Monday, July 4, 2011

20050117 - १६ तला परमधाम को अति गोप्य रहेको बचन खुलासा

२००५ जनवरी १७ एंड २३ श्री राज्जी श्यामजी - गुजराती भाषा (३३)

मिति: २००५ जनवरी १७ / समय:०४:०० बिहान
स्थान: पूजा कोठा, पिन्गलास्थान , काठमाडौँ / उपस्थिति: श्री शरदचन्द्र (शकुन्तला), श्री बिहारिदाश, श्रीमती रतनबाई, श्रीमती सम्झना, श्री रामकृष्ण

प्रबचन प्रस्तोता: श्री राज्जी श्याम महाराज, श्री देवचन्द्र महाराज /
व्यथाका पात्रहरू: श्री देवचन्द्र, सुन्दरीहरु, युवक, रुख र जरा , आकाशवाणी

१६ तला परमधाम को अति गोप्य रहेको बचन खुलासा - दस्ताबेज अडियो तथा भिडिओ मा रेकर्ड

यो प्रबचन श्री राज्जी श्याम महाराज ज्यु को आसनमा श्री शरदचन्द्र मार्फत श्री देवचन्द्र महाराजले ४००० बर्ष अघिको उहाँको व्यथा बताई रहनु हुँदाको एक अंश हो / सकभर उहांहरुले प्रबचनमा जे बोल्नु भयो त्यो जस्ता को तस्तै राख्ने प्रयास गरेको छु / दस्ताबेज भिडियो क्लिपबाट यी बार्तालापहरु अक्षर मा उतार्ने उनै परमात्मा प्रभु श्री राज्जी महाराजको आज्ञा तथा कृपाले कोशिस गरेको छु / यी कुनै बनावटी, कल्पनामा आधारित नभई सत्य घटनामा आधारित कुराहरु हुन / भिडियो क्लिपले ब्लग साईटमा धेरै स्थान ओगट्ने भएकोले यस प्रकारले १० बर्ष पछी प्रबचन अमृत वाणीहरु प्रस्तुत गर्न गई रहेछु - प्रणाम /

श्री राज्जी श्याम महाराज:

कोसेली मलाई चढाउ , भक्त जनको नाम सुनाइ म /
आएँ भक्त प्रभु ज्ञान सजाउन
देखाई देउ मलाई शक्ति , देखाई देउ मलाई शक्ति /
प्रभु परमात्मा ज्ञान स्वरूप नाम धाम धनि महिमा
सबमा हुन्छ भ्रम यसरी
छैनन् भगवान बस्छन कसरी ?
भगवान छ भन्नु के विश्वास गर्नु अब? देखिंदैनन यी भगवान कता छन् के विश्वास को भार पर्नु र/
भगवान छैनन् है !
देख्न सकिंदैन, बोलि सुनिंदैन भगवान कसरी बोल्छन?
भगवान को प्रतिमा राख्नु छ अगाडी /
भगवान को प्रतिमा हो कि होइन् हेर निचाड़ी /
प्रतिमा राख्दै छौ 2 ,
भगवान हो कि होइन् चिन्दछौ कि छैनौ /
के को प्रतिमा तिमीले सजायौ?२
मेरो रुप छैन संसारमा / 3
किन मेरो प्रतिमा बनाउदै देखाउछौ यहाँ?
मेरो प्रतिमा भन्छौ किन भ्रम मा पार्दछौ?
संसारमा नाम सिवाय मेरो (रुप देखिंदैन)२ /
कुनै भगवान को (रुप निश्चित छैन)2 /
भक्ति किन संसार मा (भ्रममा फैलाउन्छौ ?) 3
मैले बोलेका बाणी बचन यिनै हुन भन्नलाई 2
भक्ति के को साच्छी प्रमाण लड़ाउछौ ? 2
भक्तिहरु प्रमाण जुटाउन्दै यहाँ किन आपसी लडाई गर्दछौ?
जिद्दी हुन्छ तिमीलाई आफैंले जानेको कुरा लिएर /
तिमीले किन जिद्दी गर्दै छौ सन्सार मै बिलेर
नाम मेरो लिन लाइ अधुरो मा परेर
तिमी गर्छौ होड बाजी आफैलाई बिर्सेर
मलाई पुजुन, मलाई मानुन, घमण्ड गरेर
आत्मा मसंग भक्ति यसरी आऊदैन /
भक्ति सजन हो यसरी आऊदैन /
घमण्ड को भारि नबोक्नु भक्ति /
संसारमा सबलाई कति चिन्तित दुख छ /
किन भयो यो दुख? बुझ्नु अति गल्ति छ /
गल्ति भो सब संसार मा रहने सबै को गल्ति भो /
गल्ति देखिंदैन, कहाँ गरें मैले गल्ति भन्न छोडीदैन /
साकार को आत्मा चढाउन, भक्ति आत्मा चढाउन /
कोही जान्दैनन, भक्ति कोही जान्दैनन्
सकारको आत्ममा चढाउँन भक्ति कोही जान्दैनन् /
आडम्बरी भक्ति लिई कोही पछी सर्दैनन /
आत्मा नै हो मूलधन चिन्न सकिंदैन /
परमधामको मूलमन्त्र लिन जानिन्दैन /
यही गल्ति भो भन्न पनि सकिंदैन /
संसार मा खानु लाउनु सिवाय अरु केही होइन् /
मनोरंजन गरि लिउं मरी लानु छैन /
यस्ता शब्द लिएर भ्रम मा सबै पर्दैछन /
भक्ति सबै ले आत्मा नरुवाऊ /
आत्मा लाई समाउन पछी लाग्ने म होइन /
आऊ तिमी मेरो पछी लागेर / मेरो अघि सरेर मुहार मा सिधै बसन
अब किन गर्छौ खट खट ? प्रभु बिना संसारमा केही हुँदैन /
भक्ति सुन्नु है! दिब्य उपदेश यही हुन संसार मा पालना गर्नलाई /
झुट्टो कुरा गर्न लाइ जान्दछु भन्न लाइ पछी सर्दैनन /
जाने कै हो मैले भन्द्छन, पछी सर्दैनन /
परमधामको मुलमन्त्र जपेर हुँदैन /
परमधाम मा मुलमन्त्र लगाउनु हुँदैन र ?
आडम्बरी यस्तै छ / आफ्नो आत्मा चढाउ अर्को लाई तिमी अब नघोच /
आउने छैन सुगम परमधाममा / बाटो देखिंदैन उसै बस्छ नाम मा
उसै लाई छोडी देउ, आफ्नो बाटो पैलाएर पूर्ब बाटो हिंडी देउ /
सबै साहित् पूर्ब बाटो हिंडी देउ / शुभ साहित पूर्ब बाटो हिंडी देउ / भक्तजनलाई यही उपदेश /

श्री राज आनन्द परमधाम बाट म यसरी आफ्नो आसन मा आएर यी शव्द, एउटै शब्द मैले यहाँ उच्चारण गरेको छु / जति वटा शब्द घुमाएर भनेता पनि एउटै हो कुरो / तै पनि श्रद्दा भक्तिमा बुझाउन को लागि सानो कुराको उद्दाहरण लिएर पनि बुझाउन सक्नु पर्ने स्थिति हो / संसार को बसोबास गर्ने भक्ति हरुलाई सानो कुरा बाट उद्दाहरण गरेर बुझाउनु पर्ने शब्दहरु भएको हुनाले भन्नु पर्ने मात्रै हो / सिधै भन्नु पर्दा यति लामो कुरा गरि रहनु नै पर्दैन / तै पनि मेरा स्रद्दा भक्ति हरुमा धेरै गल्ति र धेरै छुट हरु मैले कति देखेको छु भनु वा पाएको छु भनु, यो कता भनु, तै पनि भक्तिहरु भ्रम मा परि रहेका छन् / सब भक्तिहरु आ-आफ्नो जानेको अनुसारले नाम उच्चारण गर्दछन / तै पनि उसको आत्मा शुद्धि देखिंदैन / उसको आत्मा धमिलो भै रहेको हुन्छ / एउटा देखावटी मैले धर्म गरें भन्ने कुरो पनि उसले आफ्नो आत्मालाई उसले सम्मान आफैले गरे जस्तो भान भै रहेको हुन्छ / तर उसले गरेका ती कार्य सिद्धिहरु भगवान प्रति अर्पण हुन सके सकेन बिचारा उस भक्तिलाई केही थाहा हुन्न / त्यसैले आफ्नो आराधना, एकाग्रता त्यो जस लाई सम्झेर गरिएको छ उसलाई पक्कै लाग्ने गरि आफुले गर्नु बेश / जथाभावी बचन हरु बोलेर त्यसको निग्र गरें भनेर भगवानलाई एउटा फल चढाएर मुक्ति माग्नु र नहुने काम कसैले मन नपर्ने काम गरेर भगवान लाई ५ रुपैंया चढाएर मुक्ति माग्नु, यो प्रथाले यहाँ धेरै भ्रम मा फैली रहेका छन् / पाप मुक्ति गरे भनेका छन् / धेरै पाप गर्ने हरुले धेरै मन्दिर डुल्दछन् / धेरैलाई खान दिन्छु भन्दछन / त्यो खाएर मात्रै उसले पाप को मुक्ति पाउन सक्दैन / उसको जुन पाप गरि सक्यो त्यो त उसको धर्म ग्रन्थीमा लेखि सकियो / उसले यहाँ खान दिएर त्यो धर्म ग्रन्थीमा लेखिएको मेटिन्छ होला र? यो हुन नसक्ने कुरा हो / यसरी भ्रम मा फैलिएर मनुष्य जनको अपुर्ब पाउन नसकिने मनुष्य जन्म फेरी उसले त्यही गुमाई दिएको हुन्छ/ उसले आफ्नो मनुष्य जन्मको उद्दार गर्न सकेन / यसैलाई धिक्कार मान्नु कुनै असजिलो कुरा आउँदैन / धर्म भक्तिहरु जहाँ आफुले जान खोजिएको छ , जहाँ आफुले इच्छा गरिएको छ, सहि सत्य बाटो ठानेर मात्रै आफुले हिड्न सक्नु पर्दछ/ अर्कोले यो बाटो हिड भन्दा,आफुले जबर जस्ती हिड्दा आफुलाई केही आपत्ति आइ पर्दछ / किन? आफै मा निर्भर नभएको कारणले गर्दा /

