Tuesday, January 31, 2012

२००४ फेब्रुवरी २९ – श्री राज्जीश्यामा महारानी आसन - श्री देवचन्द्र नवतन चौक बर्णन तथा पूर्णबाई (०११ र ०१२)

समयः प्रात ०४ः३० बजे
स्थानः पूजा कोठा , बानेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह, रामकृष्ण, श्री जुगलदास महाराज, श्रीमति कनकबाई, श्री बिहारीदास, श्रीमति रीन्नावती बाई, श्री भुषणदास, श्रीमति संझना र श्रीमति बिपलव
प्र्रवचनः श्री राज्जी श्यामा महारानी, श्री राज श्याम महाराज, श्री देवचन्द्र महाराज , पूर्णबाई, मोति, फूल, सखीहरु , गाई

१६ तला परमधामको गोप्य बर्णन खुलासा । उनै श्री राज्जी श्याम श्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएका  अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ । यी सत्य घटनामा आधारित अमृतमय बचन हुन । श्रीमति शकुन्तला सुनुवार (श्री शरदचन्द्र) हाल यु. के. मेडस्टोनमा बसोबास गर्नु हुन्छ । हप्ताको तीन बिहान आसन जारी छ, कति अमृतमय बचन अभाग परेर श्रवण गर्न तथा रेकर्ड गरेर सुन्दरसाथ माझ सेवा पुर्याउन नसकेकोमा खेद प्रकट गर्दछु ।

  • श्री राज्जीश्यामा महारानीः  “अहिले परमधाममा १६ तला परमधाम हुँदा भक्तिहरु परमधाममा आउन सकेका छैनन । परमधाममा भक्तिहरु संसारबाट त्याग, तपस्या आफुले जति गरे ता पनि किन हो ? कता हो ? कता हराए भक्तिहरु ? संसारबाट बिदा लिएका हुन्छन्, तर परमधाममा आई पुगेको गणना भने यहाँ त्यति देखिन्दैन ।”
  • श्री राज्जीश्यामा महारानीः  “परमधाम जानका लागि कसैले भारी बोकेर हिंड्नु परेको छैन र कसैले गाडी हाँकेर पनि जानु परेको छैन । मात्रै यो आत्मालाई अर्पण गर्दा यो आत्मालाई लैजाने त परमधामको बायुवान द्वारा नै परमधाममा जान सक्दछन् । यसरी नै परमधामको घण्टी बज्नु पर्यो ।”
  • श्री राज्जीश्यामा महारानीः  “मान्छेले भन्दछन् कि मरे पछि केही हुँदैन । सबैभन्दा असजिलो त आफुले देह छोडे पछि , जुन सास फेर्न छोडे पछि, धेरै गाह्रो हुँदछ । जुन यो आत्मा कहिल्यै मर्दैन , यो आफ्नो देह शरीर मरेर जान्छ, यो आत्माले छोडेको दिन यो देह शरीर मर्ने हो । आत्मा कहिल्यै पनि मर्दैन , चेतनशिल प्राणी उही हो । उसले छोडेको दिनमा यो देहलाई दुख हुँदछ ।”
  • श्रीदेवचन्द्र : “आफुलाई कस्तो चुँड चुँड हवस्, आफु यहाँ कति जिर्ण हवस्, आफुलाई मरण्त हवस्, आफुलाई यहाँ कति रिस उठोस्, आफुलाई यहाँ कति खुशयाली होस्, तर त्यो परमधाम नछुटोस् ।”
  • श्रीदेवचन्द्र : “देवचन्द्र महाराजले यसरी भन्नु हुन्छ, यसरी गर्नु हुन्छ भनेर जति कथा गर्दछन् , त्यो कथाहरु कथा मै समर्पित भै सकेको छ । अब परमधाम जानलाई आफुले फेरी बाटोमा अल्झिने हो कि ? त्यो आफुले संकोच लिने बेला आएको छ । तब कि मैले पहिला आएका छ चौपाई निजनाम नै मैले फुक्नेमा राखेको छु भन्दा भन्दै पनि अहिले निजनाम जपि रहेका छन् । त्यो निजनामले भ्रममा परी रहन्छन् । अब यहाँ मेरा निजानन्दी हुं  भन्नेहरुको पनि धर्मर आउँदछ ।”
  • पूर्णबाईःपरमधाममा यत्ति बेला गुञ्जयमान भई रहेको छ, समर्पण भई रहेको छ , शरदचन्द्र शहको सिंहासनमा आरती बलि रहेका छन्, झलझल आरतीहरु अहिले बिसर्जन भएका छैनन । जुन दिन यो सम्पूर्ण आरती हुँदैन, तब सम्म अब यो आरती जलि रहेको छ । एउटा खुशियालीको लहरले छाएको छ । शरदचन्द्र शाहले संसारमा धेरै दुख गरि सक्यो ।”
  • पूर्णबाईः “अहिले चौध तला परमधामको एउटा सिंहासनमा बिराजमान हुन पाएको छु । यो किन पाएँ त भन्दा मेरो पहिला कला कृतिहरुलाई संझिदा त मलाई त्यति याद आउँदैन । संसारमा छोडी राखेको छु । र मेरो जुन परमात्मा श्री राज श्री श्यामाजीले यति ज्ञान खुलाई दिनु भयो । र अन्त कतै यत्रतत्र नछरिएर मेरो बंशमा यसरी संसारमा आएर ज्ञान फिजाउन थाल्नु भयो । आफ्नो स्वर सुनाउन लाग्नु भयो । आफ्ना मनतब्यहरु सुनाउन लाग्नु भो । यो परमधाममा गुणगानको भकारी , गुणगानको चौतर्फी यहाँ डुलि रहेको छ ।”
  • पूर्णबाईः  जहाँ परमधाममा मेरा नातिनीको आत्मामा परमधामका मूलधनले यसरी यहाँ ज्ञानको बाटो खुलाउँन आउँनु भो, त्यस बखत देखि मेरो बाटो खुलेर परमधाममा आश्रयमा सिंहासन पाएको छु । नातिनीको यो कृपाले मैले चौध तलाको सिंहासनमा बिराजमान हुन पाएको छु ।
  • पूर्णबाईःपरमधामको ज्योति भनेको यो निभाएर निभ्दैन , छलेर छलिन्दैन । सबै भक्तजन हुँदछौं, हामी भक्तजनले अल्छिको बाटोमा होईन , जाँगरको बाटोमा लाग्नु पर्दो रहेछ भन्ने ज्ञान हामीलाई प्राप्त भएको छ । ईष्र्याको बाटोमा होईन , ज्ञानको बाटोमा लाग्नु पर्दो रहेछ भन्ने ज्ञान प्राप्त भयो । ज्ञानको बाटोमा लाग्यो भने कसैले कसैलाई ईष्र्या गर्न सक्दैन । ज्ञान कमि भो भने ईष्र्या मात्रै जाग्न सक्दछ । यो पनि हामीलाई ज्ञान भयो । परमधाम भनेको एउटा ज्ञानको खानी रहेछ । ज्ञानको भकारी खोल्ने ठाउँ रहेछ ।”
  • पूर्णबाईः “उसको (श्री शरदचन्द्र)  सिंहासन तैयार भई सकेको छ ।  उनलाई उन्नति चौकमा श्री राज्जी श्री श्यामाजीको दाहिने तरफमा सिंहासन खडा भएको छ । उसलाई कस्तो राम्रो भो संसार छोडे पछि सिधै सिंहासनमा बिराजमान हुने भो । उसलाई त श्री राज्जी श्री श्यामाजी स्वयमले लानु हुने भन्ने कुरो हामीले परमधाममा सुनेका छौं ।”
  • श्रीदेवचन्द्र : (१६ तला परमधामको एक चौक, नवतन चौक बर्णनः) “यो नवतन भनेको यसको अर्थ यहाँ खुलाई हाल्नु भएको पनि छैन । सबै भक्तिलाई यसै गरी मोति र पूmलको बिचमा कथा आएको कुरा थाहा हुन्छ कि हुँदैन ? र यहाँ भनि सकेका छन कि छैनन ? भन्न बाँकी छ कि ? त्यो पनि भनेका छन कि ?”
  • श्रीदेवचन्द्र : “यसरी यहाँ नवतन चौक भएको हुनाले संसारमा नवतनपुरी भयो । जुन परमधाममा नभएको यहाँ नामै छैन , परमधाममा जे हुन्छ, त्यो यहाँ भई राखेको हुन्छ ।”
श्री राज्जीश्यामा महारानीः  (आसन ग्रहण गरि बक्सिन्दै )२१ः४९
 
हेर बु, बु, यस बु लाई चिनेर आउँनु २
भक्तिजन सखि आए अघि सरी २
भक्तिका मुखमा के छ र ?२
आउनु भक्ति मुख चलाई
छैन कसैले देखेको मलाईस्वागतम, स्वागतम, सुस्वागतम, स्वागतम ३

मेरा सखिहरुलाई कसरी मैले, जान लागेका सखिहरुलाई, कहाँ जान लागेको ? यो भनि रहेको छु । र सखिहरुले निश्चित ठाउँमा जान लागेको हो भने स्वागतमका यो मेरो पुकारा छ । र सवजन भक्ति सबैलाई म आराधाना पूर्वक यही भन्दछु । संसारमा सबैलाई आचरणहीन, व्यबस्थाहीन, आत्माहीन , दृष्टिहीन यस्तो यहाँ किन हुनु परेको छ ? यो आफु निर्धो भएको कारणले हो कि ? आफ्नो आत्माले बाटो नदेख्नको कारणले हो ? यो आफुले आत्मासंग कुरा गरी, आत्माको निष्टाबाट छुट्ट्याउन सक्नु पर्दछ । हे भक्तिहरु, सबैले भक्ति गर्यौं भन्दा आफ्ना भक्ति कस्तो किसिमले गरि रहेका छौं ? आफुले गरि रहेको भक्तिलाई पनि दोहर्याएर हेर्ने गर्नु पर्दछ । आफुमा त्यो बिश्वास जाग्नु पर्दछ । भगवान ३ भन्दछन्, भगवान भन्ने कस्ता हुन्छन त अब । के भगवानले सबैलाई सत्यतामा लाने हुन कि ? भगवानले सबैलाई डोर्याउँदै, डोर्याउँदै, डोर्याउँदै यसरी भुलाउँने हुन ? त्यो आफुमा बिश्वास गर्नु पर्ने कुरो आउँदछ । भगवान जसले भेट्दछ, त्यो भगवान के हो त ? त्यो सत्यको हो कि ? असत्यको हो कि ? कि त्यो त्यसै आफुलाई भ्रममा पार्न आएको हो ? त्यसलाई पनि चिन्न सक्नु पर्दछ । जसरी छायाँमा आफुले यो मेरो हो भनेर छायाँलाई आफुले छर्लङ्ग देखाउन सकिन्दैन, मात्रै एउटा छायाँ देखिन्छ । यस्तै गरी भक्तहरु पनि मात्रै भक्त गरें भनेर छायाँमा परी रहेको म देख्दछु । हे भक्तिहरु, यो अहिले परमधाममा १६ तला परमधाम हुँदा भक्तिहरु परमधाममा आउन सकेका छैनन । परमधाममा भक्तिहरु संसारबाट त्याग, तपस्या आफुले जति गरे ता पनि किन हो ? कता हो ? कता हराए भक्तिहरु ? संसारबाट बिदा लिएका हुन्छन्, तर परमधाममा आई पुगेको गणना भने यहाँ त्यति देखिन्दैन । त्यसरी भक्तिहरुले अलमल गर्दा भक्तिहरुको आत्माले कति आलोचना, कति बिवेचना, कति शक्तिचना, कतिको तृप्त आत्मासंग , कति रोदन र कति छेदनमा परी रहेका छन् । ती आत्माहारु परमधाममा आउन सकेका छैनन । यसरी नै मेरा भक्तिहरु मेरो देशमा आउने आशाले सबैलाई आडम्बर गरेर म परमधाम जाँदछु भन्न सजिलो मान्दछन्, तर परमधाम आउन भने कोही सक्दैनन । होईन भक्तिहरु, यसरी अलमलिनु कहिल्यै पनि सक्दैन । परमधाम जानका लागि कसैले भारी बोकेर हिंड्नु परेको छैन र कसैले गाडी हाँकेर पनि जानु परेको छैन । मात्रै यो आत्मालाई अर्पण गर्दा यो आत्मालाई लैजाने त परमधामको बायुवान द्वारा नै परमधाममा जान सक्दछन् । यसरी नै परमधामको घण्टी बज्नु पर्यो । म संसार त्यागेर, संसारलाई छोडेर, देह मेरो भाईसंग म अंश लिएर परमधाम आउँदै छु  । त्यसै भनेर आफुले परमधामको घण्टीमा झुण्डिन सक्नु पर्यो । परमधामको घण्टी नबजि कन यहाँ संसारमा कसले संसार त्याग्दछ, ती भक्तिहरुको गणना कसले गर्दछ ? उहाँ घण्टी नबज्दा यहाँ कसैले लिन आउँदैन ।  त्यसैले नै यहाँ भक्तिहरु अलमलमा परि सके । त्यसैले भक्तिहरु अलमलमा परेर कहाँ कहाँ गई सके । भक्तिहरुको आत्मा रोएर , आत्मा भड्किएर कुन दशामा परि सकेका छन् । मान्छेले भन्दछन् कि मरे पछि केही हुँदैन । सबैभन्दा असजिलो त आफुले देह छोडे पछि , जुन सास फेर्न छोडे पछि, धेरै गाह्रो हुँदछ । जुन यो आत्मा कहिल्यै मर्दैन , यो आफ्नो देह शरीर मरेर जान्छ, यो आत्माले छोडेको दिन यो देह शरीर मर्ने हो । आत्मा कहिल्यै पनि मर्दैन , चेतनशिल प्राणी उही हो । उसले छोडेको दिनमा यो देहलाई दुख हुँदछ । यसले आफुले जहाँको माटो हो , त्यो माटो आफुले भएर बिलिन हुनु पर्दछ । तर आत्मा भने बिलिन कहिल्यै हुँदैन । त्यही आत्माले गाह्रो सहनु पर्दछ । त्यो देहले सहनु पर्दैन, यो आत्माले सहनु पर्दछ । देहलाई पनि सजिलो त कहाँ छ र ? माटोमा मिल्नका लागि पनि कि त पोल्नै पर्दछ र माटो हुँदछ , कि त गल्नै पर्दछ र तब माटो हुँदछ । कति दुर्गन्धि भएर आफुले बिलिन हुनु पर्दछ । देहको पनि यस्तो परीभाषाहरु आउँदछ । जुन हामी संसारमा जन्मेका भक्तिले आफ्नो आत्मासंग , आफ्नो परमात्मासंग चिनेर आफुले माला गाँस्न थाल्नु पर्दछ । हातेमालो गर्न सबैलाई सिक्न, जान्नु पर्दछ । देहको हातेमालोले कुनै सार जित्दैन । आत्माको हातेमालोले आफुलाई आत्माको बिश्वास गराउँदछ । र म यसै गरी भक्तिहरु संग यस्ता कुराहरुको म सारांश दिंदै म सबै भक्तिहरुलाई आह्वान गर्दछु । जुन यी आफ्ना रित्ता आत्माहरुसंग सबैले झुक्नु पर्दा , सबैले बढ्नु पर्दा आफुले यहाँ आफ्नो आत्मासंग बिश्वास गरेर मेरा भक्तिहरु मेरो अगाडि आउन सक्नु पर्दछ । परमधाममा आउने भक्तिहरुलाई सदैव सबैलाई बराबरी तृप्त दिन, सबै संग त्यत्ति नै झुम्न सक्दछु । 

जानु छ सबले छोडेर २
छैन कसैले२ बस्नुलाई रोजेर
जानु छ सबले बाटो चिनेर
बस्नु छ सबले ठेगाना लिएर
ठेगानाको निशाना लगाउँनु है
मेरा भक्ति सबैलाई बोलाउँनु है
भक्तिका हक जुराउँदै आउँने
मेरा शक्ति साथ सबलाई भराउँने २

आउ भक्ति सबलाई भराउँने
भजन गर प्रभु२ भजन गर
भजनको साथमा आत्मा अर्पन गर२
कति कथ्यौ ? कति लेख्यौ ? कति जान्यौ ? कति घोक्यौ ? 
ती शव्दले तिमीलाई के लायो भर ?
शव्दको कण्ठले लेठ्ठा बढायो ।
आत्मालाई कता हो कता अँध्यारोमा चलायो
होईन सखि साथ आउ न (हात मिलाई२)
आत्मालाई देखाउँन २
मेरो आत्मा हो जड छैन
मेरो आत्मा हो भर छैन भन्न कसले सिक्यौ र ?
छोडेछन् सबले २ नदेखेर पो हो कि भन्दैन
चर्म चक्षु खुल्यो , दीव्य चक्षु खुलेन २
खुलेन २ दीव्य चक्षु खुलेन २
परमधाम कता छ देख्न सकिएन २
आत्मासंग देहको नाता जोडिएन२
आउ सखि सबलाई (प्रेमको माला २)
लगाई दिने आत्माको माला २
चिनेर आउ मेरो साथमा
हो चिनेर आउ मेरो साथमा
भक्ति मेरो साथमा ३
दीयो बाली जलाए, दीयो जलाए
आत्माले बोलाए, आत्मा बोलाए
छैन कसैको आत्मा साथी २
भयो ती हात मिलाउने (देहको साथी ३)

श्रीदेवचन्द्र : (श्री श्यामाजीको आसनमा उपस्थित होई बक्सिन्दै )

जय श्री राज यसरी म सबै यी शव्दहरुसंग म आई पुगेको छु ।
जय जय श्री राज धनी जय जय श्री राज २
आनन्दको आत्मा मेरो छैन, भन्न सक्यो कि कोही होईन २

प्यारा भक्ति ! यसरी आफ्ना आत्माका कुराहरु गर्दा धेरै गहिराईमा जानु पर्दा र आत्मासंग बिवाद गर्दा, देहसंग दाँजिन पुग्दा कति आफुले भिन्नता देख्दछौं । यसलाई हामीले यहाँ तुलाना गर्न सकेका छैनौं । किन सक्दैनौं त हामी ? यो के भएको छ त ? जसरी हामी बोल्दा बोल्दै जिभ्रो लर्बरिएर जान्छ , हाम्रा जिभ्रोहरु किन लर्बरिन्छन त ?  यस्तै हुनाले हामीले चिन्न सक्दैनौं । हामीले केही नजानेको कुरा यहाँ हामीलाई प्राप्ति हुन आउँदछ । तर हामीले किन जान्दैनौं यो प्राप्तिका फल स्वरुप के हुन त ? हामीले यसलाई खोज्न फेरी सक्दैनौं । यसै गरी हर कुरामा हामी पछाडी सर्दछौं । हामी पछाडी सर्नु भन्दा अगाडि बढ्नु पर्दथ्यो । तर हामीलाई अगाडि बढ्न ईच्छा हुँदैन । हामीले देख्यौं भने त्यो त केही होईन , मैले गरेको पो ठीक छ , म राम्रो जान्दछु, भन्दछन् ।

आज शुभ मुहुर्त हाम्रा यी आसनबाट हामी शुभ मुहुर्तका साथ साथै खुशियालीमा मग्न भएर संसारको खुशियाली पनि हामीलाई मग्न भएको छ । श्री परमधामको यो निष्ठा आज म परमधाम भनेको सबैलाई परमधाम भन्न सजिलो हुँदछ । तर परमधाम भेट्न हामीलाई गाह्रो पर्दछ । आउ भक्ति , आउ भक्ति सबैले बोलाउँदा पनि सुन्दैनन । यसरी नसुन्ने आफुलाई के भयो त ? यो हामीले सोध्न सक्नु पर्दछ । हामी सोच्न सक्दैनौं, यो हामीलाई दुख हुंदछ ।

