Sunday, July 17, 2011

२००४ डिसेम्बर १२ आईतबार श्री राज्जी श्यामाजी महारानी आसन - श्री देवचन्द्र महाराजको चौथो दिनको ब्यथा /

मिति:                   २००४ डिसेम्बर १२ आईतबार /          समय: प्रात ०३ :३बजे
स्थान:                  पूजा कोठा, पिन्गलास्थान , काठमाडौँ /
दर्शक / श्रोता :       श्री बिहारिदाश श्री रामकृष्ण
प्रबचन प्रस्तोता:   श्री राज्जी श्यामा महारानी, श्री देवचन्द्र महाराजको व्यथा मार्फत श्री शरदचन्द्र (शकुन्तला),
व्यथाका पात्रहरू:  श्री देवचन्द्र (५ बर्ष को बालक), श्री प्राणनाथ(उत्रै बालक), सुन्दर ठिटो, सुन्दरी, बुढी मान्छे, ठूलो जनावर, पात, लहरा, डुबुल्की, उज्यालो पारीको गाउँ

श्री देवचन्द्र महाराजको व्यथा जन्ती पच्छाएर हिंडेको चौथो दिन - दस्ताबेज अडियो तथा भिडिओ मा रेकर्ड

यो प्रबचन श्री राज्जी श्यामा महारानी ज्युको आसनमा श्री शरदचन्द्र मार्फत श्री देवचन्द्र महाराजले ४००० बर्ष अघिको उहाँले घर छोडेर हिंड्नु हुँदाको चौथो दिनको व्यथा बताई रहनु हुँदाको एक अंश हो / सकभर उहांहरुले प्रबचनमा जे बोल्नु भयो त्यो जस्ताको तस्तै राख्ने प्रयास गरेको छु / दस्ताबेज भिडियो क्लिपबाट यी बार्तालापहरु अक्षरमा उतार्ने उनै परमात्मा प्रभु श्री राज्जी महाराजको आज्ञा तथा कृपाले कोशिस गरेको छु / यी कुनै बनावटी, कल्पनामा आधारित नभई सत्य घटनामा आधारित कुराहरु हुन / भिडियो क्लिपले ब्लग साईटमा धेरै स्थान ओगट्ने भएकोले यस प्रकारले १० बर्ष पछी प्रबचन अमृतमय वाणीहरु प्रस्तुत गर्न गई रहेछु - प्रणाम /
श्री राज्जी श्याम महारानी आसन ग्रहण गरि बक्संदै - म आसनमा ढिलो पुगेकोले श्री राज्जी शयामा जिको बचन रेकर्ड गर्न नसकिएकोमा क्षमा प्रार्थी /
श्री देव चन्द्र महाराज
भोग लागेको कुरा कसले खोल्यौ त भनन ?२
सुन्न चाहने, जान्न चाहने, (खोज गर्न चाहने )2 सब कम्ति छ यहाँ सब कम्ति छ /
भगवान को प्रसंसा लोब हुँदैछ यहाँ लोब हुँदैछ /
कोही गर्दैनन्, किन कोही गर्दैनन्? मान्छेको प्रसंसा गर्नु पर्दैन /
भगवानको प्रसंसा गर्दैमा आफ्नो ढोका खुल्दछ २
मान्छेको प्रसंसा गर्दामा ढोका बन्द हुँदछ
धर्मको कुरो गर्दामा यहाँ धर्मको कुरो गर्दामा
सुन्यौ र भजन, भजन गर्छन तमासा २
कसले कथि दिएको ? कसले लेखि दिएको ? भजन गर्छन तमासा ४
श्री राज्जी श्याम श्याम जी प्रणाम, प्रणाम गर्दै म यसरी जुन श्यामजीले बचन दिनु भयो / यहाँ मेरो व्यथा फेरी सुनाऊ न सुनाऊ ? आज स्थगीत राखेको भन्ने कुरामा जुन यहाँ बिन्ति लाग्यो, यसमा म फेरी आइ पुगेको छु / मेरो व्यथा सुन्ने ? किन सुन्ने? मेरो व्यथाहरु के हुन? पहिला कसले लेख्यो त्यो व्यथा? लेख्ने को हो? त्यो लेख्ने मान्छे पनि त थाहा हुनु पर्दछ? र किताब कसले लेख्यो? त्यो किताब पढेर जान्नेहरुले किताब लेख्ने भनेको कसले लेख्यौ? त्यो लेख्ने को हो? पक्का लेख्यो? के लेख्यो? यो पनि म सहे सत्यता माग्दछु / कलियुग को अन्त्य हो म माग्दछु, माग्दछु अब / दिन सक्नेले आउनु पर्दछ, मलाई यी यी हुन भनेर मलाई लेखेर दिनु पर्दछ / म त्यो लेखि बचनहरु लिएर म जाँद्छु /
जुन मेरा पहिले घर छोडेको कथा, मैले चार दिन मा पुर्याएको छु / जुन चौतारामा पुगेर मैले जोर धाराको पानी खाएर, एकैनासको धारा को पानि खाइ, जुन एउटै किसिमको धाराको पानी, सानो छैन, ठुलो छैन, दुवै एकै किसिमले बगी रहने ती धारा को पानी मैले जल सेचन गरेर त्यस भिजेको लुगामा भिजेको लुगासंगै त्यही चौतारोमा रात बिताउनेमा म पुगेको छु /

युवक:  र मलाई त्यहाँ युवकले, "यहाँ बस्नु हुँदैन, तिम्रा चिसा लुगाहरु छन् , तिमीले यी चिसा लुगाहरु मेरो घरमा गएर लुगा फेरेर बस्नु पर्दछ / बाबु तिमी कहाँ हिंड्न लागेका हौ ?" सोध्दा