जय जयकार भक्तिको नाम सुमेरण २
ज्ञान आनन्द प्रभुको नाम सुमेरण 2
भक्त सजन हो यहाँ भक्त सजन हो
प्रभु महिमा हो प्रभु महिमा हो
कुन चाहिं प्रभुको नाम लिंदा आफुलाई सान्त्वना मिल्दछ?
कुन चाहिं प्रभु सच्चा हुन यो आत्मा ले खोज्दछ २
आत्मा तिनै आफैंले मुर्खपन दिंदैछ ?
शिकार को आहार खुबै बन्दै छ, किन खुब बन्दै छ?
स्वाद मिठो भएर आत्मालाई बिगारेर
किन रुवाउछ यो आत्मा ? आत्मा आफै राक्षसी बन्दै छ /
राक्षस ले खाने शिकार मनुष्य ले खान्द्छ /
यही मनिश्य आत्मा को ब्रम्हा बिगार्छ /
कुकुर ले खाने शिकार यही मनुष्य ले खान्द्छ २
राक्षस ले भक्ष गर्ने यही मनुष्य ले भक्ष गर्दछ २
यो मनुष्य कस्तो दालिद्री हो कस्तो दालिद्री ?
पन लिएर भक्ति मनुस्य को पन लिएर
आऊ भक्ति संग आत्मा लिएर यहाँ आत्मा लिएर
भक्तिलाई चोला हुन्छु आऊ सजन बनेर २
भक्ति आऊ सज्जन बनेर
परमधामको मूलमन्त्र सुनेर हुँदैन २
परमप्रभु नाम लिन सुनेर हुँदैन २
नाम आत्मा सजाउ
आत्मा किन आफै राक्षसी?२

हे! भक्त सजनहरु यसरी भक्त राक्षसपन लिएर कहिलै पनि परमधाम को मुक्ति मिल्दैन / कुनै पनि ३३ कोटी भगवानले कहिल्यै पनि मुक्ति दिने छैनन् /

हे ! भक्ति सजनहरु ३३ कोटी भगवान छन् यो संसारमा / उनीहरुले पनि केही मुक्ति दिन सक्दैनन् / जब शिकार को भर पर्ने स्रद्दा भक्तिहरुले गर्दछन कति धर्म कार्यहरु / यसरी नै आपत्ति जनाई कहिल्यै पनि किन हुँदैन त यहाँ? कतिले गर्दछन सबैलाई आनन्द होस् भनि कोटी होम / यो होमले पनि कुनै भगवानले सान्त्वना दिन सकेका छैनन् / त यो संसारमा किन? किन भनि सोद्ध्छु म यहाँ? सबले संसारमा यही घडी सान्त्वना सबले माग्दैछन / बिभिन्न किसिमको धर्म बाट पनि गर्दै सबलाई शान्ति माग्दछन / किन हुँदैन त शान्ति? २
३३ कोटी भगवानले पनि भनि सके संसारमा असह्य भो /२ कति गर्छन शान्तिका होम ? कति गर्छन सबले पारायण ? के हुन्छ र यो संसारमा सबले गर्छन धरधरी पारायण / भएको देख्दिन अलि कति पनि शान्ति २/ किन भएन यो खोजि हुन / धेरै गार्हो पर्दछ सब राक्षसी जनहरु तातो रगतले पोल्दछ / यसै गरि यहाँ सबलाई नासिनु परेको छ / सबले परमधाम प्राप्ति गर्न सक्दैनन् / यसै गरि विलासीमा जानु परेको छ / सब शक्ति शान्ति शान्ति शान्ति माग्दछन / संसार मा शान्ति माग्ने धेरै देखि सकियो यहाँ , तर पनि शान्ति हुन सकेन / शान्ति हुन सकेन /

राक्षसी ले किन आक्रमण गर्दैछ? बुझ्दैनन् कोही संसार मा २८सौ कलियुग अन्त्य हुन लागेको / कसैलाई पनि ज्ञान आउँदैन कि कसो ? अब शान्ति हुनलाई कठोर देख्छु हाइ हाइ / २८सौ कलियुग अन्त्य हुन लागि सक्यो / यसैले संसारमा सब तिर बिचित्रले छाई सक्यो / संसारको जुनै देश जुनै कुनामा बस, भगवानले सबलाई देखि सकेका छन् / कुनै देशमा शान्ति हुने वाला छैन / अब यसै गरि नासिनु पर्दछ / शान्ति शान्ति सबले माग्दछन शान्ति, शान्ति हुन गार्हो देख्दछु / यो संसारमा जुनै देशमा जाउ भगवानले त्यत्तिकै देख्दछन् /

श्री देवचन्द्र महाराज (द्रस्टव्य : श्री राज्जी महाराजको आसनमा पाल्नु भई ४००० बर्ष पहिले संसारमा अवतरण हुनु भएर ५ बर्ष को उमेरमा घर छोडेर हिड्नु हुँदाको व्यथाको एक अंश प्रबचन प्रस्तुत १७ जनुअरी २००५)

प्रभु शरण ज्ञान महिमा दिब्य धाम स्वरूप आनन्द ज्ञान स्वरूप ज्ञान /
जय श्री राज धनि प्रभु मा बिन्ति गर्दछु यही संसार मा आएँ म फेरी कुराको व्याख्या गर्दछु /

आउनु थियो संसार मा किन आउनु थियो?
आइ सक्यो किन के गर्नु थियो सब -किन बिर्सी दियो?
मेरा यी कथा व्यथा हरु मैले भन्नु किन थियो?
संसार मा सबलाई किन भ्रम मा पार्नु थियो /
भ्रम जनका सबलाई स्वीकार गर्दै भ्रममा नगर्नु आत्मालाई आफुले सजाउदै /
यही आत्मा छ मूर्ख , यही आत्मा छ ज्ञानी,
श्री परमधाम का नाम लिई नगर्नु भूल जानीजानी /

भुल भनेको मानिसले आफुले जानेर पनि गल्ति गर्दछ र पछि भन्दछ, नजानेर गल्ति भयो यसमा माफी पाउँ / उसले जानेर गल्ति गरेको हुन्छ तर एउटा सुधार ल्याउनको लागि मात्रै अन्जानमा गल्ति भो / अन्जानमा गल्ति हुँदैन कहिल्यै पनि , मान्छेले जानेरै मात्र गल्ति गर्दछ / तर त्यसलाई भरै कति सजिलो संग उसले यस कुरालाई प्रमाण लगाउँदछ / त्यो जान्न गल्ति हो /यो भन्न धेरै गलत भै रहेको छ / यो आफ्नो बचनलाई कसले यहाँ सुधार गर्न सक्दछ र ? जानी जानी गल्ति गरेर भरै गएर मैले अन्जानमा गल्ति गरेछु त्यसमा माफ पाउँ / कत्ति सजिलो छ / तर उसको आत्मा ले भनि रहेको हुन्छ जानेरै गल्ति गरेको हो / यस्ता नमीठा शब्दहरु पनि यहाँ प्रयोग गरेर खुसियाली मनाउने एउटा माध्ध्यम (बाटो) भएको छ /

बाटो - हिड्न सजिलो हुने - बाटो भै सके पछी राम्रो हुन्छ / त्यस कारणले गर्दा यहाँ सबैले आफ्नो आत्मालाई धोका नदिई कन जानी जानी गल्ति नगरी कन आफ्नो आत्मा संग जुध्न सकौं / जुन मेरो व्यथाहरु मैले - कथा भन्दछन / मैले आफुले सहेको व्यथा हो यो / कुनै कथा होइन् / ब्यथा - सहेको , आफुले गरेको , आफुले सहनु परेको गार्हो, पिरो, अप्ठ्यारो, सजिलो सबैलाई समाधान गर्दै आफुले भोगेका कुराहरु यसलाई व्यथा भनिन्छ /

जब म रुखको फेदमा बसेर पलंगमा जसरी थिएँ, पलंग मा म बसिन / मेरो लागि तैयार भएको थियो, तर पलंगमा बस्न मेरो अधिकार पुगेन / म आफैंले सकिन / किन मलाई सक्दैनस भन्ने अधिकार दिएको हुनु पर्दछ / त्यो पलंग पनि त्यहाँ बाट पलायन भयो / मैले देखिन / मैले त्यो रुखको जरालाई चिमोठनु पर्यो भन्ने सम्ममा पुगेको छु / मलाई यो आँटहरु किन आयो ? कसरी आयो? यो आँट रुखको जरा चिमोठ्ने / के रुख को जरा चिमोठ्दा रुखले के भन्छ त अब मलाई ? यो मैले सोच्न सकेको छैन / मैले एउतै कुरा सोचेको छु / यही मलाई तैयार भएको पलंग यही पलायन भयो भने मैले यस रुखको जरालाई चिमोठे भने कस्तो किसिम को भावना प्रकट हुन्छ ? मैले यो खोजेको / मैले यो रुखलाई देख्दा देख्दै यी जराहरुको हरपल नशाहरुमा यस्तो झन्झालाकर बत्तीहरु बलि रहेको देखेका कुराहरु मैले भनेको छु / त्यसैले मैले यस रुखको जरालाई म चिमोठ्ने मेरो अभीलाशाबाट सुरु गर्नु बाँकी छ र म सुरु गर्दछु / मैले आँट गरे पछी एउटा रुख को जरा शिरमा केही गाँठो भएको जस्तो रहेछ / त्यसैलाई म चिमोठ्न पुगें / अरु जराहरु सबै आफ्नो पंगती लागेर त्यहाँ सबैले चुच्चो चुच्चो आफ्नो धार लिएर जराहरु फैलिरहेका / त्यो एउटा मात्र उसको टुप्पामा केही गाँठो भए जस्तो देखेकोले मैले त्यसैलाई चिमोठ्ने विचार गरेको हुँ / म त्यसलाई चिमोठ्न पुगें / त्यस जरालाई मैले चिमोठ्दा उसले सहज साथ मेरो हातमा बसी दियो / मैले हेरी रहें त्यो जरा चिमोठेर मात्रै छोड्नु थियो तर त्यो मेरो हात मा बसी दियो / अब मैले केही उल्टो काम त गरिन? रुख मा बसी रहेको जरालाई मैले यसरी चिमोठ्दा मेरो हत्केलामा बस्नु / अब यो के गर्नु मैले ? मैले ठूलो गल्ति गरें अब / जानी जानी गल्ति गरेको हो मैले / चिमोठ्छु भन्ने मेरो धोको थियो / मैले इर्षा लिएको थिएँ र मैले चिमोठें / चिमोठ्दा मेरो हत्केला मा बसी दियो / अब मैले गर्नु पर्छ के त ? मैले सोचें, हे ! जरा, तिमीलाई मैले चिमोठेको थिएँ / तर तिमी यसरी मेरो हत्केलामा बसी दियौं / अब मैले तिमीलाई कसरी यस रुखको जरासंग मैले समाबेश गराउ ? मैले यहाँ गल्ति गरेको छु / मैले यस रुखको जरा संग धेरै कुरा गरें / हे जराहरु! तिमीहरुलाई जरा देख्दथें / तिम्रो जरा जरा सबैमा बत्ति बलि रहेको छ / यी झन्झालाकर बत्तिहरु बलिरहेका छन् / एउटी जरा यसरी मैले चिमोठ्दा मेरो हत्केलामा आइ रह्यो / अब मैले गर्नु पछ के ? तिमीलाई कहाँ मैले लगेर राख्ने ? त्यो जरा कसरी मैले यही ठाउँमा जोडी राख्ने ? मलाई एउटा आपत्तिको घैटो आइ परेको जस्तो मलाई लागेर म यसमा बिलिन हुन थालें / हे परमात्मा ! मैले जानी जानी यो गल्ति गर्दै छु / यी मेरा गल्ति हरुलाई म स्वीकार गर्दै प्रभु परमात्मा संग बिन्ति गर्दछु कि मैले यो जरा कहाँ लगेर राख्नु पर्छ ? अब मैले यहाँ गाँस्न पनि मिल्छ, मिल्दैन ? यो जरा यसरी आपतमा आइ लाग्यो /

