Sunday, July 24, 2011

२००४ डिसेम्बर २६ आईतबार - श्री राज्जी श्यामा महारानी आसन (श्री देवचन्द्र महाराजज्यु को छैंठौ दिनको ब्यथा प्रस्तुत)

मिति: २००४ डिसेम्बर २६ आईतबार / समय: प्रात ०४ :१बजे
स्थान: पूजा कोठा, पिन्गलास्थान , काठमाडौँ /
दर्शक / श्रोता : श्रीमटि सम्झना श्री रामकृष्ण

प्रबचन प्रस्तोता: श्री राज्जी श्यामा महारानी, श्री देवचन्द्र महाराजको व्यथा मार्फत श्री शरदचन्द्र (शकुन्तला सुनुवार),
व्यथाका पात्रहरू: श्री देवचन्द्र (५ बर्षको बालक), युवती, आकाशवाणी, पन्चकन्या

श्री देवचन्द्र महाराजको व्यथा जन्ती पच्छाएर हिंडे पछी छैठौं दिन - दस्ताबेज अडियो तथा भिडिओ मा रेकर्ड

यो प्रबचन श्री राज्जीश्यामा महारानी ज्युको आसनमा श्री शरदचन्द्र मार्फत श्री देवचन्द्र महाराजले ४००० बर्ष अघिको उहाँले घर छोडेर हिंड्नु हुँदाको छैठौं दिनको व्यथा बताई रहनु हुँदाको एक अंश हो / सकभर उहांहरुले प्रबचनमा जे बोल्नु भयो त्यो जस्ताको तस्तै राख्ने प्रयास गरेको छु / दस्ताबेज भिडियो क्लिपबाट यी बार्तालापहरु अक्षरमा उतार्ने उनै परमात्मा प्रभु श्री राज्जी महाराजको आज्ञा तथा कृपाले कोशिस गरेको छु / यी कुनै बनावटी, कल्पनामा आधारित नभई सत्य घटनामा आधारित कुराहरु हुन / भिडियो क्लिपले ब्लग साईटमा धेरै स्थान ओगट्ने भएकोले यस प्रकारले १० बर्ष पछी प्रबचनका अमृतमय वाणीहरु प्रस्तुत गर्न गई रहेछु - प्रणाम /
श्री राज्जी श्यामा महारानी आसन ग्रहण गरि बक्संदै

आनन्दको नाम प्रभु राज श्याम पुकारा २
अखण्ड नित्य स्वरूप धाम
महिमा स्वरूप आनन्दको नाम
भरोशा छैन कसको यहाँ
अलस्चित गर्छन कसले यहाँ
आएँ कलि युगको (अन्त्य भो)2
छैन कसैको आत्मा खुलेको
आउँदैनन् किन ( मलाई भुलेको?)३
प्रभुका दर्शन लगाउन आउने
ज्ञान कोशेली लगाई दिने
प्रभुमा भक्ति गरि चढाउने
आत्मा सजाउ आत्मा खोलि दिनलाई
आत्मा खोलि दिने श्री राज श्री शयामाजीमा प्रभुको आनन्द दिब्यधाम महिमा ज्ञान स्वरूप / प्रभुमा यति बचन सबैले सुद्द जहिले पनि -- सक्दिन भन्न मैले यहाँ कर लागि रहेको छ / तै पनि मेरा भक्तिहरु यहाँ निदाई रहन्छन / कति अल्छीपनाले उनीहरुलाई थिची रहेकोछ / कतिलाई आडम्बरले तानी रहेको छ / सबै भन्दा अल्छी भन्दा पनि आडम्बरले घेरिएका भक्तिहरु म देखि टाढा हुनुहुन्छ / तर भक्तले मेरो नाम लिएर मात्रै परमधाम जान्छु भनेर कुनै पनि परम् प्रभु मेरा हुन भनेर आडम्बर देखाएर मात्रै पनि हुनु सक्दैन / यो यस्तो कस्तो कस्तो भनौ कसलाई अर्थ खुलाउँ  ? अर्थ जति खुलाए पनि अनर्थ भै गएको यहाँ पाईन्छ /संसारमा सबैलाई आनन्दको भाव मात्रै चाहिएको र त्यसैले श्री राज श्री शयामाजीका अन्तरयामी  हुन धेरैलाई गार्हो परि रहेको यो संसारको कलियुगको अन्त्यमा हामी यहाँ संसारमा दर्शन भेट गर्न आउँदा पनि यहाँ कसैको आत्मामा झल्किएको पाईंदैन / यो किन? कसरी? भन्ने शव्द हरु यहाँ धेरै आउँदछन् /
प्रभुका नाम सुनी को छ हाँसी रहने ? २
प्रभुको नाम नसुन्दा २ को छ यहाँ बिरक्तिन सक्ने ? २
प्रभु बिना मेरो केही छैन सहारा २ भन्न को सक्छ यहाँ ? ३
प्रभु बिना मेरो केही बन्दैन सहारा २ प्रभु बिना मेरो केही हुँदैन सहारा
भन्न को सक्छ यहाँ भन्न को सक्छ ? ३
सदा आनन्द २ मङ्गल धाममा जान को सक्छ ? २
परमधाम जानलाई २ बाटो खन्न को सक्छ ? २
बाटो रोज्न को सक्छ ? २
आए धनिका नाम पुकार ३
जय जय राज २ श्याम राज जय जय राज २
प्रभु बिना कोही छैन श्री राज २
श्री राज श्री राज प्रभु बिना कोही छैन श्री राज २
नाम आनन्द लिन नाम आनन्द २
परमात्मा प्रभुको नाम सचिदानन्द २
परमधाम प्रभुको (आनन्द स्वरूप) ४
 