देवचन्द्र:   म कहाँ हिंड्न लागेको हुँ? खोजीमा जान लागेको हुँ / म पानी खाएँ, त्यहाँ नुहाएँ, म मेरो लुगा भिजि रहेको छ / म भिजेको लुगासंगै बस्ने अठोट गरेको छु / यो गर्न सक्छौ कोही? संसारमा यहाँ कोही पनि यसरी निस्चित बाटो लाग्न कोही सक्दैनन् / बाटो भेटे पनि त्यो बाटोलाई छोडेर सजिलोमा लाग्न सजिलो छ / तर त्यो बाटो पहिलाएर दुखमा भिडेर जानु गार्हो छ / धर्म लिएर छाड्नु , धर्म लिएर न गर्नु , धर्म लिएर प्रसंसा नगर्नु / बचन सुनेर प्रभुको प्रसंसा नगर्नु ठूलो गल्ति / यसमा एउटा के हुन्छ? जसरी यहाँ हिन्दु देशमा गाई मारेको पाप भन्दछन, त्यो भन्दा बढी पाप लाग्दछ / र म यो चौतारोमा, यो ढुंगामा आएर म अवस्थित छु यहाँ/ यो मेरो व्यथा हुन, कथा होइन् / व्यथा भन्दै गइ रहेको छु / देवचन्द्रका कथा गर्दछन यहाँ, रोई पनि टोपल्छन / रुनु किन? सबैलाई आँसु आउँदछ, तर म जस्तो व्यथा सहनेहरुलाइ त झन् कस्तो हुँदो हो ?आफैंले यसमा तुलना गर्न सक्नु पर्दछ / म जुन यो रुख पनि ठूलो छैन / सानो किसिमको, तल बोट सानो छ, माथि गएर झ्याम्म परेको रुख छ / र यहाँ ढुंगा पनि ठूलो छैन, मात्रै फिट को हिसाबले गनौ भन्दा २ फिट भन्दा यो लम्बाईमा छैन / त्यो ढुंगा केही खस्रो किसिमको छ / यो ढुंगामा बस्न म तैयार भएको छु / म भिजेको लुगासंगै बस्दछु / तर म कुनै कपडा फेर्नेमा निश्चय छैन / मैले घर छोडी सकें / मैले जुन लुगा लगाएर हिंडेको छु, त्यही लुगामा छु, म लुगा फेर्दीन / म लुगा मसंग बोकेर आएको छुइन / र आज म यहाँ यो ढुंगामा बास बसें / के खान्छौ? भन्छ / सब बाटो हिंड्नेहरुले मलाई देखि रहेका छन् /

बटुवारेहरु: "यो सानो बालक के गरि रहेको होला यो ढुंगामा / बिचारा ! कति जाडो, यसको आमा बाबु छैनन् कि?" भन्छन / कति करुण अवस्थामा बोल्दछन् / "यसका आमा बाबाले यसलाई खोज्दैन कि? हेर, यो कस्तो टुहुरो रहेछ / ढुंगामा, चिसो ढुंगामा बसी रहेको छ / यसलाई कति चिसो आइ रहेको होला ?"

देवचन्द्र:   कतिले बाटो हिंड्ने बटुवारेहरुले मेरो कुरा गर्दै हिंडेको मैले सुनी रहेको छु / "रात भरि हिंड्दा रहेछन बाटोमा पनि ती मान्छे / म पनि भनि रहेछु कि ती मान्छेहरुलाई निद्रा नलाग्दो रहेछ / थेत्त रात भरि बाटो हिंडीरहेका छन् /" म पनि उनीहरुलाई देखि रहेको छु र म पनि त्यो रुखको फेदमा रुखलाई अडेस लागेर बसी रहेको छु /
र मैले भने "हे बटुवारेहरु हो, किन मेरो कुरा गर्दछौ ? म एउटा अकंचन टुहुरो हुँ / मेरो आमा बाबु छन् जस्तो लाग्दछ / तर अहिले म टुहुरोमा छु के / तिमीहरुले मेरो कुरा नगर / तिमीहरु आफ्नो बाटो लाग / मलाई देखेर तिमीहरुले करुण देखाउनु पर्दैन / म त्यो करुणमा भिज्ने वाला छैन / म आफैं संग रमाई रहेको छु / यसरी बटुवारेहरु मसंग द्वादास नगर / तिमीहरु जाउ, मलाई तिमीहरुले माया गर्नु जरुरि छैन / तिमीहरुको माया खाँचो भएर म यहाँ बसेको होइन् / मलाई यो ढुंगाले कहाँ चिसो दिन्छ ?  म न्यानोमा छु / तिमीहरुले देख्छौ त्यस्तो / तिम्रो आत्मा कालो भै रहेको तिमीहरुले देखेका छैनौ / मलाई आनन्द छ , भाव छ , पूर्ण छ मैले भेटि रहेको छु /" मैले यो भने / तर यो ढुंगामा बस्दा मलाई किन हो चिसो आएको छैन / मलाई भोग लागेको छैन / मलाई केहीले छुएकै छैन / मलाई न्यानो पन भै रहेको छ / मेरो भिजेको कपडाहरु सफ्फा भै राखेका छन्, सुकी रहेका छन् / न्यानो आनन्द ! सुत्छु मलाई सिरानीमा भएको अनुभव हुन्छ / मलाई ढुंगामा एकदम रुवाको तातो बास आइ रहेको छ / म बसी रहेको छु / अरुले देख्दा रहेछन मलाई चिसो ढुंगा मा यो बालक के गर्छ ? बालक हुँ म, मेरो आत्मा बालक भएन / म शरीरको बालक भएछु / आत्मा मेरो बालक थिएन रहेछ / म आत्मा बालक भएको भए यसरी बाबु आमा छोडेर ५ बर्ष को जाबो बालक हिड्न सक्छ/ यसरी दुख कष्ट खप्न सक्छ? मेरो आत्मा बालक छैन / त्यसैले म ढुंगामा रात भरि यसरी म आनन्दले बिताई रहेको छु / मलाई अमृत सेचन भै रहेको मलाई अनुभव हुँदछ / तर कहाँबाट हुन्छ? यो पनि देख्न सक्दिन / र म यसरी हुँदै गयो, हुँदै गयो /"  अन्तिममा एउटा बटुवारे आएर मलाई भन्यो, बुढो मान्छे रहेछ/

बटुवारे:   "बाबु तिमी यहाँ रातको चार बजी सक्यो, रात भरि तिमी यहाँ रहेछौ, जाउँ बाबु जाउँ / यस्तो कट्ठ्यान्ग्रीएको जाडो रातको समयमा तिमी यसरी बस्ने ? तिमीलाई कस्तो चिसो भयो / तिम्रा आमा बाबु पनि खोज्न नआउँदा रहेछन / बाबु तिमीलाई के बैराग चलेर आमा बाबु देखि तिमीलाई के को इर्ष्या बढेर यसरी नानी तिमी चिसो ढुंगामा छौ? जाउँ बाबु जाउँ / म पनि यही बटुवारे हुँ / तिमी पनि यही बाटो जाने होला, जाउँ / जहाँ पुगिन्छ त्यही बसौ / जे मिल्छ त्यही खाउँ, जाउँ बाबु!" भन्न लाग्नु भो बूढा बाजेले /