मैले सोंचे त्यो रुख लाइ भने हे रुख दाता! तिमीले मलाई बस्नु भनेर पलंग पनि यहाँ देखाई दिएका थियौ / तर एउटा युवक ले यो पलंग माथि बसेर मलाई धेरै शव्दहरुको प्रश्न गर्नु भो / त्यसमा त्यो युवक पनि फेरी यहाँ देख्दिन, यहीबाट पलायन भो र मैले यहाँ नेर को पलंग पनि पलायन भएको हुनाले देखि रहेको मैले रुख को जरा चिमोठ्छु /
यो रुख कतिको शक्तिवान रहेछ भन्ने कुरो मलाई अपमान (अभिमान) आएको थियो / यस अपमान (अभिमान)ले गर्दा मैले यो जरा चुडेर मेरो हत्केलामा राखेको हो / यो मेरो सहि गल्ति हो /

रुख: रुखले मलाई एउतै बचन दियो - हे सज्जन तिमीलाई कति आकुता पनि आउँदो रहेछ / तिमीले चिमोठ्छु भन्ने सोचेको हुनाले तिमीलाई चिमोठ्ने भाग दिएको हो / तिमीले अरु कुनै पनि उपाय सोच्नु पर्दैन / तिमीले अरु जराहरुलाई चिमोठ्ने अरु ठाउँ नै देखेनौ / त्यसैले तिमीलाई चिमोठ्ने जरा दिएको हु मैले / तिमीले कुनै गार्हो पिरो मान्नु पर्दैन / तिमीलाई चिमोठ्ने भाग राखी दिएको हो / त्यो चिमोठेको जुन तिमीले हत्केला मा लिएका छौ त्यस जरालाई तिमीले अर्को गुफा मा लगेर तिमीले हेर त्यसलाई / एक ठाउंमा राख / तब के गर्छ त्यो जरा , त्यस बखत तिमीले थाहा पाउनेछौ / तिमीले यहाँ गुनासो गर्नु पर्दैन / तिम्रो भाग छुटट्याई दिएको हो /
देवचन्द्र: मलाई रुखले यस्तो जवाफ दिए पछी अलमलमा परें एकछिन / यस्तो पनि हुन्छ र ? मेरा यी अभिमान हरु ती असय्ह्य भएका हुन / यस्तो पनि हुँदो रहेछ भनि मैले स्वीकार गरें / जानजान गल्ति गरेको स्वीकार मैले खुशी भएर स्विकारी रहेको छु / हत्केला मा त्यस जरालाई लिएर यो रुखलाई एक चोटी परिक्रमा गर्छु भनि यो

रुखलाई मैले दाहिने घुमेर परिक्रमा गरें /
परिक्रमा सुदिन सजन २ भक्तजन सजन
परिक्रमा गर्दै छु २

मैले परिक्रमा गर्दा यो रुखको फेद निक्कै ठुलो / परिक्रमा गरें मैले / मैले लास्ट मा भने अन्तिममा गएर हे रुख !तिमीले पलंग दियौ / मोतिका जुन १६ वटा मोतिहरु पनि मैले देखें / पहिला एउटा मोति थियो , त्यस पछी १६ वटा , पूर्ब पट्टिको खुट्टामा घेरो हाली बसेको मोतिहरु / मैले यहाँ सुवर्ण अवसर सुभ एउटा युवक लाई मैले पाएँ, केही गफ गरेको थिएँ / तर यी युवक कहाँ गए यहांबाट? कहाँ बाट आए त्यो पनि मैले देख्न सकिन / त्यसैले हेर तिमी रुख त रुख रहेछौ, तर तिम्रो के हो? तिम्रो पनि आत्माहरु छन् जस्तो मलाई लाग्दछ / तिमी रुख मात्र होइन् रहेछौ / तिमी एउटा कार्य सिद्दी पनि रहेछौ / त्यसैले म तिमीलाई परिक्रमा गरेर म यो जरालाई लिएर जानु परेको छ, के मैले यो जरा लिएर जानु मिल्छ?

रुखले भन्यो - तिमीलाई तिम्रो अंश छुट्याई दिएँ मैले लिएर जान सक्छौ / अब म यो जरालाई लिन सक्दिन / किन? म बाट यो छुट्टी सकेको छ /

देवचन्द्र: भै गो म लिएर जाँदछु , मेरो गल्ति हुन, मेरो गल्तिहरु जहाँ सम्म स्वीकार गर्नु पर्दछ, त्यहाँ सम्म अवस्य पनि म लिएर जाँदछु /  हत्केला मा त्यस जरालाई लिएर म फेरी पूर्बकै बाटो लागें / म जाँदै छु, बीच बाटोमा साना साना के के कुराहरु मैले देखि रहेको छु / ठूल- ठूला कुरा भनुँ के ठूला कुरा हुन? त्यसैले म साना साना कुराहरु आफू सानो भएकोले साना साना नै देख्दछु / र म लागें, लाग्दा लाग्दै एउटा पानीको जल धारामा म पुगें / पानीको जल धारा बग्दछ फेरी झिल झिल झिल झिल परेर एकसाथमा छहरा दिएर बग्दो रहेछ/ र म त्यसमा पुगेर मैले भने यस जलधारामा म यो जरालाई पखाल्छु / मैले जलधारा मा हात हालें र यो जरालाई धुन्छु भन्दा जरा मैले धुनु त कहाँ हो कहाँ यो जरा आफै त्यहाँ आफै नुहाउन थाल्यो / पल्टी पल्टी मज्जाले नुहाऊछ /
मैले भने - जरा, तिमीलाई मैले ल्याएर आएको हो / तिमीलाई मैले नुहाई दिनु भनेको आफै नुहाऊदछौ / तिमीमा के शक्ति छ भन?

जराले भन्यो - बोल्नु मेरो शक्ति होइन , तिमीलाई देखाउनु शक्ति होइन, छ म संग शक्ति प्रभु आत्माको हो म संग प्रभु आत्माको / प्रभु आत्माको शक्ति लिएर म यसरी हिंडेको छु / तिमीलाई त्यसै हत्केलामा म बस्न आउँदछु ? तिमीले जानेनौ , चिनेनौ त मलाई म को हुँ? तिमीले चिन्न सक्दैनौ / र मज्जाले त्यो जरा आफै मुस्कान दिएर आफै नुहाउने, फुर्तिलो जलधारा पनि त्यत्तिकै फोहोरा दिने, त्यत्तिकै सान दिने, त्यत्तिकै इन्द्रेणी पर्ने जलधारा पनि झल् झल् उज्यालो, यसरी नुहाए पछी

मैले भने - हे जरा! तिमीलाई मैले लिएर आएको, तिमी नुहाई सक्यौ, अब के तिमीलाई मैले लिएर जानु पर्दछ? मलाई त एउटा ठाउँमा राख्नु है भनेको छ त्यसैले मैले तिमीलाई लिएर जानु पर्छ / यही छोड्न त मिल्दैन /
मैले पनि जलधारासंग भने - हे जलधारा ! यहाँ नेर मैले यो नुहाउनलाई ल्याएको, मैले नुहाई दिन परेन / यो जलधारा देख्ने बित्तिकै आफै यो जरा नुहाउँदछ / आफै यसरी बोल्दछ / यो के हो त ? र मैले त्यो जरालाई जुन त अब फेरी हत्केला मा लिएर गएँ / एकदम सफ्फा नुहाई रहेको छ / झक झक बलिरहन्छ / अझै पनि पहिलेको भन्दा धेरै राम्रो , उज्ज्यालो भएको छ / जलधारालाई हेरी रहेको छु / र म जरा लिएर जाँदै छु / बीचमा एउटा

कन्दरामा सुमधुरका गुन्जन हरु आइ रहेको रहेछन /
जाने बटुवारे ! जाने बटुवारे ! कता जान लागेको?
एकै छिन बसन बटुवारे! 2
जान लाग्यो कहाँ सम्म तिमी ? एकै छिन बसन बटुवारे!
जाँदै छौ बढ्दै छौ, हत्केला मा के बोक्छौ ? हत्केला मा के बोक्छौ ?
बटुवारे! आऊ यहाँ तिमी आऊ यहाँ
बटुवारे! अलमल पर्दै छौ, किन बटुवारे अलमल पर्दै छौ?
आऊ तिमी यहाँ, तिमीलाई निम्तो दिंदै छौं , हामी तिमीलाई निम्तो दिंदै छौं /
बटुवारे! हत्केला को के कोसेली? यहाँ हामीलाई ल्याउन / बटुवारे फर्की आउन /
तिमी को हौ? कता जान्छौ? कहाँ जान लागेको ?
हत्केलाको कोसेली कसलाई दिन लगेको?
आऊ बटुवारे! आउं तिम्रो नाम यहाँ आइ सक्यो /
हामीलाई बताउन बटुवारे! तिम्रो नाम आइ सक्यो २