राज आनन्द भक्ति श्रीराज श्रीश्यामाजीका आनन्द नाम भक्ति यसरी राज स्वरूपको नामहरु प्रकट गरिएर परमधाम प्रभुको नाम जसै कहलाउँदछ /  जसले परमधाम प्रभुको नाम यही सत्य भनेर चिन्दछ , जसले विश्वास गरेर आत्मा दान गर्न सक्दछ, त्यहाँ त्यसैले परमधाम प्रभुको मायाँ , दया , आत्मा , प्रभु कृपा सब मिल्न सकदछ / तर प्रभुको दया बेगर हामीले यहाँ कुनै आर्जन गर्न पनि सकिंदैन / तर त्यहाँ त्यो छैन, सबैलाइ आडम्बर , सबैलाई मोहै मोह भन्ने शव्दले नछोड्दा यहाँ धेरै सबैलाई जन्जालले जसरि भुरा माछाहरुलाई माझीले कसरी जालमा पार्दछ, त्यस्ता यहाँ जालमा परि रहेका देखिन्छ / तर यसको साकार बनाउने को आउँछ त अब? यस जाल फुकाउने को छ त अब? जाल  फुकाउन जान्ने को आउँछ त अब ? यो हामीले सोच विचार गरेर परम् प्रभुको आत्मासंग, आफ्नो आत्मा दान गरेर आत्मा प्रभुमा चढाउँ, तब हामीले यस जाललाई सोझै यसका सुत्रहरु हामी पहिलाउन  सकदछौ / र यस्ता उदाहरणहरु लिएर हामीले जानु पर्दछ / जुन अप्ठ्यारा उदाहरणहरु छन्, यी उदाहरणहरुलाई हामीले सार्थक बनाएर , यस उदाहरणलाई हामीले खोज तलास गरेर हामी जानु पर्दछ /
छोडी जाने देशको माया अघोर २
छोडी जानु छ यहाँ छोडी जानु छ
देहलाई छोडी जानु छ २
संसारलाई छोडी जानु छ भन्छन संसारलाई छोडी जानु छ २
यसैमा (केही शव्द पुगेन )२
संसारलाई छोडी जाने शव्द होइन  २  
देहलाइ छोडी जानु छ २ भक्ति देहलाई छोडी जानु छ
संसारमा (देहलाई राख्नु छ) २
आत्मालाई परमधाम (प्रभु संगै जोड्नु छ)२
त्यसैले नै गरौँ आत्मा दान   २
गाई दान गर्दछौ २ गाईले परमधाम पुराउदैन  कहिल्यै ३
आत्मा विश्वास जाग्दैन जहिले ३
परमधाम प्रभुमा पुगौ अहिले भक्ति पुगौ अहिले २
परमधाम प्रभुमा पुगौं अहिले भनी यहाँ शव्दहरु उच्चारण गरेको छु / यो शव्दहरुले के भन्न खोजेको छ ? तर हामीले यसलाई विश्लेषण गर्नु पर्दछ / यसको हामीले प्रष्ट शव्द अर्थहरु यहाँ खोज गर्नु पर्दछ / हुन त शव्दै शव्दले भरिएता पनि आत्मा कल्याण हुन सक्ने होइन / यो हामीले सोझै बुझ्नु पर्दछ / शव्दै शव्द कण्ठ गरेर हामीले आफ्नो ओद्रहरुमा भराए ता पनि हामी आत्मालाई कल्याण गर्न सक छौं कि सकदैनौं ?  यो हामीले पहिले नै विचाराधीन कुरोलाई लिएर विचार गरेर यसलाई हर दिनमा होइन विचाराधीनमा हामी पुराउन सक्नु पर्दछ /
प्रभुको विचार, प्रभुको जो आज्ञा  , प्रभुले गर्नु हुन्छ, मेरा लागि प्रभु नै छन् भगवानले मलाई सधैं सुभ गराउछन्  / यी कुराहरु शव्दहरु आफ्नो भयाबह अवस्थामा सबैले उच्चारण गरेका हुन्छन / तर कुन किसिमले उच्चारण भयो जुन आफुलाई भय त्रासको बखत आउँछ त्यस बखतमा मेरा भगवान दाहिना छन् / कति सजिलै भन्न सकिन्छ यसरी दाहिने छन् भनेर / न दाहिना छन् न देब्रे छन् , न पूर्ब छन् न पक्षिम छन् ? कसरी थाहा हुन्छ? यस्ता अन्ध विश्वासका शव्दहरुले पनि रुमल्लि राखेको यस संसारलाई झुट्टो छ यो संसार भन्दछन , संसार झुट्टो होइन, संसार कहिल्यै पनि झुट्टो हुन सकेको छैन / उसको रात , उसको दिन उसको पक्षहरु सबै घुमी रहेका छन् / कसरी झुट्टा हुन सक्छ यो संसार ? संसार झुट्टा छ भन्न सकदछौ / संसार कहिल्यै पनि झुट्टो छैन / संसारमा रहने देह शरीर भने पक्का झुट्टो छ / यसरी हामीले चिन्नु पर्दछ, संसारलाई झुट्टो भन्ने होइन,  संसार कहिल्यै पनि झुट्टो छैन / उसको आफ्नो हुनु पर्ने परिधिमा उ घुमी रहेको छ, चक्कर घुम्ती उसको चलाई रहेको छ / र संसार कसरी झुट्टा भो? यसको प्रमाण कसले पुर्याउन सकदछ ?  यदि संसार झुट्टो थियो भने किन उसले आफ्नो समयमा रात पार्ने बेला रात पार्दैन, दिन पर्ने बेला मा रात पार्नु पर्दथ्यो / तब उसले झुट्टा हुन्थ्यो , दिनको बाह्र  बज्दा रात को बाह्र  बज्नु पर्दथ्यो / तब झुट्टा हुन सक्थ्यो संसार  / संसार कहिल्यै पनि झुट्टो छैन , उसको आफ्नो रितु हरुमा उ घुमी रहेको छ / आफ्नो समय पक्ष छुट्टयाई रहेको छ / जो झुट्टा आफुलाई झुट्टा देख्दैन , संसारलाई झुट्टा देख्दछ  भने मूर्खता कसको आयो? को चाहिं  झुट्टा हो? यसलाई हामी परिक्षण गरौ / परम् प्रभु नाम लिएर हामीले एकै क्षण भए पनि आत्मालाई शान्ति मिलाउन हामीले सक्नु पर्दछ  / तर नाम कसरी लिने?  हुन त भक्त जनहरुको प्रभुको नाम लिने समय फुर्सद छैन / संसार झुट्टा हो , संसारमा हतारो छ भन्न लागिएको छ/ समयको हतार हो संसार कहिल्यै हतारिन्दैन / संसार कहिल्यै पनि हतार गर्दैन , यदि संसार हतार गर्दथ्यो  भने उसलाई कहिले हतारले चुर्लुम्म डुबाई  सकदछ / संसारले त यी हतारिने झुट्टा गर्नेहरुलाई नै डुबाई रहेको छ / आफु डुबी रहेको देखि रहेका छैनन् संसारको दोष लगाउने ? यस्ता किसिमका प्रमाणहरुले कहिल्यै पनि सार्थक हुन आउँदैन /
 जाउँ  अब जाउँ परमधाममा जाउँ
 जाउँ अब हामी कहाँ सम्म  जाउँ ?
दयाको भिकारी बाँड्न सकौं भक्ति
दयाको भकारी बाड्न  सकौं \
आए महाराज धनिका (नाम पुकारी) २
 जान लागे प्रभुको (नाम लिई ) २ प्रभु नाम लिई
 