शुभ शुभ शुभ यान (आयुष्मान२)
सब जन शक्ति, जन मन भक्ति, तन ज्योती सबलाई पुराण

परमधाममा यति बेला खुशियालीले छाएको छ । संसारको खुशियाली परमधाममा पुग्दा यो पनि एउटा अनौठो लाग्दो खुशियाली देख्न पाईंदो रहेछ, म यो ब्यक्त गर्दछु । परमधाम भनेको परमधामका पाँच वटा अक्षरका यसरी हामीलाई परमधामको अर्थ कति चोटी भनि सकेको छु । अर्थ भनेको अर्थमा मात्रै नराखेर त्यसलाई आफुले परमधामसंग जोड्न संक्नु पर्दछ । परमधाम लेखिएको अर्थ यहीबाट आफुले पनि जोड्न सक्नु पर्दछ । ता कि आफुलाई कस्तो चुँड चुँड हवस्, आफु यहाँ कति जिर्ण हवस्, आफुलाई मरण्त हवस्, आफुलाई यहाँ कति रिस उठोस्, आफुलाई यहाँ कति खुशयाली होस्, तर त्यो परमधाम नछुटोस् । त्यो वास्ता आफुसंग लिन सक्नु पर्दछ, तर त्यो वास्ता यहाँ भक्तजनमा कमि कमजोरी भएको छ । यहाँ मात्रै सबैले गीत गाउँन जानेको छ , भजन गरें भनेका छन्, किर्तन म सुनाउँछु भन्दछन्, आडम्बर गरेर हो या सही सत्य सम्झेर हो गरी रहेका छन । तर यसमा भिन्नता छुट्टयाउन भने आफैले सक्तैनन् । र भक्त साथीहरुको गुणगान गर्नु, गुण गान, यी गुण गान हरुको बचनलाई संघाल्नु पर्दा र यसलाई हामीले तयले , लयले बाँधिनु पर्दा धेरै अप्ठ्यारा कुराहरु आउँदछन् । सबैले आफ्नो आत्मासंग कुरा गर्न जानेको छैन , आफ्नो आत्मालाई बाटो देखाउन जानेको छैन । ऋषि मुनि थिए , कस्ता थिए त ती ऋषि मुनिहरु ? ती ऋषि मुनिहरु के गर्दथे त ? खै ? गर्दथेको कुरा आउँदछ , गर्दथ्यौ को कुरा आउँदैन । गरेको थियो भन्ने आउँदैन , गरेको देखेको थिएँ भन्ने कुरो आउँदैन । ऋषि मुनिहरु थिए रे ! थिए , यसो गर्दथे भन्ने आउँछ । यसैमा एउटा आडम्बरपन झुकेर आएको छ । त्यो मेरा भक्तिहरुले , साथीहरुले, छुट्टयाउँन सकेका छैनन । म हेरी रहेको छु । र भक्ति साथीको आत्माले पनि चिन्न सक्नु पर्दछ कि ऋषि मुनिहरु किन थिए ?  किन त्यसो गर्दथे ? तिनीहरुले गर्नु पर्ने कारण के थियो ? त्यो चाहिं कसैले खुलाएनन । कि खुलाएका छन कि ? त्यो मैले थाहा पाईन । भन्नु पर्दा सबै भक्त संग मैले यसरी भन्नु पर्छ कि सबै भक्तले अर्थ खुलाउँदा कुनै भक्तको आत्मालाई बाधा नपुगोस । कुनै भक्तको आत्माले तिरस्कार नगरोस । कुनै भक्तले सुन्दा उसलाई घृणा नहोस । यस्ता किसिमले बाचन गर्न सक्नु पर्दछ । धेरै पंन्थिहरु छन, सबै भगवानहरु छन, सबै भगवानहरुको कथा गर्दछन् , सबैले आ आफ्नो भगवानको शिर उठाउँने गर्दछन्, सबै आ आफ्नो पंक्ति बाटोमा हिंडि रहेका छन् । तर भक्ति भक्तिहरु भेट हँुदा आफ्नो आफ्नो धर्म भनेको छ, त्यो धर्मको बिवाद गर्दछन् । यो किन गर्दछन् ? म यो धेरै देख्दछु । यो होईन भक्ति साथीहरु, आफ्नो धर्मको गलबाज कसै संग गर्ने होईन । यो देहको गलबाज गरेर आफुले आत्मालाई बाटो देखाउन सकिन्दैन । मात्रै त्यो एउटा अलमलिने चौतारो बन्दछ । जसले आफ्नो लागेको धर्म , गरेको कर्ममा जसले आफ्नो सान देखाउँछ, उसलाई हो ठीक गरिस भनि दिनु सबभन्दा राम्रो र सजिलो हुंदछ । जे भन्यौ तिमीले ठीक गर्यौ , अरु कुरा भकभकाउनु पर्दैन । तिम्रो दुखाएर अरु सुनाउँनु पर्दैन । जे गर्यौ तिमीले ठीक गर्यौ , तिम्रै लागि गर्यौ , मेरो लागि होईन त्यो भनेर स्वीकार गरी दिनु, अनि आफुले त्यो चौतारामा अलमल गरेर धेरै बस्नु, समय खेर फाल्नु हुंदैन । किन ? यहाँ धेरै अलमलिने भक्तिहरु छन् । संसारको भगवानको भक्तिहरु  छन् ।  परमधाम जाने भक्तिहरु छन् । हामी परमधामको हौं भनेर आडम्बर गर्दछन् । होईन, त्यो परमधाम भन्ने होईन, हाम्रो भगवान त झन ठूलो छ । हामी त यस्तो हौं अर्थ लाउने अर्को भक्ति आउँदछ । यसरी भक्ति भक्ति जुधेर हामीले बिबाद गर्नु ठीक हुँदैन, जसले आफ्नो बाटो लागेको छ, त्यस बाटोलाई आफुले फराकिलो पारेर, आफ्नो बाटो काँडाले नकोर्ने पारेर हामी बाटो हिंड्न जान्नु पर्दछ, तब कसैको केही लाग्दैन । कसैको आत्माले झुकाउन सक्दैन । यहाँ देहको होडबाजीले हुने वाला केही हुँदैन ।  त्यो होडबाजी गर्नेको देह पनि भोली यहाँ निदाउँछ नै , एक दिन त्यो देह बसान । देह बसान, उ मरेछ भन्दछन्, देह बसान भनेको यो देहलाई बसाएको हो । देह बसान भनेको छ, तर अर्थ खुलाएका छैनन । देह बसान भनेको यो देह यही संसारमा बस्ने भएको हुनाले देह बसान उसले बसायो, उसले लिएर गएन । जब कि दाजुले छोडेर जाँदा, दाजुले लात मारेर जाँदा उसको केही लागेन, यहाँ बसाउँनै पर्दछ । र भक्त साथीहरु म यस्ता कुराहरु बाट धेरै नै टाढा भई सकेको छु । देवचन्द्र महाराजले यसरी भन्नु हुन्छ, यसरी गर्नु हुन्छ भनेर जति कथा गर्दछन् , त्यो कथाहरु कथा मै समर्पित भै सकेको छ । अब परमधाम जानलाई आफुले फेरी बाटोमा अल्झिने हो कि ? त्यो आफुले संकोच लिने बेला आएको छ । तब कि मैले पहिला आएका छ चौपाई निजनाम नै मैले फुक्नेमा राखेको छु भन्दा भन्दै पनि अहिले निजनाम जपि रहेका छन् । त्यो निजनामले भ्रममा परी रहन्छन् । अब यहाँ मेरा निजानन्दी हुं  भन्नेहरुको पनि धर्मर आउँदछ । पक्का निजनाम कुन हो ? निजनाम भनेको के हो ? निजनाम जप्नु किन पर्दछ ? निजनाम सधैं किन जप्नु पर्यो ? जप्दा जप्दै के हुन्छ र नजपे के हुन्छ ? यसको अर्थ पनि खोलिनु पर्यो, खोई यहाँ खोलिन्दैन । यहाँका माहात्माहरुले खोलेका छन् कि ? भनेका छन् कि ? मैले सुनेको छैन । यसरी म सबै भक्तिसंग आह्वान गर्दछु कि आफुले आफ्नो आत्मासंग निर्दिष्टताकासाथ बिश्वास लगाएर हामीले के गर्नु पर्दछ ? यो हामीले पहिल्याउँनु परेको छ । हामी धेरै पछाडि परि सकेका छौं, धेरै पछाडि भन्दा पनि पछाडि भै सक्यो । अब बेला धेरै छैन, अट्ठाईसौं कलियुग भनेको झिमिक्क गरि सक्यो, मात्रै ठम्म पार्न बाँकी छ । यसैले नै भक्तहरुको हतार गर्ने बेला आएको छ । र यस्ता साना तिना मसिना कुराहरु गरेर मैले समयलाई कुनै अनुचिदितमा कुनै प्रणित गरेको छु भने सबै भक्तजनहरुले यसलाई छानबिन गर्नु होला । हुन त सबैलाई यो संसारको देश, संसारमा आए पछि सबैलाई जडले जकडि राखेको हुन्छ । कसैलाई आस्था पुगेको हुँदैन । आस्था कमजोरी भई रहेको हुन्छ । यो मलाई पनि महसुस भएको थियो केही समयमा । सानो म एउटा शैली सुनाउँदछु ।

आए हराबरा सबै सखिहरु सबै धर्मरिए छन कता कता
मैले देखें त्यहाँ नेर उ त लुकी बसेछ उ
उ हेर त ! उ लुकेको, किन लुकेको ? तिमी छुट्ट निस्कि देउ त
तिम्रा आत्मा लुकाउन पर्दैन, जाउँ त हामी सरासर
जाँदा सरासरी को भेटिन्छ ? उसैलाई हामीले सोधौं त
सोध्दा उसले के भन्छ ?हामीले सोधेको जवाफ दिन्छ कि ?
त्यसैमा हामीले आशा गरौं त
आशा गर्दागर्दै हामीले भुल्नु हुँदैन  २
हामीले कत्ति पनि पछाडि हट्नु हुँदैन
अगाडि पनि झम्टेर जानु हुँदैन
तर हामी आफ्नो तिब्र गतिमा बिस्तारसंग बलेर जाउँ त
के भेटिन्छ हामी त्यसलाई चिन्न सकौं त अब
चिन्न सकौं त २ चिन्यौं भने के हो ? त्यसको नाम भन्न सकौं त
भन्यौ भने हामी के भन्छौं, त्यो सबैलाई छर्लङ्ग पारौं त अब
ए भक्ति साथीहरु २, हामी निदाएर पो के भो ?
हामीलाई निद्राले ब्युँझाउदा पो के गराउँछ र ?
हामी निद्रैमा परी रहे पनि हामीलाई हुने त के हो र ?
तर हामीले झसङ्ग भएर यसलाई एकपल्ट फेरी हामीले यसलाई संझने गरौं त
हाम्रो देह के हो ? आत्मा के हो ? यसलाई जोडी हेरौं तखोई परमधाम जाने भन्दछन् २
परमधाम जानलाई कसैले पनि म अगाडि सरेको देख्दिन
सबै जना छमछमछम पछाडि सरेका हुन्छन
के भो त यी देह आत्मालाई ?
के भो यिनीहरुलाई सोधौं त ?
एक बचन हामीले सोधि हेरे यिनीहरु के भन्छन त ?
सोधौं त है, सोधौं है सोधौं, सोधौं, सोधौं

आज एउटा पूर्ण बिषय छ । अब यहाँ नेर पर्दाको कुरो आउँदछ । संसारमा द्वेषभाव , क्लेष र ईष्र्या बढेर आउँने कुरो छँदैछ । यी भक्तिहरुले यो छोड्दैनन । यो भक्तिहरुले  ईष्र्या नछोड्नका कारणले पनि परमधामको बाटोमा तँगारो लागेको धेरैलाई भएको छ । संसारको कलाकृतिमा ईष्र्या गर्नु हुँदैन । आफुले पनि अर्कोले पनि जुधेर हुन सक्दैन केही पनि । छोड्नु पर्छ यही यो संसारमा सबैले भन्दछन् एक दिन त संसारलाई छोड्नै पर्दछ । त्यसै घडीमा, संसार छोड्नु पर्ने घडीलाई संझेर आत्मासंग द्वादश गर्न अगाडि बढ्नु त छँदैछ , तरै पनि देह संगको सुख सयल गलबाज संग यहाँ ईष्र्या गर्नु कमजोरीपना आएको छ । भक्तिहरु, यसरी आफ्नो कमजोरीपनालाई हामीले संघाल्नु र अंगाल्नु हुँदैन । आफ्नो आत्मालाई बिश्वास गरेर हामीले आफ्नो आत्मालाई चोर्न सिक्नु पर्दछ । र परमधाममा यत्ति बेला गुञ्जयमान भई रहेको छ, समर्पण भई रहेको छ , शरदचन्द्र शहको सिंहासनमा आरती बलि रहेका छन्, झलझल आरतीहरु अहिले बिसर्जन भएका छैनन । जुन दिन यो सम्पूर्ण आरती हुँदैन, तब सम्म अब यो आरती जलि रहेको छ । एउटा खुशियालीको लहरले छाएको छ । शरदचन्द्र शहले संसारमा धेरै दुख गरि सक्यो । ईष्र्या उसलाई गर्ने त्यत्तिकै छन् । देहको ईष्र्या गर्नेहरु त्यत्तिकै देख्दछु । तर ईष्र्या गर्नेहरुले शरदचन्द्र शाहको आत्मालाई जित्न अब धेरै गाह्रो पर्दछ । संसारको धन , सम्पत्तिमा जित्न बेग्लै कुरा होला । तर आत्मासंग जित्न भने धेरै गाह्रो पर्दछ । कार्यहरु भनेको यसै गरी बढ्दै जाँदछन् । गर्दै जाँदा भेट्दै गईन्छ , भेट्दै जाँदा छोड्दै गईन्छ, छोड्दै जाँदा समाउन सकिन्छ । यस्ता उक्तिहरु , हुन यहाँ संसारमा को भन्दा को कम भन्ने कुरोको यहाँ कोही कमि हुन चाहन्नन । तर आत्माको कुरो आउँदैन । यति मात्रै फरक छ । र म परमधामको खुशियाली आज एउटा हरि शरण माँ ले बचन दिनु भएको छ, पूर्णबाई आएर यहाँ आफ्नो नातिनीलाई केही शुभ आशिष बचन दिने भन्ने सुचना हरि शरण माँ ले दिनु भएको छ । र नानीले पनि आसन बस्नु भन्दा अगाडि यहाँ सम्म छ शरदचन्द्र शहको बिश्वास । हरि शरण माँ ले पूर्णबाई आउने भन्ने कुरो कहाँ सम्म सत्य हो भनेर उसले आसन बसेको छ । यी कुराहरु शरदचन्द्र शहले जहाँ गए ता पनि , जे बोले ता पनि , जस्तो चिताए पनि परमधाममा घण्टी बज्दछ । परमधाममा यो बचनहरु आई पुग्दछ । सत्य हुन, हरिशरण माँ ले सत्य बोल्नु भएको छ । र आज संसारमा छोडी राखेको आफ्ना संसारको नाता र संसारको आफ्ना परीवारमा भएको, छोडेर गए ता पनि जसो कि किर्तिमान, परमधाम जान धेरै बर्ष अलमलिए ता पनि संघालो बाटो भएर आफ्नो परमधाम पुगेका पूर्णबाई आएर यहाँ केही बचनहरु भन्नु हुने छ आज । किन भन्नु हुनेछ भन्ने कुरा चाहिं यहाँ सबैलाई थाहा हुनु पर्दछ, थाहा नभए पनि त्यत्ति असर पनि पर्न जाँदैन । संकोच बढ्दछ, संकोचले पनि केही हुँदैन । संकोच चाहिं धेरै बढेको खुलेको छ परमधाममा । र परमधामको जुन कथाहरु बाचन गर्दछु म, मेरा कथाहरु के कस्ता हुँदै गएका छन ? यो मलाई नै बिश्वासपूर्ण भाव फैलिएको छ कि मेरा कथाहरु सम्पूर्ण मात्रामा भई सकेको छैनन । र पूर्णबाई आउनुको आज किन हो ? एउटा स्वागत र साईत , उल्लास, मग्न, आनन्द कुनै पनि पर्न आउँदछ ।

पूर्णबाईः (श्री श्यामाजीको आसनमा शरदको हजुर मुमाको आत्माले संदेश दिनु हुँदै ) ३६ः१९

जय श्री जय श्री जय श्री जय श्री
जय श्री जय श्री जय श्री परमधाम
आनन्दको नित्य २ गुणगान परमधाम२
परमधामको रुपी जानेर ,
आएँ पूर्णबाई संसारमा म २
कति भयो दुख, कति भयो सुख
छोडी जाने संसारलाई छोडी गएँ म
छोडी गएँ म धनी छोडी गएँ म
१४ तला सिंहासन बिराजमान छु
संसारको देहलाई छोडी गएको
धेरै बर्ष लाग्यो मलाई परमधाम जानलाई
परमधाम पुग्नलाई , प्यारा सत्य साथी हो २
परमधाम जानलाई धेरै अप्ठ्यारो भो २
गएँ म संसारलाई छोडेर, मेरा भन्न कोही छैनन २
संसारमा नाता जोडेर २
छोडी दिएँ संसारलाई यही बाटो खुलाउन २
कति भयो दुख मलाई परमधाम पुराउन २
परमधाम जानलाई धेरै दुख भो, मलाई धेरै दुख भो
धेरै दुख भो, मलाई धेरै दुख भो
बाटो मेरो अलमल भो परमधाम जानलाई
सिधै पुग्नलाई मलाई बाटो खुलेन २

भक्ति हो, सबैले भक्ति गर्दा, म पनि भक्ति गरें भन्थे, तर मेरो पुगेन छ । र बाटोमा धेरै अलमल भो, धेरै दुख तकलिफहरु मैले सहेर, संसार छोडेको धेरै बर्ष लाग्यो , धेरै पछाडि म परमधाम पुग्न सफल भएको छु । र यसरी म कसरी पुगें परमधाम, आफ्ना आत्माको बिश्वासले गर्दा धेरै बर्ष भए ता पनि म आफ्नो परमधाम पुग्न सफल भएको छु । म नव तला परमधाममा खुवा पकाउने, खुवा बनाउनेमा म थिएँ, दक्षिण ढोकामा । हुँदा हुँदै म मेरो संसारमा छोडी राखेको , मैले यो भन्दा अगाडि, संसार छोड्नु भन्दा अगाडि यसरी पाएको भए मैले परमधाम आउन दुख हुने थिएन रहेछ । परमधाम पुगेर मलाई थाहा भयो । र परमधाममा म यसरी बस्दा यस्तो भो कि श्री राज श्री श्यामाजीले यसरी मेरा गोत्रमा आउँनु हुन्छ भन्ने कुरो मलाई थाहा भएको थिएन । र यसरी मैले सैसारमा आफ्नो नाता एउटा देहको नातामा मेरो नातिनीमा यसरी श्री राज्जी श्री श्यामाजीले आफ्नो आत्मा बिसाएर बचनहरु खोल्न आउँनु भयो । म यसमा सबैलाई खुशी ब्यक्त गर्दछु । मेरो भागमा यो पाईन मैले । अब पछाडि हुनेले पाएका छौ र यसलाई कुरा बुझेर यसमा आफ्नो साँचोलाई लिएर सबैले साँचोको ढोका खोल्नु आउनु पर्दछ । सजिलो भन्ने कुरो र आनन्द भन्ने कुरोले परमधाम पुराउँदैन रहेछ । जति आफुले निष्ठा गर्न सक्यो , आफ्नो आत्मालाई जति बाँध्न सक्यो, त्यसैले मात्रै, आफुले परमात्मा चिने पछि मात्रै परमधामको ढोका खुल्दो रहेछ । मलाई यो ज्ञान भएको छ । र यो मेरो संसारलाई जन्मेर हेर्ने आशा थिएन । यही आशाले मात्रै म परमधाम पुगेको हुँ कि? जस्तो लाग्दछ । लोभ लालचा पनि मलाई थिएन । त्यसैले पनि एउटा म परमात्माको भक्ति केही नजाने ता पनि गुणगान गरेर आफ्नो स्वईच्छालाई , एउटा आफ्नो भक्तिलाई बाँधेर म बिच बाटोमा अलमलिए तापनि अहिले चौध तला परमधामको एउटा सिंहासनमा बिराजमान हुन पाएको छु । यो किन पाएँ त भन्दा मेरो पहिला कला कृतिहरुलाई संझिदा त मलाई त्यति याद आउँदैन । संसारमा छोडी राखेको छु । र मेरो जुन परमात्मा श्री राज श्री श्यामाजीले यति ज्ञान खुलाई दिनु भयो । र अन्त कतै यत्रतत्र नछरिएर मेरो बंशमा यसरी संसारमा आएर ज्ञान फिजाउन थाल्नु भयो । आफ्नो स्वर सुनाउन लाग्नु भयो । आफ्ना मनतब्यहरु सुनाउन लाग्नु भो । यो परमधाममा गुणगानको भकारी , गुणगानको चौतर्फी यहाँ डुलि रहेको छ । संसार झलझल देखि रहन्छ , पर्दा खुलाई दिनु हुन्छ, श्री राज्जी श्री श्यामाजीले, हामीले संसार देख्नलाई यहाँ आउनु पर्दैन । माथिबाटै हामीलाई देखाउने यो प्रोग्राम पनि गर्नु हुन्छ । कोही पनि संसार झर्ने निश्चय गर्दैनन । कसैलाई संसारमा फेरी आएर यहाँ रहनु कोही पनि ईच्छा गर्दैनन र ईच्छा नआउँदो रहेछ भन्ने म प्रकट गर्दछु । यत्तिको बोल्न कहाँ जान्दथे म संसारमा मैले पनि जहाँ श्री राज्जी श्री श्यामाजीले यसरी मेरो नातिनीमा आएर , नातिनीको आत्मामा बसि दिनु भयो , यही नै मलाई गौरवशाली लागेको छ ।  मैले पहिले संसारमा रहँदा यसरी बचनहरु सुन्न पाएको भए मैले परमधाम जानलाई अलमलिनु पर्ने थिएन । र अहिले पनि कुराहरु नाघि सकेका छैनन, अब पाउन पिंढीहरुले आफ्नो आत्मासंग, परमात्मासंग आफुले मुकाबेला गर्न पाएको समय छ, यस समयमा सबैले यो समयलाई नगुमाउँनु भन्दछु  । म पनि एउटा सानो परीवारको दुखले आफ्नो आत्मालाई जगाएको थिएँ । यो आत्मालाई मैले बचाएर जे जस्तो आई परे ता पनि , जस्तो दुख भए ता पनि यिनीहरुलाई पार गर्दै र जहाँ परमधाममा मेरा नातिनीको आत्मामा परमधामका मूलधनले यसरी यहाँ ज्ञानको बाटो खुलाउँन आउँनु भो, त्यस बखत देखि मेरो बाटो खुलेर परमधाममा आश्रयमा सिंहासन पाएको छु । नातिनीको यो कृपाले मैले चौध तलाको सिंहासनमा बिराजमान हुन पाएको छु । म यसमा खुशी छु । आफ्नो हिजोको दिनलाई सम्झेर म खुशी छु । परमधाममा यस्तो छ कि कसैलाई दुख छैन , कसैलाई सुख छैन , कसैलाई रोदन छैन , कसैलाई छेदन छैन । सुख छैन भन्नाका कारण किन ? कोही संग दुख देखिन्दैन । त्यही भएर दुख कुन हो ? सुख कुन केही थाहा हुँदैन । सबै आनन्दमा रहने , रही रहेर हामीलाई संसारको झझल्को आउँदैन । संसार आउन लाई ईच्छा हुँदैन । हामीलाई परमधाम आनन्द भई रहेको छ । र यो खुशीको खबरले गर्दा म आज आएको छु । मेरा नातिनीलाई आयुष्मान दिन आएकोछु । र किन आएको छु भन्दा संसारमा पनि एउटा खुशी छाउँनु पर्दछ । मेरा नातिनीले संझेका कुराहरुलाई भरिपूर्ण गराउनका लागि म आई रहेको छु । यति बेला घिटघिटो एउटा मात्रै, दुईटा मात्रै, तीनटा मात्रै भनेर हुँदैन , संसारमा सबैलाई चाहना बढेको हुन्छ । तरै पनि जहाँ राज्जीले बास गर्नु भो, त्यहाँ खुशी भो, जहाँ हरिशरण माता पनि त्यहाँ आउँनु भो, सुनमा सुगन्ध थपियो । हरिशरण माँ ले समाचार लानु हुन्छ, ल्याउँनु हुन्छ । संसारका भगवानहरु ल्याएर बोल्न दिनु हुन्छ । त्यो स्थान दिनका लागि हरिशरण माँ आउँनु भएको हो भन्ने कुरा हरिशरण माँ ले भन्नु भयो । यो कुरा यहाँ थाहा भयो होला । म आज आउँने भनेको मेरा यी सहर्ष खुशी परमाधाममा आरती बलि रहेका छन । १० बजेर ८ मिनेट जाँदा बालेका आरतीहरु यो आरती अव सिद्घ नहुञ्जेलका लागि बलि रहने छ , शुभ आरम्भ गरि रहेका छन । कौतुहलता मच्चि रहेको बेलामा सबैलाई दुख पर्दछ । सुख परेको बेलामा दुखको अभिलाषा कसैलाई बढ्दैन । यस्तै हुनाले मैले परमधामबाट यसरी आएको छु कि यहाँबाट पनि म दीप जलाएर जानको लागि आएको हुँ । सत्य कुरो कहिल्यै पनि झुक्दैन । असत्य गर्नेहरु कहिल्यै अगाडि पर्दैन । जति असत्य संझे तापनि जति सत्य गरें भने तापनि असत्य र सत्यको जित कसको हुन्छ भन्दा सत्यको जित हुन आउँदछ । असत्यले गर्ने त मात्रै यो रहेछ कि डर देखाउने, हल्लाउने, त्रास देखाउने, ऊ बात खोसेर लैजाने मात्रै हुँदो रहेछ । अरु आत्माको बाटो नदेखिन्दो रहेछ । र मेरो नाम यसरी आउनु मलाई पनि खुशी लाग्दछ । म यत्तिको बोल्ने हुनु पनि मलाई खुशी लाग्दछ । मलाई यो ज्ञान कसले दियो ? श्री परमात्माले भरी दिनु भयो ।   परमात्माले मलाई यसरी ज्ञान भरी दिनु भयो र म यसरी बोल्न सकें , नत्र त म यसरी बोल्न सक्ने नै होईन । परमधामको ज्योति भनेको यो निभाएर निभ्दैन , छलेर छलिन्दैन । सबै भक्तजन हुँदछौं, हामी भक्तजनले अल्छिको बाटोमा होईन , जाँगरको बाटोमा लाग्नु पर्दो रहेछ भन्ने ज्ञान हामीलाई प्राप्त भएको छ । ईष्र्याको बाटोमा होईन , ज्ञानको बाटोमा लाग्नु पर्दो रहेछ भन्ने ज्ञान प्राप्त भयो । ज्ञानको बाटोमा लाग्यो भने कसैले कसैलाई ईष्र्या गर्न सक्दैन । ज्ञान कमि भो भने ईष्र्या मात्रै जाग्न सक्दछ । यो पनि हामीलाई ज्ञान भयो । परमधाम भनेको एउटा ज्ञानको खानी रहेछ । ज्ञानको भकारी खोल्ने ठाउँ रहेछ । परमधाम भन्थे, मलाई परमधाम भनेको के हो ? मलाई थाहा थिएन । परमधाम त मलाई अहिले थाहा भो, के हो भन्ने कुरो मलाई प्रष्ट भई सकेको छ । यसरी संसारमा रहने भक्तिहरुले पनि आफ्नो आत्मालाई सबैले दोधारमा नराखिकन निष्ठा पुर्बक आफ्नो बाटोमा ल्याएर म जस्तो अलमलिएर परमधाम जानलाई दुख नपाउँनु । म यो सबैलाई सल्लाह दिंदछु । अलमलमा परेर दुख नहुनु, अलमलमा परेको परेकै भईयो भने संसारका पिंढीले आफुलाई बाटो संघाली दिएनन भने हामी परमधाम पुग्न नसकिन्दो रहेछ । आफु सरासरी परमधाम पुग्न नसक्दा आफ्ना भएका पछाडि पिंढीहरुले आफ्नो नाम केही संघालो देखाई दिए भने हामी त्यो बाटो सुध्रेर परमधाम पुग्न सक्दो रहेछौं भन्ने कुरा म यहाँ जानकारी पनि दिंदछु । र यो धर्ममा लाग्ने बित्तिकै परमधाममा पुगिन्छ भनेर हामीले बिश्वास गर्नु नहुँदो रहेछ ।  हाम्रो बाटाहरु भुल्दा रहेछन् । अहिलेको भक्तिलाई त धेरै सजिलो भो, यस्तो मैले पाएको भए म यस्तो कुरा भन्ने थिईन । मैले यो पाईन, म अभागी , मेरो अभाग भयो, मेरो भागमा रहेनछ । तै पनि म खुशी छु, जहाँ छोडें, त्यहाँ छोडे ता पनि मेरा वंशमा यसरी श्री राज्जी श्री श्यामाजीले आएर यसरी ज्ञानको ढोका खुलाई दिनु भयो, र ज्ञानको कुरा सिकाउने मुहुर्त दिनु भो, देवचन्द्र महाराज आएर यहाँ बोल्नु हुन्छ । प्राणनाथ प्रभु आउनु हुन्छ, उहाँहरुले परमधामको कथा सरसरी ल्याउनु हुन्छ । भई रहेको कथा यहाँ बताउँनु हुन्छ । पहिले त हामी सुन्थ्यौं, उहीलेको कथा सुन्दथ्यौं । यसो गरेथे, उसो गरेथे भनेर सुनेको भरमा, त्यो थे सुनेको हुनाले नै बाटो अलमलिएछ कि जस्तो मलाई लाग्दछ । अहिलेको कथा के आउँछ परमधामको कथा भने , यस्तो भई रहेको छ, यस्तो हुंदैछ, यस्तो भयो भनेर आउँदछ । कस्तो प्रष्ट कथा सुन्न पाईन्छ । अहिलेको भक्तिको भागमा थुप्रै, पूर्ण भाव भएको म देख्दछु । भक्तिहरुलाई त कस्तो लाग्दछ यो संसारमा । तर भक्ति भए पछि आफुले यस्तो सिधै कथा सुन्न पाउँदा आफुले आफ्नो आत्मालाई ढलफलमा नराखिकन सबैले बाटो लगाएर आउनु, म यो सबैलाई सल्लाह दिंदछु । र म आज किन आएँ मेरा नातिनी संसारमा जब ओतप्रोत भएर सबैको ईबि ईष्र्यामा रहेर भए ता पनि कति नडगिकन, कति कल्याणकारी भएर आफ्नो आत्मासंग बाजि ठोकेर अहिले त राज्जीसंग पनि बाझ्ने भई सकेको कुरो , भगवानहरुसंग पनि औंला ठड्याउँने भई सक्यो देह शरीर नै लिएर भने पछि यो कुरो सानो हुन आउँदैन । सानो निच्च कुरा हेर्नु हँदैन, नातामा सानो ठूलो होला । नाताले केही नगर्दो रहेछ ।  ठूलो भएर, सानो भएर केही नहुँदो रहेछ । आफ्नो आत्मा रहेछ सबैभन्दा ठूलो कुरो, आत्मा चिन्नु पर्दो रहेछ । जहाँ राज्जी आउँनु भो, त्यहाँ म पनि आउन पाएँ , म यो खुशी लाग्दछ । संसारमा एउटा सबैलाई यो देहको एउटा भार हुँदछ । यो देहको भारलाई सान्त्वना दिलाउन पनि पर्दाे रहेछ । त्यसैले मेरा नातिनी नहडबडाईकन , नहिचकिचाईकन अगाडि बढोस भनेर म यो आयुष्मान दिन आएको छु । उसले गर्न चाहेको कुराहरु सिद्घ भएर जाउन र जानेछ र गई रहेको छ ।  भई रहेको, आई रहेको हामी देखि रहेका छौं , त्यसैले हामी आयुष्मान भन्नु पर्दछ । जव नानीको तृप्त जुन हुँदैन , त्यहाँसम्म अव आरती जलाउन शुरु भई सक्यो । उसको (शरदचन्द्रको  )सिंहासन तैयार भई सकेको छ ।  उनलाई उन्नति चौकमा श्री राज्जी श्री श्यामाजीको दाहिने तरफमा सिंहासन खडा भएको छ । उसलाई कस्तो राम्रो भो संसार छोडे पछि सिधै सिंहासनमा बिराजमान हुने भो । उसलाई त श्री राज्जी श्री श्यामाजी स्वयमले लानु हुने भन्ने कुरो हामीले परमधाममा सुनेका छौं । र यस्तो हुनु पनि हाम्रो अहोभाग्य हो । हामीले भागमा पाए छौं र सबैले खुशी मान्नु पर्दछ । जव कि उसले अभैm पनि बाँकी छ संसारमा गर्नु पर्ने र उसलाई ईष्र्या गर्ने पनि त्यत्तिकै छ भन्ने कुरो परमधाममा सुनिन्छ । ईष्र्याले केही हुँदैन , ईष्र्याले ईष्र्यालाई नै मारी दिन्छ भन्ने कुरो पनि गर्नु भएको छ । त सबै धर्म प्रेमीलाई प्रणाम गर्दै म परमधाम जाने समय भो, र यो कृतिमान कायम हुन सक्नु पर्दछ । मेरो नातिनीले सके सम्म छिटो उसले जे जस्तो भए पनि मन्दिर खडा गर्नु पर्छ । आफ्नो मन्दिर खडा भए पछि सर्बसित्त उसलाई यहाँको झन्झट सकिएको ठान्नु पर्दछ । छुट्टै मेरो भनेर मन्दिर खडा गरि राख्यो भने त्यसमा उसलाई संसारको अपमान , संसारको दुष्ट, बाट छुट्टा, आफ्नो देहलाई पनि शान्ति, दिलाएर त्यस मन्दिरमा उसले जगाउँन सक्नु पर्दछ , जुन दिन उसले आफ्नो मन्दिर खडा गर्छ, तब मात्रै उसलाई देख्न सकिन्छ कि, भन्न सकिन्छ कि त्यही बेला फेरी कुरा आउँदछ । उसका यी कामनाका लागि आरती शुरु भई सकेको छ, दीयो जलि सकेको छ, सोह्र हजार बत्तिमा पनि दीयो राखि सकिएको छ । म यत्ति भन्दै मैले पनि यहाँ यत्ति भन्न पाउँदा श्री राज्जी श्री श्यामाजीबाट अहोभाग्य ठान्दै संसारबाट बिदा भएर परमधाम जान लाग्दैछु । सबैलाई प्रणाम गरेर, प्रणामको अर्थ आई सकेको छ, यो प्रणामलाई सबैले बुझेर आउँनु पर्दछ । मैले पहिला नबुझ्दामा म यसरी घुमि रहेको , म संसार छोड्दा सिधै परमधाम जान सकिन । मलाई कति दुख भो, यो दुख भनेर सकिन्दैन ।

