयोग, संझना, चम्पक, ठूली दिदी, पसन्द, प्रकृती, रीनावती बाई,


प्रवचनः श्री राज्जी श्यामाजी महारानी पहिलो पटक संसारमा

उनै श्री राज्जी महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको एक टुक्रा अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।
को यहाँ परमधामबाट संसारमा २
पे्रत आत्मा मान्छेलाई राज्जी पधराउँने सबैभन्दा ठूलो धर्म यही हो२
धन्य धन्य धन्य (निर्देशन मुताबिक श्री श्यामाजी महारानी ज्यूको स्वागातार्थ फूलमाला पहिराईन्दै)  
अबिर माला, अबिर लगाई देउ अब ३, थप्पडी बजाउ३
श्यामाजी आउनु भो३,

श्री राज्जी श्यामाजी : परमधामको कुरा म अलिकति गर्छु, सबैले सुन । तिमीहरुले हिजो अस्ति प्रबचन सुन्नु नपाएर दुख चित्त लगाएका छौ । अब म त्यो दिनको लागि यो प्रेत आत्मा शकुन्तला नाम गरेकी बालिकाको आत्मामा म यो बिष्णु भगवानलाई साँच्चि राखेर भन्न लागेकी छु । यो बिष्णु भगवान आएर उसले बस्नु पर्ने ठाउँमा बसेको छ । सिंहासनमा म बसेको छु । म भन्दा तल यो बिष्णु हुन्छ । बिष्णु भगवान हो । आफै हाँसेर आएर बसेको छ । उसले अठार बर्षमा बिष्णु भगवान गर्छ । आज जानु हुँदैन यसले, म संग बस्नु पर्छ । म भन्दा तल्लो तह मैले अह्राएको काम गर्ने यो हो, बिष्णु भगवान । अब प्रबचन सुन है त । प्रणाम
पक्का सुन्छौ ? २ 

बिरामी निको हुन्छे । पहिला कै जस्तो हुन्छ । यसको रोग दोहोरिने छैन । आजको सात दिनमा यसलाई ड्रेस तैयार गरी देउ । पाटको चोलो, पाटको साडी, पाटको फरीया, लगाई देउ । एक जोर कुतौ सुरुवाल बनाई देउ । त्यस पछि यसलाई सिंहासनमा बस्ने चन्दन तोरनहरु तैयार पारी देउ । यही भने पनि सानो एउटा बनाएर राखि देउ । थपना भए पनि हुन्छ । अब दिन प्रति दिन म आएर यहाँ प्रवचन गर्नु पर्छ । सुन्ने मान्छे होस या नहोस एक जना भए पनि, दुईटा कुरा भनेर जानु पर्ने हुन्छ । यसले पढ्नु पर्दैन, गुन्नु पर्दैन । कसरी प्रवचन भन्ला भनेर चित्त नदुखाउ, म आएर बोल्ने हुँ, मैले हुँ , यसले बोल्ने होईन । 

यो उक्त दिनको एक टुक्रा श्री राज्जी श्यामाजी महारानी संसारमा पहिलो पटक आउनु भएको कुरा दर्शाउनु भएको छ । यही दिन देखि श्री शकुन्तला सुनुवारको आत्मामा श्री शरदचन्द्र को अलौकिक जन्म भएको गणना गरीएको छ ।  दस्ताबेज भिडियो क्लिपबाट थोरै जानकारी पाउन सकिन्छ ।

संलग्न भिडियो क्लिपबाट प्रस्तुत दस्ताबेजको आत्मिक महसुस गर्न सकिन्छ ।

 http://www.youtube.com/watch?v=-iX_1j-2yUQ&feature=related


*********************************************************************

मेई ५, २००२ को बिहान सबेरैको निर्देशन अनुसार पुूलमाला आरती अबिर प्रसादको बन्दोबस्त हुन्छ । भक्तजनहरुलाई डाक्ने निर्देशन अनुसार आफन्तजनहरुलाई निम्त्याईन्छ । मानसिक रोगले ग्रस्त जस्तो विरामीलाई सुनेर को भक्तजन डाक्ने यस्तो क्षणमा । बिरामीको अवस्था अति चिन्ताजनक भएको महसुस हँुदा हँुदै पनि आफन्तजनहरुबाट आज्ञा पालना गरिन्छ । ठीक बिहानको ९ बजे संसारमा श्री राज्जी श्यामा महारानी पाल्नु हुने भविष्यबाणी अनुसार सबै पूजाको सामान ठिक्क पारिन्छ । प्रबचन गर्न कुनै ग्रनथको अध्ययन र अगि्रम तैयारी गर्नु नपर्ने परमात्मा स्वयमले बोल्नु हुने भविष्यबाणी । संलग्न भिडियो क्लिपबाट प्रस्तुत दस्ताबेजको आत्मिक महसुस गर्न सकिन्छ ।

http://www.youtube.com/watch?v=-iX_1j-2yUQ&feature=related


No comments:

Post a Comment