संसारमा सबैले प्रभुको नाम जप्दछन्  जब जब अन्तिम घडीमा पुग्दछन् / त्यस बखत प्रभुको नाम जपेर प्रभुलाई भोग दिएर गर्दछन् तर के लाग्छ ? आफ्ना जति दिनहरुमा त्यसरी बितेनन, आफुले देह छोडी सके पछी त्यो देहले धुप लिएर के गर्नु र ? देह शरीरको धुप, देह  शरीरको फूलमाला पहिराई देह शरीरको आफ्ना स्वागतपनहरु चुर्ल्मुम्मै, त्यही आफैंले पनि विचार गर्न सकिन्छ / किन जुन अन्त्य आफ्नो देह बसान भै सक्यो तब आफ्नो आफ्नो भई सबैले स्वरूप प्रभुमा बास होस् र कृतिपन  कायम होस् स्वर्ग बास, स्वर्ग बास भै सकेको मान्छेलाइ दोहर्याएर फेरी स्वर्गै बास होस् भन्न यहाँ पछी परिन्दैन / तर यसको अर्थ नखुलेरै पनि हुन सक्दछ / संसारको रिति  यस्तै छ भन्न सजिलो छ / संसारको रिति होइन आफ्नो रिति हो त्यो / आफुले गर्ने रिति हो त्यो / संसारको के भुल ? घाम आउनु पर्ने ठाउँमा उ घाम आइ रहेछ, जुन आउनु पर्ने ठाउँमा जुन आई रहेछ / तारा  हुनु पर्ने ठाउमा तारा छ / दिन पर्ने दिन, रात पर्ने रात / आफ्ना ऋतुहरु छोडेको छैन , संसारको कहिल्यै भुल छैन / आफ्नो भुल हो , रित आफ्नो हो, आफुले गरिएको हो / जसरि आफुले फूलमाला स्वागत गरेर बसान भएको देहलाइ स्वागत गरिन्छ / तर हेरौं त्यो धाममा पुग्यौ त ती फूलमालाहरु ? पुग्यो पुगेन? यही रहने हुनाले त्यसलाई फेरी यही बिसर्जन गर्नु पर्ने , सबैले गरि रहेको कार्यहरु छन् / तर संसारको रिति यस्तै छ / अन्तिममा गएर तर संसारको रिति यस्तै छ भनेर समापन गर्न खुबै सजिलो भै रहेको छ / तर धर्म भक्तिहरु सजिलो होइन यो / सजिलो भएको होइन आफ्नो रितिलाई यसलाई सुचारु रुपमा पालना गरेको हो / कुनै रितिलाई होइन , कुनै ऋतुलाई होइन , कुनै संसारलाई होइन त्यो / संसारमा रहनेलाई आफ्नो लागेको बानी गरेको मात्रै हो , अरु केही पनि यहाँ हुन सक्दैन / यस्ता अर्थहरु नखुलेर नै यहाँ अँध्यारो भकारीमा घुमी रहनु परेको छ / सहि शब्द सुनियो भने फेरी त्यसलाई होइन त्यो त यसो पो हो  भन्न पनि सजिलो छ / तर त्यो पनि होइन, त्यो पनि होइन , दुइटै  भुल भै रहेका छन् /
 राज देव आनन्दको (भक्ति सुनाउँन आउने ) २  
भन को छ तैयारी भन  को छ तैयारी ? २
धनि देवचन्द्र महाराज यसरी आफ्नो भिर पहराको कन्दरा जुन पुल तरेर आफ्नो सानो बर्षा बगी रहेको खोला तिरको बाटोमा हिंडेर सानो दुइ जोर धारामा पानी पिएर एउटा गुफामा बास बस्नु भएको छ / त्यस बास कस्तो किसिमले बिताउनु भो ? यहाँ  कुनै जान्ने बिभुतिहरु हुनुहुन्छ भने सगेस्सन गर्न आह्वान गरेको, तर आज तक कोही पनि यस्ता शव्दहरुलाई अंगाल्न कोही पनि आउँदैनन् र पछी गएर धुर पिटाई गर्दछन् / हो, जति सुने जानेको छ, जति लेखिएको कुरा छन्, त्यसैलाई लिएर भटभटाउन थाल्दछन् / त्यो सुन्ने को हो त अब ?  आफूले भटभटाउदा परमधाममा पनि पुग्नु पर्छ छड्का पडका  बचनहरु, तब पो त्यो बोलेको शव्द  सार्थक हुन आउँदछ /  परमधाम प्रभुमा गुन्जिंदैन भने यहाँ संसारमा रहने देह आत्मा बाट जति भटभटाए पनि उ यही रहन्छ परमधाम को लागि हुन सक्दैन / गुफा भित्र कसरी रहनु भयो त? पाँच बर्ष को मान्छे, गुफा भित्र एक्लै बस्नु अँध्यारो गुफामा भनेको यो यसलाई कस्तो कुरा भन्ने ? सानो कुरा भनु भने ठूलो कत्रो हो? ठूलै कुरा हो भनुँ भने ठूलो कत्रो हो? त्यो पनि निश्चित गर्न सकिन्न / यसलाई मात्रै कल्पना गरौँ /
गुफा भित्र पुग्नु भो, गुफाको ढोका नेर उहाँले देख्नु भयो कि झिलिक झिलिक बलि रहेको एउटा दियो बत्ति दुइतिर एउटा एउटा दियो बत्ति बलि रहेको देख्नु हुन्छ / समय समय मा झिलिक झिलिक गर्द छ / र यस बत्ति लाइ हेर्दै भन्नु हुन्छ
श्री देवचन्द्र महाराज - छैठौं दिनको व्यथा 
ज्योति बलि दिनु भो २
आएँ म प्रभुको सहारा लिन २
संसारमा घुम्नलाई के चाहिँदो रहेछ र ? २
आत्मा सिवाय अरु केही भरोसा रहेन छ २
आत्मा सिवाय कोही अरु भरोसा लिन नसक्ने रहेछ लिन नसक्ने /
"आत्मा यसरी लिन कहिल्यै नसक्ने संसारमा सबै देखिन्छ, तर आफ्नो आत्माको आत्मा विश्वास लिएर कोही पनि आउँन नसक्ने / यसरी जब गुफा भित्र पुग्न लाग्दा यसरी जब धिप धिप बत्ति बलि रहेको छ र सोची रह्यो सोची रह्यो यी बत्ति कसका हुन ? हुन त यो अँध्यारो गुफा छ / यस बत्ति दिनको लागि कुनै यो बत्ति बलि रहेको होला भन्ने सोची रहेको छु र भन्दैछु, "ठिकै छ अँध्यारो गुफामा म कहाँ जाने हो? भित्र केही अजिंगरहरु बसेर त मलाई डस्ने होइनन? त्यसैको लागि मलाई यो बत्ति दिनु भएको होला प्रभु / प्रभुले भनेर यो विश्वास लिएर आएको, भित्र प्रबेस गर्न लागें /  गुफा भित्र पस्दापस्दै  पस्दापस्दै धेरै गई  सकें म र बीचमा पुग्दा एउटा सिंहासन मैले त्यहाँ प्राप्त गरें / त्यो सिंहासनमा यस्तो रहेछ कि भनौ अब के भनौ ? एकदम उज्ज्यालो पाना, उज्ज्यालै  उज्ज्यालोले छाएको , सिंहासनको वरिपरी दीपै दीप प्रज्ज्वलन भै रहेको, मैले त्यहाँ पाएँ / र सिधै जाने बाटोमा पंग्तिमा लागेर दीयो बलि रहेका छन् / अब म त्यसमा पुगेर अलमल परेको छु / अब म के गरूँ / यहाँबाट भित्र जान हुने हो कि होइन? न मैले बाटो बिराएँ कि ? मलाई यहाँ धेरै घनघोर आपत्ति आइ लाग्यो / र मैले सोंचें ठिकै छ यस्ता दरबारहरु मैले दुइ ठाउँमा फेला पारि सकेको छु / ती दरबारहरुबाट आइ सकें यहाँ / यो त गुफै  भित्र हो झन् यहाँ कसले पो देख्छ र ?  