यसरी जाँदा जाँदै हत्केलामा बोकी रहेको त्यो जरा अचानक कन्दराबाट मलाई यस्तो शव्दहरु मेरो कानमा गुन्जिन आइ पुगे / मेरो नाम उहाँ पुगी सक्यो रे ! तर मलाई बटुवारे यहाँ आऊ भनि रहेका छन् / मेरो नाम भने त्यहाँ पुगी सक्यो रे ! मलाई यस्ता सुन्दा एउटा ताजुब लाग्न आयो कि म यहाँ हिडिरहेछु, मेरो नाम कसरी उहाँ पुगी सक्यो? कसले बताउँछ? मेरो अगाडी पछाडी सबै कोही छैनन् / कोही गएर मेरो नाम बतायो भनु भने म यसमा चकमन्न परि रहेको छु / यो कसरी मैले विश्वास गरौँ ? तै पनि हवस् ठिक छ म आउंछु / मलाई यत्रो स्वागत योग्य बचनहरु म यो बाटो मा हुँदा हुँदै कन्दरा बाट यस्ता बचनहरु आउंछन् / मन मनै यसको अपमान गर्न सकिन / ठिक छ म आउँदछु / म फर्केर गएँ / कन्दरा भित्र गएँ / कन्दराको भित्र जान लाई म जब तम्सिएं, हत्केलामा बोकी रहेको छु / र मैले यसको गेट द्वारपालमा पुग्दा प्रभु ! मैले यस कन्दराबाट फर्की आऊ बटुवारे! तिमी कहाँ जान लागेको ? त्यो तिमीले के बोकेको ? कसलाई दिने हो ? यस्ता शव्दहरु आउंदा खेरि मलाई एउटा आश्चर्य लागेको छ / मेरो नाम यहाँ आइ पुग्यो भनेको हुनाले यहाँ फर्केर आएको , मेरो नाम कसले ल्यायो ? र म यहाँ आउनुको जरुर के छ? मलाई कसले डाक्नु भो? भनेर गेटमा मैले त्यसको द्वार्पलमा पुगेर मैले भन्दा त्यहाँ द्वार्पलमा मलाई फेरी आयो /

तिमीलाई बोलाउनु छ भन्छु २
तिम्रा हत्केलामा के को कोसेली त छ? २
हत्केला का कोसेली यहाँ ल्याई बिछ्याउ २
तिमीलाई सुदर्शनको माला पहिराउन्छु २
यस्ता भक्ति सज्जनलाइ कसले छोड्न सक्छ र? २
तिमी हौ सज्जन भक्ति यहाँ न आइ हुँदैन 2
किन बस्छौ द्वारपालका पछाडी ?२
अगाडी बढन, तिमी हौ तिमी हौ देवचन्द्र अगाडी २
तिम्रो नाम आइ सक्यो (छैन पछाडी)२

यसरी मेरो नाम यहाँ आइ पुग्यो र मैले भने प्रभु परमात्माको कृपाले म यसरी हिडी रहेको छु / मलाई एउटा डर छैन, भर छैन / मेरो अगाडी पनि साथी छैनन्, पछाडी पनि साथी छैनन् र मैले आफुले माया गर्ने बाबु आमालाई छोडेर हिडेंको म एउटा बालक हुँ / मलाई मायाँ गर्ने बाबु आमा त मैले छोडी सकें / मेरो वियोगमा परि रहनु भएको होला / म उहाँहरुलाई बिउझाउन वियोगमा नपर्नुस भनेर सम्झाउन पनि म जान सक्दिन / यसैले म हे प्रभु ! यहाँ मलाई कसले निम्ता गर्नु भो? आएँ, मेरो हत्केलामा यो के देख्नु भएको छ? म चिन्न सक्दिन / हत्केलामा मैले एउटा रुखको जरा चिमोठेर बोकेको हुँ / तर म यो के गरेको छुँ आफैलाई थाहा भएको छैन /

आऊ तिमी अगाडी, मैले यो द्वारपाल को अगाडी बढें, कन्दराभित्र जानलाइ जब म पाइला चालेको थिएँ / तब मलाई यहाँ एकै नासका सुन्दरीहरुले दुइ पंग्ती लगेर स्वागत गर्न लागे /

सुन्दरीहरु:

स्वागतम, स्वागतम , शु स्वागतम , स्वागतम
महापुरुष लाइ स्वागतम, स्वागतम स्वागतम, स्वागतम

देवचन्द्र: मलाई महापुरुष भनेर स्वागत गर्न लागे / मलाई एउटा तर्कना आयो / म कसरी महापुरुष हुन सक्छु? म एउटा सानो मान्छे , एउटा बालक , म एउटा बाबु आमा कोकाखलाई छोडेर न्यानो काख छोडेर यसरी भौंतारिएर हिंडेको / मेरो न घर न थर भने जस्तै मेरो अगाडी पनि कोही छैन, पछाडी पनि कोही छैन / म एक्लै हिंडी रहेको छु / तब मलाई कसरी यहाँ स्वागत योग्य , म यो स्वागत स्वीकार्न कसरी सक्छु? मैले आफै आत्मामा यो गल्बाज गर्न लागें / त मलाई एउटा सुन्दरीले बीचमा उभिएर भनिन -

सुन्दरी: हे तिमी देवचन्द्र के सोच्दै छौ? तिमीले सोच्नु पर्ने बेला अहिले भएको छैन /
देवचन्द्र: मैले भने हे सुन्दरी ! हो मैले सोच्ने बेला भएको जस्तो मलाई लाग्दछ / तर मैले सोचेका कुराहरु बिगतका कुराहरु सोच्दछु / आउने वाला कुराहरुलाई मैले सोचेर त्यसमा मेल खाँदैन / बितेका कुराहरुलाई सोचेको, मैले अगाडिका कुरा होइन, पछाडीका कुरा सोचेको हो / यस कुराहरु मैले भन्दा

सुन्दरीले भनिन - आऊ तिमी अगाडी बढ़, तिमीलाई स्वागत गर्दछौं / तिमी यहाँ भ्रम मा पार्नु हुँदैन /

देवचन्द्र: म यस गुफा भित्र कहाँ पुगी सकें? यो कन्दरा भित्र सबै उज्ज्यालै उज्ज्यालो छ / कही अँध्यारो देख्न पाउँदिन / यसैले म बढी रहेको छु / जुन मेरा तालुमा जो ज्योति यो मेरो इन्द्रेणी ज्योति र आँखामा दुइ वटा सेता ज्योतिहरु बसेका थिए/ त्यो ज्योति र त्यो इन्द्रेणी सुन्दरीहरुले देख्ने रहेछन /

सुन्दरीहरु: उनीहरुले मलाई प्रश्न गरे - हे देवचन्द्र ! तिम्रो आँखाका ज्योतिले त्यत्तिकै तिर्मिराउँदो रहेछ / तिम्रा ज्योतिले नै यो उज्ज्यालो भै रहेको छ / तिम्रो तालुमा त्यत्रो भकभकी उज्ज्यालो फैली रहेको छ / तिमी यस्तो उज्ज्यालो हरु कसरी लिएर आउन सक्यौ ?

देवचन्द्र: उल्टै मलाई प्रश्न भो / म त्यहाँ उज्ज्यालो झल्झलाकर देख्दै छु भन्दै छु / उल्टै उनीहरु मलाई प्रश्न गर्दछन /

सुन्दरीहरु: ती तिम्रा आँखाबाट आएको ज्योतिले उज्ज्यालो भयो, तिम्रो तालुमा बलेको उज्ज्यालो इन्द्रेणीले झनै राम्रो पार्यो / यहाँ त हामीले प्रयास गर्न सक्दैनौ भनेर उस्तै मेरो बखान गर्न लागे /

देवचन्द्र: मलाई यो के उल्टै बखान गरेको त होइन? के यिनीहरुले मलाई उल्टै पजल बनाउन लागेका त होइनन? आहा ! म त बाटो बिराएछु / धत्तेरिका भनेर मलाई एक छिन झस्का पर्यो / मेरो हत्केलामा त्यो जरा त मैले थाहै नपाइकन कहाँ गयो मैले देख्दै देखिन् / मेरा हात त रित्ता रहेछन / मैले भने एउटा रुखको जरा चिमोठेर मैले लिएर आएको थिएँ / तर यो जरा कहाँ गयो ? अब मैले फर्काएर त्यही रुखको जरामा पुराउनु पर्ने हो कि? यसको बारेमा पनि मलाई थाहा थिएन / तर मैले लिएर आएँ / मलाई एउटा भाग, तिम्रो भाग दिएको भनेको थियो / यदी मेरो भाग हो भने किन यसरी लुक्यो ? मेरो भाग त म संगै हुनु पर्ने हो / म यसमा केही चिन्तित भै रहेको छु / र फेरी अर्को दुइ जना नानीहरुले भने मलाई -

नानीहरु: ए देवचन्द्र ! किन चिन्तित भएको ? तिम्रो हत्केलाको जरा हरायो भनेर तिमी चिन्तित भएको देखिन्छौ नि ?

देवचन्द्र: हो, मैले पक्कै हो, मलाई चिन्ता भएको कुरो पक्कै भनेका हौ / हो पक्कै हो हरायो, यसको बिडम्बनामा पो घुमी रहेको छु त / तब ती दुइटा सुन्दरी नानीहरुले भने -

नानीहरु:
बिचलित हुनु पर्दैन, देव, बिचलित हुनु पर्दैन /
संसारमा सोची सोची रुनु पर्दैन , रुनु पर्दैन , देव, रुनु पर्दैन /
आऊ हाम्रो पछाडी, तिमीलाई लान्छौं अगाडी
तब तिमीले देख्ने छौ, तिम्रै जरा
आऊ देव असन्तुस्टी नबन २
पछी पछी खुसि भै (तिमी हाँस्छु भनन)2
सबै सखीहरूले (ताल बजाउन)२
देवचन्द्र लाई (अमृत सजाउन)2
देवचन्द्र झन् झन् ठुला भएछन ३
तिमी कहाँ हिंड्यौ ? तिम्रो बाटो कता हो?
कसले ल्यायो तिमीलाई, कता कसको कथा हो?