देवचन्द्र: मैले भने, "होइन् बाबा ! तपाइंले भन्नु भो म खुसि छु/ यत्ति भन्नु नै मेरो लागि करोड हो / म यति मै तृप्त भएको छु / म जान सक्दिन, म यहाँ उज्ज्यालो भएर मात्र हिंडद्छु / म राति हिंडदिन बाबा ! तपाईं जानुहोस, तपाइंको बाटो अलमल नगरौं /" मैले त्यो भन्दा

बटुवारे: ती बाबाले भन्नु भो, "होइन् बाबा तिमीलाई म छोडेर कसरी जाउँ ? जाउँ बाबा जाउँ /"

देवचन्द्र: "हुन्न बाबा म जान सक्दिन / म त आज यही ढुंगा मा बसी रहन्छु / किन ? मेरो एउटा प्रण पनि छ / म यो धारा हरुलाई हेरी रहेको छु / यो जोर धारा बगी रहेका छन् / यी जोर धारामा कति बेला एउटा झिलिक्क झिलिक्क झल्किने झिल्काना हरु देख्द छु / कति बेला ज्वाला मुखी भएको देख्द छु / कति बेला यो धारा मा झरना जस्तो देख्दछु / म यो धारा को रमणीय हेरी बसेको छु / त्यस हुनाले मलाई खल्बन नगर्नु होस् / म यही बसी रहन्छु / मैले यो भन्दा

बूढा बाजे: बूढा बाजेले भन्नु भयो, "यो धाराको अगाडीमा के देखछौ र बाबु?"

देवचन्द्र: "हेरी रहनुस तपाईं देख्नु हुन्छ तपाइको आत्मा खुलेको छ भने देख्नु हुन्छ, तपाइको आत्मा खुलेको छैन भने देख्नु हुन्न", मैले यो भन्दा

बूढा बाजे:   "ए बाबु! तिमी मान्छे साना छौ, ठुला कुरा गर्छौ /"

देवचन्द्र:  "मान्छे सानो छु आत्मा बुढो भै सक्यो मेरो", मैले त्यही भने / 

देवचन्द्र:   "त्यस पछाडी ल हेरी रहनुस", भन्दा ती बाबाले हेरी रहनु भयो,

बूढा बाजे:  "ए बाबु केही देख्दिन", भन्नु भयो /

देवचन्द्र:  "हेरी रहनुस, हेरी रहनुस , केही देख्नु हुन्छ /"

बूढा बाजे:  त्यो बाबाले भन्नु भयो, "म हेरी रहेको छु, त्यसो भए म पनि हेरी रहन्छु है त तिम्रै पछाडी बसेर / म त केही कोल्टो भएर पो देखिन् कि? तिम्रो सिदा बस्दा पो देख्छु कि?' भन्न थाल्यो /

देवचन्द्र:   "हुन्छ, हुन्छ, बस्नुस / " उसले भन्यो मेरो पछाडी बस्छु भनेर पछाडी तिर लागेका ती बूढा बाजे छैनन्/ म मात्र हेरी रहेको छु / बूढा बाजे हेर्छु छैनन् ती/ बूढा बाजे कहाँ गए? मलाई यस्ता छलहरु धेरै नै भए / ती बूढा बाजे हरुले यस्ता गरि छल गर्दै आए / म देखि रहेको छु, ती बूढा बाजे छैनन् / म धारा मा एकदम एकजोडी साह्रै राम्रा युवक युवती देख्द छु , झल्झल परेका आहा ! ती को हुन? फेरी देख्दै छु, देख्दै छु, साह्रै राम्रा छन् / धारा पनि मा साह्रै राम्रो देख्दछु / यिनीहरुलाई भेट्नु पर्यो, कुरा गर्नु पर्यो भन्ने उत्सुकता बढ्यो/ तब म के जुरुक्कै मात्रै उठेंथें , फेरी देखिंदैन त्यहाँ निर --- पानी मात्रै झरी रहेको छ / ए बाफरे! मलाई किन यसरी छल भै रहेको छ ? पक्कै पनि मलाई दर्शन त दिएका छन् भन्ने मलाई आत्मा मा झल्कियो / र मैले भने " म फेरी यो धारामा गएर दुबी रहन्छु म / यहाँ त किसिम किसिम को पो हुँदो रहेछ / म यही बसें भने मात्रै देख्न पाउँछु भनेर फेरी म गएँ त्यो जोर धारा को धारा पानी झरी ---- माथि बाट दुइटा धारा झर्छ , झर्ने ठाउं एउतै हुन्छ तल / एउतै पोखरी मा झार्छन तल पुग्दा एउतै धारा हुन्छ / माथि दुइटा धारा झरेको हुन्छ, तल पुग्दा एउतै धारा भएर झरेको हुन्छ / त्यो हुनाले एउतै धारा हुँदो रहेछ म त्यो धारा झर्ने ठाउँ मा गएर म पानी बसें / उभिएर बसें, बसें, बसी रहें, बसी रहें / फेरी मलाई के ले जुरुक्कै उचालेर बाहिर ढुंगे माथि ल्याएर राखी दियो / हेरौं ल के ले मलाई राख्छ? म सानो भएर पो हो कि? म त ढुंगा बोकेर पो बस्नु पर्यो गह्रौं भएर भनेर म पानी एउटा ठूलो टाउको मा ढुंगा राखेर फेरी त्यही पानी मा पसें / फेरी उचालेर मलाई त्यही ढुंगा माथि राखी दियो / त्यो ढुंगा पानी हलुंग भो / अनि मैले भने हे नहुँदो पो रहेछ / म के गर्ने अब ? म अनि जान सकिन / ढुंगा बोकेर बस्दा पानी मलाई ढुंगै माथि ल्याएर राखे पछि त्यो ढुगा छैन म मात्रै हुन्छु/ हत्त बोकेको ढुंगा हुन्न / र अनि मैले भने हे जलधारा मलाई यसरी बोक्न सक्ने क्षमता पनि तिम्रो , किसिम किसिमको ऐना पनि मलाई देखाउंदछौ / म यहाँ के छलमा परि रहेको छु? " धारा बोल्दैनन / हुन्छ भने / क्रमश उज्ज्यालो पनि भएछ / र उज्ज्यालो भै सके पछी एउटा चराले आएर मलाई के भन्यो ?