ठिकै छ यदि म यहाँ बिलिन हुन परे म यही हुनेछु, यदि म यहाँबाट सक्किन परे मैले  बाटो देख्दछु भनेर निस्चय गरेर म यस गेटबाट दीप प्रज्ज्वलनका दीपबाट म सिधै गएँ त्यो सिंहासन भए ठाउँमा / र म जाँदा जाँदा निक्कै भै सक्यो बाटो, बत्ति बलि रहेका छन् दायाँ बायाँ, म गई रहेछु / सिंहासनमा कहिल्यै पुगे कै छुइन, हिंडी रहेको छु / देख्दा त सिंहासन नजिकै देख्दथें, तर धेरै लामो  रहेछ / म पुगे सिंहासनमा / अब सिंहासनमा पुगेर प्रणाम गरें / कोही छैनन् सिंहासनमा/  तरै पनि मलाई यस्तो आयो कि यहाँ प्रणाम गर्नु पर्दछ /  के म यो सिंहासनमा बस्न लायकको छु ? त्यो पनि मैले सोचे कै छैन / तै पनि मैले सिंहासनमा बस्ने अठोट गरें / सिंहासनमा बस्दा मलाई यहाँ आनन्दको भाव आउँछ कि? प्रभु पो भेट्छु कि? हुन त मैले पांच बर्षको मान्छेले के भेट्छ ? उसलाई कसले सम्मान सत्कार गर्दछन् र ? रोयो भने मात्रै खान दिन सकदछन / उसले खोजेका भावहरु प्राप्ति हुन सकदैन / र म यो सिंहासमा पुग्दा मलाई सोह्र सित  फूलमालाले मलाई स्वागत भो / कसले लाई दियो? लाई दिने पनि म देख्दिन / तर मेरो गला भरि फूलमालाले स्वीकार भो / रंगी बिरंगी फूलहरुले मलाई यहाँ स्वागत योग्य भो / र म सिंहासनमा जान तैयारी भएँ / ठिकै छ मलाई यो स्वागत गर्नु नै सिंहासनको आह्वान गर्नु , मलाई यो योग्य होला / मैले दायाँ बायाँ हेर्दा कोही पनि देखिन र म सिधै गएँ /" सिंहासनमा पुग्दा एउटा शव्द आयो मलाई /
आकाशवाणी:
छोडी आयौ तिमीले संसारका बाबा आमा २
तिम्रो आमा रुँदै छिन अझै सम्म (ब्युझेको छैन )२
देवचन्द्र तिमीले किन विचार गरेनौ ?२
बाबा रोए एकातिर (मुर्छा परि रहेछन)2
 तिम्रा बाबा आमाको (बेहाल देखिन्छ)२
अब तिमी भने सिंहासनको द्वार पाए छौ २
जान्छौ कि फर्की सिंहासनमा आउँ छौ ? २
परमधाम जान तिमी कता बाटो  छोडछौ?
रोई रहे बाबा आमा (मुर्छा सरि भई रहे)२  
कसले गर्छ पुकारा बाबु आमाको कसले गर्छ पुकारा ?
प्यारा बाबु आमा मुर्छा भई गए देव मुर्छा भई गए /
ब्युँझिन सकेनन २  तिम्रै सोचले
तिमीलाई स्वागत भो ३ तिम्रा बिलौना जति आफ्नै सोचले गरे आफ्नै सोचले
के गर्छौ धनि तिमी के गर्छौ ? देव तिमी के गर्छौ ? भन लौ (देव तिमी के गर्छौ?)३
"यसरी के गर्छौ तिमी तिम्रा बाबु आमा तिमीले छोडेर आएको आज छ दिन भै सक्यो र तिमीले बाबु आमा लाई मुर्छा पारेर तिमी यहाँ आई सकेका छौ / तिम्रा सोचले गर्दा तिम्रा बाबा तिम्रा आमा बिचरा रुंदा रुंदा आँसु सकियो / यसैमा उनीहरु उहाँ ढली रहेछन, मुर्छा परि रहेका  रहेछन / आत्माले छोडेको छैन, देह शिथिल भै सक्यो /  तिमी के गर्छौ ? जाऊ बाबु आमा त्यस्ता छन् / तिमी  सिंहासनमा यहाँ राज हुन आँटी सक्यौ / अब के गर्छौ? यसमा तिमी निर्णय गरेर मात्रै सिंहासनमा आउनु पर्दछ / फूलमाला पहिरियौ , तिमीलाई स्वागत भो , यसमा स्वागत योग्य छ  / तर तिमीले अब फर्किने हो कि सिंहासनमा जाने? अठोट गर / बाबु आमाको मायाँ लाग्छ कि सिंहासन तिर जाने इच्छा बढ्छ ? यो पनि तिमीले विचार गर", भन्ने मलाई शव्द आयो /
देवचन्द्र: यस शव्दमा मैले विचार गर्दा, "होइन छोडी सकें मैले बाबु आमा / बाबु आमाको माया गरि बस्यो भने संसारमा भुल्नु सिवाय अरु केही पनि आउँदैन  / मात्रै यहाँ भुल्ने हो / मायाँमा जेलिने हो / एक अर्कोले मायाँ गर्ने हो / यो मायाँ ले बाटो देखाउन्दैन / यसैले मैले छोडी सकें / ती बाबु आमा मुर्छा परुन वा देह छोडुन, म संग मतलब भएन /  मात्रै मलाई जन्म दिए / यसैको नाताले मात्रै म बाबु आमा भन्दछु /  कर्मले बाबु आमा होइनन / उनीहरुले मलाई सदैब थुनी राख्ने , सदैब केही जान्न नदिने , मायाँ गरेर खान दिने , घरमा आफ्नो नजिक मा राख्ने सिवाय अरु केही पनि गर्दैनन् मेरा बाबु आमाले / मैले आफ्नो खोज गरेको हो, मैले यहाँ खोज पाई सकेको छु /  म चुकाउन चाहन्न, म अघि बढ़दछु मैले यो अठोट लिएँ /" तै पनि फेरी मलाई भन्न लागे /
आकाशवाणी:
फर्की जाउ बाबु तिमी जिद्दी नगर २
तिमीलाई फाइदा के छ बाबु आमा रुवाएर ?२
यसरी शव्द आयो / तिमी लाई फाइदा के छ बाबु आमा रुवाएर ? फर्की जाउ /
 