देवचन्द्र: यस्ता शव्दहरु आए मलाई / तिम्रो बाटो कता हो? तिमी कहाँबाट आयौ? यस्ता प्रश्नहरु आउँदा मलाई झन्झन् ठूला भएछौ भनि रहेका छन् / हुन त मैले अब बाबु आमा छोडेको पनि कत्ति भै सक्यो / म ठूलो त भै सकें / म ज्ञानको युवक भएर हिंडी सकेको छु / केही ठूलो त म अवश्य भएँ, मलाई घमण्ड छ / र म अगाडी बढ्दै गएँ ती सुन्दरीहरुले मलाई देखाउँदै छन् , देखाउँदै छन् / पक्का म त्यहाँ पुग्दा खेरि धेरै दुरी पर पुगे पछी मैले ल्याएको जरा त त्यहाँ आनन्द साथले एउटा साँच्चै भन्दा कन्दरा को कुनामा राख्ने भनेको थियो , साँच्चै कन्दरा को तल्लो छेउ कुनामा बसी रहेको त्यो जरा / र जरालाई मैले भने - हे जरा ! कसरी आयौ नि यहाँ? मैले तिमीलाई चिमोठेर पो ल्याएको थिएँ / तिमी यहाँ यसरी आइपुग्छौ भन्ने त मैले सोचे कै थिईन /जराले मलाई जवाफ दियो अब -

जरा:
तिमीले मलाई बोक्न के सक्छौ देव बोक्न के सक्छौ ?
मलाई तिमीले बोकेको भन् मात्रै हुँदै छ /
तिमीले मलाई बोक्न सक्दैनौ देव तिमीले बोक्न सक्दैनौ /

देवचन्द्र: मलाई त्यसरी पो भनेको त, बोक्न सक्दैनौ / कसरी म बोक्न सक्दिन? म त्यत्रो रुखबाट चिमोठेर मैले ल्याई रहेछु, अब मलाई बोक्न सक्दैनस भन्ने कत्रो घमण्ड आयो ? मैले सोचें घमण्ड भनेको कुरो यस्तो हुँदो रहेछ / मैले बोकेर ल्याएको जरा यसरी आज यहाँ आफ से आफ बोल्दछ / के म भ्रममा परेको छुइन? के यो बोलि रहेको छ त? र मैले भने

कन्दरा बीच बाट आह्वानको प्रस्ताब मलाई आएको
यसैले नै बाटो छोडी कन्दरामा लागेको
आएँ म कन्दरामा मेरो जरा भागेको
सबले देख्दा हुन्न मलाई इर्श्या जागेको
मलाई इच्छा जागेको

ए भक्ति सजन हो, मलाई बताई देउन यो जराको भाग के हो? मलाई बताई देउन / मलाई सिकाई देउ न २/
सज्जन भक्ति हो, सुन्दरी नानी हो, सबलाई देख्छु सुन्दरी, यसको कथा बताउन, सुन कथा पूर्ण कथा अपरम्पार छ कि कथाको निसानी ल्याउ सुन्दरी हो / ल्याउ अब सुन्दरी हो / मैले अब यसरी सुन्दरी हरुलाई यसको कथा ब्यथा के हो त ? जरा त मैले चिमोठेर ल्याएको हो / तर जरा आफै बस्दछ / यस्ता यस्ता प्रश्न हरु आउँदछन् / यसको प्रश्न र के कथाहरु छन् मलाई सुनाउ /

सुन्दरीहरु: हे देवचन्द्र! तिमी खोजिमा हिंडें, ज्ञानको युवक भएँ भनेका छौ / तर ज्ञान त भरि सकेको रहेन छ नि / तिमीले यहाँ आफैले ल्याएको जरा कसरी त्यहाँ पुग्यो त्यो तिमीले थाहा पाउन सकेनौ / तिमी पनि यहाँ आत्ति रहेछौ / हे देव ! तिमीले चिन्न नसक्दो रहेछौ, कति तिमीलाई परमात्माले दर्सन दिई सक्नु भो / के त्यो जरा चुंडीएको जरा त्यसरी बोल्न सक्छ ? चुंडीएर आफैं आउन सक्छ? त्यो तिमीले पाउनै नसक्ने कुरा पाएका हौ / त्यसरी बोकी रहेका छौ / र यसरी आफै आएर बसेको छ / तिमीले चिन्न सकेनौ नि / तिमी के ज्ञान खोजि गर्दा रहेछौ ? तिमी के को ज्ञानको युवक भएछौ र ?

देवचन्द्र: भएन त! मलाई सुन्दरीहरुले त्यसो भने पछी मलाई एउटा आश्चर्यको एउटा दुख प्रकट भो / मैले यस्तो भनि माग्नु ? म यसरी खोजिमा हिड्नु, अझ मलाई यस्तो गल्तिहरु ? हुन सक्तैन / मैले भने - ए जरा ! तिमीलाई मैले बोकेको होइन्? अहिले आफु सान देखाएर बसी रहेका छौ ? हत्केला मा बस मेरो मैले भन्दा जरा पनि कम्ति को रहेन छ /

जरा: तिमीले बोक्नु सक्छौ मलाई? कति बोक्यौ तिमीले? कति तौलेका थियौ र तिमीले ? बोकेको हो तिमीले मलाई? मैले तिमीलाई तानेको / कुरा बुझ्दैनौ ?

देवचन्द्र: यस्तो शव्द आयो / म फेरी भ्रम मा परें/
ल हत्केला मा म बसी रहेछु , उता मलाई तान्यो रे / यो हुन सक्दैन / मैले बोकेको हो /

जरा: ठिक छ तिमीले बोक्यो/ अहिले पनि बोकी रहनु पर्थ्यो/ खै त तिम्रो हत्केला मा ?
देवचन्द्र:  यसको त मेरो जवाफ नै छैन / र मैले भने -सहज हुन असय्हा लाई सहेर सहज हुनु पर्दो रहेछ / मेरा यी शव्दहरु घमण्ड पो रहेछन / यसमा म क्षमा माग्दछु / प्रभु परमात्माले नै मलाई यसरी -----

क्यासेट बदल्दा केहि कुरो काटिएको ले अलि अधुरो भएको मा क्षमा याचना !

देवचन्द्र: ति जरा त अघिको जस्तो जरा छैनन् / एकदमै मनमोहक सुन्दर एउटा १६ बर्ष को उमेर जस्तै झक्झक उमेर्दारी एकदमै राम्रा युवक देख्दछु / के म भ्रम मा परेको छुइन? मेरा आँखाहरुलाई पुछपाछ गरें / के म भ्रममा छु कि? फेरी आँखा खोलि हेर्छु उस्तै युवक छ / यस्तो हुँदै जाँदा मैले भने हे युवक मलाई यसरि भ्रम मा पारि रहेको छ त्यसकारणले के हो यो कुरा सत्य मलाई बताई दिनुहोस / तपाईं परमात्मा हुनुहुन्छ भन्ने मलाई केहि झल्का आएको छ / तर यकिन मलाई भएको छैन / बताई दिनुहोस मैले बिन्ति गर्दा ति युवक ले भने -

युवक:
तिमीलाई स्वीकार गर्न मैले सकेको २
तिमीलाई परिक्षण मा मैले हालेको २
बुझ्न सक्दैनौ तिमीले देवचन्द्र भर्खरैका छौ
तिमि खोजि गर्दै जाउ के के भेट्द छौ
तिमीलाई परिक्षण मा हामी हुँदा छौं
चिन्न सक्दैनौ देव तिमीले चिन्न सक्दैनौ

देवचन्द्र: यसरि मलाई प्रश्न ?

युवक: तिमी ले चिन्न सक्दैनौ त तिमीलाई हामीले परिक्षण लिई रहेका छौं / देवचन्द्र! तिम्रो नाम त्यसै देवचन्द्र रहेको छैन / देव भयौ, चन्द्र पछाडी हुन्छ भन्दा आउंदै थियौ अहिले तिम्रो नाम को उच्चारण एकै चोटी देवचन्द्र भै रहेको छ / तिमी यो गुफा भित्र, यो कन्दरा भित्र किन आयौ थाहा छ ?

देवचन्द्र: मलाइ थाहा छैन मलाई आउनु भन्ने आह्वान मैले शव्द सुनेको हुनाले मात्र आएको हुँ / तर मा के गर्न आएँ ? के गर्नु पर्छ? यो चाहि थाहा भएको छैन /

युवक: सुन तिमीले यो कन्दरा भित्र केही कार्य गर्नु पर्छ / अब तिमीले यहाँ कार्य गर्नै पर्छ / यी सबै दुइ पंग्ती लागेर बसेका सुन्दरी हरु सबैलाई तिमीले अँगालो मार / तिमीले अन्गाला मारेर यहाँ नेर हिड्नै पर्दछ /

देवचन्द्र : त मैले सोंचे, बा: म एउटा सानो केटोले यात्रा धेरै सुन्दरी केटीहरुलाई मैले अंगला मारेर कसरी हिड्ने ? यो म मा हुन सक्दैन / एउटालाई, दुइटा लाइ , तीनवटा लाइ , चार वटा लाइ सम्म त म अन्गाला मार्दो हुँ / यी सबै जनालाई मैले अन्गाला कसरी मार्ने? यो हुन सक्दैन / मलाई यस्ता कुराहरु मलाई नगर्नु होस् / मैले यो भने /

युवक: हे बाफरे ! तिमीले अन्गाला मार्नै पर्छ कुरा बुझ्यो ?

देवचन्द्र : यत्ति का धेरै छन् मेरो हात नै पुग्दैन / म त्यसमा पनि सानो छु / कसरी मैले ?

युवक: तिमीले अन्गाला मात्रै मार्छु भन न/ त्यहिँ शव्द मात्रै सुन्छु म / मैले बचन दिएर काम गर्न नसक्नु त मेरो गल्ति हुन आउदछ / यसैले बचन दिन पनि मलाई धेरै गार्हो भै रहेको छ /

देवचन्द्र : यस्ता प्रस्न हरु मलाई नराखी दिनुहोस / मैले यो भन्दा /

युवक: होइन तिमीले गर्नु पर्छ यो त /

देवचन्द्र: फेरी आयो त्यो जवाफ / लौ त्यसो भए मेरो हातले भ्याए सम्म मात्रै म अँगालो मार्दछु /

युवक: त्यो पनि ठिक छ / तिमीले आफु भएको कुरा गर्यो / यो एकदम उचित छ / आफुले नसक्ने कुरो न आट्नु भनेको कुरो पनि यहाँ प्रस्ट हुँ आउँदछ / ठिक छ, तिम्रो हातले जति भेट्दछ त्यति लाइ अंगालो तिमीले लिई हेर त /

देवचन्द्र: (फरक्क फर्केर ) म यस्सरी अंगालो मार्दछु भनेर मैले हात मात्र के फिजाएको थिएँ , सबै सुन्दरी हरु त झ्याप्पै पो आएछन अंगालो भित्र / वाह: मलाई आश्चार्य लाग्यो यहाँ / मेरा यत्ति छोटा हातहरुले अंगालो मार्दा यी भएका सुन्दरी सबै मेरो अंगालो भित्र छन् /
सुन्दरीहरु: मुस्कुराउँदै भन्दछन , हे देवचन्द्र तिमीले के हामीलाई मायाँ गरेको हो?