चरा:   बाबु तिमी किन यहाँ यसरी ? २
          गर्छौ तिमी बेस्सरी २
          छैन डर सरि तिमीलाई छैन डर सरि
          बाबु तिमी किन गर्छौ यसरी
मलाई त्यो चरा ले पनि सोध्छ /

देवचन्द्र:  मैले भने, म पनि कम्ति छुइन नि!
              "हे चरा तिमीले ---- म छु सानो बालक २\
               उमेर मेरो पाँच बर्ष तिमी मलाई के सोध्छौ? २ सोधन अब सोधन
               यसरी खोजि हिंडें भेट्छु कि भनेर
               बाबु आमा लाई छोडी दिएँ लौ बस भनेर २
               मेरो मायाँ कत्ति नगर २ भनि छोडी दिएँ , आइ पुगें चार दिन भो / ४
               बाबु आमा लाई छोडेको २/

बसी रहेका होलान मेरा बाबु आमा तर बालक नानी कहाँ गयो भनेर एउटा वियोग मा पनि परेका होलान / तर म फर्केर उहाँ हरुको वियोग लाई उचाल्न जान सक्दिन / चरा तिमी के त्यसो गर्दछौ ? के तिमी मेरो आमा बाबु भएको ठाउँमा पुग्न सक्छौ त ?  एउटा संदेश त लागि देउन त / तिमी उड़छौ / म फर्केर चाही जान्न ", मैले त्यही भने चरालाई /



बुढी मान्छे: " नानी ! म बुढो मान्छेलाई कसले हेर्छन र हेर्दैनन् / कहिल्यै खांदैनन बाबु! खांदैनन / खाएको भए यत्रो बर्ष म बाँचथें ? पहिले नै खाइ हाल्थे नि / यत्रो उमेर मा त खाएनन , म यत्रो बुढो मा के खान्थे . मिठो हुँदैन, खांदैनन /



देवचन्द्र: "म बस्दिन आमा / मलाई धेरै अल्मलाउन्छन् / अघि एक जना दाइले के के कुरा सोध्नु भयो / तपाईं पनि त्यस्तै कुरा सोध्ने होला / होइन्, म ढिलो हुन्छ, म लाग्छु /" त्यही आमैलाइ मैले त्यति भनेर बाटो लागें / लाग्दा लाग्दा त्यस बाटोमा मलाई एउटा ठूलो जन्तु आएर भन्यो,

ठूलो जन्तु: " तिमीलाई डर लाग्दैन ? तिमी को हौ? कहाँ हिंडेको ? "

देवचन्द्र: मैले भने, "म को हुँ? कहाँ हिंडेको हुँ? यो म बताउन सक्दिन / तपाईं को हुनुहुन्छ र मलाई किन सोध्नु भयो?"

ठूलो जन्तु: "म त यो जंगलको सबै भन्दा ठूलो जन्तु हुँ / म जसलाई भेटे पनि शिकार गर्छु / तिमी मेरो मुखमा आएछौ / अब तिमीलाई मैले शिकार गर्नु पर्दछ / के तिमी राजि छौ? "
देवचन्द्र: "म एकदमै राजी छु / गर्दिनुस, मैले खोजेको जे हो, त्यही भेट्टाउछु / मेरो केही पनि अभिलाषा हरु छैनन् / म पछाडी हटेर दराउन्ने पनि होइन्, अगाडी बढेर सुर्रिएर जाने पनि होइन् / मैले खोजेको जे हो, त्यही भेट्टाउँछु /त्यसैमा खुसि छु, तपाइंले भर्जन गर्न सक्नु हुन्छ /" मैले भन्दा
ठूलो जन्तु: "तिमीलाई डर लाग्दैन र ?"
देवचन्द्र: "होइन्, डर लागेर नै हिंडेको म / त्यही भएर, म डर लागेर हिंडेको, म जहाँ डर हराउने ठाउं पुगिन्छ, त्यही सिमित हुन्छु / मलाई डरले त लघारेको छ त / त्यही डर लागेर त हिंडेको म त /"
ठूलो जन्तु: "बाबु तिमी कुरा त धेरै ज्ञान का कुरा ल्यायौ / म यस जंगल मा सबै भन्दा ठूलो जन्तु, मैले जसलाई भेट्दा पनि शिकार गर्ने मेरो यहाँ चलन चल्ती आई रहेको छ / त्यसैले तिमीलाई शिकार गर्नु पर्ने हुन्छ/ तिमीलाई म चपाउँ भने तिमी मेरो मुख मै हराउने रहेछौ, साना छौ / यत्तिकै निल्यो भने मेरो भुँडी भित्र गएर तिमी यसै गरि बोलि रहन्छौ होला नि बाबु?" त्यो जन्तुले भन्दा
देवचन्द्र: "अब तपाईंको पेटमा के म सिंगै बस्नु सक्ने ठाउँ छ ?"
ठूलो जन्तु: "हे बाबु ! म त कत्रो ठूल-ठूलो जन्तुहरु त त्यत्तिकै निल्छु भने तिई त कहाँ मेरो जिभ्रोले नै अघि नै तल खंदी सकेको हुन्छ बाबु / तिमी जिउंदै हुन्छौ, बिस्सरी बोल्छौ होला नि / ए बाबु तिमी ज्ञान का कुरा गर्दा रहेछौ /"
देवचन्द्र: "अँ म बोल्छु होला / तपाइंले टट्टी गर्दा बोलेको बोलेकै निस्कन्छु नि /" मैले त्यही भनि दिएँ /
ठूलो जन्तु: "हे बाबु ! यस्तो बोल्ने बालक हरु मैले भेटेको तिमीलाई मात्रै हो/ म खान सक्दिन तिमीलाई अब म / मैले टट्टी गर्दा पनि तिमी बोलेको बोलेकै निस्कने ? ल भएन यो/ त्यसो हुनाले तिमी कहाँ हिंडेको त अब?"
देवचन्द्र: "म त खोजि गर्न हिंडेको /"
ठूलो जन्तु: "के को खोजि गर्छौ?"
देवचन्द्र: "आत्माको खोजि गर्न हिंडेको / परमात्मा संग भेट गर्न हिंडेको म / परमात्मा हुनु हुन्छ भन्ने मलाई ज्ञान आयो / मेरो आत्मा मा ज्ञान झल्कियो अनि हिंडेको, मलाई कसै ले सुनेको होइन् / बाबुले नि सुनाएनन, आमाले नि सुनाएनन, म त हिंडेको /"
ठूलो जन्तु: "लौ त बाबु त्यसो भए तिमीले यस्ता ज्ञानका कुरा गर्यौ, जाऊ तिमी शिकार हुँ सक्दैनौ / शिकार गर्नु मैले लायक भएन अब / म पनि यसमा अज्ञान रहेछु / एउटा ज्ञान दियौ तिमीले / ल जाऊ , तिमी आफ्नो खोजीमा जाऊ / तिमीलाई मैले शिकार गर्न सक्दिन /" त्यो जन्तुले त्यसो भनि सके पछि हवस्
देवचन्द्र: "हवस् त तपाईं म भन्दा भएर पनि मलाई तपाईको बल प्रयोग गर्न सक्नु भएन / तपाईं मा पनि केही कमजोरी आएको मैले महसुस गरें / तपाईंलाई म अरु के भन्न सक्छु र ? तपाईं लाइ मैले यस्ता अज्ञानता हरु चाहिं तपाइई बाट हराउंदै जाउँ भन्ने म एउटा सल्लाह दिंदै म बाटो लागें है /" भनेर उ संग बिदा भएर बाटो लागें /
र म हिंडी रहेको छु र मलाई बीच बाटो मा एउटा कुरो आयो /
जाउँ कि न जाउँ त्यो पारी देश मा, देख्दै छु पारी देश मा
जाउँ कि न जाउँ भयो मलाई (यो जंगलको झोड़ीमा )२
पारी देश मा देख्दै छु देख्दै छु झल्झली बत्ति बलेको, देख्छु बत्ति बलेको
त्यो देशमा जान मलाई (कति दिन लाग्ने हो )२?
यति बेला मलाई याद आयो मेरो आमा बाबु को /
मेरा आमा मेरा बाबु भै दिए यो समय मा
पुराई दिने थिए होलान (त्यो पारी देशमा ) २
एक्लै छु जंगल मा (कसको लिउं सहारा ) २
तरी जाने जंगल मा झोर जंगलको अघोर
जंगल को बाटो भो (साहित् मेरो बिग्र्यो र ?) २
यसरी मेरो अगाडी घोर जंगलको बाटो देख्दा पारी देशमा उज्ज्यालो बत्ति बलेको देख्द छु / त्यो देश मा जाने मेरो धेरै इच्छा छ /