देवचन्द्र: "म किन फर्किनथें? यदि फर्किन्थें भने म हिंडदिनथें / अब मैले छोडी सक्यो, उहाँहरुलाई जे सुकै होस् / यदि उहाँहरुको आत्मा सत्यता रहेछ भने परमधाममा भेट हुन सकदछ /  उहाँहरु बिलिन पनमा हुनुहुन्छ भने यही बस्नु हुन्छ, संसारमा बस्नु हुन्छ/ आपत्ति जनक मलाई केही पनि आउँदैन /"  यस्ता शव्दहरुको आदान प्रदान हुँदा र मलाई आज्ञा भो /
आकाशवाणी:
यस्ता शव्द आउँ छन् भने अघि बढ्न सक्छौ नि २
सिंहासन तिम्रै लागि हो देव तिम्रै लागि हो नि ३
देव लाई तिम्रै लागि हो, जान सक्छौ, आनन्दमा पुग्न सक्छौ   / यस्ता शव्द आउदा मैले एकै छिन सोचें
 
देवचन्द्र: "झट्ट जाउँ कि पछि हटौ द्वादास को विचार भो / पछी हटौ  मैले न पाउने / २ यसरी मैले सोचें, होइन म अघि बढ्दछु / पछी हटें  भने मलाई यो पाएको भागहरु मेटिने छ / फेरी खोजेर म पाउँदिन / किन ठिक छ म सिंहासनमा म आफ्नो अमुल्य सिंहासन  छोडदिन / मैले पाएको हो, यो गुफा भित्र कसले पाउने थिए भने हिजो अस्ति आएर पनि पाउने थिए होलान / भोलि पर्सि आएर पनि पाउने थिए होलान / तर आज मैले पाउनु पर्ने यो मेरो शुभ मुहुर्तमा मैले अरुलाई किन छोड्ने? म अगाडी बढें /" फेरी सिंहासन मा एक पाईला चढाउँन बाँकि हुँदै फेरी आयो
आकाशवाणी:
तिमीले रोक पयरको रोक
लाउन सक्छौ  कि देव लाउन सक्छौ कि ?
अब सिंहासनमा चढे पछी तिमी फर्किंदैनौ2
अझै पनि विचार गर देव २
बाबु आमा लाई लिई जाने हौ कि २
 
देवचन्द्र:  यसरी "ल विचार गर एक पैताला बाँकि छ चढ्न / सिंहासनमा टेक्न बाँकि छ, अझै पनि तिमीले विचार गर बाबु आमाको याद आउँछ कि ? यहाँ आए पछी तिमी फर्की जाने छैनौ / तै पनि फर्किन्छु कि भन्ने शव्दहरु मलाई यहाँ आए / तर पनि मैले धैर्यता गरें, म बाबु आमाको मायाँ गर्दिन / उहाँहरु जे हुनु हुन्छ उही ठिक छ / उहाँहरु सत्यबादी  हुनु हुन्छ भने म कहाँ आइ पुग्नु हुने छ / मैले देखेको गाउँमा गएर म राज गर्ने मेरो अभिलाशा छ मैले राज गर्दछु  / त्यसैले मात्रै मैले यो संसारमा यो परिधि भित्र यो गाउँ मा पुगेर मात्रै म संसार हेर्न चाहन्छु / मेरो बाबु आमा भएको ठाउँमा गएर मेरो संसार हेर्ने मेरो अभिलाषा छैन / मैले छोडी सकें /" यी मेरा शव्द हरुले
फेरी पनि भन्न आए / 
आकाशवाणी:
देव तिमी सुर बिर भएर आउँदै  छौ
गुफा भित्र कोही छैन कसको मद्दत माग्दै छौ २
तिमी छौ ठुलै आँटिलो देखें तिमीलाई ठुलै आँटिलो
जाऊ देव ३ सिंहासनमा जाउ देव
अब तिमी लाई प्रश्न आउँदैन २
 
देवचन्द्र:  यसरी मलाई जाउ भनेर प्रश्न पाउँदा अब तिमीलाई प्रश्न गर्ने छैनौ, तिमी सिंहासनमा भ्रम गर्नु सकदछौ / भन्ने यी शव्द पाए पछी म एक पैतालो खुड्किलो चढेर सिंहासनमा मैले ढुक्कसंग यहाँ मैले राज गर्न पाएँ / र म सिंहासनमा ठिक बस्न लाग्दा एउटा युवती ले भनिन
युवती:
तिमी मेरो स्वामी हौ २
आयौ स्वामी कहाँ देखि आयौ ? २
मेरो स्वामी आइ पुगेछौ भन्छु मेरो स्वामी आइ पुगेछौ
स्वामी मेरो तिमी हौ २ दर्शन गर्न मिल्छ कि ?२
प्रभु बिना आज्ञा  पाउनु छु मैले 
प्रभु बिना आज्ञा पाउनु छ
स्वामी हौ २ तिमी मेरो स्वामी हौ ३ मलाई चिन्छौ  कि? ए देव मलाई चिन्छौ कि? चिन्दैनौ ? मलाई हेर चिन्छौ कि चिन्दैनौ?
तिमी मेरी सानी हौ ३ पक्कै हौ २ बचन छोडन २ स्वामी बचन छोडन २/
देवचन्द्र:  "यसरी मलाई अचानकमा सिंहासनमा आफूले ग्रहण लिने बित्तिकै स्वामी हौ भन्ने शव्द आउँदा मलाई आश्चर्य जनक लाग्यो / म पाँच बर्षको उमेरको मान्छेले कहिले बिबाह गरेको थिएँ ? यो हुन सक्दैन , मैले बिबाह गरेकै छैन / सानो बालक  मै त मैले मेरो बाबु आमालाई छोडेर बाबु आमा उहाँ मुर्छा परि रहेका छन् भन्ने शव्द मैले पाएको छु भने मैले कहिले बिबाह गरें? मैले यत्रो बाटोहरुमा सुन्दरीहरु आए मैले चाहिंन / उनीहरु संग बिबाह गर्न म सानो मान्छे कहाँ बिबाह गर्छु ? यो हुने नसक्ने कुरो हो /
होइनौ तिमी को भन्छौ ? २ भ्रममा बोल्दै छौ २ स्वामी पत्नी बने कै छैन मैले / पाँच बर्ष भै सकें २ मैले के को पत्नी बिबाह गरेछु ? छैन मैले छैन मैले भ्रममा न पर /२ भ्रममा पर्ने बचन न छोड / मलाई बचन न छोड / २ को हौ तिमी सुन्दरी? ३ भ्रमका बचनले मलाई नछोड तिमी मलाई नछोड / २ भ्रमका बचन मलाई तिमीले नछोड / सुन्दरी मलाई नछोड / २