देवचन्द्र : सुन्नु भो पूर्णबाईले बोलेको कुराहरु । यसरी पूर्णबाई आज कुनै दिन एउटा केही प्रवचन भन्न आउँनेछ भन्ने कुरो पहिल्यै सुईको भै सकेको थियो । त्यो भनेको धेरै समय पछि आज पूर्णबाई आएको , पूर्णबाईलाई खुशी लागेको हुनाले आउन सकेको हो । नत्र यो संसारमा आउन जान कसैलाई पनि रहर हुँदैन । र जुन पूर्णबाईले भनि राखेको कुराहरु सबैलाई थाहा भो । त्यही अनुसार सबैले आफ्नो आत्मालाई डोर्याएर जानु पर्दछ । आज म नवतन चौकको एउटा सानो कथा भन्दछु ।

नवतन चौक बर्णन  (अति गोप्य रहेको १६ तला परमधामको १८ हजार चौक मध्यको एउटा चौक ०११)

यो चौकमा बिचमा एउटा फूल  फूलि रहेको छ । यस फूलको हाङ्गाहरु देखिन्दैन । तै पनि जति बचनहरु बढ्दै गयो त्यति यहाँ हाङ्गाहरु बढ्दै आउँदछन् । जति बचनहरु घट्दै गयो , ती हाँगाहरु लुक्दै जाँदछन् ।  यो फूल फुल्ने ठाउँमा के छ भन्दा त्यहाँ सबै वरीपरी यहाँ पानी देखिन्दैन । हरियाली बुट्ट्यानहरुले भरिएको छ । फूल भएको ठाउँमा मात्रै सुख्खा सेतो देखिन्छ । त्यसमा एउटा रातो फूल फुली रहेको देखिन्छ  । यस फूलले बताउँदछ कि सबैलाई रातो फूल फुल्नु किन पर्दछ ? नवतन भनेको , नव तन किन भयो ? यस नवतनमा नौ वटा मुख भएको यहाँ मोति दानाहरु झल्कि रहेका छन । एउटै मोतिमा नौ वटा मुख देखिन्छ यहाँ । यो नव वटा द्वारमा यो मोतिहरु छन् यहाँ । यस मोतिहरुले के जनाउँदछन भने शुभ कार्यहरु, अशुभ कार्य हुनेहरु को झल्का गर्दछन् । यो चौकको नव द्वारमा यो नव मुख भएको मोतिहरु यहाँ जडान भएका छन् र बिचमा एउटा फूल फुल्दछ । यस फूलले मोति पट्टि देखाउँछ । जता देखाए पनि मोति पट्टि देखाएको देखिन्छ , मात्रै फूल एउटा, नवै तिर देखाएको देखिन्छ । यसमा यो फूलले भन्दछ

फूल : “मोति तिमी नव वटा मुख भएको मोति भए ता पनि म एउटै फूल फुली रहेको छु ।” तर जताततै त्यही मोति देखिन्छ , जताततै त्यही फूल देखिन्छ भन्ने सबैलाई लाग्दछ । “हे मोति तिम्रा नव वटा ती मुखहरुले के जनाउँदछ ? तिमीले बताउ”, फूलले भन्दछ ।
 
मोति : मोतिको पहिलो मुखले भन्न थाल्यो, “तिमीलाई के भनौं मैले , म मेरो नव वटा मुख भए ता पनि मेरा शव्दहरु एउटै आउँदछन ।”

देवचन्द्र :  यो नवतन भनेको यसको अर्थ यहाँ खुलाई हाल्नु भएको पनि छैन । सबै भक्तिलाई यसै गरी मोति र फूलको बिचमा कथा आएको कुरा थाहा हुन्छ कि हुँदैन ? र यहाँ भनि सकेका छन कि छैनन ? भन्न बाँकी छ कि ? त्यो पनि भनेका छन कि ? र मोतिका मुखले भन्दछन्,  ।

मोति : “हे फूल रानी , तिमी फूल फूलि रहेका छौ, तिमी रातै फूल फुल्दछौ । तिम्रो फूलको आकार यहाँ भन्न सकिन्दैन । तिमीलाई हेरेर हामीले यहाँ कोर्न पनि सकिन्दैन । फूल तिमी एउटा हामी देख्दछौं, मात्रै फुलि रहेको , तिमी भित्र के के छ ? त्यो हामीले छान्न खोजी रहेका छौं,” भनेर ती नव मुखहरुले किसिम किसिमका भाषाहरु निकाल्दछन् । र फूलले भन्दछन्,

फूल : “एउटै फूल फुलेको मात्रै तिमीले देखेर हुन्न । एउटै मात्र के हुन्थ्यो र यसमा जोडी भएको देख्नु पर्दछ । जबसम्म तिमीले एउटै देख्दछौ, तब तिमीले आफैलाई चिन्न सकेनौ ।”

मोति : “भन्न मैले यो खोजी रहेको छु”, भनि ती मोतिका मुखहरुले बोल्दछन् ।  र फूलले भन्दछन्,

फूल : “हो, हो, म एउटै छु कि ? तिमीहरुले दुईटा देख्न सकेनौ, दुईटा हुनु पर्ने हो । किन एउटा मात्रै देख्दछौ त ?”

मोति : “हो, हामीले दुईटा देख्नु पर्दछ, किन कि युगल जोडी हुनु हुन्छ यहाँ । जोडीमा बिजोडी कहिल्यै पनि हुन सत्तैmन । त्यस कारणले हामीले एउटा मात्रै पूmल देखेर हुन्न हामीलाई जोडी चाहिन्छ ।”

देवचन्द्र :  यस्ता आह्वानहरु गरे पछि यो फूल आफसे आफ दुईटा पूmल्न थाल्दछ । यो फूलको बिचमा एउटा फेरी एउटा अनुहार पनि देखिन्छ झकझक परेको । अनुहार कति कति समयमा देख्न सकिन्छ , देखि रहने पनि होईन । त्यो मोति उत्तिकै सेतो झल्किएका छन् । नव मुख भएका मोतिहरु छन । मोतिहरु त्यत्तिकै बढ्दै बढ्दै गई रहेका छन् । अब सबैतिर मोति छरियो, यो चौकमा सबैतिर माति नै मोति बिछिन लागि सक्यो । जब पूmल दुईटा पूmल्न थाल्यो तब मोतिहरु भूईंमा फिजिन थालि सके । यी मोतिहरु भूईमा फिजिए पछि सबै झकझकी झकिझकाउ सबै उज्यालो हुन थाथि सक्यो । यो फूल बढ्दै बढ्दै ढकमक्क भई सक्यो । यो फूलको चमत्कारले यहाँ हामीलाई सबैले अलमलमा पार्न लागि सकि सके । नौ मुखे ती मोतिहरु आफ्नो द्वार मै बसि रहेका छन् । तर भूईमा फिजिने मोतिहरु भने कहाँबाट आए कसैलाई थाहा भएन । मोतिहरुको झकझकी देख्दा फूलहरु पनि खुशियाली भएर सबै मोतिसंग अंकमाल गर्दैछन् । यो फूलहरु के गर्छन ? कहाँ के आएको हो ?  कसैले ठिम्याउँन नै सकेको छैन । र यी फूलले भन्दछन्

फूल : “मोति दाना तिमी हौ मोति दाना , मोति दाना झल्किएर तिमी किन फिजियौ त ? सोध मलाई के को काम छ तिमीलाई । मोति दाना तिमी मलाई । किन तिमी फिजियौ ? किन दरबार भयौ ?”

देवचन्द्र :  ती मोतिहरु यसरी दरबार हुन थालि सके ।

फूल : “दरबार बन्यौ मोति हो तिमीलाई सोधनी गर्दै छु । मोति तिमी छरिन्दै थियौ , छरिन्दै, भरिन्दै आयौ, बन्यौ तिमी दरबार गजुर निकाल्यौ । तिमीहरुले किन गजुर निकाल्यौ ? तिमीहरु त भूईमा पो छरिएका थियौ । गजुर बनेर गजुर निकाल्न थाल्यौ ।” यसरी फूलले भन्यो,

मोति : होईन, फूल बाला होईन, फूल माला
           फूल तिमीलाई गजुरमा चढाउने२
           हो कि तिमीलाई बोटै उखाली गजुरमा रोपी दिउँ कि ? २

देवचन्द्र :  यसरी यी नौ मुखे मोतिहरुले यसरी बोल्दछन् । तिमीलाई बोट संग उखेलेर यो गजुरमा रोप्ने हो । तिमी एकदम राम्रो फूल छौ, त्यसैले तिमी सुहाउने किसिमको फूल भएकोले हामी यो सेतो मोतिको दानामा रातो फूल रोप्न चाहेका छौं । यी मोतिका नौ मुखहरुबाट शव्द यसरी आउँदछन् । र भन्छन ती मोतिहरु ,

मोति : हे फूल रानी ! तिमीलाई फूल चुडाउँन होईन
           सबै हामीलाई देउन एकै थुङ्गा फूल
           नव द्वारमा बसेका छौ मोतिका हुल
           हामीलाई चाहियो यही रातो फूल
           फूल हामीलाई दिनु है दुईटै मात्रै छौ
           कस्तो, कसरी पुर्याउने २, फूल हामीलाई देउ

देवचन्द्र :  यसरी ती मोतिहरुले फूल हामीलाई देउ , तिमी रातो फूल फुलेका छौ, हामी सेतो मोती चम्कि रहेका छौं । यो रातोमा सेतो मिलाउँदा कस्तो सुहायमान देखिन्छ । त्यसैले हामी रातो फूल चाहेका छौं । रातो फूलले बोल्दछन्

फूल :  होईन होईन सबै मोतिले किन माग्छौ मलाई ?
          मै त छु नि दुईटा फूल बिचमा हाई
          होईन तिमीलाई जाने, होईन तिमीलाई दिने
          हामी रोपिन्दैनौं गजुरमा रोपिने ?

“हामी गजुरमा रोपिने फूल पनि त होईनौं नि । किन माग्दछौ, हामी दुई थुँङ्गा फूल छौं ।  हामी फूल तिमीहरु संग बाँढिन आएका होईनौ ।” र फेरी भन्दछन मोतीले,

मोति : होईन३ फूललाई मैले पानी चढाउँछु
           अर्को बिरुवा ल्याएर मैले रोप्दछु

देवचन्द्र :  उनीहरुले सोचे, फूलहरुमा पानी हाल्यो भने अर्को फूल बिरुवा आउँछ । त्यो बिरुवा ल्याएर हामीले रोप्नु पर्छ । फूलको यस्तो चाहना भई रहेको छ । र फूलले भन्दछन्

फूल : नगर यसरी मोति दाना नौ मुखे२
         भन्छौ तिमीले बिरुवा लगाउँने
         होईन बिरुवा लगाउने
         यो के हो फूल चिन न ?
         फूललाई चिने तिमीले बर्णन गरन

देवचन्द्र :  यसरी फूलले , तिमीहरुले टिप्ने फूल होईन नि ! यो फूल त कस्तो किसिमको फूल हो, फूलको बर्णन गरन । कस्तो किसिमको फूल हो ? यसको हामीले यसको फेद चिन्नु पर्यो । भनेर फूलले भन्नु भयो । मोतिले तब थाहा पाए कि यो दुईटा मात्रै फूल भएको हुनाले हामीले श्याम श्यामाजीको फूल पो हो कि भन्ने सोचेको हुनाले नव मुखेले भन्न थाल्यो,

मोति : राजश्याम श्यामाजीको यही अंश देखियो
           मैले के के भनेको त्यस मै देखियो

देवचन्द्र :  उनीहरुले यसरी त्यो फूल टिप्नेभन्दा त्यो फूल बाटै बर्णन देखे । त्यहाँ त राजश्याम श्यामाजीको अंश पो रहेछ । राज श्याम श्यामाजीले पो त्यो फूल फुलेर देखाउनु भएको रहेछ । यो कुरा जुन मोतिहरुलाई थाहा भै सक्यो । फूलले भन्नुभयो,

फूल :   मोति तिमी पनि छौ नौ मुख जडेको२
           कसलाई भन्छौ आत्मा कसलाई भन्छौ चढेको ?

मोति :  गजुरमा हेर त के के देखिन्छ ?
            सिंहासनमा हेर त के के देख्दछौ ?

देवचन्द्र :  यसरी मोतिले भने सिंहासनमा हेर त के के देखिन्छ ? भन्दा त्यो अघि मोतिको सिंहासन बनाएकोमा श्रीराज श्री श्यामाजी पो राज होई बक्सेको ।

मोति : “अब यहाँ यो फूल के गर्नु त ? यही फूल लगेर चढाई दिउँ , सबैले सोचे त्यहाँ । होईन, हामी यही फूल लगेर चढाई दिउँ । किन रातो  फूल दुईटा मात्रै छन् , श्याम श्यामाजी लाई भई हाल्छ । हामीले यही चढाउने हो ", र यो फूल उखाल्न आए । र फूलले भन्यो

फूल :   तिमी आउँछौ नौ मुखे गजुर भएर २
            मोति तिमी छौ खै त आँखा बनेको ? २
           आँखालाई देखाउ फूलमा पहिले
           त्यही फूलको बासनाले तिमी रमाउ

देवचन्द्र :  सबैले हेर्दा त्यो फूल, फूललाई त आँखा खोलेरै पो हेरेको रहेनछ । बासना मात्रै चलि रहेछ यो के को बासना हो भन्दा खेरी फूलको बासना भनेर चिन्न सकिएन । उता अघि गजुर बनि सकेको छ मोतिको र त्यो मोतिमा फेरी श्याम श्यामाजी बिराजमान हुनु भएको छ । र यहाँ चकित भई राखेको छ । फूल के हो त अब ? फूलले भन्दछ,

फूल :  “हे मोति दाना तिमी नौ मुख छौ , नौ मुखे मोति दाना छौ , तर पनि तिमीले त्यस्ता मुखहरु भएता पनि आँखा त रहेन छ”, भनेर सोधे फूलले ।   “मुख मात्रै छ तिम्रो आँखा छैन, कसरी तिमी देख्दछौ ?” र त्यो मुख मात्रै हुनेले फेरी भन्दछ,

मोति : “हेर, मेरो नौ मुख भएता पनि तिनीहरुले आँखा देख्न जरुरी छैन । भित्रि आत्मा मेरो बलि रहेको छ, बाहिरी आँखा मैले देखाउनु जरुरी छैन ।” त्यसरी ती नौ मुखे मोतिहरुले भनि सके पछि त्यो फूलले भन्न लाग्यो ।

फूल :  “तिमीले पनि त्यसरी भन्न सक्छौ भने तिमीले मलाई फूल मात्रै देख्ने होईन, म त फूल त के हुँ, मात्रै बासना छर्ने एउटा फूल फुलि रहेको देख्दछौ । त्यो बासना के को आयो त ? श्री राज्जी श्री श्यामाजीको नै त हो नि दुई जटा भए देखि । तिमी पनि त चिन्न सक्दो रहेनछौ । खै ज्ञानको ढोका खोलेको ?” भनेर फूलले पनि भन्यो । र पनि फूलले भन्यो

हेईन, हाईन जाउँ अब परमधाम परीक्रमा गर्न हामीलाई
खटाउने को चाहि आउँछ ?कोही छैन यहाँ कसलाई भनुँ आई
यसरी भन्दछन र फूलले भन्दछन ।

जाउँ हामी जाउँ हामी सिंहासनमा परीक्रमा गरौं त
किन आए राज श्याम श्यामाजीलाई हामी यही प्रश्न सोधौं त

देवचन्द्र :  श्री राज श्री श्यामाजीलाई पनि यसरी प्रश्न सोध्ने कत्रो घमण्ड बढी रहेको छ । सोध्ने, किन आउनु भयो त अब बिराजमान , यहाँ त आफ से आफ यो गजुर ठड्याएको थियो , सिंहासन भएको थियो । सिंहासनमा आई बक्सनु भयो । श्री राज्जी श्यामालाई सोधे र भन्नु भयो ,

श्री राज्जी श्याम श्यामाजीः 
हेर भक्ति तिमीलाई के के गर्छौ हेर्दै छौं
नव मुखे मोतिले के के भन्छ सुन्दै छौं
दुईटा फूल फुलेर झकाझकी देखिन्छ
त्यही फूलको बासना लिनलाई हामी आयौं

देवचन्द्र :  यसरी श्री राज्जी श्यामाले भन्नु भयो । श्री राज्जी श्यामाले यसरी भन्नु हुँदा र फूल हामीलाई किन चाहियो ? “फूल हामी देवताको मन्दिरमा जाँदा लिएर जाँदछौं । फूल किन लिएर जानु पर्यो त अब ।”

मोति : होईन कतै , छैन कतै फूल टिप्नलाई
           चढाउन खोजे मैले श्री राजलाई
र यसरी भन्दछन मैले फूल टिप्न खोजें, फूल खोंजें श्री राजलाई चढाउनको लागि । र फूलले भन्छन्,

फूल : तिमी टिप्छौ फूल, कोही छैन हुल
         एक्लोमा परेर कता जाने हौ ?
         परमधाममा जान तिमीलाई के थाहा ?
         रित्तो छौ कि भारी छौ ? देखाउ मलाई टिकट

देवचन्द्र : यसरी फूलले भन्दछ । “टिकट ल्याउ, तिमी रित्तो छौ कि भारी छौ ? परमधाम जानलाई । मात्रै फूल हामीलाई टिप्नु हुन्न”, फूलहरुले भने पछि यो नवतनका नव मुखे मोतिका दानाले भन्न लागे

मोति : फूल तिमी हौ श्री राजमा चढाउँने
           राज कै शक्ति हो तिमीलाई बढाउँने
भनेर भनि सके पछि