कता भनु कसलाई भनु कति रुनु मलाई
आँसु झर्यो आँखा भरि (आत्मा कुट्यो अब लाइ २)
रोई रहन्छु रोई रहन्छु (पारी देश हेरेर २ )
म चाहिं भने जंगल मा झोड़ी घेरेर
म चाहिं भने जंगल मा झोड़ी मा एक्लै पसेर
कता गए ती मेरा बाबु आमा कता छन् ?
छोडी आएन जन्त जाँदा (बाटै मेरो छोडियो २ )
पारी देशमा जानु छ (त्यता छन् कि बाबु आमा २ )
समाचार सुनी दिने चरा औन्दैन किन चरा आउँदैन
मैले यहाँ बसेर केही गुनासा हरु गरें / त्यस समय मा मलाई एउटा अब याद आयो यहाँ र मैले भने
जानु छ परमधाम भन्छन सब जप्नु छ कसको नाम?
अब लिने मैले छैन मेरै लिन्छु मेरै नाम ?
मैले यो घमण्ड गरें / आफ्नै नाम लिन्छु अब म / म एउटा खोजि मा हिंडेको हुँ/ परमधाम त यहाँ रहेन छ / अब चार दिन भै सक्यो मैले परमधाम भेटिन / अब रात पर्न लागि सकी सक्यो / संसारमा यसै गरि पृथ्वी घुम्ने हो / रात पर्छ, दिन आउँछ / मलाई यो झोडिमा अब रात पर्ने भो / मलाई यहाँ केही डर लाग्यो / पहिला डर लाग्दैन थियो / यहाँ नेर मलाई डर लाग्यो / मेरा बाबु आमा लाई समाचार पुराउने चरा पनि आएन / त्यो ढुंगामा त आयो कि? फर्केर जाउँ कि त्यो ढुंगामा / तर त्यो ढुंगामा पुग्न पनि त एक दिन नै लाग्छ नि अब धेरै रात पर्न लागि सक्यो / रात परेर त मैले बाटो देख्दिन होला / त्यो ढुंगामा त आएको थियो होला कि चरा? त्यो ढुंगामा अब मैले कसरी पुग्ने ? त्यहाँ फर्केर जाँदा त फेरी मेरो एक दिन को बाटो ढिलो हुन्छ / फेरी त्यही बाटो दोहराउन म सक्दिन / चरा पनि बिलापमा पर्यो होला समाचार पुराउन पाईन भनेर / मलाई यहाँ पारी देशमा बत्ति बलेको देख्दा मलाई यो झोड़ी मा धेरै दुखको अनुभूति भयो अब / र मैले यो झोड़ीमा एउटा कविता लेखें जस्तो मैले पाएँ /
झोड़ी होइन किन गनगन गर्नु छ र मैले
कति बाटो लागि सकें त्यो पारी देश देखेर अहिले
त्यो पारी देशमा बत्ति बलि रहेछ झलललल कति उज्ज्यालो देश हो
त्यो देशको नाम के हो ? ए मलाई बताई देउन यो झोदिको नाम के हो ?
यो झोडीले किन मलाई अलमल गराउंदछ ?
भित्र भित्रै कुहिरो जस्तो घुमी रहेको देख्द छु
म एक्लो छु म एक्लो छु म एक्लो छु मेरो बिन्ति सुनी तिमी को हौ ?
लौ हेर २ यत्ति बेला मेरो कास्तो अवस्था भयो?
अघिका ती बुढी आमा कहाँ गईन ?
यति बेला मलाई सहायता गर्न न आउने ती बुढी पनि कति निस्ठुरी त रहिछन
ती अघि भेटेका ठुल दाइ ले भन्थे यही बस तिमी बस्त्र फेर तिमी भर्जन गर आराम ले बस भन्दथे
म कति पनि मानिन र आउंदा आउँदै यो पारीको देशले मेरो आत्मामा कति को ठेस लगायो
सुनी दिने कोही छौ त ? २ लौ अब मलाई भनि देउ
यस जंगल झाडीमा कोही आत्मा खुलेका छौ भने सरासरी (मलाई यो बाटो खुलाई देउ त )२
ए मलाई यहाँ बाटो खुलाई देउ म सरासरि जान्द छु
म जान्छु मलाई किन बाटो अन्धकारमा यो झोड़ी मा बाटो हराई दियौ /
म एक्लो बालक र भने अघिको राक्षस ठूला जन्तुले पनि मलाई के भन्ला
उसले मलाई खान सकेन २ नाघी आउन्दा यो झोर जंगल बाटो देख्न सकिन
यो पारि देश कुन हो ? बत्ति झल्झल बलि रहेको
त्यो देश को नाउ मलाई बताई देउ त २ कोही जान्दछौ भने ल त
मेरा बिन्ति सुनी कन मलाई बाटो खुलाई देउ त
अवश्य म त्यो देशमा पुग्ने छु
त्यो देशमा पुगेर म (केही)४ संदिश हरु त्यहाँ छर्न सक्ने छु
यत्ति भन्न सके भने त्यहाँ पुग्दा त मेरो ज्ञान बढ्ने छ
खोई को बोल्न सक्छौ र ?2
च्यार्र चुर्र गर्ने चराहरु पनि तिम्रा आवाज के थुनी सकेका हुँ र ?
कसैले पनि केही बचन बोल्न नसकने घोर जंगलमा के को आहारा खोज्द छौ र /
लौ खोज्छौ भने मलाई नै खोज म पनि अन्धकारमा परि रहेको छु
आजै को यो मेरो वियोग साम मलाई साँझ भै सक्यो (के म यहाँ बस्नु पर्छ र)२?
मैले यस्तरी, मलाई भन्न आयो त्यो यहाँ / मैले यो भने, मेरो कोलाहल कसैले सुनें जस्तो अनुभव भो / र मैले भने, मेरो कोलाहल कसैले सुनेन जस्तो अनुभव भो / र मैले यो झोड़ीमा बाटो पहिलाउन नसकेर चित्कार गर्न थालें, रुन थाले म पनि /
आँसु बग्यो मेरो आँखा को भलभलीमा मूल फुटे छ
कसले गर्छ मायाँ? कसले गर्छ दया? कसको आत्मा खुल्लै छ?
पुकारा को बाटो सुनाऊ मैले कहाँ जानु पर्छ र ?
आपत्ति भो मलाई कसलाई मैले सहताता माग्नु पर्छ र ?
यसरी मलाई आपत्ति भो, अब अघिका प्राण पनि छैनन, त्यो भाई आए पनि गफ गर्नु त हुन्थ्यो / त्यो भाइ पनि छैनन / हे प्राण तिमी प्राण भन्थ्यौ तिम्रा नाम कहाँ गयौ? र कोही पनि छैनन् मलाई दया गर्ने यो अवस्था मा / तर मैले भने, "यो पारि को उज्ज्यालो देश मा पुग्न त पुग्छु तर रात परी सक्यो / मैले बास बस्नु पर्ने यही झोड़ी मा आयो/ र मैले अब राति म यही बस्द छु अब / किन मैले बाटो देखिन / मलाई आपत्ति ले घेर्यो / बाटो कहीं पनि छैन बन्द भो कही झोड़ी जंगली जंगल ले घेरिएर म एक्लै मा म एउटा भुमरी परेको ठाउँ मा म पारि रहेको छु / यस अवस्थामा मलाई बाबु आमा को याद आयो / अब पहिला छोडेर हिन्डूनजेल याद आएको थिएन / जहाँ आपत्ति हुन्छ, त्यहाँ याद आउँदो रहेछ / मलाई बाबु आमा सम्झेर एकछिन रुनु मन लाग्यो / र मैले रुयें /