यो सुन्दरी लाई मैले के भने, "म पाँच बर्षको मान्छे मैले बिहे गरेको छैन / म त त्यो गाउमा गएर पो म त्यहाँ पुग्दा पुग्दा अब बाटो कति छ मलाई थाहा छैन / यो गाउँ नजिक देखि रहेको छु, तर बीच बाटोमा कति लाग्दछ ? यो बीच बाटोमा जाँदा जाँदा मैले म कति बुढो हुन्छु ? कति ठिटो हुन्छु ? यो मलाई थाहा छैन / घर छोडेको मात्रै छ दिन भो आज / म कसरी म पांच बर्ष को मान्छेले  बिबाह गरेको छु /  त्यो तिमी भ्रममा मलाई किन त्यस्तो भ्रमहरु फैलाई दिन्छौ? कसले अह्रायो भ्रम गर्नु भनेर ? तिमी मेरा पत्नी हुन सक्दैनौ / यस्ता बचन भन्न तिमीलाई पनि अलिकति अप्ठ्यारो लाग्नु पर्ने हो / सुन्दरी म यसरी जंगलमा दुख खेपेर आएको एउटा बालकले कसरी बिबाह गरेको हुन्छु र तिमी मलाई स्वामी भन्छौ ? यो हुनै नसक्ने कुरा, जाउ तिमी कहाँबाट आयौ? फर्केर जाऊ तिमी मेरो पत्नी हुन सक्दैनौ / मेरो उमेर छैन मैले श्रीमान श्रीमती भएर आफ्नो दाम्पत्य जीवन मैले दुल्ल्याउन मेरो औकात छैन / म त प्रभुको खोजि गर्न मात्रै हिंडेको हुँ / तिमीसंग बिहे गर्न हिंडेको होइन / तिमी अचानक किन यसरी बोल्छौ? तिमी भ्रममा परि रहेकी छौ / फ़र्क सुन्दरी तिमी फर्क / यस्ता बचनहरु नगर", मैले भन्दा खेरि सुन्दरी भन्छिन :
सुन्दरी:  तिमीले मेरो मुहार देख्न सके कै छैनौ /
            तिमीले मेरो मुहार चिन्न  सके कै छैनौ /
            मेरो घुम्टो खोलेको मैले छैन नि ३
            स्वामी जी २ घुम्टो खोलेको मैले छैन नि ३
            चिन्नै सक्नु हुन्न नि २
देवचन्द्र:  "घुम्टो भित्र बसेर ती सुन्दरीले स्वामी भन्ने शव्द मात्रै उच्चारण गर्छिन तर आफ्नो मुहार देखाउन चाहन्नन् / "
सुन्दरी:   घुम्टो भित्र रही रहें प्रभु सित बिन्ति गर्न लाई
             नचिनेमा छैन केही मलाई केही भन्न लाई
             खाँचो हुँदैन  देव खाँचो हुँदैन
             जहाँसम्म पुग्दछौ २ भेट हाम्रो हुने छ २ /  श्री देव चन्द्र तिमीसंग २ /
             आज सिंहासनमा तिमी पदवीको मान पायौ २
             सिंहासनमा पधारीयौ  देव तिमीले मलाई चिनेनौ २
            यसको अर्थ खोल्नलाई आज हुँदैन देव २  /
            तिमीलाई दर्शन दिन ठाउँ ठाउँमा आउने छु २ /
            देवले मलाई अस्वीकार गर्यौ नि२  /
            तिम्रो पत्नी साँच्चै हो तिमीले चिनेनौ नि ३ /
            देव तिमीले चिनेनौ आज मैले घुम्टो खोलिन नि ३
देवचन्द्र:  यसरी आफ्नो घुम्टो नखोली कन देवचन्द्रलाई भन्ने युवतीले "हुन्छ भैगो तिमी फर्केर जाउ युवती, म जुन मेरो पाईलाहरु चाली रहन्छु मलाई यी होसहरु आउन सकदछन् / अवस्य पनि आज म सिंहासनको उपाधिमा म छु / कुनै तिमीलाई भेटघाटमा अवस्य पनि यसका रहस्यमय ज्ञानहरु खुल्ने छन / त्यस बखत फेरी हाम्रा यस्तै यस्तै बचनहरुले हामी द्वादास गरुँला / के भो त मैले नचिनी कन स्वीकार गर्न पनि मिल्दैन / एक त म पांच बर्षको बालक छु / कसरी मलाई यस्तो झुट्टो प्रेम तिमीले आज यहाँ यी प्रश्न राख्यौ ? म यो प्रभुसंग बिन्ति गर्दैछु है त सुन्दरी तिम्रो नाम क्या हो?"  र मैले नाम सोध्दा खेरि सुन्दरी ले नाम भन्न मानेन /
सुन्दरी: "तब मलाई चिन्नु हुन्न भने मैले नाम किन भन्ने? आफ्नै मान्छे को नाम चिनिन्दैन भने अर्को कसले खुलाउने ? बिर्सी गएको सम्झना फर्काउन धेरै गार्हो हुँदछ / हो म यो कसरी बिर्सियो? भन्ने कुरो बेला बखतमा हाम्रो जम्काभेट हुने छन् /  त्यस बखत कुनै शव्दहरुले झझल्का ल्याई दिन सक्ला / म यो अभिलाषा लिएर म आज यहाँबाट जाँदैछु / म फर्किन्छु , सिंहासनमा आउने मेरो हक छैन / तपाई सिंहासनमा हुनुहुन्छ / तपाइको उपाधि लिने मेरो हक छैन / तै पनि मैले यस सिंहासनको चरणमा मैले हजुरलाई पाउनु पनि मेरो केही बाँकि छ जस्तो मलाई लागेको छ / तर प्रभुको स्मरणले मैले कहाँ सम्म पाउँन सकदछु यो हाम्रो पनि परिक्षण काल नै रहने छ / म पनि परिक्षणमा रहने छु /  देव म यहाँबाट फर्किन लागें / मेरो यहाँ कुनै पनि औचित्य भएन / मेरो यहाँ स्वीकार योग्य केही भएन / म यहाँ योग्य बनिन /" त्यसैले
 