देवचन्द्र: आहा ! मैले यत्तिका धेरै लाइ मायाँ गरेर सक्दिन / तिमीहरुले यस्ता बचन नगर / म मायाँ गरेको होइन प्रेम गरेको हो प्रेम / भाव - सद्भावनाले सबै हामी एउतै हुनु पर्दछ भनेको हो / तर मैले कसैलाई मायाँ गरेर फसाउन खोजेको होइन / म यो आदेश लाइ मानेको हुँ / मलाई यसरि अंगालो मा लिनु भनेको यहाँ आदेश भएको हुनाले मैले अंगालो मा लिएको हुँ / सबै सखीहरू संग म माफी माग्दछु / तर म सबै सखिलाई मायाँ दिएर अल्झिने मा होइन मैले प्रेम आत्मा को प्रेम गर्न लाई हो / मैले यो भन्दा ति सुन्दरी हरुले भने -
सुन्दरीहरु: ठिक छ तिम्रो आत्मा खुलेका रहेछन / तिमीले के भन्छौ भनेर हामीले शब्द गरेका हौं / तर तिमीले सच्चा प्रेम को उदाहरण, सच्चा प्रेम को बचन दियौ / त्यसैले तिमीलाई सत् पुरुष बन्ने छौ, सद्भावना मा तिमी रहेका रहेछौ /

देवचन्द्र: सबै सुन्दरी हरुले मलाई भन्दा यो हात छोडी देउ / मैले यसरी हात मात्र के छोडेको थिएँ, सबै सुन्दरी हरु आफ्नो पंग्तिमा छन् / र मैले भने हे सुन्दरी हो, तिमीहरुले यसरी बचन लाई मान्दो रहेछौ / त्यसकारण म तिमीहरुलाई सुधन्यबाद दिन्दछु / म संग केही पनि छैन / म एउटा अकंचन, म एउटा टुहुरो , एउटा ज्ञानको टुहुरो भएर म हिडिरहेको, त्यसैले मलाई यसरी साथ दिनु हुँदा सबै संग म आराधना गर्दछु / मैले यो भनि सके पछी तब त्यो युवकले भन्न लाग्यो -

युवक: हे देवचन्द्र! तिमी त सक्दिन भन्द्थ्यौ तर सबै सुन्दरी हरु तिम्रो अंगालो भित्र नाची रहेका थिए नि !

देवचन्द्र: प्रभु ! हजुर प्रभु हुनु हुँदो रहेछ मलाई यसरी छल गर्नु भो / ठिक छ मैले यसरी के हात मात्र फिंजाएको थिएँ सबै सुन्दरी हरु मेरो अंगालो भित्र बस्नु भनेको त्यो प्रभु को खेल नभई कन त्यसै हुन सक्दैन / म प्रभुलाई नै दोष दिन्दछु / मलाई यसरी ज्ञान दिनु भएको भन्ने मलाई लाग्दछ, र मेरो परिक्षण गर्नु भएको, शक्ति हजुरको हो / मैले केही पनि गरेको छैन / मैले यो भने पछी तब युवक ले फेरी भन्न लाग्यो /

युवक: हे देवचन्द्र! तिमीलाई यस्ता यस्ता कुराहरु आउदा रहेछन / तिमीले यति सानो मान्छेले यस्तो भावुकता कुरा ल्याउनु भनेको यहाँ नेर सानो कुरा ठानिन्दैन / गौरवतुल्य हामी ठान्दछौं / तिमी महापुरुष बन्ने छौ / तिमीले यो परिक्षण गुफा भित्र के के गर्दछौं / अब गर्दै जानु पर्दछ / यो गुफा पार गर्न त धेरै समय लाग्दछ / तिमीले त्यो जुन देश देखेका छौ, उज्योलो देश, त्यो देश मा गएर तिमीले धेरै र त्यहाँ नेर रचाउँछु भन्ने तिम्रो आराधना छ / तर तिमी यो गुफा भित्र आएर कहिल्यै पार हुन सकेका छैनौ / तिमी यहाँ बुढो हुँदैनौ?

देवचन्द्र: मलाई त्यस्ता शब्दहरु आउँदा बुढो भए त के भो त? मेरो प्रार्थिक शरीर बढो हुन्छ होला मेरो आत्मा कहिल्यै बुढो हुने वाला छैन / म यो आत्मा लाई अगाडी बढाउने हो / म यो शरीर लाइ देखाउने होइन प्रभु ! मैले यो भन्दा खेरि फेरी भरै युवक ले भने

युवक: तिमीलाई यस्तो यस्तो शब्दहरु कसले सिकाउँछ ?

देवचन्द्र: मलाई कसैले पनि सिकाउन्दैनन प्रभु ! यस्तै बीच बिचमै मलाई शब्दहरु आउँदछन् र यसरि मैले शब्दको उत्तर दिन्दछु / कहाँ बाट आउँछ के हुन्छ मलाई केही थाहा छैन /

युवक: त्यसो भने अब तिमीले एउटा काम गर यहाँ /

देवचन्द्र: हजुर! म तैयारी छु जस्तै काम भए पनि म गर्दछु / किन भने प्रभु परमात्मा को प्राप्ति को लागि मैले दुख गर्नु सक्नु पर्दछ /

युवक: तिमीले एउटी काम गर / अब यो युवती हरु सबैले झंझालाकारमय भएर तिमीलाई सज्जन ठहराई रहेका छन् / त्यसैले तिमीलाई उनीहरुले अब के भन्छन? प्रश्न गर्छन, त्यो प्रश्न को जवाफ तिमीले एउतै भाषा मा दिनु पर्दछ / धेरै बचन पनि दिनु हुँदैन / त सुन्दरी हरु बोल्न लागे

सुन्दरीहरु:
देव तिमी कहाँ आयौ कसका छोरा हौ तिमी ?
तिम्र बाबु आमाको नाम बताउ अब नाम बताउ?
संसार मा बाबु आमा हुन्छन , बाबु आमा हुन्छन
तिनका नाम बताई देउ देवचन्द्र बताई देउ ?
एउतै बचन मा तिमीले बताई देउ एउतै बचन मा

देवचन्द्र: मलाई बडो गार्हो भो / मेरो बाबु आमा को नाम नै मलाई थाहा छैन /कसरी बताउने मैले ? अब मैले फेरी उत्तर दिएँ /
प्रश्न सोधे सुन्दरी ले मलाई सहर्ष खुसि भो
एउतै बचन नजान्दा मा मलाई बेर भो यहाँ मलाई बेर भो!
बाबु आमा कहाँ छन् नाम मलाई थाहा छैन /
यिनका नाम थाहा पाउन मैले सोधिन / कहिल्यै मैले सोधिन /
आएँ छोडी बाटो लागि घोर जंगल को बाटोमा /
कोहि आएनन मलाई बाटो सघाउन / 2
म कति कन्दरामा कति दुख सहें म /
मेरा लागि कोही छैनन (आमा बाबु भन्दिन)२
केलाई चाहियो नाम बताउन, सुन्दरी, केलाई चाहियो नाम ?
मैले पनि भनि दिएँ / म पनि कम्ति को त भईन / यिनीहरुले मलाई किन अप्ठ्यारो बनाउने / उनीहरुलाई मैले भने - किन चाहियो त अब मेरो बाबु आमा को नाम? मेरो बाबु आमा को नाम किन चाहियो? मैले यो सोद्धा सुन्दरीले भने

सुन्दरीहरु:

अलमल पर्यौ कि देव अलमल पर्यौ कि?
तिम्रो बाबु आमाको नाम बताउन सक्दैनौ कि? बताउन सक्दैनौ?

देवचन्द्र:
हो बताउन सक्दिन नाम मैले लिएर आइन /
बाबा आमा त्यही छन् फर्की जान्दिन
किन चाहियो मलाई नाम उच्चारण ?
यस्ता सोधेर नदेउ उदाहरण नदेउ उदाहरण
तिमी संग मेरो केही बचन गर्नु छैन
सुन्दरी हो मलाई अप्ठ्यारो मा पार्नु होइन
सत्य कुरा बताउ प्रभु कहाँ छन्? अब प्रभु कहाँ छन्? प्रभु कहाँ छन्? मैले यो शब्द सोद्धा खेरि, सुन्दरी हरुले फेरी भने

सुन्दरीहरु:
तिमी मान्छे साना छौ, देवचन्द्र नाम तिमी भने साना छौ
बचन भने यसरी प्रहार गर्छु मुटुमा
तिमीलाई कसले सिकायो? हामीलाई बताउन
ज्ञानका ज्ञान तिमीलाई कसले सिकायो?