बाबा ममी कहाँ मैले नाम मैले सोधिन 2
बाबा आमा के हो नाम मैले सोधिन
समाचार पठाउन लाई अन्यौल परियो मलाई अन्यौल मच्चियो
मेरा गुनको नाम के हो (मैले सुनिन ) २
मेरो नाम निसाना (मैले छोदिना ) २
दर्द भयो मलाई ३ सम्झी सम्झी बाबु आमा (कहाँ होलान नि)२ ?
यति बेला यसरी बाबु आमाको याद आयो र म रोएँ / मेरो बाबा ममीले पनि यति बेला सम्झंदै होलान / मेरो बालक कहाँ गयो भनेर वियोगमा परेका होलान / तर म यहाँ छु भनेर जान सक्ने स्थिति मा पनि छैन / र बाबु आमाले मलाई खोजेर भेट्ने स्थिति पनि भएको छैन / र म यसरी यहाँ एक छिन रोएँ / मैले घर छोडेर हिंडें देखिको रोएको थिएन / जुन जन्ती जाँदा रोएको थिएँ, त्यहाँ बाट रुख को फेद मा बस्दा रोएर त्यहाँ बाट थाकी सके पछी म रोएको थिईन / आज म यो झोड़ी मा रुनु परेको छ / अब रात पर्यो म यो झोड़ी मा बस्ने अठोट गरें / एउटा लहरा रहेछ त्यो लहरा को फेद मा म बस्न पुगें / त्यो लहराको पातहरु भने ठूल ठूलो रहेछन र त्यसको फेद मा एउटा डुबुल्की जस्तो देखें / र त्यो माटो को डुबुल्की मा म बसें अब / म यहाँ बाट लाग्न सक्दिन / सबै तिर पर्दा भो, मैले बाटो देखिन / त्यस कारण ले गर्दा खेरि म बाटो अगाडी लाग्ने सक्दिन , म यही बस्द छु / मलाई रात पर्यो म बस्द छु र म बसें , डुबुल्की मा बसी रहें/ त्यस बखत मा मलाई केही भोग लागेको अनुभव भयो अब/ अब मलाई भोग लाग्यो अब म के खानु / मैले हेरें, केही पनि देखिन / खानु पर्ने के हो? मैले चिन्दा पनि चिनिन / म ती लहरा लाई समातेर त्यसको पात लाइ हेरेर टोलाई रहें / यस बखत मा मलाई निद्रा लागेछ / त्यो पात हेर्दा हेर्दै म निदाई सकेको रहेछु / म निदाएको थाहा पाईन / म त्यहाँ आनन्द ले निदाई सकेको थकाईले होला, निदाएछु र म निद्दाई सकें / त्यस पछी मलाई फेरी याद आएछ, र म ब्युन्झें छु / संसार यस्तै हो एक छिन मा निदाउनु पर्ने, छिन मा ब्युन्झिनु पर्ने र मैले भने ल ठिक छ बाबा ! म उठें र मैले भने
लहरा तिमीले मलाई बास दियौ
तिमी डुबुल्की बाणी खुबै मलाई साथ दियौ
अब तिमी दुइ लाई के भन्नु छ र अरु
यस्तै गरि बिपत मा पर्ने हरुलाई साथ दिने शक्ति तिमीहरु बाटो छुट्टै दिनु मलाई बाटो लाग्दछु बटुवारे
मेरा कोही छैनन् यो संसार मा
आत्मा सिवाय कोही देख्दिन यहाँ
हे माटो डुबुल्की तिमीलाई सुबसना भरि रहोस
ए लहरा का पातहरु मलाई निद्रा दिने तिमीलाई सधैं सधैं सुबासना छरोस
यही मेरो कामना दिंदै छोड्न लागें म यो बास लाई
छोडी दिन्छु म अब तिमी दुईलाई कुनै अभाग मलाई नलागोस भनेर मैले त्यो डुबुल्की र पात लाई आसिश बचन दिएँ / म जाबो ५ बर्ष को ले यस्तो आशिस बचन दिने? मलाई कसैले दिएका होलान / र त्यति भनि सके पछी मैले चट्ट बाटो देखें त्यहाँ / चट्टा बाटो खुलेको रहेछ / त बाटो हिंडें म / ठिक्क म अटाउने मात्र बाटो छ फेरी / ठूलो पनि छैन , सानो पनि छैन त्यहाँ/ बराबरी मेरो बराबरी को बाटो / चट्ट बाटो मा म मात्रै अट्टाउँछु / ठक ठक म हिंडेर गएँ, मलाई जोस बढ्यो त्यहाँ बाट, म हिंडें / र बीच बाटो मा एउटा सुन्दरी फेरी आईन /
सुन्दरी: "एहे बाबु कहाँ हिंडेको ?' ती सुन्दरी को बाटो छुट्टै रहेछ / मेरो बाटो छुट्टै छ / म म अट्ने मात्रै बाटो छ त्यो झोड़ी मा / सुन्दरी सुन्दरी अट्ने बाटो मात्र लिएर aaundo रहेछ / म हिंडेको हुँ /
देवचन्द्र:   "सुन्दरी ! जंगल मा एक्लै किन यस्तो सुन्दरी मान्छे?"
सुन्दरी: "ए बाबु सुन्दरी तिमीले देख्यौ ? तिम्रा आँखाहरु त निक्कै ज्ञानका आँखा हरु रहेछन नि / मलाई त सितिमिति कसैले देख्दैनन यहाँ / सुन्दरी कसैले भन्दैनन् / तिमीले कसरी सुन्दरी भन्यौ /"
देवचन्द्र:   "मैले सुन्दरी देखें, केही गल्ति त भएन होला होइन कि गल्ति भयो भने माफ गर्नु होला / सुन्दरी देखेर नै सुन्दरी भनेको हुँ मैले / "
सुन्दरी: "सहि भन्यौ / तिमीलाई गल्ति छैन / तिमी अब रात भरि यो बाटो हिंडेर आयौ /"
देवचन्द्र:   "होइन् म यो पर तिर एउटा झोडिमा परें / धेरै कथा व्यथा हरु भए मेरो / म धेरै रोएँ त्यहाँ / म आपत्ति मा परें / यस्ता मलाई शैली हरु आए / ती शैली हरु मैले भने सुनी दिने पनि कोही भएनन् / एउटा डुबुल्की रहेछ / डुबुल्की म बसें रात भरि, एउटा पात रहेछ, एउटा लहरा को पात त्यो पात हेरेर मलाई निद्रा भयो / म त्यहाँ साँझ बिताएँ /