घुम्टो सरि पर्खी रहें हजुरलाई भनि २
चिन्नु छैन, जान्नु छैन के गर्छौ नि अनि
यही शव्द पाएँ मैले यस्तै गरि जान्छु भनि
बिन्ति माग्दै छु देव बिन्ति माग्दै छु२
सफलताको कामना सुदर्शनको मन सोचेर मैले प्रभुलाई बिन्ति गर्दछु , देव बिन्ति गर्दछु / मेरो स्वामी मेरै हुन २ अरुको हुन सक्दैन अब अरुको हुन सक्दैन / केही मलाई सुन्दरी ठूलो देख्नाले ठूली देख्नाले देवले मलाई चिन्न सकेनन ३  / कुनै ठाउँमा चिन्नै पर्ने छ देव चिन्नै पर्ने छ / आत्मा देखि मूल फुटाई रुनै पर्ने छ ३  /
देवचन्द्र:  "यति भनेर ती युवती फर्केर गईन / उनिको घुम्टो मैले देख्न सकिन / घुम्टो उनीले खोलिनन / अब ती को हुन त? मलाई यसको बिषयमा ज्ञान आएको छैन / बिचरा म पांच बर्षको, अब मलाई एउटा आपत्तिले पनि छोए जस्तो लाग्दछ / म त पुरै अफात्तिमा घेरिएर हिंडेको बालक हुँ / कसरी मलाई फेरी यहाँ झन्झट आई पर्यो? यो सिंहासन पाउनु मैले यहाँ मलाई दुखको भाग पाउनु जस्तो मलाई लाग्यो / तै पनि सिंहासनमा म विराजमान भै बक्से कै छु / र यहाँ आए अब ती सुन्दरी फर्केर गए पछी पांच जना सानो म जत्रै उमेर का चेली हरु आएर भने
 पन्च कन्या:  देव दर्शन गर्नलाई आयौ हामी चेली २
                    यही दीप आरती हामी लगाउँछौँ २
                    देव आरति हामी गर्दछौं
                    जय जय देव जय जय देव शुभ आरति हामीले देवचन्द्र प्रभुलाई शुभ आरति
                    पहिलो चरणको आरती, शुभ चरणको आरति देव शुभ चरणको आरति
                    स्वागतम स्वागतम सुस्वागतम स्वागतम  चरण
                     भक्ति शरण देव भक्ति शरण /
देवचन्द्र:  यसरी मलाई पन्च कन्याले आएर जुन आरति सजाए, आरति चढाए , मलाई एउटा यहाँ नेर भ्रममा पैदा भो / म यो सिंहासनमा आएर मैले के के यहाँ आर्जन गर्नु पर्दछ ? अब एउटी सुन्दरी भन्छिन, तिमी मेरो स्वामी हौ / पन्च कन्या चेलीहरु आएर आरति सुभ आरती गर्यौ सुधन्य हो भन्दछन् / म अब के म साँची खोजेको पाउँछु त? मलाई यस्ता बिलाषाहरु बढ्दै आए र सिंहासनमा बसी रहेको छु / सिंहासनबाट मलाई उत्रिने केही हुकुम भएन / मलाई हिड्न मन भएको छैन सिंहासनमा बसी रहेको छु /
आउँछन्  जो जो मेरै खुसीले २ उसको खुसि हुन सक्दैन त्यहाँ मेरै खुसीले आउँछन् मेरै खुसीले अब मेरै खुसीले /  मेरो खुसीले आउँछन् अब/  उनीहरुले आफ्नो खुसिले भने, होइन मेरो खुसीले आएका / म यहाँ छु र म भएको ठाउँमा आइ पुग्नु भनेको मेरो खुसि हो / उसको खुसि हुँदैन / मेरो खुसिमा आए / जति आउँछन् , आउँन सम्म आउँन  भन्ने मलाई यस्तो उत्सुकता बढ्यो / म एउटा आसन प्राप्त गरें / छ दिनको दिनमा संसारमा भावीले लेखेको छ भन्द छन्  जन्मेको बालक लाई / म पनि ६ दिनको दिन सिंहासन प्राप्त गरेको छु / र मेरो दाम्पत्य जीवनमा दाग लगाउने पनि मैले पाएँ यहाँ / मलाई स्वामी जी भनेर साइनो दिएका छन् / ती युवती को हुन ?  मैले चिन्न सकेको छैन / यो सिंहासनको मेरो उद्घाटन भनु मेरो यहाँ स्वागत यो म खुसि छु / र मैले भने
पन्च कन्या चेलीहरुले यहाँ दीप उज्ज्यालो गरायौ किन दीप उज्ज्यालो गरायौ ?
कहाँबाट आयौ नि पन्च कन्या चेली हो ? २
कसले पठायो तिमीहरुलाई यहाँ कसले पठायो ?
यसरी कसले पठायो भनेर मैले सोध्दा चेली हरु भन्छन /
पन्च कन्या:
प्रभु देवचन्द्रको स्मरण गर्नलाई पठाए हामीलाई २
अघि जाने युवती ले पठाए हामीलाई २
देवचन्द्र: "ल अघि आउने युवती त मलाई स्मामी भन्दै थिईन / फेरी युवतीहरु किन पठायौ त नि यसरी आरती गर्न / "
पन्च कन्या: "युवतीले आरती स्वागत गर्न पाइनन, यसैले हामीलाई पठाए २ / युवतीले आफूले स्वामीलाई दर्शन नपाउँदा आफूले स्वागत गर्न नपाउंदा सबै पन्च कन्या पठाएकी हुन /" अब ती युवती को हुन? अलिकति देवचन्द्र को मन मा झस्किन लाग्यो अब / यी युवती को हुन?
देवचन्द्र:
पर्ख पर्ख सोच्दै छु पन्च कन्या चेली हो अमजद
केही समाचार लिई जानु है केही समाचार लिई जानु है
को हुन युवती २ समाचार लिई जानु है २
"तिनको नाम के हो? तिनको ठाउँ कहाँ हो? कसकी छोरी हुन ती? २ यति शव्द सुनाउनु ३ / आजलाई पन्च कन्या हो / यति शव्द सुनाउनु ती सुन्दरी नानीलाई /" मैले यति शव्द भनि पठाएँ / यी कास्की छोरी हुन त अब ? र उनि कहाँ बस्छिन ? उनि के गर्छिन? यति मात्रै है / यो सोध्नु / पन्च कन्याहरुलाई यो भनेको छु / र पन्च कन्याहरु आरती दीप प्रज्ज्वलन गरेर मलाई आरती अर्पण गरेर उनीहरु छमछम पारेर शुभ यात्रा सबै रमाइलो संग गुणगान भजन गर्दै उनीहरु एक ताल एक सुरमा फर्केर गए / कति राम्रो म हेरी रहें पन्च कन्याहरुलाई  / उनीहरु गए पछी अब म एक्लै छु यो सिंहासनमा / अब मैले के गर्नु? म सिंहासन प्राप्त गर्दा मैले त यस्ता यस्ता शव्दहरु प्राप्त गरें / मलाई आपत्ति भो / ती आपत्ति बाट म कसरी बच्न सकदछु ? मलाई किन आपत्ति आपत्तिले मात्रै घेरी रहेको हुन्छ? के म सत्यतामा जान सक्दिन? मलाई जहिले पनि अल्मलाउने बाहेक बीचमा केही पनि आउँदैनन्  /  मैले यो सामना अब कसरी गर्ने? मैले प्राप्त गर्न सक्छु त? मैले प्राप्त गर्न हिंडेको प्राप्त गर्नलाई मैले के गर्नु पर्छ? मैले कसलाई सोधौ? सोध्नु पनि मैले कोही पनि छैन / म एक्लो पांच बर्षको यसरी हिंडी रहेको छु / कठान्ग्रीएको जाडोमा पनि हिंडी रहेको छु / यही कठान्ग्रीएको जाडोको बेलाको मेरो शव्दहरु मैले जाडो कै समयमा बताउँन लागि रहेको हुँ / मैले किन यति बेला बताउनु पर्थ्यो ? र जति सुन्नु सक्ने स्रद्दा भक्तिले पनि जति जाडोमा बसेर सुन्नु भएको छ त्यसरी नै मलाई जाडो भै रहेको थियो त्यस बखत / म जाडो मा यसरी खोज गरेर हिंडेको थिएँ र अहिले देवचन्द्र भनेर कहलाउनु पनि त्यसै कुनै व्यक्तिको नाम सजिलो संग कहलिन सक्दैन / केही दुख गर्नु पर्दछ / म सिंहासनमा छु / र मलाई एकछिन यहाँ रुन मन लाग्यो / कहाँ छन् ती मेरा ...
०२१ दोस्रो क्यासेट 
 "फर्की आउन सक्दिन मेरा बाबा आमालाई खबर मैले कसलाई पठाउँ ? अब कसलाई पठाउँ? एउटा चरालाई पठाएको थिएँ मेरा बाबा आमा रोई रहेका छन् रे ! यही आउनु है बाबा आमालाई भेटेर भनेर चरा पठाएको, त्यो चरा पनि आज सम्म मेरो बाबा आमालाई भेटेन  कि कसो? समाचार लिएर फर्की आएन / त्यसैले मलाई एउटा बिडम्बना भै रह्यो / हो छोडी सके पछि मागेर नमिल्दो रहेछ / छोडी सके पछी पाउँछु भनेर कल्पना गर्नु त्यो पनि धिक्कार रहेछ / यसैले यो चरा पनि आइ पुगेन / मेरा बाबु आमा कस्ता भएर बसेका छन्? छ दिन भै सक्यो चराले पनि खबर ल्याउन सकेन / के मेरा बाबु आमालाई भेट्न सकेन यो चराले? मलाई यसमा कुन्ठिस्थ  भएर खुवै आत्मा भित्र चिसोपना आयो / एकछिन म रोएँ / कसरी रोएँ? मलाई रुनु मन लाग्यो / सिंहासनमा बसेर कसरी रुने? यो पनि मलाई अप्ठ्यारो भै रहेको थियो / सिंहासनबाट उठेर म केही होचो ठाउँमा गएर रुने रहर गरें / तर मलाई सिंहासनबाट उठ्ने आदेश भएन / म सिंहासनबाट उठ्नै सकिन, बसी रहेको छु  / यस रुने रहरलाई पनि मैले यहाँ थम्थमाइ कन राखें र मैले भने
रुन सक्दिन म रुन सक्दिन
छोडी सकेन बाबु आमाको मायाँ गरिन, अब मायाँ गरिन 
रोई रहने होउन रोई रहने किन रोई रहने?
मुर्छा परे किन मुर्छा परेछन ?
ब्युँझन  सकिनन् मै जाबोको माया गरेर किन मै जाबोको माया गरेर /
म जाबो एउटा सानो मान्छेको मायाँ गरेर बाबु आमा किन बिडम्बना मा पर्नु पर्द छ र? मैले उहाँ हरु लाई के सुख दिएको थिएँ र? मैले सुख दिएको भए पो मेरो सुख सम्झेर उहाँ हरु बिडम्बना मा पर्नु पर्ने थियो / तर उहाँ हरु यसरी आफ्नो भूल मा पर्नु भएको ६ / मैले यो भूल उय्हन हरुको नै भुल हो / मैले यहाँ आफ्नो गल्ति महसुस -- सबै गल्ति छन् तर मैले सुधार्दै जाने सौभाग्य सुयोग्य बाटो मा लागि सकें त्यसैले मलाई विश्वास छ अब /
 