फूल : हो मेरो शक्तिलाई श्री राज आएर
         मेरो शक्ति बढाउँछन् सबलाई फूल

देवचन्द्र :  अब सबैलाई फूल शक्ति दिनु भो, सबैको साथ साथमा फूलै फूल भई सक्यो । यसरी बिचमा रातो फूल फुलेको थियो, त्यही फूल सबै सखिहरुलाई बाँढी दिनु भो । सबै सखिले त्यो फूल पाएर खुशी भएर भन्न लागे

सखिहरु :  स्वागतम सुस्वागतम स्वागतम २
                नित्यधाम आनन्द, दिव्यधाम परमानन्द
                चढाई परीक्रमा गर्छौं यही मोतिका गजुरलाई ।

देवचन्द्र :  आउ भक्ति सबलाई ज्ञानको ढोका खोलि दिनलाई । ज्ञानको ढोका खोलिन्छ । जुन दुईटा फूल छन, श्री राज्जी श्री श्यामाजीमा चढिन, श्री राज्जी श्री श्यामाजीमा अर्पण गर्नको लागि यी दुईटा फूल तैयार भएका हुन । यो फूल तैयार भयो, श्री राज्जी श्रीश्यामाजीमा अर्पण गरे । अर्पण गरे पछि यो गजुरमा कति मोति छन् ? कति मोतिले कस्तरी गजुर बनेका छन् ? यहाँ दाहिने पट्टि, देब्रे पट्टि देखि रहिएको छ । र फूलले यो गजुर सबै सुहायमान भएको छ । यहाँनेर सानो सुगा चरीहरु पनि आएका छन् । सुगा चरीहरु भन्दछन्, । 

सुगा चरी : पट्टु, पट्टु पट्टु भन्छन संसारमा २
                 पट्टु भन्ने के हो ? हाम्रो ठुँड् भयो नराम्रो
                 सवलाई नराम्रो ।

देवचन्द्र :  यसरी  नराम्रो, कोप्रे परेको ठुँड लिएर हामीले यसरी भन्नु पर्दछ । हामीलाई पट्टु पट्टु भन्दछन् । त्यो पट्टुको नाम किन राखियो ? हामीले खोज्नु परेको छ चराहरुले भन्दछ् । यसरी सुगा चराहरु पनि आफ्नो पट्टुहरु के गरोस बिचरा ! पटुहरुको ठुँड लामो हुँदछ । पहिले नै कथा आएको थियो, पटुहरुको ठुँड झरेर आफ्नो ठुँडहरुमा उनीहरुले दियालो बालेका थिए । यो कथाहरु आई सकेको थियो । पटुले भन्न लाग्यो ,

सुगा चरी : “हो हामी पनि श्री राज श्री श्यामाजीमा फूल अर्पण गर्न आएको ।” र श्री राज्जी श्री श्यामाजीबाट निगाह भो, यहाँ उनीहरुले पहिला चरण धुवाउँन बिर्सेर पनि चरण धुवाउँन कहिल्यै बिर्सन्नन ।

चरण धुवाउँने हामीले चरण धुवाउँने
श्री राज श्याम जीका चरण धुवाउँने
यही हामीलाई अमृत धारो बगाउने
हामीले बिन्ति चढाउँने

यसरी बिन्ति चढाए, “हामीले जल झार्दा खेरी यहाँ अमृत बग्दछ । यो अमृत हामी लिंदछौं । अमृत लिएर मात्र हामीलाई तृप्त हुन आउँदछ”, सबैले भन्दछन् ।

देवचन्द्र :  यो नवतनको चौक मोति नै मोतिले जडेको चौक । यहाँ जताततै मोति नै मोति छन् । बिचमा दुईटा फूल फुले तापनि, त्यो फूल के हुन भन्दा राज श्याम श्यामाजीका फूल हुन तिनीहरु ।  यसरी फूल फुल्दछन् ।  आफुले झकिझकाउ हुन खोज्दछन् । सबैले भरीपूर्ण भएर आफ्नो आसनमा सबैले सोभायमान बढाउन थाले ।

सखिहरु :  “यहाँनेर श्री राज्जी श्री श्यामाजीको रथ पनि छैन , रथहरु कहाँ गए, त्यो पनि हामी चकमन्न देख्न सक्दैनौ । राज श्याम श्यामाजी कति बेला यहाँ बिराजमान हुनु भो, त्यो हामीलाई पनि थाहा भएन । यो हाम्रो गल्तीहरु धेरै भो”, भनेर यहाँ सखिहरु गुनगान गर्न थाले ।

श्री राज्जी श्याम श्यामाजीः  श्री राज्जी श्यामाजीका बाहुली बाट हुकुम बक्सियो कि “तिमीहरुले कुनै आफ्नो गुनासो र दुख भनेको गर्ने बेला आएको छैन ।”

देवचन्द्र :  यहाँ हामीलाई के त भन्दा सबै सखिहरु , बन्धुसित घोलमेल हुन, देख्न हामीले यही पाईरहेका छौं । हो त भन्दा के हो भनुँ, होईन त भन्दा के लाई होईन भन्नु यो अलमल पर्दछौं । जसरी हामीले बिरुवा रोप्दछौं, त्यो बिरुवा हुर्केर फूल फुल्दछन्, ती फूलहरु हामीलाई टिप्न कति मायाँ लाग्छ , त्यसै गरी त्यो बिचको फूललाई पनि टिप्न हुँदैन , मायाँ गर्नु पर्छ । त्यो किन मायाँ गर्नु पर्यो त ? श्री राज श्री श्यामाजी को यहाँ नेर आस्था भएको बुझ्नु पर्दछ । त यो नवतन धाममा , नवतन चौकको यो कथा, नवतन चौकमा यो कथा यसरी हुँदछ । यसरी यहाँ नवतन चौक भएको हुनाले संसारमा नवतनपुरी भयो । जुन परमधाममा नभएको यहाँ नामै छैन , परमधाममा जे हुन्छ, त्यो यहाँ भई राखेको हुन्छ । त सबै सखिहरु नवतनको यो नव मुखे मोतिहरुको कथा, यिनीहरुले फूललाई चिन्न सकेनन । त्यो फूल श्री राज्जी श्री श्यामाजी होई बक्सिन्छ । श्री राज श्री श्यामाजीका फूल हुन यिनीहरु । यो फूललाई हामीले कहिल्यै चुँड्न सक्दैनौं । यो फूल चुँडेर हामीले भगवानलाई चढाउन लाने पनि होईन । आफ से आफ भगवान हुनु हुन्छ यो फूल, अनि हामीले यो फूललाई कसरी चुँड्न सक्दछौं ? र यसमा हामीले हेर्दा हेर्दै फूलको वरीपरी पानी नै पानी , जल नै जलले घेरी सकेको छ । यो पानी नै पानी किन भयो त अब ? फूललाई सेचन गर्नलाई हो कि ? फूललाई बढाउन हो कि ? हाम्रो तर्क बितर्क जाँदछ । तर त्यो होईन । पानीमा यो फूल हुनु नै हामीलाई रस भर्नको लागि हो । ज्ञानको रस भर्नको लागि यो पानी भएको हो । हामीले यो पानी आएको पनि देखेका छैनौं, गएको पनि देखेको छैनौं, हेर्दा त्यहाँ देखिन्छ । सबै सखिहरुले मिलेर यो फूलमा डुबुल्की मार्ने सबैलाई कोशिश हुन्छ । सबैले यो फूल टिप्न चाहन्छन, फूललाई सबैले छुन चाहन्छन् ।  यो ईच्छा श्री राज्जी श्री श्यामाजीमा अवगत भएको हुँदा सबैलाई छुन दिने यहाँबाट फेरी हुकुम हुन्छ । सबैले यो फूललाई छुन आउँदछन् । फूल छुँदा यो फूलको सबै कुनै केही आफुले कमलो भएको पनि थाहा भएन , साह्रो भएको पनि थाहा भएन । र फूल यस्तो थियो कि यसको बासना भनेर पनि आफुलाई केही थाहा भएन । यहाँ फूलको त मगमग बासना चलेर धुमधाम सबैलाई आनन्दमा भई रहेका हुन्छ । सबै यसरी भजन गर्दछन् । 

सखिहरु :  “श्री राज श्री श्यामाजीका चरण हामी आयौं यहाँ । हामी यहाँ सदैव सधैं श्री राज्जी श्री श्यामाजीका रथ देख्दथ्यौं । त्यो रथ हामीले देखेनौं आज । कहाँबाट सवारी भो ! यो हामीलाई पत्तै भएन ।”

देवचन्द्र :  राज श्याम श्यामाजीले यसरी परमधाममा पनि सखिहरुलाई अलमलाई दिनु हुन्छ । कहिले आउने समय थाहा हुन्छ, कहिले आउने समय थाहा हुँदैन । र अर्कोमा सिंहासन तैयार पारेको हुन्छ, त्यहाँ मोतिहरुले आफै जडिएर तैयार भयो । मोतिको सिंहासन अति उत्तम हुँदछ । त्यसैले नानीले पनि मोतिको सिंहासन तैयार पार्नु पर्दछ । सिंहासन जहाँ मोतिको तैयार हुन सक्दछ, त्यहाँ श्री राज्जी सदैव खुशी भएर आएको सधैं देखिन्छ ।  जसले देख्न सक्छ, त्यो परमधामको परी हुन सक्छ । यसरी सिंहासन यहाँ संसारमा आसन कमजोरी भन्नुको कारण धेरै छन् । यस्ता आसनले आसन हुन सक्दैन नि ! तर हामीले यही आसनलाई स्वीकार गरी राखेका छौं । भगवानका आसन यस्ता हुँदैनन । यसरी जुन नवतन चौकमा मोति नै मोति नौ मुखे मोति , नवई द्वारमा रहेका र मोति नै मोतिले सिंहासन बनिएको, त्यहाँ श्री राज्जी श्री श्यामाजीको रथ आएको देखिन्दैन । त्यहाँ कसरी आई पुग्नु भो । सबै सखिहरु यसमा चकित भई रहेका छन् । रथ भन्ने यहाँ नामै निसाना देखिएन । राज श्याम श्यामाजी यहाँ मुस्कुराई रहनु भएको छ । मोति नै मोतिको सिंहासनमा बिराजमान होई बक्सिनु भएको छ । सबै सखिहरुले , ती पटुहरुले पनि भन्न थाले ।

सुगा चरी :  सिंहासन बिराजमान राजश्याम श्यामाजी
                  हामी पट्टु चराले देख्न सकिएन २
                  सवारीको आवाज सुन्न सकिएन२
                  आउँनु भो राज श्याम श्यामाजी
                  फूल चुँड्न सकिएन हामीलाई यही दिक्दार छ
                  फूलको बासना चलाउँदै जानु छ
                  हामीलाई राज श्याम श्यामाजी मा भन्नु छ
                  पटु चरा पटु चरा हामी पटु भयौं नि !
                  आए सानो चराले बिन्ति लगाउन ।

देवचन्द्र :  चराहरु आएर श्याम श्यामाजीको खुट्टामा उनीहरुले मज्जाले झुमेर भजन गर्न थाले । सानो सानो चराहरु छन् । ती चराहरु आएर खुट्टा खुट्टामा राज श्याम श्यामाजी संग झुमझुम भएर यस्तो राम्रो भजन गर्न थालेका छन् ।

सुगा चरी : सर्ब परी परमधामका चरी हामीलाई
                बताउनु भएन छाडी हामीलाई
               आयौं हामी राज श्याम श्यामाजीमा आयौं २
               यही बिन्ति गर्नलाई २
               परमधामको महिमा खोली दिनु हवस्
               यो फूलको बचन देखाई दिनु हवस्, सुनाई दिनु हवस्
              फूल किन फुल्दैछ दुई थुङ्गा सेतो फूल
              ढल्किन्दछ पूर्वतिर, के को अर्थ खोल्दछ ?
              राज श्याम श्यामाजीमा बिन्ति हजुर ५

देवचन्द्र :  यसरी ती साना साना चराहरुले , ती फूलहरु किन फुली रहेको त ? त्यो फूल फुल्नुको कारण के हो ? हामी यो बिन्ति गर्दछौं । उनीहरुले यो चाहेका छन् । सबै चराहरु पनि यस्तो खुशयाली मग्न हुने ? यिनीहरुले के बुझेका छन् र यी आएका हुन ? सबैले भन्दछन् । सखिहरुले त बोल्ने मौकै पाएका छैनन । उनीहरु पनि अलमलमा परी रहेका छन् । यो पूmलको महत्व, यो पूmलको वरीपरी एकदम हरियो किसिमको पानी देखिन्छ । पानी किन हो त अब ? पहिले सेतो थियो यहाँ बिचमा , अहिले पानी देखिन्छ, हरियो देखिन्छ । फूलको महिमा केही छ । फूलको महिमा बुझ्नलाई सबैलाई खुलदुली चलि रहेछ । फूल भन्नेको कुरो अपरीहार्य चीज हो । जुन सुकै बेलामा फूलले स्वागत गर्दछ । हँसन्त बेला होस, मरन्त बेला होस, फूल जति बेला पनि उ चोखो छ  । फूल जहाँ पनि लाग्न सक्दछ । फूलले जसलाई पनि स्वागत गर्दछ । यो पूmल भन्ने कुरो सानो छैन । हामी पनि त्यस्तै फूल हुन पाएको भए जही तही चडेर हिंड्न सक्ने थियौं । तर हामी फूल भई दिएनौं, यही हामीलाई दुख छ । यो दुईटा फूलको बासना अति मनमोहक छ । यो फूललाई सबैले सोध्न थाले,

सखिहरु :  कहाँबाट आयौ फूल तिमीले बचन खोलन
                परमधाममा यस्तै हुन्छ बचन बचनमा
                सबैलाइै अलमल पार्ने सबैले
                अर्थ खोल्न दिंदैनन किन सबैले
                छैन कतै देखिन्न यो फूलको जोडी
                अरु चौकमा घुमेको छैन कतै फूलको ।

देवचन्द्र :  यसरी सखिहरुलाई दङ्ग भो । यो फूल अन्त पनि छैन । कुनै चौकमा देखिन्न, यहाँ मात्रै छ । ठीक्क पूर्व पट्टि लरक्क लर्किएका छन् । त यस्तो फूलहरु देखेर सबै चकित भए पछि श्री राज श्री श्यामाजीमा बिन्ति गर्नु भो ।

सखिहरु :  “हे राज्जी हे श्यामाजी यो फूलको महत्व हामीलाई अवष्य चाहिन्छ ।”

श्री राज्जी श्यामाजीः  राज्जी श्यामाजीले बक्स गर्नु भो, राज्जी मुस्कुराउनु भो, “तिमीहरु यो नवतन चौकमा पनि यसरी अलमल गर्ने ? अलमल किन गर्ने त ?” अलमल भन्नु नै आफुले आफुलाई भुल्नु हो । “ल हेर, त्यो फूलमा हेर सबै जनाले ”, राज्जीले भन्नु भयो ।

देवचन्द्र :  सबै जनाले फूलमा हेर्ने भन्दा सबैले राज श्याम श्यामाजी त्यो फूलमा मुस्कुराएको देखे । तब सबैले चिने कि होईन यो फूल त राज श्याम श्यामाजीको अंश पो रहेछ । राज श्याम श्यामाजीले पो फुलाउनु भएको रहेछ । हामी यत्रो अन्जानमा बस्ने ? भनेर सबैले अर्थ बुझेछन् । हामीलाई अर्थ नबुझेको कारणले हामीलाई धेरै अलमल हुन्छ । यो परमधाममा पनि यसरी छल गर्ने धेरै नै उपायहरु छन् । यो शक्ति हामीमा प्रदान भएको छैन । यसरी महा परमप्रभुले यसरी देखाउनु हुन्छ । हामीलाई यहाँ आराम दिलाउँनु हुन्छ । सबैले अमृत पिउँदछन्, सबैको हात हातमा अमृत आई रहेको छ । सबैले अमृत पिए पछि तृप्त भई सक्यो, तर पनि उनीहरु अझैँ पनि यहाँबाट छोडेर हिंड्ने भएका छैनन । र राज्जी श्यामाजीले भन्नु भयो ,

श्री राज्जी श्यामाजीः  “तिमीहरु आफ्नो खोपीमा जाउ । किन यहाँ तिमीहरु घुमि रहन्छौ ? तिमीहरुले देख्नु के छ र ? यहाँ केही पनि छैन । यहाँ मात्रै मोतिका दाना देख्दछौ ।”

देवचन्द्र :  यही मोतिमा त छ कुरो । मोतिहरु त्यहाँ जड भएर बसि रहेका छन् । नौ मुखे मोतिहरु झनझन ठूला भएर आई रहेका छन् । तर यो मुख भएका मोतिहरु अति सुन्दर र मन मोहक देखिन्छन् । तिनीहरु कुनै गाँठागुठी परेका छैनन । तर अति राम्रा सुन्दर देखिन्छन् । यसै गरी यहाँ ग्वालाहरु पनि आउँदछन् , गाईहरु पनि आउँदछन् । यस फूललाई परीक्रमा गरेर गाईले भन्दछन् , गाई परीक्रमा गरेर, बिचमा यो फूललाई दुध चढाउँदछन् । दुधको छलछली छाँगा बगाई दिए । र यो फूलले भन्न लाग्यो

फूल : “भयो बबि तिमी किन आयौ यहाँ ? तिमीले यो दुध चढाउनु के को अर्थ पो थियो र ?  तिमीलाई कसले बोलायो ? कसले चिनायो ? तिमीले किन आउनु पर्यो र ? यसरी सोद्घा त्यो गाईले भन्छ,

गाई :  मलाई थाहा थियो कि यहाँ फूल फुल्दछन् ।
          मलाई यो याद भयो कि मेरो दुध चढाउने,
          फूलको महिमा बुझाउने
          यसरी त मैले श्री परमधामको गुनगान गाउने

देवचन्द्र :  परमधाम बस्नेलाई पनि यस्तो गुनगान गाउँनु पर्छ ? परमधाममा त बसिएको छ । भन्ने कुरो हुँदा , भन्दछन्,

गाई : “परमधाममा बसियो, परमधामको अर्थ त जान्नु पर्यो नि हामीले । परमधाममा बसेर मात्रै भएन, अर्थ खुलेन भने हामी बसेको केही महिमा हुँदैन ।”

देवचन्द्र :  परमधाममा यसरी हामीलाई केही अप्ठ्यारो गाह्रो परेन भने हामीले केही भन्नु सक्दैनौं । परमधाम यसरी नवतन चौकमा मोति नै मोतिले जडिएको, यो मोति नै मोति भरिएको, नवमुखे मोतिको कथा सिंगल कथा ।  यो कथामा यत्ति नै भन्दै म आजको कथालाई बिसर्जन गरेर आफ्नो आसनबाट बिदा लिंदछु । श्री राज्जीले आफ्नो आसनलाई यहाँ बिदा गर्न र बिराम दिन आउँनु हुनेछ । सबै भक्तजनबाट म बिदा हुंदछु । यो देवलाई आज पनि बिदा दिनुहोस । कुनै समय मिले म फेरी यसरी भट्भटाउन आउँने छु । सबैलाई प्रणाम ।

श्री राज श्याम :
श्री राज धनि मलाई भन्दछन् । श्री राज आनन्द मलाई भन्दछन् ।
कसको हो कसको ? श्री राज भन्दछन ।२
धामधनि आएँ म ४

आज म किन आएँ ? आसन मेरो भोली हो, यसैले मेरा भक्तिहरुलाई म आज किन आउँदै छु भने नवतनको कथा भो । यो नवतनको मोतिको कथा अपूर्व छ । मोति भन्नु नै भगवानको गहना हो । भगवानहरु सुन चाँदी भन्दा मोति लगाउने गरिन्छ । यसैले आज नवतनमा मोतिको कथा आयो, यो कथा आएको कारणले गर्दा म यहाँ एकछिन सबैलाई दर्शन भेट दिन आएको हुँ । र म जान पनि लागें, श्री राज्जी श्यामाजी आएर आसन बिराम दिनु हुने छ । म फेरी आफ्नो आसनमा आउने छु । 

सुन्दरसाथ पाठक बर्गसंग क्यासेटमा ठाउँ अभाव भएकोले श्री राज्जी श्यामाजी महारानीले आसन बिसर्जन गर्नु भएको अंश सेवामा पुर्याउन असमर्थ रहेकोमा क्षमा माग्दछु । बिज्ञ बर्गमा यी बचनहरुको बारेमा आफ्नो निस्वार्थ भावना पोखि दिनु हुन अनुरोध गर्दै बिदा, प्रणाम ।

Thursday, January 26, 2012

२००४ फेब्रुअरी २२ – श्री राज्जीश्यामा महारानी आसन - श्री देवचन्द्र महाराज जुनेली चौक बर्णन (००९)

समयः प्रात ०४ः३० बजे
स्थानः पूजा कोठा , बानेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह, रामकृष्ण, श्री जुगलदास महाराज, कनकबाई , संझना र भुषण
प्र्रवचनः श्री राज्जी श्याम महाराज महारानी, श्री देवचन्द्र महाराज , सर्पहरु

उनै श्री राज्जी श्याम श्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।

  • आफ्नो आत्माको लागि नै गुरु बन्न सकेको छैन भने अर्कोको आत्माको लागि गुरु बन्न त्यो सक्तैनन्   कहिल्यै पनि । गुरु भन्ने गुरु म हुँ गुरु ।
  • असत्यको लागि साँचोको काम केही आउँदैन । साँचो लगाउन नै साँच्चोको  लागि मात्र हो ।
  • गुरुले दुख दिन जाने कि दुखलाई हरण गर्न जाने ? गुरुको काम के हो ? अँध्यारो भूमरीमा हुल्न जाने कि उज्यालो देखाउन जाने ?  त्यो गुरुले आफुलाई बोकेर परमधाम लान्छ त ?  ल जाउँ यहाँ हो भनेर पुराउँछ त ? त्यही अन्धकारमा डुली रहेको छ भने त्यो गुरु , गुरु होईन ।
  •  हामीले कसैको अगाडि आएर ठूला बडा हाँकिनु पर्ने र गुरु बनेर भेटी माग्न पनि आएको होईन । ठग गुरुलाई खान दिएर, लाउन दिएर, बोक्न दिएर आफु परमधाम गईन्दैन । उसले एक दिनको आनन्द उसले लुटेको हुन्छ, त्यति मात्रै हो । त्यो गएर उहाँ लेखिन्छ । उहाँ हुन्छ हामीलाई पछिल्लो जन्ममा भन्ने यो एकदम भुल गरी रहेको छ । त्यो कहिल्यै पनि हुँदैन । उहिले उसले लगेर त्यो बसान गराई सकेको हुन्छ । कहाँ उहाँ हुनु ? आफुले जुन कर्म गरीन्छ, त्यो कर्म भने मेटिन्दैन ।
  • यहाँ भक्तहरुलाई केही थाहै छैन संसारमा कति शव्द बोलिन्छ, जुन परमधाममा छन् ती शव्दहरु यहाँ आएका छन् । परमधाममा जुन लेखिएका छन्, यहाँ त्यो लेखिएका छन् । तर यहाँ बास्ता भएको छैन ।
  • आरती भनेको एउटा साक्षीको रुपमा राख्ने हो, आफ्नो आत्मा साक्षी राखेर आत्मालाई उज्यालोको बाटो देखाउने, आरती बाल्दा यस्तो उज्यालो हुन्छ कि यसै गरी शुभ कार्य यो आरती जस्तै आरती बालेर उज्यालो गरेर हामीले उज्यालोमा देखाउँने र परमधाममा हाम्रो यो आत्मा आरतीको उज्यालोले गर्दा , उज्यालो देखाएर आत्माको उज्यालो बालेर हामी परमधाम पुग्ने । बाटो देखाउनका लागि आरती जुन सुकै काम गर्न पहिला आरती गरियो, धुप बालिन्छ, आरतीले शुभ कार्य , आरतीले राम्रो कार्य देखाउँने, उज्यालो देखाउने, त्यस कारणले आरती सधैं , सदैव तैयार, सदैव आरती गर्नु हामीले यसरी गर्दछौं ।
  • यहाँ आरतीमा हामीलाई केही जरुरी छैन, हामीले चामल पनि माग्दैनौं, पैसा पनि माग्दैनौं, हामी मात्रै आत्माको ढोका खोल्न आएको । ठगि जस्तो झोला बोकेर हामी आएका छौं ? हाम्रो शरीर छ यहाँ ? मात्रै हाम्रो आत्मा आएर बोलेको । यस्तो तृप्त गराएका छौं कि जुन ठाउँमा हामी आएर बोल्दछौं, त्यसलाई पनि हामीले आशामा राखेका छैनौं ।
  • सदैव भगवानलाई आराधना गर्दा बासना चल्ने पूmल, बासना चल्ने धूप, बासनामा आरती यस्ता गर्न सकियो भने त्यो आफ्नो कर्तव्य सोच्नु पर्दछ ।
श्री राज्जीश्यामाः  कतिले यहाँ बाटो खोजेका छन् । कतिले बाटो बिराई रहेका छन् । कतिले बाटो बिताई रहेका छन् । कतिले आफ्नो बाटो हिंड्न नजानेर अर्काेले बताएको बाटो हिंड्न पनि सकेका छैनन । यस्तै भक्तिहरुलाई हामीले दर्शन दिन आएको । तरै पनि भक्तिहरुको दिव्य चक्षु आफै  नखुलेको हुुनाले अझै पनि भक्तिहरु निदाई रहेका छन् । हे भक्तिहरु त्यो आफ्नो बाटो जुन हिंडि रहेको छ , त्यो पुग्ने देशको लागि हिंडि रहेको छैन । त्यसले आफ्नै भ्रममा प्रकारको बाटो हिंडि रहेको छ । अभिलाषा र आशा बोकेर हिंडेको छ ।