आसनको अन्त्यमा क्यासेट अपुग भएर पूर्ण रुपमा रेकर्ड गर्न नसकिएकोमा क्षमा याचना / 

देवचन्द्र: मैले भने, "अनि तपाईं कहाँ बस्नु हुन्छ?"

बुढी मान्छे: "नानी मेरो बस्ने ठाउं तिमीलाई देखाउं भने कहाँ देखाउनु? म त यसै गरि बस्छु / यही जंगलमा बस्ने हुँ / तिमी पनि बस न त यहाँ एकछिन /"

चरा: चराले भन्यो, चरा सानै छ, "हुँ त म पुग्छु बालक / तिम्रा आमा बाबा कुन देश मा छन् त अब?"
देवचन्द्र: मैले देश को नाम दिन, दिउँ कि नदिउँ? "होइन्, तिमी एक चोटी जाउ न / मेरो बाबु आमालाई समाचार त देउ / तिमीहरुका बालक मरेका छैनन्, संसार मै छन्, तर खोजि मा हिंडेका रहेछुनी भेट्न हिंडेका हुँ रे भनि दिनु / उनि भेटि सके पछी मात्रै बाबु आमा लाइ
संदेश पठाउछन् रे भनि दिनु / बाबु आमालाई सन्चै बस्नु भनि दिनु / वियोग मा नपर्नु भनि दिनु / मेरो समाचार तिनै पुराई देउन चरा / "
चरा: चराले भन्यो, "ल म पुराउँछु , तर बाबु आमा को नाम के हो?"
देवचन्द्र: "हे चरा! म बाबु आमाको नाम कसरी भनु अब? बाबु आमाको नाम त सोधेकै छुइन / सानै त थिएँ / बाबको नाम के हो? आमाको नाम के हो? मैले सोधेकै छैन / अब मैले बाबु आमालाई नाम सोधेर हिंडनु पर्ने थियो रहेछ / यो मलाई ज्ञान आएन नि ! म जन्ती संग पच्छाएर हिंडेको, म हिंडेको हिंडेकै छु/ त्यसै कारण ले गर्दा बाबु आमाको नाम त मैले सोधेकै छैन / हे चरा मलाई अप्ठ्यारो नसोध है / म भन्ने सक्दिन / सोधेकै छैन, जाने कै छैन , के नाम बताउँ ? भन कि त्यो गाउँमा गएर,
चरा: "कुन गाउँ मा जाउँ?"
देवचन्द्र: यसै भन त्यो गाउँमा गएर, "गाउँको नाम पनि थाहा छैन / जन्ती जाँदा एउटा बालक हराएको थियो / त्यो बालकको गाउँ कुन हो भनि देउन / " भने पछी
चरा: "त्यसै भन्दा हुन्छ?" चराले भन्यो
देवचन्द्र: "हुन्छ, आज चार दिन भो घर छोडेको तीन दिन भयो / आज चार दिन हुँदै छ / त्यसैले ल जन्ती जाँदा फर्केर नआउने बालकको गाउँ कुन हो? भन / "तिनको आमा बाबु को हुन" भन / गाउँमा सबैले बताई हाल्छन नि जन्ती जाँदा एउटा बालक हराएको भन्ने कुरो सबै लाई थाहा छ / तर म यस्तो कि मलाई थाहा भै भै पनि मलाई भन्न मन नलागेको कुरो हो त्यो /
चरा: र चरा "ल हुन्छ, म त्यही संदेश लिएर जान्छु बाबु / तर म फर्केर आउँदा तिमी यहाँ हुन्छौ के? तिमीलाई के खबर ल्याई दिउँ ?"
देवचन्द्र: "म यहाँ त हुन्न / म यहाँबाट अब बाटो लाग्नु पर्छ / म रात बिताई सकें / तिमी आएछौ / म कुनै ठाउँमा फेरी त्यही रात पर्छ त्यही हुन्छु / दिउँसो मलाई कतै थकाई लाग्न सक्छ, म त्यहाँ हुन्छु / तर म कहाँ हुन्छु मैले देखेको भए यहाँ हुन्थें भन्थें/ अगाडीका बाटाहरु हुन म भन्न सक्दिन / तै पनि तिमीले यही चौतारो मा आएर त्यही गुण गान गर्नु है / म सुन्न सक्छु कि ?" मैले त्यही भने, चरा त्यसरी बिदा भयो /
चरा: "म जान्छु है " भनेर अब गयो मेरो गाउँमा संदेश पुराउन /
देवचन्द्र: म बाटो लागें अब / म हिंडें, मैले हिंडदा के भने ? जाँदै छु म अघि जाँदै छु अघि