म फर्किन्न बाबु आमा  जस्तै भए ट़ा पनि म फर्किने अवस्था मा छैन / छ दिन कि दिन यो गुफा मैले सिंहासन पाउनु भनेको मेरो सानो घडी होइन / यो घडी मेरो शुभयात्रा शुभ यहाँ साईट मैले पाएको छु /  त्यसैले म अब फर्किन्न / र म यस सिंहासनमा बसेर राज गरेर अब यो गुफा भित्र एक एक गुफा मा मैले यहाँ केही गर्नु पर्द छ / मलाई कम अल्झारो हरु आइ परेको महसुस भएको छ / मैले यहाँ ग्रन्थ हरु लेख्न शुरु गर्नु पर्द छ / म धेरै धेरै कुरा काम गर्नु पर्द छ/ यसैले म फर्केर बाबु आमा भएको ठाउँमा पुगेर मैले फेरी आउनु भनेको कुरो यो सम्झन नसक्ने कुरा हो / त्यसैले म आजै छोडें, हिजै छोडें अस्ति नै छोडें , छोडी सकें / यसैले म अब आफ्नो बाटो लागि सकेको हो / यसैले मैले यो उज्ज्यालो देश देखेको छु / त्यो देशमा पुगेर केही हाइ हुकुम नगरी कन मैले नहुने भएको मलाई प्रकट भएको छ / त्यसैले म अब अगाडी बढी सकें / मेरा बाबु आमा को म कुनै समाचार सुन्न माग्दिन / कुनै समाचार पनि म पठाउँदिन मैले यही सिंहासन मा बसेर अठोट गरें / र म देवचन्द्र
देव प्रभु भनेर मलाई किन उच्चारण
आज को सिंहासन मेरो उदाहरण भो मेरो उदाहरण
मेरो उदाहरण भो मेरो उदाहरण
संसार छोडी जानु छ, एक दिन मा बस्नु छ
संसार मा देह छोडी जानु छ २
संसार मा मायाँ गरि हुँदैन देह को 2
संसार सधैं यस्तै हो भन्न सजिलो
संसार मा यस्तै हो, संसार यस्तो हुँ सक्दैन २
यसरी भनि कन संसारमा यस्तै हो प्रज्ज्वलनका आफूले जान्नु पर्दछ / यसरी मैले आज सिंहासनमा बसेर मेरो कथा यही समापन गर्दछु / मलाई दुईटा कुराले संजोक यहाँ नेर के जानेको छ / म यी शव्दहरुको खोजि गर्दछु / यो गुफा भित्रै बसेर म यो सिंहासन प्राप्त गरेको छु / अब सिंहासनबाट मलाई के हुन्छ? म यहाँ बस्नु पर्दछ / गुफामा कहिले सम्म बस्छु / मेरो निश्चित मलाई थाहा छैन / म पाँच बर्षको मान्छे बसी रहेको छु मलाई बेला बेलामा यस्तै यस्तै शव्दहरुले मलाई खोज गर्दछन् / म यी शव्दहरुलाई खोजि गरेर यो गुफामा निकै बेर बस्ने मेरो अठोट भयो / र आज मेरो यो देवचन्द्रको ब्यथा यही समाप्त गरेर आसनबाट छुट्टी लिन आग्रह गर्दछु / म छुट्टी लिंदै छु अब आउने कुनै अवसरमा मेरो कथा -- आसनमा आउन सक्दैन मेरो ब्यथाहरु / कुनै दिन हुकुम हुनु पर्दछ / मेरो हुकुम मात्रै आएर मेरो यस्ता व्यथाहरु प्रकट गर्दछु / यसरी देवचन्द्र महाराजको कथा यति नै हो आज लाई / मेरो कथा होइन व्यथा  हो / र म आज यही गुफामा समाप्त गरेर म छुट्टी लिएँ, छुट्टी लिएँ, छुट्टी लिएँ /  
श्री राज्जी श्यामाजी महारानी
राज श्याम धनि आखंड
परम् पुरुष यसरी देवचन्द्र महाराजले आफ्नो व्यथाहरु प्रकट गर्नु भएको छ /  र उहालाई सिंहासनमा पुगेर गुफामा युवती सुन्दरीले स्वामी भनेको शव्दले उहाँलाई धेरै पिरोली रहेको छ / र पन्च कन्याले यी समाचारहरु लिएर गएका छन् / यहाँ सम्म यो आफ्नो व्यथालाई प्रकट गरेर देवचन्द्र महाराजले छुट्टी लिनु भयो / र आज यहाँको छुट्टीबाट म पनि यो आसनबाट आसनलाई मेरो सुयोग्य ठान्दै संसारमा मेरा आसनहरु यसरी सुयोग्यका साथ सुभ अवसरले सधैं छाई रहने मैले आफ्नो तरफबाट सोंचेको छु /
श्रद्धा  भक्तिहरुलाई सुधन्य सम्झिन्दै यसमा देवचन्द्रले भन्नु भो कठ्यांग्रिने जाडोको मेरो व्यथा यही जाडोको समयमै मैले जाडोको कथा गर्दैछु भन्नु भएको छ / त्यसैले कठ्यांग्रिएर  सुन्न बस्न सक्ने भक्तिहरुलाई पनि यसरी स्रद्दा बढोस, आत्माको ढोका खुलोस भन्दै म पनि मेरा आसनबाट बिदा लिंदछु / मेरो आसन सधैं तिब्र रहोस / मेरो आसन कहिल्यै पनि झुट्टा हुने छैन / सत्यका आसनबाट म सत्य सत्य चाहन्छु / यसै गरि म पनि परमधाम प्रस्थान गर्न लागि रहेको छु / सबै श्रद्दा भक्तिलाई शुभ असिस बचन मेरो यही नै छ /

 

No comments:

Post a Comment