धर्म भनेका छन् । धर्म भनेको दुई वटा अक्षरले लेखिएको छ, त्यसलाई माथि फूल  बुट्टा एउटा कोरिएको छ धर्म । र यो धर्म भनेको के हो ? धर्मको अर्थ के हो ? धर्म गर्नु भनेको के हो ? त्यो धर्म नै के भनेको हो ? मेरा भक्तिहरुले यसको अर्थ पनि खोज्न जानेका छैनन ।

पानु रुप, पानु रुप, रुप देखाउँनु । 
भक्त प्रभु नाम जपि आत्मा सजाउँनु
भक्त रुपी नाम जपि आत्मा सजाउँनु
छैन कतै लागेको २ देखिन्दैन आत्मा भागेको
आत्माले रोजाउँछ, आत्माले चिनाउँछ,
बाटोलाई देखाउन, पहिचान हुनलाई३
आत्मा अघि लगाउन,
भक्ति सारा हो, भक्ति प्यारा हो
परमधामको चौकमा डुल्ने
आउ यहाँ , आउ यहाँ  भुल्ने सबैले
संसार सबैलाई अर्थ खुल्दैन २
संसारको तीन अक्षर, बिचौंमा आकार
संसार लेखियो शिर बिन्दु दिएर
किन लेख्यो संसार, संसारको अर्थ खोलन२
सही सत्य बोलन २ भित्रि पर्दा खोलन२
आत्मालई साक्षि राखेर बोलन मेरा भक्ति हो २
संसार भो २, संसार मान्न सबैलाई सजिलो
संसार कता छ ? देखाउ, संसार कता छ ? देखाउ,
भक्तिले नाम लेखाउनु, परमधाममा नाम लेखाउनु भक्ति२
छोडी जाने देहलाई सचेत बनाउँनु २
छोडी जाने देहलाई, छोडी जाने आत्माले
संझौता गरी रहनु, संसारमा संझौता गरी रहनु
छोडी जाने मायाँलाई, उडी जाने कल्पना
सबैलाई संझाई रहनु २
आउ प्यारा हो मैले बोलाए२
जाउँ सबै मिलेर आनन्दको देशमा
कुन चाहि देश रोज्नु हो भक्ति गर स्वदेश मै
स्वदेश भन्ने कता हो छुट्टाई हेर न भक्ति २
मायाँको बन्धन सबलाई प्यारो भो
छोडी जानु भन्ने कुरा सबलाई अप्ठ्यारो
छोडी जान मन छैन छोडी जान हँुदैन भन्छन सबले
किन छोड्छन् यो देह हँुदैनको शव्द न छोडि २
भक्ति सबलाई मेरो यही बन्दना२
सबले जुटौं परमधाममा, उन्नति चौकमा २
आउ सब सखिलाई मेरो बन्दना ३

देवचन्द्र :
पूर्णमय, पूर्ण देश२, अखण्डको  पूरा नाम
भजनन भजनन सबले शेष
आयो रे आयो रे शुभ घडी आयो रे
भज्यो रे, भज्यो रे श्याम राज भज्यौ रे ! ३
छैन कसैको, मेरो भनि लिनलाई छैन कसैको
छोडी जान्छन् सबैले मायाँ नगरी किन मायाँ नगरी
मायाँलाई फुकाउने कुन चाहिं हो दया नगरी
आ सबै हल्लि रहने, भजन को नाम लिई किन सोधि रहने २

परदेशमा सबै भुुली रहेका छन् , त्यसैले मैले पनि सबैलाई भुल्नेहरुलाई प्रणाम दिंदैछुु । आज पनि श्यामाजीको आसनमा फेरी म उपस्थित भएको छु । र धर्म बन्धु साथीहरुमा , श्यामाजीले भन्नु भएको थियो, धर्म भन्ने के हो ? दुईटा अक्षरले लेखिएको छ । माथि केही धर्का तानी दिएको छ, र यसलाई धर्म भनिएको छ, धर्म भन्ने कुरो के हो त ? यसको अर्थ पनि यहाँ सज्जन सबैले अर्थ बुझ्नु भएको छ कि छैन , धर्म ? धर्म भनेको के हो ? एक एक यसरी यी आउने कुराहरुमा किन यसरी दुख दिन्छन् भन्ने भक्तहरुको आत्मामा झल्किन सक्दछ । र प्रिय धर्म बन्धु साथीहरु , यस्तै हो धर्म भनेको नै , यही धर्मले नै त भ्रममा पारी रहेको छ । धर्म, दुईटा अक्षरले धर्म लेखि रहेको छ । धर्म के हो ? धर्म गर्नु, धर्म कमाउनु, धर्म गर्न जाने , धर्म गरेर गयो , धर्म गर्दै थियो, धर्म गर्नु छ, मैले धर्म गरें, यस्ता किसिमका प्रश्नहरु , यस्ता किसिमका बाक्यहरु, कथा बाचनहरु , प्रष्ट हुन आउँदछ । एक दिन धर्म गर्ने जमर्को हाल्दछ, एक दिन धर्म गर्दछन्, धर्म भनेको छ, त्यो धर्म भन्ने के हो ? अर्थ खुलेको छैन । लेखिएको छ धर्म भनेर, खोज्न सकिएको छैन ।  यसैले त घुमि रहेको छ, अन्धकारको डुबुल्कीमा , अन्धो नै अन्धो बनेर, छाल नपुगेको थाहा हुन सक्दैन । त भक्ति साथीहरु यसरी सचेत भएर फर्किनु पर्दछ कि हामीले उज्यालोमा हो कि अँध्यारोमा हो, रहि रहेका छौं । हामीले गर्न त गर्र्यौंं, कुन किसिमले गरी रहेका छौं ? ठीक भयो कि भएन ? त्यो हामीले बिचार गर्न सक्दैनौं । जति अगाडि बढ्दछौं, त्यत्ति नै ठीक गरें भन्ने लाग्दछ, जति अर्कोले भनेको दवाबमा पर्यो उति म दुख भएँ भन्ने स्वभाव आउँदछ । तर आफै मा निर्भर पर्नु पर्ने कुरो आउँदछ । कसैले आफुलाई आपत्तिको बेलामा सहयोग गरेनन । आफुलाई मर्ममा भिज्न आउँदछ । त्यसैले त भक्त साथीहरु आफुले पहिचान मान्नु पर्दछ । आफ्नो परिक्षण माग्नु पर्दछ । सदैव आफुले पहिचानमा डुबुल्की मार्नु परी रहेको छ । यो ग्रहलाई लिएर जबतक हामी यो संसारमा रहने भएका छौं, त्यस्ताहरुले सदैव आफुलाई परिक्षण मान्नु पर्दछ । कहिल्यै भरीपूर्ण हुन सक्तैन । केही न केही खाँचो हुँदछ । त्यो खाँचो किन भयो त भने आफ्नो पूरा भएको छैन । पूरा कुन दिन हुन्छ त ? आफुले पूरा नहँुदा नहँुुदै एक दिन यो संसारलाई , यहाँ संसार भनेर लेखिएको छ भनेर भन्नु भएको छ तीनवटा अक्षरले । संसारको अर्थ के हो ? र यो संसारलाई छोडेर जाने भन्दछन्, तर उल्टो बोलि रहेका छन्, हो कि होईन संझनुहोस त भक्त साथीहरु । संसारमा छोडेर जाने , संसारलाई छोडेर जाने भन्दछन् । ठीक बोलियो कि बेठीक बोलियो ? संसारलाई हामीले के छोडेर गयौं ? संसार त्यागेर जाने भन्दछन्, के आफुले यो संसार त्याग्दैमा यो संसार रहन्दैन त ? फेरी अर्को आउँछ संसारै भन्दछ फेरी । यस्ता किसिमका शव्दहरु हामी जति बोलि रहेका हुन्छौं, यी बोलि रहेका शव्दहरुले घोलि रहेको छ हामीलाई । तर हामी यही शव्दलाई बुझ्न सकि रहेका छैनौं । आपैंmले बोल्न सक्तछौं, यसको अर्थ खुलाउँन सत्तैmनौं । संसार हामीले किन त्याग्नु पर्यो ? संसारलाई हामीले त्यागेको कि ? संसारले हामीलाई त्यागेको ? यो पनि त छुट्टयाउँनु पर्दछ नि ।

अँ एउटा कुरो, आज यहाँ नानीकोमा एउटा गुरु आउँछ भनेका थिए, आउँनु भएको छ त ? म देख्दिन । धेरै प्रश्न गर्नु पर्ने थियो । राज्जीको छल हुन सक्दैन । आफ्नो संसारको, संसार भन्न जान्नेले संसारमा आफु छलिएको । यहाँ यस्ता ठगीहरु आउन सक्दैनन ।  ठगीहरु आउँनु भनेको नै यहाँ धर्मको बिषयमा धर्मको प्रश्न जाँदछ र ठगीहरु आउन सक्दैनन । गुरुजन मानेर कसैले पनि भक्तहरुले यस्ता ठगीहरुलाई कुनै आस्था आश्रम दिन मिल्दैन । उसको देहलाई सुख शान्ती दिनलाई मात्र हो । आत्माको सुख शान्ती उसले दिंदैन भने , आत्माको बाटो खुलाउँदैन भने, यस्ता किसिमका गुरु भएर हिंड्नेहरुलाई मैले भेट्टाएँ भने म मै गर्दछु । म यो गर्छु भनेर देखाउँदिन । मेरो अगाडि आउन धेरै गाह्रो पर्दछ अब । यी मेरा शव्द पढेर जान्ने भएको, मेरा शव्दहरुलाई उल्टो उल्टो अर्थ लगाएर गुरु बनेकाहरुले स्वयम मेरै अगाडि आएर बोल्न त गाह्रो पर्दछ नि ।

गुरु किन हुने ? थाहा छ भक्तहरुलाई ? ल मलाई अर्थ दिनु ।  गुरु भएको किन ? (जुगलदास महाराज उत्तर दिंदै) । गुरु हुन सक्तैनन् संसारमा कोही पनि । देहको देह गुरु हुन कोही सक्तैनन् यहाँ कहिल्यै पनि । मात्रै यहाँ झोला बोकेर गुरु हुन्दछन् त्यो झोला भर्नका लागि । मेरो चेलाकोमा गएर आज भर्जन गर्छु भनेर त्यो कसिएर जाँदछ । गुरु आयो भनेर चेलाले भए नभए उसलाई सम्मान , सत्कार दिंदछ । गुरुको अर्थ हो गुरुले, यी कस्ता खालका गुुरु परे भने झोला भर्ने । राज्जीको बदख्वाई गरेर हिंडि राखेका छन ्। राज्जी त्यस्तो, नाङ्गे हिंड्नु हुन्न । राज्जीको भक्त भएर राज्जीको बेईज्जत गर्ने गुरुहरु  छन् । म यो सिधै भनि दिन्छु, यस्ता गुरुहरु आउन । त्यो गुरु कसरी भयो त ? गुरु कसको लागि भयो त अब ? गुरु हुनु किन परेको थियो त्यसले ? गुरु हुन किन मन लाग्यो त्यसलाई ? गुरु हँुदा के फाईदा हुन्छ ? गुरु नहँुदा के हुन्छ ? गुरु भनि माग्दा कति मान प्राप्त हुन्छ ? के देखिन्छ ? र गुरु हुन सकेन के हुन्छ ? त गुरु  हुनको रहरको अर्थ के हो ? कसको लागि गुरु भएको ? आफ्नो आत्माको लागि नै गुरु बन्न सकेको छैन भने अर्कोको आत्माको लागि गुरु बन्न त्यो सत्तैmन कहिल्यै पनि । गुरु भन्ने गुरु म हुँ गुरु । मलाई गुरु भन्दछन् म मान्दछु । तर यहाँ झोला बोकेर हिंड्नेहरु सबै किन गुरु ? एउटा राज्जीको बदख्वाई गरेर गेरु बस्त्र धरेर , कद्दड लगाएर, भाँति नपारेको तिलक धरेर, काने टोपी भिरेर, त्यो तुलसिको मालाको गाँड किन लगाएको ? यस्ताहरुलाई गुरु भनेर , गुरु भन्नेलाई पनि , गुरु बनेर हिंड्ने दुईटैलाई श्राप लाग्दछ । गुरु हुन किन रहर भयो ?

कञ्चनको कञ्चन रुपी आत्मा खोली देउ
भक्ति गरे २ सत्य बोली देउ

सत्य भनेको सत्य, सत्य भनेको साँचो , साँचो भनेको पक्का जुन साँचो गर्दछ , जसले साँचो बोल्दछ, जसले साँचो ब्यबहार गर्दछ, त्यसको लागि मात्र साँचो चाहिंन्छ । चोर फटाहाको लागि साँचोले केही गर्दैन । साँचो छ भने, उ सत्यमा छ भने, यहाँनेर साँचो झुण्ड्याईएको रहेछ भन्ने कुरो उसलाई अर्थ  लाग्दछ र उसले त्यहाँ बिध्वंस गर्न सत्तैmन । जस माथि आत्मामा निर्भर बिश्वास छैन , त्यसलाई जस्तै साँचो झुण्ड्याईए ता पनि उसले त्यो साँचोलाई तोडेर , उसले गर्नु पर्ने बिध्वंसकारी कार्यहरु उसले सिद्घ गरेर छोड्दछ । असत्यको लागि साँचोको काम केही आउँदैन । साँचो लगाउन नै साँच्चोको  लागि मात्र हो । साँचो जो सत्य छ त्यसको लागि मात्र साँचो हुँदछ । जो झुट्टा छ उसलाई साँचोको केही अर्थ खुल्दैन ।

र भक्तजन जुन परमधामको बयानहरु छ, कुनै भक्तहरुलाई त्यस्तो पनि हुन्छ कि , त्यो केही होईन, एउटा खेल ठट्टाको लहर हो भन्ने पनि जाग्न सक्दछ । त्यो आफ्नै ठाउँमा रहनु, र हामी आएर जुन यहाँ भटभटाई रहेका छौं, जुन शव्दहरुलाई हामीले केलाई रहेका छौं, यी शव्दहरु केलाएर के हुने हो त भन्ने संकोच बढ्ला नबढ्ला, त्यो आफ्नै ठाउँमा हुन सक्तछ । र हामीले कसैको अगाडि आएर ठूला बडा हाँकिनु पर्ने र गुरु बनेर भेटी माग्न पनि आएको होईन । यो बारम्बार भनि रहेका छौं हामीले । भगवानहरुको भक्तजनहरुमा कुनै एउटा गेरु बस्त्र धरेर गुरु बा भएर आएमा काने टोपी लगाएर आएमा , यो गुरु आयो भन्ने बित्तिकै भक्तको आत्मामा झल्किन्छ कि पैसा दिनु पर्दछ , चामल दिनु पर्दछ । खाना दिनु पर्दछ, मान सम्मान गर्नु पर्दछ , राम्रो ठाउँमा राख्नु पर्दछ, मिठो खान दिनु पर्दछ । यस्ता किसिमले भक्तहरुलाई त्यहाँ जकडिएको हुन्छ । गुरुले दुख दिन जाने कि दुखलाई हरण गर्न जाने ? गुरुको काम के हो ? अँध्यारो भूमरीमा हुल्न जाने कि उज्यालो देखाउन जाने ? सर्ब प्रथम घरमा गुरु पुग्यो, गुरु पुग्दा भक्तलाई केही न केही काम बढी रहेको हुन्छ । गुरु आउनु भो, राम्रो ठाउँमा बसाउँनु पर्यो । गुरु आउनु भो, केही भर्जन तैयार गरी दिनु पर्यो । गुरु हिंड्न लाग्नु भो, गुरुको त्यो झोला भरी दिनु पर्यो । भक्तलाई कति त्यहाँ, जोगी , जोगीनु भनेको है । त्यो गुरु आउने बित्तिकै भक्त पो सज्जन हुनु पर्ने हो त ।  त्यो लठमुङ्ग्रोलाई किन मान सम्मान, सत्कार गर्दछन् ? आफ्नोमा भएर हो, नभएर हो, त्यो गुरुलाई मिठो खान दिने, लुकाएर दिने, अरु पनि छन नि त्यस्तै मिठो खाने, उनीहरुलाई किन नदिने ? भक्तहरुले पनि यहाँ नेर भुल गर्दछन् । दिनु छ भने सबैलाई बराबरी दिनु पर्दछ । त्यो आत्मा आफु सरह आउने हो त्यो गुरु भनेको ठगि आएको हो । त्यसलाई के को सम्मान सत्कार ? त्यो गुरुले आफुलाई बोकेर परमधाम लान्छ त ?  ल जाउँ यहाँ हो भनेर पुराउँछ त ? त्यही अन्धकारमा डुली रहेको छ भने त्यो गुरु , गुरु होईन । भक्तले पनि बुझ्न पर्यो कि गुरु आयो कि मलाई ठग्न आयो भन्ने बुझ्ने, ठगी आयो । त्यस कारणले भक्त जनले ठगिनु हुँदैन । कहिल्यै पनि ठगिनु हँुदैन । उसलाई खान दिएर, लाउन दिएर, बोक्न दिएर आफु परमधाम गईन्दैन । उसले एक दिनको आनन्द उसले लुटेको हुन्छ । त्यति मात्रै हो । त्यो गएर उहाँ लेखिन्छ । उहाँ हुन्छ हामीलाई पछिल्लो जन्ममा भन्ने यो एकदम भुल गरी रहेको छ । त्यो कहिल्यै पनि हुँदैन । उहिले उसले लगेर त्यो बसान गराई सकेको हुन्छ । कहाँ उहाँ हुनु ? आफुले जुन कर्म गरीन्छ, त्यो कर्म भने मेटिन्दैन । त्यो कर्म सधैं परोपकार । सदैव आफुलाई आत्मालाई परोपकार गर्ने । यसरी भ्रष्ट गर्नु नै भक्तहरुले भ्रष्ट गरी रहेका छन् । गुरु भएर बस्छन भने गुरु आपैंm बसि रहुन, त्यो भक्तले गएर निहुरी दिएन भने त्यो गुरुको महत्व आउँछ ? ठूलो मान्छे हुनलाई सानो मान्छे चाहिन्छ । सानो मान्छे छैन भने ठूलो मान्छेको उसको अधिकार केही आउँदैन । सानो मान्छेले मान्छन भने मात्रै ठूलो हुँदा खेरी सुहाउँछ । सानोले आफुलाई मानेन भने ठूलो भएको महत्व त्यही गुमिएर जाँदछ । त्यसैले सानो ठूलो ढुङ्गा माटो यसरी नै सबै मिलेर गए मात्रै सबैको समाज बन्दछ । त्यो कसलाई थाहा छ ? थाहा भएर पनि यहाँ प्रकट गर्न माग्दैनन । यो कुरालाई म यही राखेर थोरै यहाँ कथा बस्तु ल्याउन लागि रहेको छु ।

जुनेली चौक  बर्णन(१६ तला परमधामको एक चौक)

आज म जुनेली चौकको छोटो बयान गर्दैछु । यस चौकमा हाम्रा महाराज महारानीहरु यसरी सधैं जुन सुकै चौकमा पनि उहाँहरुको सवारी नभई कन मेला शुरु हुँदैन । जहाँ लिडर हँुदैन , त्यहाँ कही कसैको भनसुन लाग्दैन । त्यसैले नै हामीले जुन चाहेका छौं परमात्मा भन्दछौं, उहाँहरु परमात्मा नभईकन परमधामको कुनै पनि कुनामा केही हुन सक्दैन । यस चौकमा जुनेली चौक नामै कति राम्रो छ, जुनेली चौक । यहाँ भक्तहरुलाई केही थाहै छैन संसारमा कति शव्द बोलिन्छ, जुन परमधाममा छन् ती शव्दहरु यहाँ आएका छन् । परमधाममा जुन लेखिएका छन्, यहाँ त्यो लेखिएका छन् । तर यहाँ बास्ता भएको छैन । यस चौकमा सबै यसरी परमात्मा प्रभुहरु बिराजमान भएको सबैलाई थाहा हुँदछ । बिराजमान हुनु हुन्छ । यहाँ स्वागत गर्नका लागि नागहरुको पालो आएको छ । सबै नागहरु आउँदछन । यो नागहरु कति छन्, संख्या बताएर यहाँ साध्य हुन सक्दैन । नागहरुले राज श्याम श्यामाजीको दर्शन गर्दछन र भन्दछन् , हाम्रा यी परमात्मा प्रभुमा हामीले पनि यसरी दर्शन गर्न पाएकोमा सहर्ष खुशी ठान्दै र नागहरुले आरती बाल्दछन ।  उनीहरुको आरती , उनीहरुको जिभ्रोले उठाउँदछन । मात्रै जिभ्रो निकालेर, जिभ्रोमा अड्याएर , त्यो जिभ्रो पोल्छ कि पोल्दैन होला ? बिचार गरौं है त भक्त एकछिन । नागहरुले आफ्नो जिभ्रोमा सबैले आरती राखेका छन् । आरती सजाउँन लागेका छन् । झकिझकाउ माल्यार्पण गर्दछन , र गोदावरी फूलको सबैले फूल गुच्छा भरेर माला उनेर अर्पण गरी रहेका छन श्याम श्यामाजीमा चढाई रहेका छन । श्याम श्यामाजी मुस्कुराई रहनु भएको छ । सबैले आरती गर्न तत्पर भएका छन् । नागहरुले आफ्नो आफ्नो जिभ्रोमा राखेका छन थालीहरु, दीयोहरु र भजन गर्न लागि रहेका छन् । कस्तो अचम्म ! जिभ्रोमा आरती राखेर फेरी बोल्ने । यस्तो पनि हुन्छ र ? जिभ्रो हल्लिन नपाउँदा बोल्छन र ? बिचार गरौं है त । के आउँछ बिचार , सबैले प्रकट गर्न पाईन्छ । चुप लागेर बस्नु हुन्न, भक्तजनमा म यो पनि आग्रह गर्दछु । र सबैले आरतीको, पहिले जुन सुकै काम गरिन्छ भने आरतीको आवश्यकता छ । आरती किन गरिन्छ यसको अर्थ सोधि रहेको थियो । यसको अर्थ कसैले दिन सकेको छैन अहिले सम्म । आरती गर्नुको अर्थ म आफै भन्न लागि सकें अब । म आकुल ब्याकुल भई सकें, कसैबाट अर्थ आउँदैन । हुन त यो अर्थ जानेर गएर फेरी गुरु बन्ने पनि हुन्छन भक्तहरु । यसमा त्यति शव्द मात्रै भनेर गुरु बनेर पनि हुन पुग्दैन । मैले अघि नै भनि सकें गुरु भनेको ठगि हो । यस्ता कारणले गर्दा जुन आरती हामीले गर्दछौं, आरती हामी किन गर्दछौं त अब ? आरती भनेको एउटा साक्षीको रुपमा राख्ने हो, आफ्नो आत्मा साक्षी राखेर आत्मालाई उज्यालोको बाटो देखाउने, आरती बाल्दा यस्तो उज्यालो हुन्छ कि यसै गरी शुभ कार्य यो आरती जस्तै आरती बालेर उज्यालो गरेर हामीले उज्यालोमा देखाउँने र परमधाममा हाम्रो यो आत्मा आरतीको उज्यालोले गर्दा , उज्यालो देखाएर आत्माको उज्यालो बालेर हामी परमधाम पुग्ने । बाटो देखाउनका लागि आरती जुन सुकै काम गर्न पहिला आरती गरियो, धुप बालिन्छ, आरतीले शुभ कार्य , आरतीले राम्रो कार्य देखाउँने, उज्यालो देखाउने, त्यस कारणले आरती सधैं , सदैव तैयार, सदैव आरती गर्नु हामीले यसरी गर्दछौं । यहाँ आरती गर्ने त यहाँ ठगिहरुको चाहिं धेरै यहाँ देखिएको छ संसारमा , चामल र पैसा धुत्ने ।  र यहाँ आरतीमा हामीलाई केही जरुरी छैन, हामीले चामल पनि माग्दैनौं, पैसा पनि माग्दैनौं, हामी मात्रै आत्माको ढोका खोल्न आएको । ठगि जस्तो झोला बोकेर हामी आएका छौं ? हाम्रो शरीर छ यहाँ ? मात्रै हाम्रो आत्मा आएर बोलेको । यस्तो तृप्त गराएका छौं कि जुन ठाउँमा हामी आएर बोल्दछौं, त्यसलाई पनि हामीले आशामा राखेका छैनौं । यो आरती गर्नु भनेको छ यो चामलहरु, यसरी यहाँ ल्याएर चामल थुपार्नु जरुरी छैन । ठगिहरुले खाने होईन । ठगिहरु ज्ति धेरै चामल थेपारी दियो, त्यत्ति खुशी हुँदछन् । भोक टर्ने भो भन्ने उनीहरुलाई आशा बढ्दछ । यसरी आरती