देवचन्द्र:
मलाई ताजुप नगर सुन्दरी हो मलाई ताजुप नगर
मेरा नाम बताउनु कसलाई के अधिकार ? कसलाई के अधिकार ?
अधिकार का कुरा गर्दा तिमी ले सुनेनौ
सुन्दरी हो सबै मिलि मलाई के पो गर्दछौ, मलाई के पो गर्दछौ
भन्छु म सुन्दरी हो सुन्दरी हो प्रभु कहाँ छन् ?
मलाई छिट्टै बताई देउ / सुन्दरी मलाई छिट्टै बताई देउ / मैले यसरी भन्दा सुन्दरी हरुले भने

सुन्दरीहरु: तिमीलाई प्रभु देखाउने हामी होइन, हे देवचन्द्र! आफै बोल्छौ प्रभु सित के सोध्छु हामीसंग /

देवचन्द्र: यस्तो जवाफ पो दिए मलाई त / तिमी आफै प्रभु संग बोल्छौ अझ मलाई प्रभु देखाउ भन्छौ ? आफै बोल्छौ प्रभु संग तिमी आफै बोलिरहेका छौ /

हे ! कस्तो दुर्दशा भो / म प्रभु संग बोलि रहेको छु रे ! प्रभु कस्ता छन् त अब? र ती कुराहरु जब मैले गरेको थिएँ / सुन्दरी हरुले मेरा बाबु आमाको कुरा चाहिएको थियो / तसर्थ मैले दिन नसक्ने अवस्था , मलाई थाहा नभएको कुरो मैले कसरी भनु? ढाँटेर भन्दा पनि मिल्दैन / एउटा बहादुर एउटा मायाँ भनु भने पनि त्यहाँ मिल्ने छैन / उहाँहरुको नाम मलाइ थाहा छैन / यसैले म भन्न नसक्ने स्थितिमा पुग्दा मलाई यति कमजोर ठानेका छन् / त्यो कमजोर किन मलाई ठानी रहेका छन् ? तर बाबु आमाको नाम सोध्न भने म जाने वाला छैन भनेर मैले दृढ विश्वास लिएर बसेको छु / र मैले भने मेरा बाबु आमाको नाम सोधेर तिमीहरुले आफ्नो एउटा जित्ने भाव प्रकट नगर / सोध्छौ, मलाई हुने शब्दहरु सोध / बाबु आमा किन चाहियो ? जहाँ मैले छोडेर आएँ त्यही छन् , उही बसेका छन् / उहाँ हरुलाई लिएर आउँ म सकिन / मैले गरेको काम म आफैलाई मात्र हो, बाबु आमाको लागि मैले गर्न सकिन / उहाँ हरुलाई म बोक्न सकिन, उहाँहरुलाई हिडौं भन्न सकिन, उहांहरु हिड्न सक्नु पनि हुन्न थियो / उहांहरु लाई उहाहरुको गृहस्ती को माया छ / उहाँहरुलाई आफ्नो धन सम्पत्तिको माया छ / मलाई पनि माया गर्नु हुन्थ्यो / तर म छोडेर आएँ / यदी मलाई यसरी छोड्छ भनेर थाहा भएको भए देखि उहाँहरुले मलाई समातेर राख्नु हुने थियो होला / उहाँहरुलाई त्यो ज्ञान भएन / त्यसरी मेरो बाबा आमा को नाम सोधेर सुन्दरी हरु हो मेरो बाटो भुलाउने छैन / म बाटो लाग्नु छ / म कहाँ जान्छु यहाँ जान्छु भनेर कसैलाई देखाउन सक्दिन / तर म ठुलै ठाउँ मा जाने हो / म नभेटे सम्म जाने हो / भेटे पछी मात्रै म त्यहाँ बस्दछु / मैले देखेको छु एउटा उज्ज्यालो देश त्यो गाउँ / त्यहाँ गएर मैले धेरै गर्नु छ / मेरो अभिलाषा त्यहिँ छ / त्यहाँ बाट मैले परिपूर्ति भएर आफ्नो धाम मा जानु छ / यो देह लाइ छोडेर / यो बोकी रहेको खोक्रो देह लाइ मैले छोड्नु छ / केहि गर्नु छ / यो देह लाइ घोत्नु छ मैले घोत्नु छ / देह लाइ घोटेको हो यो / दुख पाएँ भन्यो देह लाइ घोटेको / देह खियाउनु छ / देह लाइ खियाएर खियाएर कमजोरी बनाएर छोड्नु छ मैले / बुझ्यो सुन्दरी हरु कुरा? ठेट कुरा यिनै हुन /

सुन्दरीहरु: सुन्दरीहरुले गम भएर भने - यस्ता कुराहरु तपाईं कहाँबाट सिकेर आउनु भो?

देवचन्द्र: म आफ से आफ / जब म अगाडी हिंड़दै गएँ तब मलाई ज्ञान बढ्दै गयो / तब म ज्ञानको युवक बनेको, म युवक हुँ / ज्ञानको युवक हुँ, त्यस्तो कुरा मलाई आफ से आफ आउँछ कसैसंग सिक्नु पर्दैन / त्यसरी त म ज्ञानको युवक भएको छु / त्यति पनि तिमीहरुले बुझ्न सकेनौ ?

सुन्दरीहरु: सुन्दरीहरुले भने हामी अब हामी पनि यहाँ रहन्दैनौ / हामी यहाँ एकछिनका लागि मात्र आएका हौँ / हामीलाई पनि आदेश थियो कन्दरा भित्र गएर तिमीहरुले त्यहाँ एकछिन भ्रमण गर्नु भनेको हुनाले हामी आएका हौँ / हामी पनि यहाँ बसी रहने होइनौ / ल जाउँ त संगै भनेर सुन्दरीहरुले भने मलाई /

देवचन्द्र: सुन्दरी हो, तिमीहरुले जाउँ भन्दैमा म जानु सक्दिन तिमीहरुसंग / तिमीहरु निश्चित ठाउँ बाट आएका हौला तिमीहरु फर्केर त्यही पुग्ने हौला / तर मेरो त अनिश्चित छ / म त अगाडी बढ्दै जाँदा जहाँ पुग्छु त्यही गएर बस्छु / जहाँ मलाई, अघि मलाई, यहाँ कन्दराभित्र आउने आह्वान भो म आएँ/ अब म यहाँबाट जान्छु /कहाँ जान्छु ? त्यो मलाई थाहा छैन / त्यस हुनाले तिमीहरुसंग म जान सक्दिन / तिमीहरुको यस्ता बचनहरुलाई मैले अपमान गरेको होइन् ./ तर म जान सक्दिन / शोभायमान छ , म खुसि छु, विवस छु / मलाई यसो भन्नु नै मलाई काफी हुन्छ र म जानु छैन / मलाई यसमा माफी दिनुहोस् , सुन्दरीहरु माफी दिनु मलाई / सुन्दरीहरु जाने ठाउँ मा पुग्ने मेरो हिम्मत छैन / त्यसैले म जानु सक्दिन / मैले यो भने पछी सुन्दरी हरुले भने -
सुन्दरीहरु: तिमी महान रहेछौ / तिमी त यस्ता ज्ञानहरु भन्दैनौ होला भनेको, तिमी त यस्ता भन्दो रहेछौ/ तिमी महान छौ / कुनै समयमा फेरी हामी भेट हुनेछौ / र अब तिमी अब भन्दा पनि ज्ञानको युवक निक्कै बढेर आउने छौ / त्यसैले कुनै समयमा हामी कुनै ठाउँमा फेरी हाम्रो यस्तो जम्काभेट हुनेछ / त्यस बखत हाम्रा फेरी यस्ता भाव बिचारहरु हामी प्रकट गर्ने छौं / लौ त यदि देवचन्द्र हामीसंग जान्दैनौ भने हामी समय भयो हामी जानु पर्यो / हामी जान लाग्यौ / भेटौं है कुनै दिन, कुनै मुहुर्तमा अवश्य हाम्रो भेट हुनेछ / प्रभु परमात्मा संग हामी साक्ष्छी राखेर जानेछौं /
देवचन्द्र: ल हुन्छ जानु , तिमीहरुलाई स्वागत गर्दछु / म किन एउटा अकंचन, म एउटा ठेगान नभएको, त्यसैले म कसै संग साथ लाग्न सक्दिन / म ठेगान नभएको आफ्नो ताल मा हिड्दछु / त्यसैले माफ गर्नुस है भनेर बिदा मागें / सबैलाई मैले भने

चारना घुना सिनि धु मा यी गए ठम ठम पढे सु सुन्दरी
जाणे कुणी ठु जडी नु पडी खडी सु ति ठप तडी
जाणु ख पी सुन्दरी प्रभु परमात्मा पट सुठा मी कडी
जाणु ठू ठम ठम ठम गडी सुम पढे ति कटा ठडि
जुरु सागीनी ठुमा यीं गना सणा ठू गाय पणा छु तडी
जानें चू एडे पटा टी टूना टिपणी कुडी सी छ तडी
छ्टी छ्टी छ्टी छ्टी पपाडु कडी सटट़ानी माकु टु चिरी रानी
कडम्पा टिरु सक्खाड़े मटि कट्टा चिनाडु तडी
ठाँडु पडें छिटा पछाडी सुटट़ा मिठा पखाडू
जांडू खाँ कटाटी पटी ना सडें गनां पुरु टी ठापडी
जडी नुरे सुन्दरी पड़ा छेडें टु आँखाडु आँखाडु आँखाडु /


मैले यी प्रार्थानाहरु यसरी गरें र सुन्दरी हरु गए, आफ्ना बाटो लागे / कहाँ गएको हुन म पच्छाउन सकिन / म केही बेर त्यही बसें / र अघिको मैले ल्याएको जरा कहाँ छ त अब ? यसलाई त लिएर जानु पर्छ मैले / खोज्दा जरा त छैन / अहो! सुन्दरी हरुले लगेछन / ल अब कहाँ पुगे यी सुन्दरीहरु ? मलाई आयो आपत / मैले जरा त खोज्नु छ, मैले ल्याएको हो हत्केलामा / तिमीले हामीलाई बोकेको होइन्, तिमीलाई हामीले तानेको भनेर भनेको थियो / मलाई परिक्षण नै हो यो हुन चाहिं / अब युवक पनि छैनन् , म एक्लै सुनसानमा परें यहाँ / सबै गए, अघिको झंझालाकर सबै लिएर गए / तर उज्ज्यालै छ यहाँ / र मैले भने सुन्दरीहरु कहाँ गए होलान / मैले त्यो जरा को चाहिं निश्चित गर्नु पर्ने थियो / मैले यो सोचें र भने -

तक क्षणे उपाटी ए टु टमा कडें
जडेकक्षु मै ट्य टु शुरु काटें बिक्षण टि टू ट़ा सहि सुटा पडें
आयश्यु गणे सामाटु नटाडी टा पट्टारिजु खाँ गणे साम तडी
मनिश्य मनि मुल्यसे गणि इसिस्स्टे क्षणे तटपडी टि यसेस्य से से तडें


मैले यो शव्द बिन्ति गरें / हे प्रभु ! मैले यहाँ बिन्ति गर्दै छु, मैले ल्याएको जरा हरायो / र यस वृक्ष को जरा ल्याएको थिएँ, किन हरायो यो कन्दरा भित्र आएर? ती सुन्दरीहरु पनि फर्केर गइ सके, कहाँ पुगे उनीहरुलाई खोज्न म सक्दिन / यसैले मलाई अब क्षमा गर्नु हवस् कि यो जरा मैले कहाँ बिलाउनु पर्यो? मैले यो जरा नलिई जाँदा के हुन्छ ? जरा यही कन्दरा भित्र रहन्छ कि मसंगै जान्छ? सुन्दरी हरुले लगि सके कि ? म संगै छ कि? यो प्रष्ट मलाई गरि दिनु होस् भनेर मैले बिन्ति गरेको /

अब मैले पनि यहाँबाट हिड्नु छ , त्यसैले मैले पुगेको ठाउँमा / म यहाँ आएँ, यो कन्दरा भित्र आउनु भनेको , यहाँ सुन्दरीहरु थिए / सुन्दरीहरुले स्वागत गरे / मलाई प्रस्न गरे जवाफ दिएँ / यसैले युवक एउटा भेटेको थिएँ / मलाई तानेर ल्याएको कुरा मात्र भएको थियो / त्यसैले यो जरा छैन म यसलाई के भनु?