नागहरु :जय जयकार का आरती शुरु भो,
आरती सजाउन हामी तैयारी
राज श्याम जी हामी तैयारी
राज श्याम जी आरती लगाउँ
राज श्याम जी आरती देखाउँ
आरती बालेर २ आत्मा जगाउँ
प्रार्थना गर्दछौं आरती सजाउनलाई
भक्ति आरती सजाउनलाई
यसरी आरती गर्नको लागि माग गर्दछन्  ।

श्री राज श्याम श्यामाः  श्री राज श्यामाजीबाट स्वीकार योग्य भए पछि, “हुन्छ तिमीहरुले आरती गर्न सक्तछौ । हामी आरती लिंदछौं ।”

देवचन्द्र :  सबैलाई चिण्डल हो एउटा आरती भनेको । त्यही आरतीको चिन्हबाट नै उसलाई बाटो खुल्दछ । हुन त यहाँ संसारमा सबै भक्तिहरुलाई भक्ति गर्छन भन्न सकिन्दैन र भक्ति होईनन भन्न पनि सकिन्दैन । उनीहरु कस्तो हुन्छन भने दोवलपाटे पार्ट खेल्न सक्दछन । मन्दिरमा गयो धर्मात्मा भयो, बाहिर हिंड्यो गुण्डागिरी बन्यो । यस्ता किसिमको धेरै धर्मात्माहरु यहाँ पाईन्दछन् संसारमा । सत्य बुझ्नेलाई सत्य बाटो छ , नबुझ्नेलाई कही पनि जहाँ गए पनि देखिन्दैन , त्यो हुदैन । यसरी आरतीका आह्वान, आरतीका स्वीकार, पाए पछि आरती शुरु गर्दछन् ।  आरती हुनेहरुले जलाउँने भन्ने सोचे पछि त्यहाँ आरती आफुले जलाई राख्नु पर्दैन । ठ्याक्क आरती लिएको छ आफ्नो जिभ्रोमा । आरती छट्ट बलि सक्यो , बलि सक्दछ र आरती घुमाउँदछन् ।

नागहरु :
आरती सजाई प्रभुमा लगाई
हाम्रो यो नागको जिभ्रो सजाई
किन हुन्छ हामीलाई२ , संसारको डाह दिने हामीलाई
यसै गरी छोडी दिनु, संसारमा छोडी दिनु भन्ने माग हाम्रो होईन प्रभुमा बिन्ति चढाई
आरति गर्दैछौं प्रभुमा बिन्ति चढाई
जति भुल भएछन्, जति सुधार भएछन्
सबैलाई मेटी लिएर परमधामको हामी सज्जन हौं ३
आरती उतार्यौ२ दाहिने तर्पm ढल्की दिएको २
सुवर्णको आरती ३ सजाई हामीले दिएको
राज श्यामाजीमा आरती बिन्ति छ
कर जोडी होई हाम्रो आत्मा देखि बिन्ति छ
आरती सजायौं श्याम श्यामाजीलाई हामीले अर्पण
सुवर्णको आरती  आयो रे !२, जय जय कार भयो रे! भयो रे!
प्रभु परमात्मा हामीलाई सबैले देख्यौ रे
परमात्मा जुन छ हामीले चिन्न सक्यौं रे
आरती जलाई प्रभुमा चढाई , बिन्तिका भावना हाम्रो देखाई
राज्जी श्यामाजीमा २ आरती हाम्रो सजाई प्रभु हाम्रो सजाई
आरती सुवर्ण हो ,झलझलकार , झलझलकार  सबैलाई भयो रे
आरती दीयोले सबलाई दियो रे ! दीयो जल्यो दीयो जल्यो आरती उज्यालो
ताल मृदङ्ग गएको छैन भार २
सबै सखिलाई, हामी सखिलाई नागको भार छैन हामीलाई
संसारमा सर्प भनि लाठी हान्छन नि प्रभु २
परमधाममा छैन हामीलाई
आनन्दको देशमा बस्यौं हामी त राज्जी आरती चढायौं हामीले त


देवचन्द्र :  यसरी नागहरुले आफ्ना दर्दनात्मक शव्दहरु पनि प्रकट गर्दछन । संसारमा हुँदा सर्प भन्दछन् । भरसक सर्प मार्नु पर्छ भन्दछन् कति सजिलो । अर्काको ज्यान मार्न कति सजिलो हुन्छ  । यसको पनि त आत्मा छ नि ! त्यसलाई पनि त डर लाग्दो हो नि ! त्यसलाई पनि त कति हिंडडुल गर्न मन पर्दाे हो नि ! बिच मै ल्याएर उसलाई चट्टै छिनाउँने, कति निर्दयी भाव । सर्प भनेको सर्प हो । यसरी सर्पहरुले गुनासो गर्दछन् । संसारमा त्यसो गर्द थिए हामीलाई , परमधाममा यो छैन । परमधाममा हामीलाई आनन्द छ, जता जाउँ हामीलाई कसैले केही गर्दैन । हामी जो संग पनि मिलेर बस्न सक्दछौं । हामी यसरी परमधामको गुणगान गाउँनु पाउँदा हामी यहाँ आभार, खुशी छौं । यी नागहरु यसरी भन्दछन् । नागहरु प्राय गरी आफ्नो फौजी देखि बाहिर गएर एक्लो बास बस्न पर्दैंन । सबै नागहरु सखिहरु संग मिलेर बस्न सक्दछन । यी नागहरुले यसरी आरती गरी सके पछि आरती ढलफल भई सक्यो, श्री राज्जी श्यामजीमा । सबैले आरती राज श्यामाजीका पैताला मुनी राख्दछन । पैताला मुनि राख्नुको अर्थ के हो त ? जहाँ पैताला मुनि राखि दियो, त्यहाँबाट नै आफ्नो आरतीको स्वभाव, आफ्नो आरतीको चिन्ह, त्यहाँ बाट देख्न सकिन्छ । श्री राज श्याम जी , श्री सिंहासनमा बिराजमान हुनु भएको छ । सबैले आरती राखि दिएका छन मुनिबाट । यो आरतीको धूँवाले श्री राज्जी श्री श्यामाजीलाई पोल्यो होला भन्ने सोच्दा उहाँहरुलाई त्यो धूवाँले छोएको हुँदैन । आरतीको  धूवाँ पनि धेरै हँुदैन, मगमग बासना चलेको हुन्छ । सदैव भगवानलाई आराधना गर्दा बासना चल्ने पूmल, बासना चल्ने धूप, बासनामा आरती यस्ता गर्न सकियो भने त्यो आफ्नो कर्तव्य सोच्नु पर्दछ । श्री राज श्री श्यामाजीमा यसरी आरती राखि सके पछि नागहरुले भन्दछन् ,

नागहरु :
नाग राजा , नाग रानी सबै हामी हौं २
प्रभुलाई डोर्याउने हामी छैनौं २
प्रभु पछि लागि आउने हामी नै हौं
प्रभुलाई भेट्ने आशा गर्ने हामी हौं
प्रभुसंग कुरा गर्ने क्षमता हामीलाई किन छैन नि ?
प्रभुसंग जानलाई २ कति आत्मा रोई रहे२
आत्मा देख्न सकिन्दैन, बेहोस भई गए
सबैले आपूmलाई संगालेर हामी आयौं नि !

देवचन्द्र :  र यसरी सर्पहरुले भनि सके पछि , आफ्नो पुच्छरबाट सबैले श्री राज्जी श्री श्यामाजीलाई हम्काउँदा छन । सर्पको पुच्छरले पंखा हल्लाउँछन राज श्याम श्यामाजीलाई र उनीहरुले भन्दछन्

नागहरु : “हामीले यो पङ्खा हल्लाएको राज श्याम श्यामाजीमा हामीले यहाँ अमृतको हावा बहाउन चाएका हौं । हामी यहाँ त्यसै नाटक गर्न आएका होईनौं , नाटक गर्नु त संसारमा पो थियो । यहाँ कुनै नाटक छैन प्रभु ।”

देवचन्द्र :  प्रभु भनिन्छ, प्रभु को अर्थ के हो ? प्रभु, प्रभु भनि रहेका छन् । यसले ,

नागहरु :  एउटा नागले भन्न लागेकोछ,  “नागहरु चुपचाप रही दिनु, श्री राज श्यामाजीको पैताला हामीले ठुङ्ग्नु पर्दछ ।”

देवचन्द्र :  ल परमधाममा पनि यस्ता कुरा हँुदछ र हामीले ठुङ्ग्ी दियौं । “यदी हाम्रो बिष लाग्यो भने श्री राज श्यामाजीलाई हाम्रो जित हुन्छ, हाम्रो बिष लागेन भने हामी जित्नु सक्दैनौं । हामीले यो पहिचान त लिन पर्दछ” भनेर अब नागहरुको ठूलो उनीहरुको सल्लाह भयो । उनीहरुले यो सल्लाह माने । ल हामी ठुङ्ग्ने हो, किन हाम्रो बिष सार्ने हो । श्री राज श्यामाजी भनेको हामीले पाउन नसक्ने कुरोलाई हामी ठुङ्ग्न सक्छौं भने हाम्रो गौरवता बढ्दछ भन्ने उनीहरुले प्रस्ताव गरे पछि सबै नागले हुन्छ हामी ठुङ्ग्ने हो । सबैले गए , राज श्यामाजी आनन्द सिंहासानमा खुट्टा झारेर रहनु भएको छ । सबै नागहरु पुगे । श्याम श्यामाजीलाई थाहा छ । आँखा खोलेर हेर्नु हुन्न । सबै यस्तो काम गर्न आएका हुन भन्ने थाहा भएको छ । आनन्द खुट्टा झारेर बस्नु भएको छ । एउटा सहुलता भन्ने नागले पहिलो ठुङ्ग्ने उसले आदेश पायो, आफ्नो फौजीबाट । सहुलता भन्ने नागले ठुङ्ग्न गयो । उसले श्री राज्जीको दाहिने बूढी औंठामा ठुङ्ग्न पुग्यो सहुलता नागले । उसले ठुङ्ग्दा त्यहाँ केही झड्को आएन । उसको बिष गएको पनि उसलाई थाहा भएन । बिष गयो गएन ? उसले ठुङ्ग्यो । यसै गरी क्रमश सबै नागहरु आएर श्यामाजीका औंठाहरुमा ठुङ्ग्न थाले । श्री राज्जीको औंठामा ठुङ्ग्न थाले । केही हुँदैन । राज्जी श्यामाजीको खुट्टा हामीले यत्रो ठुङ्ग्दा पनि चल्दैन । उसो त अब लाटो भई सक्यो । हाम्रो बिषले मारी सक्यो । यसरी सर्पहरुले गौरव गर्न थाले । हाम्रो गौरव बढ्ने भो अब भन्ने उनीहरुलाई घमण्ड बढ्यो र सबैले भने,

नागहरु :  “रगत भने आउँदैन”, सबैले भने, “रगत आउन किन पर्यो हामीले ठुङ्ग्ी सकेका छौं” ।

देवचन्द्र :   तर सबैलार्य यो याद आयो कि बिष चाहिं गयो कि गएन ? यसरी ठुङ्ग्ी सके पछि सर्पहरुले खुशी , गौरवको कुरा गरेर भने, “हामीले यसरी राज श्याम श्यामालीलाई पनि ठुङ्ग्न सक्ने हाम्रो औकात बढेको”, यसरी सबैले आनन्द माने हामीले ठुङ्ग्यौं भनेर । त्यस पछाडि श्री श्यामाजीले भन्नु भयो,

श्री श्यामाजी : अहो नागहरु, तिमीहरुले आज के के गर्यौ त ? तिमीहरुले आरती गरेको थाहा छ , तिमीहरुले आरती अर्पण गर्यौ, पुष्प अर्पण गर्यौ, त्यो थाहा भो, अरु कार्य के के गर्यौ ल भन त?” अब फेरी अप्ठ्यारो भयो ती नागहरुलाई ।

नागहरु :  "हामीले यत्रो ठुङ्ग्ेको त कुरै आएन, हामीले यत्रो काम गरी सकेका छौं । अब प्रश्न आयो महारानीबाट , के उत्तर दिनेभन्दा ?" अर्को एउटा चंखे नागले भन्यो , “हजुर महारानी, हामीले त यहाँ अपूर्व काम गरी सकेका छौं । श्री राज्जीमा लागेन ? श्यामाजीमा यो लागेन छ ?”  श्यामाजी ले भन्नु भयो
,
श्री श्यामाजी : “के काम गर्यौ त ? यो हामीलाई थाहा भएन ।”

नागहरु :  “होईन , भगवानलाई थाहा नहुने त कुरै छैन । अब यसमा हामीलाई बिवाद उठ्ने भो । भगवानले थाहा नपाउँने काम त केही पनि हुँदैन । अब थाहा भएन भन्नु भयो महारानीले अब यसको उत्तर के दिउँ त ?” भनेर सबैलाई खुलदुल चल्दछ । र त्यस पछाडि भन्न लागे, “होईन महारानी, हामीले भूल गरेका छौं, केही गर्यौं, के गर्यौं भन्दा हामीले भूल गर्यौं । श्री महाराज महारानीको हामीले खुट्टा ठुङ्गेर, औंलाहरुलाई प्राय ठुङ्गेका छौं हामीले । हजुरहरुलाई यति गर्दा पनि दुख्दैन ? यति मलिन र दयालु करुण स्वरमा हामीलाई अझ सोध्दै हुनु हुन्छ ।” यस्ता सोंचेर नागहरुले भन्न थाले,

श्री श्यामाजी : भन्नु हुन्छ महारानीले, “होईन त्यस्तो केही पनि छैन । हामीलाई केही पनि थाहा नभएको हुनाले यो प्रश्न गरी रहेको , तिमीहरुलाई पो आपत्ति बिपत्ति केही आई पर्यो कि ?”

नागहरु :  “हामीलाई त केही भएको छैन ।” ल यसमा पो जवाफ दिन झन गाह्रो भो । उनीहरुलाई आपत्ति आयोकी, त्यत्रो ठुङ्गी राखेको छ , आपत्ति केही आएको छैन । अब फेरी नागहरुलाई नै गाह्रो भो । अब गाह्रो त हुने भयो नि ! उहाँहरुलाई त्यो ठुङ्गेकोले उनीहरुको केही भएकै छैन । गाह्रो त उनीहरुलाई पर्यो भन्दा उनीहरुको त ठुङ्गने मुखैभरी घाउ खटिरा आई राखेको छ ।  जसले अर्कालाई दुख दिएँ भन्छ उसैलाई घाउ खटिरा आई राखेको छ । र श्यामाजीले भन्नु भयो,

श्री श्यामाजी : “तिमीहरुलाई पो दुख भए जस्तो छ ।” भन्दा सबैले सोचे कुरो त हो ।

नागहरु :  “हामीले ठुङ्ग्यौं भन्यौं, त्यत्रो ठुङ्गदा उहाँ केही नहुने, यहाँ हामीलाई पो, उनीहरुलाई त्यो झड्काले गर्दा उनीहरुलाई घाउ भएर मुख बोल्न भएको छैन ।” नागहरु यसैको लज्जितमा उनीहरुले के भन्दछन् । “महारानी हामीले हजुरको खुट्टा सबै ठुङ्गी सकेका हौं । त्यसैले हामीले हजुरलाई अप्ठ्यारो गाह्रो पर्यो कि भनेर सोचेका छौं ।”

श्री श्यामाजी : “त्यस्तो केही भएको छैन, तिमीहरुले कति बेला ठुङ्ग्यौ र ? मलाई तिमीहरुले छोएकै छैन । तिमीहरुले छोएको भए त मलाई दुख्दथ्यो होला, तिमीहरुले छोएकै छैन, ठुङ्गेकै छैन ।  कसरी त मलाई केही पनि भएको छैन । म एकदम आनन्दमा छु”, भन्नु भए पछि फेरी लज्जित भए नागहरुले भन्न लागे ।

नागहरु : “यसरी हामीले प्रभुमा गल्ती काम गरी रहेका रहेछौं । हामीलाई नै यसको प्रभाव परी रहेको छ । हामीले बोल्न सकेका छैनौं । हामीलाई घाउ खटिरा त यो हाम्रो मुखमा पो आई रहेको छ । हजुरको खुट्टामा घाउ भनेको केही पनि देखिन्दैन । हे महारानी हामीले गल्ती गरेछौं । फेरी माफ माग्न थाले ।” महारानीले भन्नु भो ,

श्री श्यामाजी : “तिमीहरुले माफ पाउनु पर्ने जरुर म केही देख्दिन । तिमीहरुले जे गर्यौ ठीक गर्यौ, जे गर्नु थियो , तिमीहरुले गर्यौ । त्यो तिमीहरुलाई ज्ञान खुल्यो नि , आफु  भन्दा ठूलासंग, मालिकसंग  आफुले ताजुब गर्नु के राम्रो हो त ? भन्दा त्यो राम्रो होईन ।  अनि किन त्यसो गर्यौ त ? किन ठुङ्ग्यौ त ?”

नागहरु :  “होईन  हामीले ठुङ्ग्ेर बिष सारौं भनेको हामीलाई आनन्द र एउटा बिष निकाल्न सक्ने , लगाई दिन सक्ने हामी हुन्छौं भन्ने सोचेका हौं, यो हुन सकेन”, भनेर चकित भए पछि ।

श्री श्यामाजी : “हो, तिमीहरुको बिष तिमीहरुलाई लागेर घाउ खटिरा मुखमा आई रहेको छ, तिमीहरु  अझै
 मलाई ठुङ्ग्े भनेर त्यस्तो खुसामत गर्दछौ , यो प्रष्ट भएको कुरा हो”, भनेर महारानीले भनि दिनु भए पछि नागहरुले भन्न थाले ,

नागहरु :  “गल्ती त हाम्रा यस्तै प्रकारले हुँदै जान्दछ । जति हामी गल्ती गर्छाैं, त्यति हामीलाई ज्ञान प्राप्त हुँदछ । गल्ती भएन भने ज्ञान प्राप्त हुन सक्दैन भनेर श्री राज्जी श्यामाजीमा यसरी बिन्ति गरे ।”

श्री श्यामाजी : “हो, तिमीले ठीक भन्यौ, गल्ती हुनु नै आफ्नो गल्तीको सुधार गर्न पाईन्छ । त्यसमा आफुलाई दीमाग बढ्दछ । आफुलाई थाहा हुन्छ कि यहाँ यस्तो कुरो गर्नु हुन्न रहेछ । त्यो राम्रो गर्यौ , ठीक छ, म खुशी छु ।” श्री राज्जी श्यमाजीले यसरी जवाफ दिनु भयो ।

देवचन्द्र :   नागहरुले आ–आफ्नो कला कृतिहरु प्रदर्शन गरे । मग्न नजर गरी बक्सिनु हुन्छ श्री राज महाराज महारानी, नागहरु ठेलिन्दै, ठेलिन्दै, ठेलिन्दै, जुलुमबाड भई सकेका छन् । आफ्नो पच्छरले चौर डोलाए जस्तै उनीहरु पङ्खा डोलाउने भनेर डोलाई रहेका छन् ,लपक लपक लपक पारेर । यति रमणिय भएको छ , सबैको टाउकोमा गोदावरी पूmल ठक ठक राखिएका छन् । नागहरु पनि फूल सिउरिएर हिंडि राखेका छन्, कस्तो गजबको ।  र यहाँ त नागलाई कसले पूmल चढाई दिन्छ र लगाउनु ? उहाँ सधैं फूल लगाई रहेका छन् , आनन्दले बसि रहेका छन्, । यसै गरी सबैले आफ्नो राज्जी श्यामाजीमा अर्पण गरेर प्रसादहरु लिए । प्रसादहरु त्यत्तिकै आनन्द र खुशीमय अमृतले भरीएको थियो । सबैले प्रसाद ग्रहण गरी सके पछि भने , हामीले प्रसाद ग्रहण गरी सकियो, त्यसैले श्री महाराज हामी आफ्नो खोपीमा जान चाहन्छौं । र हामी यो चौकबाट जान चाहन्छा, सबैले भन्दछन् ।

श्री श्याम : श्री राज्जीले भन्नुभयो, “तिमीहरु जान सक्दछौ र हामी पनि यहाँबाट आफ्नो मन्दिरमा प्रस्थान गर्दछौं । त्यसैले फेरी पनि तिमीहरु आउन चाहेमा उन्नती चौकमा आउन सक्नेछौ भनेर श्री राज्जी पनि त्यस नाग राजाको ठाउँबाट आफ्नो आश्रममा पुग्नु हुन्छ । र भन्छन्

नागहरु :
नाग सबै सबै छौं, हामी भेला भएछौं
प्रभु दर्शन गर्नलाई हामी जुटेछौं
नाग भन्छन हामीलाई मुख डल्लो परेको
हामीलाई जिभ्रो भनेका कति लामो दिएको ?
यस्तै प्रश्न गर्नु छ, राज्जी श्यामाजीमा
हामीलाई किन नाङ्गो खुट्टा छैन ?२
राज श्यामाजी हामी पनि हिंड्न जान्दछौं
हामीलाई पनि खुट्टा चाहियो , ओ राज्जी खुट्टा चाहियो ।
यसरी खुट्टा चाहियो । .यस्तो कुरो भन्दछन् । उहाँहरुले खुट्टा दिने होईन,

श्री श्याम : “तिमीहरुलाइै खुट्टा दिंदा अनौंठो देखिन्छ । तिमीहरु भनेको त्यत्तिकै राम्रो तिमीहरु हिंड्न सक्दछौ । हिंड्ने क्षमता बढाई दिएको छ तिमीहरुलाई । त्यही हिंडेको मा नै ठीक छ , राम्रो देखिन्छ ।” उनीहरुले चित्त नबुझे ता पनि भन्न लागे
ठीकै छ ।

पाठक बर्गहरुसंग भिडियो क्यासेटमा सम्पूर्ण बचन नअटेकोले अक्षरबद्घ रुपमा प्रस्तुत गर्न असमर्थ रहेकोले क्षमा माग्दछु । बिज्ञ बर्गमा यी बचनहरुको बारेमा आफ्नो निस्वार्थ भावना पोखि दिनु भई बाँकी रहेका क्यासेटहरुमा बन्द बचनहरुलाई सुन्दरसाथ सामु पुराउने उर्जा प्रदान गरी दिनु हुनको लागि अनुरोध गर्दछु

 

Monday, January 23, 2012

२००४ जनवरी १६ – श्री राज्जीश्याम महाराज आसन - श्री प्राणनाथ प्रभु १४ तलामा मालिनी चौक (००८)

  • अठार हजार चौक परमधाम नयाँ गोप्य रहेको परमधाम खुलेको छ , यो परमधामको लेखनशैली पहिलो शुरुआत देवचन्द्र महाराजले लेखि सक्नु भएको छ ।
  • हामी आएका हौं भनेका छौं, यहाँका भक्तहरुले पनि निक्र्यौल गर्नु पर्यो यहाँ । पक्का हुन कि होईनन यी ? यी ऋषिहरु आएर बोलेका हुन कि होईनन त ?
  • कति निजानन्दी धर्म लियौं भन्नेहरु पनि परमधाम पुगेका छैनन । अल्प बृक्ष भएर बसेका छन् । संसार त्यागे पछि आफ्नो भाइसंग अंश लिए पछि त्यो दाजुले धेरै दुख पाएको छ । आपूmले बस्ने महल पाएको छैन । उसले संसारमा देख्दछ, संसारकाले उसलाई देख्दैनन ।
  • गुरु बा भनेर उसलाई भित्र लगेर चोखो दिएको । अरु भक्ति सर्ब साधरण भक्तिलाई छलेर त्यसरी दिए ।  हामीलाई त छल्न सकेनन्, हामीले देखि रहेछौं । हामी देख्छौं, कम से कम हामीलाई छल्न पर्छ नि ! किन त्यसो गरेको ? हामी यो सोध्न आएको । यस्ता गर्ने पण्डितहरुलाई आउ भनेको , यहाँ बोलाएको, आउँदैनन ।
  • परमधाम जानका लागि हामीले जेथा तैयार गर्नु पर्दैन भक्ति हो । हामीले सबैलाई जन शक्ति बटुलेर दुख गर्न पर्दैन । सिवाय आफ्नो आत्मासंग बिश्वास लिएर परमधामको ढोका खोल्न सक्ने आपूmले क्षमता बढाउन सक्नु पर्दछ । राज्जीको मन्दिरमा गएर दिनभरी त्यहाँ सिर्ता गरेर बस्नु पर्दैन । मन्दिरमा जाँदा मात्र धर्म गरे जस्तो हुने होईन । सदैव मन्दिर आफुले बोकि राखिएको छ । जहाँ पाँच तले दरबार पञ्चम धातुले बनेका जुन यो प्रार्थिक शरीर छन्, यिनी हुन दरबार
  • मन्दिर जानु छ भने केही न केही सफा भएको छु, सफा हुन्छु भन्ने उसको आत्माले काम अह्राएको हुन्छ  । केही न केही सफा भएर, शुद्घ भएर गएको हुन्छ ।
  • अरुलाई ठगें भन्दा उसको आत्मालाई ठगि रहेको छ । त्यो पण्डित, त्यो महाराज कहिल्यै परमधाम आउँदैन । त्यो यति निर्बिबाद छ । परमधाम आउँदैन । गएका पनि छैनन ।
  • परमधामको बाटो भनेको आफुले कसनी गर्ने, कसनी गर्दा पनि त्यति अप्ठ्यारो छैन । जस्तो कि हामी आउँने मन्दिरलाई साना देखिको उसले कसनी गरेको , कसनीको कसनी भई राखेको छ । यसैमा राज्जीले रुचाउँनु भयो र त्यही मन्दिरमा प्रबेश गर्नु भो राज्जीले, हामीले पनि त्यही मन्दिरमा आएर भटभटाउन पाईयो यसमा हामीलाई खुशी लाग्दछ । संसारमा आएर बोल्न हामीले परमधाममा आफुले प्रबेश गरे पछि संसार फर्केर आएको थिएन । हामीले यसरी अवसर पायौं कि हामीले परमधामबाट हामी संसारमा आएर परमधान जाने हामीले आफ्ना मूलबाटो तैयार गर्न सक्यौं ।
  • अठार हजार चौकमा सब गर्छन सबलाई मेला भरी रहेको , अठार हजार चौकमा मैले पनि केही बयान लेखेको छु । भक्तजनमा बाचन गर्न मैले सुनाउन बक्स भएको छ । आज म मालिनी चौकको बयान लिएर आई पुगेको छु । मालिनी चौकबाट मैले कथा शुरु गर्न लागेको छु । मालिनी चोक पर्यो चौध तलामा । चौध तलामा मालिनी चौक छ । चौध तलको मूल ढोका हो मालिनी चौक
  • “भक्ति गर्ने उमेर कत्ति बेला आउँछ त ?”
 समयः प्रात ०४ः३० बजे
स्थानः पूजा कोठा , बानेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शरदचन्द्र शाह, रामकृष्ण, श्री जुगलदास महाराज
प्र्रवचनः श्री राज्जी श्याम महाराज, श्री देवचन्द्र महाराज , श्री, ईन्द्रनी, प्राणनाथ, सखीसाथीहरु , अदृष्य, बत्ति

उनै श्री राज्जी श्याम श्यामा महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।

श्री राज्जीश्यामःअति अधुरो छ ।
भक्ति सबलाई, संसारमा आई दर्शनको भेल, मन्त्र जप्नलाई,
कोही छैनन् भक्तिका आँखा खुल्नलाई
आत्मा खुलाई जानु छ सबले
सधैं पुरायो पालना गर्नु छ
भक्ति सबलाई,४ ज्ञानको कुरा खटाउनु छ
आत्मा द्रोही बनाउनु छ
सदा आनन्द , (सतचित आनन्द भन्न जान्या छ २)
के हो सतचित ?२, आनन्दले कसरी भुुलाउने हो ?२
आए धनिका नाम लिनलाई २,  परमधामको महिमा जानी लिनलाई
आए प्रभुको दर्शन दिन २, गए प्रभुको नाम नलिन २
जय जय राजश्याम २ पुकारा गर्छन मेरा भक्तिले २
आउ भक्तिजनलाई (दर्शनको भार मैले बिछ्याएँ२)
प्रभुलाई बोलाउ, कुन चाहिं प्रभु आउँदछन् ?
प्रभु हुनु सजिलो कहाँ हुन्थ्यो र ?२ भक्ति
दैवको लाठी भन्छन् सबैले २
कुन चाहिं हो दैवको लाठी ?२
छुट्टयाई देउ भक्तजनले
सारा भक्तजन सारा यसोधाका छोरा हुन
राधे कृष्ण लिला गराउँछन्परमधामको कृष्ण, परमधामको श्याम
यसरी कुनै लिला दिन जानेनन्२
परमधाम प्रभुमा आत्मा लगाउनु२
श्री राज श्यामजी मा दर्शन चढाउँनु भक्ति२
यही हो सबलाई आनन्दको उमङ्ग
बढी आउँछ संसारको पार्थिक शरीरलाई
शरीरको भरोसा कहिल्यै हुँदैन
कतै जान्छ यो मन कतै जान्छ त्यो तन
दुवैले मिलेर गर्दैनन एउटै कुरो झनझन लागेर
त्यसैले नै शरीरलाई अघोरको दुख भो !२
यो शरीरलाई संसारमा मायाँ गरी धुरधुरी रुने गराई
मायाँ गरी संसारमा धुरधुरी रुने गराई
सब रुन्छन् दुख भो हाई मलाई
भन्छन् भक्तिले प्राणका पति छैनन कि कसो ?
मेरो आत्मा यसरी नै सदा सदा दुखी बस्ने हो कि ?
भन्छन भक्तिले २
होईन भक्ति २ त्यसरी नै हुँदैन
कसरी नै हँुदैन
आत्मालाई पहिले बाटो देखाउ २
आत्मामा अँध्यारो पर्दाको ढोका नराख २
सबलाई दया नराख, यस्तै देह शरीरलाई दया नराख
मेरा भक्ति चँुड चँुड चुँडी गएछन् २
संसारमा किन हो द्रोही गर्न निकै सिपालु भएछन् २
भक्ति मेरा सबलाई सजेसन यही उक्ति दिंदैछु
मथन गर्नु है २
आफ्नो आत्मालाई मथन गर्नु है २
जानि सक्नु छैन, बोली भ्याउँने होईन
बोली दियो कसैलाई मन्त्र हुने होईन २

प्राणनाथ :
अठार हजार चौक डुली, सब भक्तिले रोजन
आएँ म संसारमा मेरो प्रतापले
कोही छैन यसरी दोहराउँदै आउने जाने गर्ने
प्राणनाथ आएँ म , आज मलाई खटन भो २
श्री राज श्यामजीका आज मलाई खटन भो
संसारमा दीब्य ज्योति बाल्न सिक्नु छ २
छोडी जाने देशलाई बिराईमा डुब्न जाति छ कि ?२
छुट्टयाउनु छ सबले २
प्राणनाथको बोलीले के के भन्छ बुझि लिनु है २
प्राणनाथ बोल्दैछु ४
मेरा सब सखिहरुलाई , प्राणनाथको बोली सुनाउँनु छ मैले
पहिले सुनेका हुन २ पार्थिक शरीरमा आत्मा बोलि रहेको मेरो
अब आएँ संसारमा आत्मा लिएर २
आउँदै छु संसारमा आत्मा लिएर २
जसरी नै प्रभुको लिला भन्नु छ, लिला होईन सारा भक्ति हो २
प्रभुले कहिल्यै लिला गर्दैनन २
भ्रममा नपर्नु भक्ति २
लिला भन्ने के हो र ? शव्द मात्रै उच्चारण गर्ने बोली हो २
यसै गरी अठार हजार चौकमा डुलीडुली आएँ म २
परमधामको संसार बताउँन आएँ म ३
संसारमा के हो र ? भन्न हँुुदैन
यही बेला केही छैन सोच्न हँुदैन सबले
केही छैन भन्ने बेला भगवानले सुन्दछन्
मेरो केही लाग्दैन भन्ने बोली खुल्दछ
त्यसो होईन मेरो भक्ति सधै भरी फुलि रहने गर २

श्री प्राण प्यारे कि जय भन्छन्, (किन भनेको हो ?२) हामी एक एक यी शव्दहरु खोज्न आएका छौं । संसारमा सबैले आपूm खुुशी जान्ने भएर , आफ्नो खुशी नियम पालना गर्दछन् । त्यो पनि हामीले खोज्न आएको । यी यस्ता महा पुरुषहरु सदैव आउँदैनन । यी महा पुरुषहरु सधैं कसैको दैलो दैलोमा ढुक्न आउँदैनन । महा पुरुषहरु जहाँ आफ्नो ठाउँ छ त्यहाँ आउँदछन् । जहाँ महा पुरुषले टेक्ने ठाउँ छ त्यही आउँदछन । यसरी महा पुरुषले खोजी राखेका छन् । के हो त ? यहाँ यसका अर्थ खुलाउँदैनन ।

जय मनाएका छन्, तर यहाँ ठगीहरुले आफ्नो अलमलाउँने लयो राखेको हो त्यो । अर्थ भन्न जानेको छैन पट, पट पट कथा भन्यो , अनि श्री प्राण प्रभु कि जय ! लगायो । मेरो नाम ठगेर खान थालेको । म सिधै भन्दछु । जय के को लागि हो ? अर्थ छ भक्तहरुलाई भने मलाई सुनाई दिनु । म यो खोज्न आएको । यो कलियुगको अन्त्यमा यहाँ महा पुरुषहरु त्यसै टेकेका छैनन । स्वयम राज्जी आपैंmले टेकी रहनु भएको छ, यो सानो कुरो होईन । यहाँ हेलचेत्र्mयाई गर्ने कुरो आउँदैन । भगवानका दृष्टिले एकएक सबैलाई छाँद मार्न सक्दछन् । सबैलाई अर्थको अर्थ खोजी राखेको छ । खोई यहाँ बताउने, आजसम्म मुख फुटाउने, खोई भक्तहरु ? किन निखाउँने ? भक्तहरुले यसरी भन्न हँुदैन र ? बिभिन्न किसिमका बाचन, पाठन गरेर केही भन्न नआए  पछि , उसलाई आराम लिन बस्न मन लागे पछि, ठग्न मन लागे पछि, श्री देवचन्द्र कि जय ! गराएर । के भनेको यो ? किन जय मनाएको ? यो अर्थ हामी खोज्दै छौं । श्री देवचन्द्र कि जय ! श्री प्राणनाथ प्रभु कि जय ! बडा ठूलो मान्छे भएको यहाँ । जय जय कार त मनाए, तर यो जय जय कार किन मनाएको ? यसको अर्थ भक्तरुले सोध्नु पर्छ । मूर्ख बनेर बस्ने होईन । जयकार मनाएको छ , यसको पनि त अर्थ हुनु पर्दछ । मात्रै जय जयकार , खुशियाली मनाएको भनेर मात्रै बसेर हुन्छ ? त्यो हुँदैन कहिल्यै पनि । यस भित्र अर्थहरु छन् । परमधामका बचनहरु छन् । बुझ्नु पर्छ , तब पो भक्तिले भक्त गरेको आफ्नो परमधाममा लाग्दछ । तब अमृतको भान , अमृत पिउँनु, प्रसाद लिनु भनेको त्यसै हो ? सेवा पूजा किन गरेको ? बिहान उठेर धुमधाम गर्छन । यसको अर्थ के हो ? खोई यो सोधि रहेको छ, अर्थ आएको छैन अहिले सम्म ।  यस्ता नियमहरु धेरै थुप्रा छन यहाँ । यी नियमहरुको अर्थ खोज्न आएको हामी ।
शुद्घ, शुद्घ भनेको के हो ? किन शुद्घ गर्नु परेको छ ? शुद्घ गर्दा के हुन्छ ? नगर्दा के हुन्छ ? शुद्घ कति थरीका हुन्छन् ? यस्ता कुराहरु यहाँ प्रकट भएका छैनन । चोखो गर्छन, किन चोखो गरेको ? चोखो गर्नुको कारण के छ त्यहाँ ? यस्ता कुराहरु खोज्नु पर्दछ । भक्तहरुले कानमा रुवा राख्ने बेला होईन । अट्ठाईसौं कलियुगको अन्त्य भयो भनेर भट्भटाई रहेछन् यहाँ महाराज प्रभुहरु । एक दिन झिपिक्क भएर जान सक्दछ । त्यो एकदिन सबैले भन्न सकिन्छ कि एकदिन । तर कहालि लाग्दो त्यो एकदिनै हो । एकदिन छ भन्छन, त्यो एकदिन यति कहालि लाग्छ, यति कहालि लाग्छ, कहाली लागेको यसलाई कसैले नाप्न दुरी ल्याउन सक्दैनन । जस्तो कि यहाँ भक्तिहरु कति सिपालु छन भने , “परमधाम नौ लाख यौजनको टाढा छ भन्दछन् ।” यो नाप्ने ईञ्जिनियर को हुन ? त्यो पनि हामी खोज्न आएको । पृथ्वी धरातल कति टाढा छ ? यस्तो नाप्नेहरु त्यो हामीले खोज्न आएका छौं । यहाँ बिभिन्न किसिमका अर्थ लगाएका छन् , त्यो अर्थ भित्रको अर्थ खोज्न हामी आएको । हामी त्यसै यहाँ कसैलाई ठग्न आएका छैनौं । चामल , पैसा माग्न आएका होईनौं । कसैको संसारको माता पिता जस्तो चामल धेरै, पैसा धेरै राखेर जोखना हेर्न आएको होईन । हामी मात्रै ज्ञान खोज्न आएको ज्ञान । कत्तिको ज्ञान यहाँ फिजिएकोछ ?   कत्तिको ज्ञान लिन सकेका छन् ? कतिले आफ्नो ज्ञानलाई प्रयोग गरेका छन् ? कत्तिले ज्ञान खोजेका छन् ? यो हामीले हेर्न आएको । हामी यहाँ झुट्टा बोल्न आएका होईनौं । सत्य बोल्न आएको । त्यसैले नै भक्तिहरु आफ्नो आडम्बरीपनलाई जति सक्दो छिटो मथन गर्न सकियो, त्यसैमा आपूmलाई प्रवल अवसर मिल्न सक्दछ । जहाँ सम्म आपूmलाई आडम्बर छुटेर जान सक्दैन, तब त्यस आडम्बरले आफुलाई नै खाई रहेको हुन्छ । र म देवचन्द्र मेरा गुरु, देवचन्द्रले भन्छन् तँ मेरो गुरु । हामी दुईटा दुईटै गुरु भयौं , त्यसैले हामी तँ गुरु, म गुरु, तँ गुरु, म गुरु, तँ गुरु, म गुरु यस्तै हो । त्यसै कारणले गर्दा संसारमा हामीले जसरी देवचन्द्र महाराजले भन्नु हुन्छ, चार हजार बर्ष पहिले अगाडि यो संसारमा थिएँ । पाँच बर्षको उमेर देखि मैले दुख शुरु गरेको । परमधाम पाउनको मैले पाँच बर्षको उमेर देखिे त्याग तपष्या शुरु गरेको भनेर उहाँले कथा शुरु गर्नु हुन्छ ।
प्राणनाथ प्रभुले कति बर्ष देखि शुरु गर्नु भो त ? यो कसैले भन्छन् यहाँ ? थाहा छ भक्तिहरु बोल्नु होस । प्राणनाथले कति बर्ष देखि गरे ? देवचन्द्रले त पाँच बर्ष देखि शुरु गरे । प्राणनाथले कति बर्ष देखि गरे ? यहाँका सबै भक्तिहरुले यसरी एक एक पहिलाउन बिर्सि रहेका छन् । किन एउटा टिको लगाएर घाँटी भरी गाँड जस्तो तुलसीको माला लगाएर श्री राज्जीको नाम बेच्नु हँुदैन । राज्जीको नाम बेचिएर, राज्जी श्यामाजीको नाम यहाँ खुबै बेचिन्छ, ढाँटेर खानको लागि ।  यो हामीले देखि रहेका छौं । भक्तहरुले हामीलाई देख्दैनन । त्यो हामी मान्दछौं । तर हामी एकएक , कञ्चन कञ्चन, कण कण मा हामीले भेटि रहेका छौं । तर हामीले बोल्ने ठाउँ छैन त्यहाँ । हामी जुन सुकै आत्मामा बसेर बोल्न हामी सक्तैनौं । किन ? आत्मा शुद्घ हुनु पर्यो । शुद्घ भन्छन्, शुद्घ भए देखि महात्माहरुको आत्मामा किन हामी गएर बोल्न सकेनौं । किन त्यहाँ राज्जी प्रबेश गर्नु भएन ? त्यो बिचार गर्नु पर्दछ । सबैभन्दा चाहिने आत्मा शुद्घ हो । आफ्नो आत्मा सधैं उज्यालो, सधैं कन्दराले घेरेको छैन , सदैव कल्याणकारी आत्मा हुनु पर्दछ । मुखमा एउटा शव्द बोलेर आफ्नो आत्मामा धेरै शव्द लुकाउनु यो महा क्रोध, अघोर , यसलाई के भन्नु पर्दछ ? यहाँ सबैभन्दा सजिलो भन्न पापी ! पापी भन्यो भने साना ठूला, लाटा गाँडा सबैले बुझ्दछन् । एउटै अक्षरलाई आकार, एउटै अक्षरलाई ईकार दिनु, किन दिएको त्यो ? पापी ! त्यसको पनि त अर्र्थ छ भन्नु होस । म त यस्तै कुरा खोज्न आएको । यहाँ किन हामीले खोज्नु परेको छ । हाम्रा बचनहरु खोला नालामा , खोलीमा बगेर गए । दुखले हामीले यहाँ देवचन्द्रले , प्राणनाथले कस्ता कस्ता दुख गरेर कथाहरु लेखेका , कस्ता कस्ता शव्दहरु थिए । तर अहिले हाम्रा शव्दहरु शुद्घ छैनन । अहिले संसारका सबै शव्दहरुसंग घोलमेल गराएरका छन् । यसै गरी किताव धेरै बनाउन चाहेका छन् । बाक्लो बाक्लो किताबहरु  छाप्न चाहेका छन् , सबैले लगानी लगाएर फाईदा उठाउन चाहेका छन् र यसरी शव्दहरु बेचेका छन् । यस्तै यस्तै शव्दहरु बेचिएका हुनाले हाम्रा शव्दहरु हामी बटुल्न आएका छौं । अब हामी संसारमा हाम्रा शव्दहरु हामीले छोड्न चाहेनौं । किन ? हाम्रा शव्दको महत्व रहेन यहाँ । शव्दको महत्व रहँदा मात्र आत्माले बाटो देख्दछ । किताब पढेर मात्रै हुन्न, त्यो किताब सारलाई आफुले काममा प्रयोग गर्यो भने मात्रै त्यसको सार निस्कन सक्छ । त्यसले आफ्नो निचोड भविष्यलाई अँगाल्न सक्दछ । यसैले नै भक्तजनले जसले जे भन्छ , त्यसमा उसलाई मान्यता दिएर आफु निहुरेर जानु , त्यो सर्बपरी ठान्दछन् भक्तजनले । तर म यो ठीक देख्दिन । किन ? मैले ठीक देख्दिन भने पछि किन ? भनेर सोध्ने खोई यहाँ ?