आकाशवाणी: ठिक छ, तिमीले कुनै वियोग नमानी कनै फर्केर जान सक्छौ / तिम्रो यो जराले तिमीलाई तानी सक्यो / यसको जवाफ मैले पाएँ /

देवचन्द्र: त मैले भने - ठिक छ, म जान्छु र म यहाँ बाट जुन अघि मैले द्वार्पल बाट भित्रिएको थिएँ , त्यही द्वारपालमा जान म तैयार भएँ / सबै जना यहाँ गइ सके / अघिका चहल पहल केही छैन / सबै सुन्दरीहरुले लिएर गई सकेछन / म त्यहाँ बाट निस्कें /

छाम छाम ताल बजाउन मलाई छैन
स्वर फुकाई सुनौं मैले आज होइन्
बिन्ति गरे सबैले आउनु भनेर
आएँ मैले कन्दरा मा के छ भनेर
सबै जना गई सके सुन्दरी थिए
मलाई स्वागत गरि दिए अब सबै लागे
जान्छु म द्वारपाल स्वागत गर्यौ तिमीले
द्वारपाललाई स्वागत गर्दै जान्छु म अहिले
यसरी द्वारपालमा म निस्कें / म लागें बाटो अब टुक टुक टुक हिंडदै छु /

टुकु टुकु बाजा बज्यो मेरो झंकार मा २
जान्छु अब जान्छु अब मेरो ताल मा
पुग्नु मैले कता छ यही जन्जालमा
जानु छ खोजि गर्न जानु छ मैले
अब जान्छु २ जहाँ पुग्नु छ मैले

यो गुफा भित्र कति धेरै रहेछ / यता जा , उता जा, त्यता जा, मलाई अल्झन मात्रै भै रहेछ / कति दुख भयो होला आफै सोच्नुस त मेरो व्यथा सुन्नेले / कस्तो अल्झन भै रहेको? म यसरी बाटो लागें / बाटो लाग्दा मलाई आनन्द आयो / मलाई भोग प्यास लागेको छैन / के ले मलाई पाली रहेको छ ? यो म पनि भन्न सक्दिन / त्यसैले मलाई अब एउटा वियोग आउँदछ / हे प्रभु! परमात्मा भेट्न हिंडेको म, उहाँ संग पक्का येकिन भेट्न पाएको छुइन / उहाँलाई भेट्टाएर म मेरा यी गुनासाहरु सबै परमात्मा प्रभु मा भोग लगाउन को लागि तैयारीमा छु - मैले यो सोचें/ यो भने मैले, मलाई भन्न आयो / र म लागि रहें, जाँदा जाँदा एउटा, अब कहाँ पुगें होला विचार गर्नु होस् /
एउटा सानो कुटिया / सानो कुटिया मैले देख्दै छु / त्यो कुटियामा म गएँ / आज मलाई यही बस्नु पर्छ भन्ने मलाई भान भै रहेको छ / अब कुटियामा कसरी अटछु म ? साह्रै सानो छ / एकदम सानो देख्दछु / ठिकै छ मलाई यस्तै आदेश हुन्छ भने म यही बस्दछु / मैले बसेर के हुन्छ ? म कस्तो कस्तो झाँग मा बसे, रुखको फेदमा बसें , एउटा बालुवा को खोपड़ामा बसें / बसें नि म बसिन र ? यहाँ पनि पक्कै बस्दछु / मैले त्यो सानो देखिएको कुटियामा बस्ने अठोट गरें / मलाई त्यहाँ भन्दा अघाडी बढ्ने कुनै आदेश भएको छैन / म बस्छु तर बीच बाटो कुना नेर छ यो कुटी / म अब यही बस्ने भएँ, तर यो बाटोमा हिंड्ने हरुले मलाई के भन्लान भन्ने मलाई एक किसिमको झस्को आयो / तर जे सुकै भनुन, भन्नेले जे भने पनि आफुले गर्ने कार्य त छोड्नु भएन / भन्छन भन्ने डरले आफ्नो काम पनि त बिगार्नु भएन / त्यसैले मैले अठोट गरें, त्यही कुटियामा म गएँ /

कुटियाको ढोकामा उभिएर मैले भने - प्रणाम ! म पनि परदेशी हुँ / परदेशमा घुमी रहेको, बाटो भुलेर म पनि एउटा भ्रममा परि रहेर बाटो खोज्न हिंडी रहेको / यो घुमाउरो बाटो मैले तैयार पार्न नसकेको हुनाले संसारमा भुली रहेको म पनि एउटा हुँ / प्रणाम गरें. / त्यहाँ केही छैन / ठिक छ, मलाई यही बस्ने आदेश भएको छ / म यहाँ बस्दछु / केही छैन त्यो कुटियामा, सुनसान छ / एकदम चट्ट परेको एउटा सानो सिंहासन भए जस्तो पनि देख्दछु / अरु केही छैन, कोही छैनन् / सुन्दर म एक्लै त्यहाँ ढोका मा उभिएँ / आज यस कुटियामा मलाई यहाँ बस्ने आदेश भएको छ / के म बस्न सक्छु कुटियामा ? मैले यो सोचें / र मलाई त्यत्तिकै जवाफ आयो /

आकाशवाणी: तिमी बस्न सक्छौ / तिमी यहाँ बस्ने पर्छ / तिम्रो लागि यो कुटिया तैयार भएको हो / तिम्रै लागि हो / यस्ता शव्दहरु आए पछी यो मेरै लागि रहेछ म बस्नै पर्छ र म बसें /

देवचन्द्र: मैले भने - अब म के परिणाम पाउँद्छु त ? मैले परिणाम पाउन कति समय लाग्छ ? सायद म गल्ति बाटोमा त गएको छुइन? यकिन गर्न सक्दिन / मलाई भ्रम का कुराहरु पनि फैलिएर आयो / मैले यो कुटियामा बस्ने अठोट गरें र बसें / मलाई केही निद्रा लागे जस्तो भएको छ / म ठप्प त्यही कुटियामा निदाएछु / निदाउन्दा मैले के देखें यहाँ, यो कुटिया निक्कै ठुलो महल रहेछ / ठूलो महल भित्र राज्जी श्यामा जी घुम्नु भएको देखें / उहाँ हरुले मलाई विचार गर्नु भएको पनि देखें / उहाँ हरुले मलाई समातेको पनि देखें / मैले निद्राबाट झट्ट ब्युझिन्दा, अहो! भनेर ब्युझिन्दा फेरी पाईन, जस्ता को तस्तै छ / मलाई दर्शन त दिनु भएको थियो होला, तर मैले सुतेर चान्स गुमाए जस्तो छ / तै पनि म धैर्य गर्छु / मलाई आदेश भएको नै यहाँ दर्शन दिनलाई हो / म पक्कै बस्छु र म बसें / मलाई सिंहासन तेरो लागि हो, तँ बस्न सक्छस भन्ने मलाई भान आयो / मैले सिंहासन मा गएर बसें थपक्क / पहेंलो सानो छ सिंहासन, म जत्रै (५ बर्ष को ) / मलाई त्यहाँ आराम भो, मलाई त्यही भोग लागेको महसुश पनि आउन थाल्यो / मैले सोचें प्रभु! मलाई के भयो यहाँ ? म संग केही छैन / म केही भर्जन गर्न सक्दिन / त्यस्तो मलाई हुन सक्दैन / तै पनि म त्यत्तिकै सिंहासन मा आरामदायी छु / मलाई यहाँ के भयो? धारा लागेर यहाँ अमृत को धारा पस्न आयो सररर अमृत प्रसाद आफ से आफ मेरो मुख मा चट्ट धारा लागेर पस्न आयो / म आश्चर्य लागेर हेरी रहें / मेरो मुखमा आइ रहेको छ / खुबै मिठो भई रहेको छ / मलाई त्यो स्वाद कस्तो भनु? त्यस्तो स्वाद भै रहेछ / म टन्न अघाएँ , ठप्प बन्द भो, अनि मलाई अघाए पछी निद्रा दिनु भो / म निदाए छु / म निदाऊदा त सुन्दरी चट्ट चट्ट परेको, दुइ जना सुन्दरी, दुइ जना युवकले आएर मलाई चट्ट शिरमा टेकी दिए जस्तो भान लाग्यो / र मलाई के हो यो ब्युन्झिन मैले सकिन / म त्यहाँ बसी रहेको छु / शरीरलाई भार भई रह्यो र मैले भने - प्रभु! परमात्माको कृपा, म यहाँ भोग लागेको जस्तो पनि मलाई हुने, यही आफ से आफ अमृत जल पनि मैले पाएँ, प्रसाद पाएँ , म ज्यादै खुसि छु / पक्का मैले खोजेको कुरा मैले पाई रहेको छु / यत्ति हो मैले प्रष्ट रुपमा राज श्याम जी प्रभु संग प्रष्ट हुन मात्रै सकिन / तर मलाई दर्शन त दिनु भएको रहेछ भन्ने मलाई यहाँ ज्ञान आयो / त्यसैले म अब यो सिंहासनमा बसी रहेको छु / यही भन्दै आजको मेरो यो छोटो व्यथा यही मैले कुटीमा राखेर आज म परमधाम प्रस्थान गर्दछु / मेरो ब्यथा कुटी मै छ / त्यसैले सबै सुन्दर सखीहरू संग बिदा लिंदै परमधाम प्रस्थान गर्दछु /

श्री राज्जी : प्रभु परमात्मा भन्दछन , त्यसैले देवचन्द्र महाराज ले आफ्ना जुन व्यथाहरु कुटीमा राखेर परमधाम पुग्नु भएको छ / म पनि आज यसै को शिलशिलामा मेरो आसन लाइ पनि बिराम दिंदै परमधाम प्रस्थान गर्दछु / शुभ सुन्दर सखी बन्न सबैले आफ्नो आत्मालाई सोधेर दृढ विश्वास लिनु अति उत्तम हुँदछ भन्दै म आज मेरो आसन लाई बिराम दिन्दछु /

 

No comments:

Post a Comment