हामी जस्ता ऋषि आए पछि भक्तिले जान्न चाहेमा सोध्न सक्ने छौ । यो हामीले भनि सकेका छौं । हामी यसमा ज्ञानसंग हामी द्वादश गर्न आएका छौं , रीससंग होईन । कुसैसंग हामी झगडा गर्न आएका छैनौं, हामी ज्ञानसंग कुरा गर्न आएका हौंयो प्राणनाथ हो कि होईन बोलेको ? एक पल्ट बिचार गर्नु ।

जुन अठार हजार चौक परमधाम नयाँ गोप्य रहेको परमधाम खुलेको छ , यो परमधामको लेखनशैली पहिलो शुरुआत देवचन्द्र महाराजले लेखि सक्नु भएको छ । र यी गोटाहरुको नाम तीन वटा रहन गएका छन । तीन वटा गोटाहरुको नाम छुट्टाछुट्टै आउँदछन् । तर संसारमा लेखिएर अहिले आउँदैन । जसरी पहिला हाम्रा बचनहरु यहाँ खोलीमा बगे, नालीमा बगे, रछ्यानमा डुबे, मन्त्र पाएर ओकले, पाएर पनि वास्ता भएन , यसैले हामी छानबिन गर्न , यसमा हामी निक्र्यौल गर्न हामी आएका हौं । हामी आएका हौं भनेका छौं, यहाँका भक्तहरुले पनि निक्र्यौल गर्नु पर्यो यहाँ । पक्का हुन कि होईनन यी ? यी ऋषिहरु आएर बोलेका हुन कि होईनन त ? कहिल्यै नआउँने ऋषि मुनिहरु आउँछौं है भनेर केही स्लोकमा दिएको यदाकदा छन् । यसलाई प्रयोग , बिश्वास भएको छ कि छैन ? पहिला मलाई सोध्नु, हो कि होईन ? आत्माले घोच्नु मलाई हो कि होईन ? म तैयारी छु भक्तहरुको लागि । धर्म गर्नु , धर्म गरेर मात्रै पुग्दैन । आफ्ना यी प्राणहरुलाई सजावट गर्नका लागि आफुले के गर्नु पर्दछ ? एउटा बान्चित्ते , उचित्ते , कैचित्त, पराचित्त, यस्ता किसिमका शव्दहरुबाट हामीले स्तब्ध हुनुभन्दा फुल्लि रुपमा अगाडि बढ्नु, गोदावरी फुल जस्तै फुलेर अघि बढ्नु पर्दछ । भक्तले भक्त गरें भन्दा , आपैंmमा आपैंmले आडम्बरी संझन्दा , मैले धेरै जानेको छु , धेरै कितावहरु पढी सकेको छु, धेरै शव्दको अर्थ मैले लिई सकेको छु, यो घमण्ड गर्दा के भो त भन्दा आफुले जति पनि गरेका कमाई हुन, ती पनि नष्ट भएर गए । परमधामको आशा भन्दा आडम्बरी बढी हुन गयो । यसै हुनाले गर्दा आफुले परमधामको जाने बाटो आधि बाटो पुगेको भए ता पनि त्यहाँ फेरी पर्दा लाग्न सक्छ । जुन यो मन्त्र सुनेर सबै परमधाम जान सक्दैन । कति निजानन्दी धर्म लियौं भन्नेहरु पनि परमधाम पुगेका छैनन । अल्प बृक्ष भएर बसेका छन् । संसार त्यागे पछि आफ्नो भाइसंग अंश लिए पछि त्यो दाजुले धेरै दुख पाएको छ । आपूmले बस्ने महल पाएको छैन । उसले संसारमा देख्दछ, संसारकाले उसलाई देख्दैनन । यस्ता किसिमका आत्माहरु धेरै नै बिकटमा परी रहेका छन् । हाम्रा प्रणामीहरु प्रणामी हँु भनेर आडम्बरी धोकेबाज गर्दछन्, तिनीहरु अर्काको कुरा काट्न कहिल्यै पछि पर्दैनन् । अर्कोसंग तगराज गर्न पनि पछि पर्दैनन । यस्ता प्रणामीहरु कहिल्यै परमधाम आउन सक्दैनन  । किन आउन सक्दैनन, यो सोध्नु पर्छ खोई भक्तिहरु ? यिनीहरु किन आउन सक्दैनन त अब ? उनीहरुको आत्माले परमधाम देख्न सकेको छैन । परमधाम प्रति आस्था हँुदैन । संसारमा जसले उहाँ आडम्बर देखाउँदछ, उ संग तुजुक गरेर बस्दछ, उ संग घोलमेल बढी हँुदछ, जसले सजिलो बाटो देखाउँछ, त्यो सजिलो लाग्न सजिलो धेरै सजिलो हँुदछ । त्यसैले नै श्री राज्जी परमधाम जानका लागि धेरै दुख गर्नु पर्दाे रहेछ भनेर आत्मालाई ढक ढक ढक मुटुमा ढ्याङ्ग्रो भन्ने चलन छ संसारमा , हो त्यसरी ढुक ढुक ढुक पार्नु हुन्न भक्तिले । परमधाम जानका लागि धेरै दुख पनि छैन । किन दुख पनि छैन फेरी ? प्रणामीहरु परमधाम पनि पुग्न सक्दैनन्, फेरी दुख पनि छैन ? कस्तो कुरा ल्याएको ? खोई सोधेको ? त्यस्तो सोध्नु पर्छ ।

पारायण यहाँ पारायण गर्ने गरेको छ । पारायण, किन भनेको ? २ हामी यस्तै शव्दहरु, अब त हामी सुईरो लगाउन आएका छौं । यस्ता पण्डितहरुको त छिया छिया पार्न आएको हो, हामी । पारायण, किन गरेको पारायण ? के भनेको त्यो पारायण ? पारायण गरेर त यहाँ निकै, गराउने पनि मख्ख, यहाँनेर दान दक्षिणा लिने पनि अझ मख्ख । मलाई पूजे सबैले, अहो मैले भनेको कुरो सबै ठीकै भो । अँ, कसैले गराउन सकेनन, मैले गराएँ भनेर गराउँने पनि मख्ख । दुईटै ठगी भए त्यहाँ । ठगी भन्नाको कारण यी दुईटै गर्ने, गराउने दुईटै ठगी । ठगै ठग । एउटा आडम्बरले मैले गराएँ भन्ने ढुक्क छ ठगि भयो त्यो, अर्काे मलाई गने है , मैले ठीक गरें, पाति पनि उसलाई, पाथी पनि उसलाई, धन पनि उसलाई, अझ उसलाई छुट्टै खाना खुवाउँने, संसारमा यो देखि रहेछौं हामीले । गुरु बा भनेर उसलाई भित्र लगेर चोखो दिएको । अरु भक्ति सर्ब साधरण भक्तिलाई छलेर त्यसरी दिए ।  हामीलाई त छल्न सकेनन्, हामीले देखि रहेछौं । हामी देख्छौं, कम से कम हामीलाई छल्न पर्छ नि ! किन त्यसो गरेको ? हामी यो सोध्न आएको । यस्ता गर्ने पण्डितहरुलाई आउ भनेको , यहाँ बोलाएको, आउँदैनन । किन हुने यिनीहरुलाई ? भाँडभैलो हुन्छ । दुख लाग्छ आत्मामा हामीलाई यस्तो घोचपेच आयो भनेर । हामी कस्तो सर्ब श्रेष्ठ भई राखेका छौं यहाँ । सबैले पुजेका छन्, धन दिएका छन्, जन दिएका छन्, जे गर्नु पर्यो, जीउ थिचि दिने, मिचि दिने, आसन , अहो ! आनन्द । तातो, चिसो आनन्द गरी दिएका छन् । तर यस्तो कुरा फुटी सके पछि उनीहरुलाई त्यो आफ्नो लुटिन्छ कि भनेर यहाँ देखा पर्न सक्दैनन । म यो ठाडै भनि दिन्छु । 
 
परमधाम जानलाई अप्ठ्यारो, फेरी जानलाई सजिलो किन त्यसो भनेको खै सोधेको त ? म आपैंm झिक्छु कुरा । मलाई पर्ने अप्ठ्यारो म आपैंm भन्छु । जान पनि अप्ठ्यारो , फेरी जान पनि सजिलो ? कुरो यस्तरी घुमेर आउँछ । र हामीले सिधै यसलाई सोच्नु पर्दछ अव । परमधाम जानका लागि हामीले जेथा तैयार गर्नु पर्दैन भक्ति हो । हामीले सबैलाई जन शक्ति बटुलेर दुख गर्न पर्दैन । सिवाय आफ्नो आत्मासंग बिश्वास लिएर परमधामको ढोका खोल्न सक्ने आपूmले क्षमता बढाउन सक्नु पर्दछ । राज्जीको मन्दिरमा गएर दिनभरी त्यहाँ सिर्ता गरेर बस्नु पर्दैन । मन्दिरमा जाँदा मात्र धर्म गरे जस्तो हुने होईन । सदैव मन्दिर आफुले बोकि राखिएको छ । जहाँ पाँच तले दरबार पञ्चम धातुले बनेका जुन यो प्रार्थिक शरीर छन्, यिनी हुन दरबार । आफु घर मै बसि राखिएको छ, आफुले पाँच तले दरबार भित्र बसि रहेको छ , जुन बोल्ने यो आत्मा हो । यो पाँच तले दरबार भित्र छ र उसले पाँच तले दरबार भित्र यसरी आफ्ना प्रकटहरु गर्न सक्दछ । त्यसैले नै संसारको घर भनेको हेर भक्ति हो एउटा क्षणिकको केही यहाँ हुरी बतास गाह्रो पिरोले आफुलाई पाँच तले दरवारलाई भत्काई देला कि भनेर संरक्षणको लागि हो यहाँ । संरक्षण गर्नको लागि त्यो एउटा आधार चाहिएको हो । त्यो पनि नभई नहुने कुरो संसारमा । तर भक्त गर्नु भन्दैमा आफुले जति भएको समय त्यहाँ प्रण गरेर, त्याग तपस्या गर्नु पर्ने पनि होईन । सोच्छ, छर्लङ्ग आत्मा हुनु पर्यो, त्यो आत्माले जहाँ बसे ता पनि , जहाँ गए ता पनि उहाँलाई बिश्वासका साथ संझेर उहाँसंग भेट गर्न सक्यो भने त्यही नै हो परमधाम जाने ।  

आत्मा भावना, राज्जीलाई थुप्रो मिठो पकाएर खुवाए पनि उहाँ आएको देखिन्दैन । कि देख्नु भा छ ? यी यहाँनेर फल राखेको छ , खाएको देख्या छ ? जस्ताको तस्तै छ । खानु हुन्छ त ? त्यो किन चढाएको ? यो किन चढाउँनु परेको ? खै सोध्या ? सोध्नु पर्छ ।

 सबैले स्वादका लागि संसारमा किसिम किसिमका भर्जनहरु गर्दछन । तर मठ मन्दिरमा जाँदा चढाउँन के लिएर जान्छन । आफुले भर्जन गरेका चीज लान्छन् ? कहिल्यै लाँदैनन । जब उ मन्दिर जानु छ भने केही न केही सफा भएको छु, सफा हुन्छु भन्ने उसको आत्माले काम अह्राएको हुन्छ  । केही न केही सफा भएर, शुद्घ भएर गएको हुन्छ । उसले के देख्छ ? भगवानको लागि, उसको आफ्नो लागि तयो गर्छ, लाखौं हजारौं खर्च गर्न पनि उ तैयारी छ, तर भगवानको लागि उ पाँच रुपैंया मात्र खर्च गर्छ , भने यहाँ कति आडम्बरी आउँदछ ? बिचार गरेको छ भक्तले ? भगवानको लागि पाँच रुपैयाँ , मन्दिर जाने बेला भो पाँच रुपैंया, किन यस्तो गरेको ? फेरी भगवान मन्दिरमा गएर चाहिं आफुले चिताउँन नभ्याएको कुरो पनि माग्नु छ फेरी त्यहाँ भगवान मन्दिरमा गएर । आस्था चाहिं आफुले ठूलो बोकेको हुन्छ । तर भगवानलाई आस्था गर्ने चाहिं पाँच रुपैंया । यस्ता भक्तहरुले यसरी छेदन गरी रहेका छन् । यो आत्मा छेदन गरी रहेका छन् । अब किन पाँच रुपैंयाको कुरो आयो त त्यो । जस्तै भक्ति होउन, भगवानको मन्दिर जाँदा उनीहरुले धेरै चढाउँन माग्दैनन । पाँच रुपैंयाको , धुप किन्यौ पाँच रुपैंयाको , पूmल किन्यौ पाँच रुपैंयाको , पाँच रुपैंया भन्दा उनीहरु बढ्दैनन । किन हो त यो पाँच रुपैंया ? भगवान पाँच रुपैंयाका मात्र हुन ? भगवानलाई चाहिं सानो कुरा दिंदा हुने, आफुलाई चाहिं ठूल ठूलो बैभव भद्र चाहिने, किन यसो भयो त ? एक छिन सोचौं है त हामी । के भगवान पाँच रुपैयाँका हुन ? यस्ता कुराहरु सबै जुन हामीले यहाँ प्रयोगमा बोलेका हुन्छौं नि ? प्रयोगमा बोलेका शव्दहरुले आफुलाई पिरोली राखेको हुन्छ , यस शव्दहरुको अर्थ आपैंmलाई नलागि रहेको हुन्छ भक्त ? यस्ता कुराहरु यहाँका महात्मा, पण्डितहरुले कहिल्यै पनि भन्ने छैनन ।   जहिले पनि उनीहरुले यस्ता शव्दको अर्थ यहाँ बताउँने छैनन । यहाँ मात्रै कथा गरेर , भक्तहरुलाई अल्मलाएर उनीहरु ले आफ्ना दिन दैनिक पास आजका भोली, भोलीका पर्सि गरेर उनीहरुले के गर्छन त दिन दैनिक आफ्नो गुजरान गर्दछन । जुन यो प्रार्थिक शरीर बोकी रहेका छन , यो शरीरलाई एउटा चाकरी दिन पर्दछ, भित्र केही खाँद्नु पर्दछ, यसैको अभिलाषाले गर्दा उनीहरु लोभिहरु छन् । लोभ गर्दछन्, पाँच रुपैंया भए पनि यिनीहरुलाई कुनै असन्तुष्टको भार आउँदैन, उनीहरु गल्तीमा जाँदछन् । यसैले नै भक्तहरु आफ्नो भक्तहरुले जानेर, नजानेर गर्दछन् ।  जान्नेले ठगेर गर्दछ, नजान्नेले मैले गरें, अब यसो गरे हुन्छ होला कि भनेर गर्दछ । मैले यसो गरे हुन्छ भनेर फुल बिश्वास गरेर भक्तले गर्दैन । यसो गरी दिए हुन्छ कि भनेर पुग्दछ, जान्नेले ठगेर गर्दछ , भने पछि त्यो ठगी बढी को हुन्छ ? अरुलाई ठगें भन्दा उसको आत्मालाई ठगि रहेको छ । त्यो पण्डित, त्यो महाराज कहिल्यै परमधाम आउँदैन । त्यो यति निर्बिबाद छ । परमधाम आउँदैन । गएका पनि छैनन ।

परमधामको बाटो भनेको आफुले कसनी गर्ने, कसनी गर्दा पनि त्यति अप्ठ्यारो छैन । जस्तो कि हामी आउँने मन्दिरलाई साना देखिको उसले कसनी गरेको , कसनीको कसनी भई राखेको छ । यसैमा राज्जीले रुचाउँनु भयो र त्यही मन्दिरमा प्रबेश गर्नु भो राज्जीले, हामीले पनि त्यही मन्दिरमा आएर भटभटाउन पाईयो यसमा हामीलाई खुशी लाग्दछ । संसारमा आएर बोल्न हामीले परमधाममा आफुले प्रबेश गरे पछि संसार फर्केर आएको थिएन । हामीले यसरी अवसर पायौं कि हामीले परमधामबाट हामी संसारमा आएर परमधान जाने हामीले आफ्ना मूलबाटो तैयार गर्न सक्यौं । यो हामीलाई यही नै गौरव लागेको छ कि संसारमा हामीले यसरी फेरी पनि गुप्ति रहेको परमधामको बचन ल्याउँन पाउँदा र पहिला ल्याएको यी हाम्रा बचनहरुलाई हामीले यहाँ कण कण खोज्नु परेको छ । बचनहरु हामीले बटुल्नु परेको छ । हामीलाई संसारमा कष्ट भई राखेको छ । यसैले नै यी बचनहरु अहिले लेखेर नआउनका कारण पनि यहाँ यसरी नै खुल्दछ ।  यहाँ भन्दछन सत्य आएका हुन भने बचन लेखिएर आउनु पर्छ, तब बिश्वास हुन्छ, तब पढ्ने पढे पछि बिश्वास । जसको आत्मा सुद्घि उसले जसरी नि बिश्वास गर्दछ । जसको आत्मा धरमर गर्दछ, उसलाई जस्तै गरे पनि उसले बिश्वास गर्न सक्दैन । सबै भन्दा ठूलो आत्मा हो । त्यही आत्मा संग बिश्वासमा पर्नु पर्दछ । धर्म गरें भन्दैमा धर्म पुग्दैन, गरिन भन्दैमा पनि कहिले भुलचुकमा धर्म पुगेको हुन्छ । यस्तो पो छ त यो ।

अठार हजार चौकमा सब गर्छन सबलाई मेला भरी रहेको , अठार हजार चौकमा मैले पनि केही बयान लेखेको छु । २ भक्तजनमा बाचन गर्न मैले सुनाउन बक्स भएको छ । आज म मालिनी चौकको बयान लिएर आई पुगेको छु । मालिनी चौकबाट मैले कथा शुरु गर्न लागेको छु । मालिनी चोक पर्यो चौध तलामा । चौध तलामा मालिनी चौक छ । चौध तलाको मूल ढोका हो मालिनी चौक ।

भक्तजन सबलाई कुरा गरी गरी
बताउने छु मैले आफ्नै भाषामा परी

सर्ब परी मालिनी चौकमा सबलाई आह्वान छ । गर्छन साना बालहरुले खुबै गरी मेला भर्दछन् । साना बाल छन यसमा ठूलो ठूलो पोखरी छ । यो चौकको वरीपरी सब सब धुपीको साना साना बोट छ । यस बोटमा सब बोटमा हेर, सब सखिले झिप झिप बलि रहने ज्योति रुपी पूmल पूmलेको देख्दछन । सबैले यस बत्तिमा गई हेर्दछन् । के को बत्ति बल्यो यहाँ भनि त्यसमा ठहर्न पर्दछ भन्दछन । सब बत्तिहरु बले धुपीको बोटमा । सबैतिर बल्दछन झुपु झुपु, सब झुपु झुपु बलि रहेको बत्तिमा हेर्दा यहाँ सानै देखिको चालचलन लाई बुझाउँछ यहाँ । संसारको ऐना होईन यो परमधाम कै ऐना देखिन्छ यहाँ । परमधामको ऐना देख्नु नै सबलाई ठूलो अवसर मिल्दछ यहाँ । यस चौकको वरीपरी धुपी पूmलले बताउँछन सबैलाई बत्तिको बारेमा , बत्ति बल्यो किन झुपु झुपु ?२ बताउन लागे है । सबै चराहरुले २ किन बल्यो त्यो बत्ति ? सबैलाई चकित भयो रे ! २ सबै जना घुुमी घुमी चकित लाई बोलाउँछन २ । किन यस्तो चकित त छ, तिमीलाई के भा को छ ? आउन बताउ न चकित आउ न बताउ न २
यसरी चकितलाई बोलाएका छन । चकितहरु किन चकित गर्दछन् ? चकित भनेको थाहा नभएको कुरो अपर्भmट आउनु हो । चकित भएँ भन्दछन्, चकितको अर्थ के त ? थाहा नभएको कुरो झट्ट नआउँदा उसलाई चकित लाग्दछ । यसरी सबैले धुपीको सा साना बोट हरियोमा यसरी बत्ति बलि रहेका छन् । सबैेले देख्दछन यो बत्ति त हामीले देखे कै थिएनौ । यस्तो बत्ति त्यो बत्ति एउटा बेग्लै किसिमको  बल्दछ । दुई रङ्गको बल्दछ बत्ति ।

सखिहरु : र सबै सखिहरुले भन्दछन्, “हे बत्तिको अर्थ केही छ, त्यसैले हामीले घुमि  घुमि कन  यसको अर्थ झिक्नु पर्दछ” भन्दछन

प्राणनाथ : र धुपिका बोटहरुबाट सबैले हेर्दछन , सबैले लिन्दछन  , तर अर्थ भने साह्रै राम्रो खुल्न सक्दैन । र भन्दछन्

सखिहरु : “हे हामीले यसलाई अर्थमा ल्याउँनु पर्दा के भन्नु पर्दछ ?” हामीले देख्न सक्दछौं , भन्नु पर्दा कसरी भन्नु पर्दछ ? सबैले यो कुरो आपैंmले कौतुहलता मच्चाई रहेछन् ।

प्राणनाथ : यसै सन्दर्भमा एउटा अतुलनिय  भन्ने शव्दलाई प्रकट गर्दा यहाँ एउटा युवक देखिन्छ । प्रति धुपको बोटमा त्यस्तै एउटै किसिमको एउटा युवक देख्दछन । साना कलिलो युवक छन । उनी भरभर परेका छन् । “तर उनीलाई भगवान भनौं भने राज्जीसंग उसको मेल खाँदैन । तर आज यहाँ यी कहाँ बाट आए त यी युवक ?” भनेर सबैले आपसमा द्वादश गर्न थालेका , खुसामत गरेको देखिन्छ । यी युवकलाई सोध्दछन,

सखिहरु : “बाबु युवक तिमी कहाँ बाट आयौ ? तिमीलाई हामीले आजसम्म पनि यहाँ भेटेको थिएनौं । तर तिमी आज यहाँ कहाँ बाट आएका हौ ? हाम्रो परमधाममा तिमी जस्तो युवक अहिले मात्रै हामी नौलो देख्दै छौं ।   भन बाबा , तिमी कहाँ बाट आई पुग्यौ ?” सबैले सोधे त्यो युवकलाई ।

युवक :  युवकले भन्यो, “सबै सखि जनमा मेरो प्रणाम । संसारको प्रणाम र परमधामको प्रणाम छुट्टै छ ।  र म यसैले मेरा घुुम्ति चक्रहरुमा नघुमि कन सिधैको बाटो देखाउँदै छु । म यस्तो युवक हो कि तिमीहरु सबै भक्तिहरुले चकित भएको देख्दा म पनि त्यही चकित लाई हेर्न आएको ।” युवकले भने ।

सखिहरु : “त्यसो भने हामीले देखेको जस्तो चकितलाई देख्नु भएको छ त बाबुले ?” भन्दा

युवक :  “खै! तपाईहरुले कस्तो चकित देख्नु भो ? त्यही चकित हेर्न आएको । चकित कस्तो छ ? त्यो पनि म अलमलमा छु ।” भनेर जवाफ दिए ।

प्राणनाथ : ती यति युवक छन, यत्ति राम्रा छन्, यति सुन्दर छन । अब यो युवक कहाँबाट आएको हो ? यसरी जता हेर्यो , सबैको अगाडि त्यही युवक । झट्ट हेर्यो एउटा युवक , उता हेर्यो त्यही युवक, तर एकले देखेको युवक अर्कोले देख्दैन फेरी । जस्तो मैले देखें भने अर्कोले देख्दैन । तर भएका सखि सबैले त्यो एउटा युवक सबैले देख्दछन । अर्कोले यी यहाँ मैले देखेको युवक भनेर देखाउँदा फेरी छैन । एउटै देख्दछन युवक । त्यसो भएको हुनाले सबैलाई यहाँ चकमन्नै भयो । र भन्न लागे 

सखिहरु : “होईन बाबु, तिमीले केही कुरा लुकाएको जस्तो छ । हामी त यहाँ मेला भर्ने हो । र यसैको साथ साथमा बाबु तिमीलाई देख्दा हामी चकित भएको हो । चकित नै हामीलाई त्यो भयो । नौलो नै यो भयो । अनि कसरी अर्को चकित हामीले हजुरलाई देखाउने र बाबु !” 

युवक : “हो, त्यसैले म पनि सबैले नै चकित चकित भन्दा चकित हेर्न आएको हो ।  तर यहाँ सबैले चकित देख्यौं भन्ने , मैले चकित नदेख्दा म अलमल मा परेको हो ।”

सखिहरु : “हाम्रो कारण चाहिं यही हो, हामी यसरी चकित भएका छौं ।” सब सखिहरुले यसरी आफ्ना शव्दहरु बिछ्याए । त युवकले बोल्न थाले,

युवक : “ल भै गो ! तिमीहरुको चकित म हेर्न आएको थिएँ, तिमीहरुको चकित खै मैले देख्न नजानेको हो या न सकेको हो , म यसलाई केही पनि भन्दिन । तिमीहरुले चकित देखे छौ , त्यो चकित के हो त ?”

सखिहरु : “होईन, हामीलाई चकित भनेको बाबु नै भै सक्यो । कहाँ बाट आएको ? किन आएको ? कसलाई खोज्न आएको ? भेट्न आएको हो कि ? हामी यसमा चकित छौं नि । कुन लोक बाट आउनु भएको हो ? हाम्रो यो परमधामलाई त लोक ठहरिन्दैन । कुन चाहिं लोक बाट आउनु भयो ?” भनेर हामीले चकित मानेको यसरी सोधे पछि ।

युवक : “ल ठिक छ । मैले भन्नु पर्यो । मैले भन्नु पर्दा सबै मेरा भक्ति रहेछौ तिमीहरु । सबै भक्ति पो रहेछौ त । सबैले चकित भो भन्दा म चकित हेर्न आएको, मलाई देख्दा तिमीहरु चकित हुन्छौ भने , त्यसो भए तिमीहरु मेरा भक्तिहरु रहेछौ । अब म के भनँु ? म कुनै लोकबाट आएको होईन । म लोकमा बस्ने नै होईन । मेरो नाम  बताउँ भने मेरो नामै छैन । मेरो घर बताउँ भने देशै छैन । ठाउँ बताउँ भने निशाना नै छैन । मैले के बताउँनु ? त्यसैले म पनि एउटा तिमीहरु जस्तै भक्ति बन्न आएको हुँ,” भनेछ ।

सखिहरु : “यस्ता राम्रो युवकले पनि भक्ति बन्ने ? तिम्रो त बेला आयो के त भक्ति बन्ने ?” अनि फेरी ती बाबुले सोधेछ, ती राम्रा् बाबुले  ।

युवक :भक्ति गर्ने उमेर कत्ति बेला आउँछ त ?” भनेर सोधे छ । अब उमेर बताउनु पर्ने भो । 

पाठक बर्गसंग दोस्रो क्यासेटमा रेकर्ड गरिएका बाँकी बचन यस अंकमा सेवामा समाबेश गर्न असमर्थ रहेकोे क्षमा माग्दछु । बिज्ञ बर्गमा यी बचनहरुको बारेमा आफ्नो निस्वार्थ भावना पोखि दिनु भई बाँकी रहेका सयौं  घण्टाका क्यासेटहरुमा बन्द बचनहरुलाई सुन्दरसाथ सामु पुराउने उर्जा प्रदान गरी दिनको लागि अनुरोध गर्दछु ।