छोडी जाने कोही छैन, लागि जाने कोही छैन
साथ दिने मेरो कोही छैन यहाँ साथ दिने कोही छैन
बाटो लाग्ने बटुवारे कोही हिंडदैनन् यहाँ कोही हिंडदैनन्
रात भरि बटुवारे हिंडदै गर्दै छन्
उज्ज्यालो मा बटुवारे कोही हिंडदैनन् किन कोही हिंडदैनन् /
यस जंगलमा रात भरि बटुवारेहरु हिंड्दा रहेछन / जब उज्ज्यालो भयो बटुवारे हरु कोही हिंडदैनन् / त्यस कारणले म उज्ज्यालो भएर हिंड्ने बटुवारे म मात्रै परें त्यो बाटोमा / म हिंडी रहेको छु , हिंडी रहेको छु / म बाटो मा कहिले लडदछु, कहिले म अल्झिन्छु , र म हिंडी रहेको छु यो जंगलको बाटोमा / हिंडी रहें , म हिंडी रहें , फेरी जंगलको बीच बाटोमा एउटा म भन्दा सानो नानी आईन /
सानो नानी: नानीले भनिन, "हे दाई तपाई त कता जान लाग्नु भो? घोर जंगल छ बाटो अति डर लाग्दो छ / तपाई किन एक्लै हिंडी रहनु भयो? मलाई पनि साथ दिई कन लग्दै जानु हवस् बिन्ति गर्दछु / " यसरी ती नानीले भन्दा मैले भने
देवचन्द्र: "हे नानी तिमी को हौ? कहाँ बाट आयौ? मेरो पनि निश्चित छैन , कहाँ जान्छु मेरो भरोसा नलेउ कत्ति तिमीले /" यसरी मैले भन्दा त्यो नानीले भनिन



सानो नानी: "होइन, दाई तपाइंले जानु पर्ने बाटो देखि सकें मैले /"
सानो नानी: "किन झुट्टो कुरा गर्ने हो दाई तिमी नाम बताउ पहिले /"

देवचन्द्र: "हे नानी तिमीलाई मेरो नाम बताउँदा के हुन्छ तिमीलाई / के भरोशा भन नानी तिमी , पहिले मेरो नाम बताउनलाई किन? तिम्रा नाम पनि भन त अब के हो नानी तिम्रो नाउँ ? मलाई मायाँ जालमा फस्नु छैन, तिमी पछी लाग्न नआऊ /" मैले यसै भने /

सानो नानी: "नानीले भनिन, "मायाँ जालमा फस्ने होइन, मायाँ मेरो मोह होइन / हे दाई तिमी किन यसरी कुरा गर्नु हुन्छ? म पनि बताई लाग्ने तिमी जस्तै हुँ नि /"

देवचन्द्र: फेरी भने "तिमी के को बाटो लाग्यौ हे नानी? मलाई दाई भनि तिमी साइनो लाउन्दी छौ / तिमी मेरा बहिनि हौ भने सत्य कुरा खोल्दछौ कि? लौ भन नानी तिमीले /" नानीले बोल्न लागिन



सानो नानी: "दाई तिमी कति ठूल ठूला कुरा गर्नु हुन्छ? म पनि बाटो लाग्न खोजेको हुँ / तर बाटो लाग्दा कहाँ सम्म पुग्ने हो त्यो मलाई निश्चित नभएर सोधेको हो /"
देवचन्द्र: अनि मैले भने, "हो, म पनि बाटो लागेको हो / तर कहाँ पुगिने हो थाहा छैन नि / कसरी बताउनु ?" म पनि च्याटठिएकै कुरा गर्दछु / र त्यो नानीले भनिन ,



सानो नानी: "म पनि तपाईंको पछी पछी लागु कि?"
देवचन्द्र: मैले भने, "हुन्न! म एक्लै हिंड्ने हो / मेरो पछी लाग्नु हुँदैन / तिमी कुन बाटो लाग्न लागेको हो ? त्यही बाटो जाउ / म आफ्नै बाटो जाँदछु / तिमी आफ्नै बाटो लाग / हाम्रो बाटो मिल्दैन / तिमी कहाँ के को खोजिमा हिंडेका हौ ? बाटो मिल्दैन नानी जाउ / भेट भयो खुसीको कुरा / तिमी पनि बोल्नको लागि यहाँ सहारा मिल्यो/ तिमी आफ्नो बाटो जाउ, म आफ्नो बाटो जान्छु / आफ्नो बाटो लाग्न देउ / हामी यहाँ अलमल नगरौं / त्यसो हुँदा नानी लागिन /



सानो नानी: नानीले भनिन , भैगो दाई ! बाटो नमिल्ने रहेछ, फेरी कतै त भेट हुन्छ होला / त्यस बखत त्यही कुरा गरौ है", भनेर नानी पनि दाहिने तिर को बाटो लागिन / छ्मक छ्मक परेकी, निक्कै राम्री छिन, निक्कै सानो भए पनि फुर्तिली छिन, र गईन / म एउटा केटा मान्छे भएर मैले पनि मन मोहक जगाउनु पर्ने , मलाई त्यो आउँदैन /
देवचन्द्र: "नानी तिमी जाउ, ल जाउ / ती नानी गईन, छ्मक छ्मक पारेर, छमछम आफ्नो खुट्टामा बाँधेका घुंघुराहरु छमछमछम मज्जाले ताल मिलाएर बजाएर हिंडीन / म मज्जाले हेरी रहें, हेरी रहें, ती नानी गईन , गईन ,म हेरी रहें/ मैले बोल्न केही सकिन / के हो? यो मलाई छल हो कि? पक्कै हो कि? मैले यसो सोचें, नानी गईन / त्यस हुनाले मैले पनि बाटो लाग्नु पर्छ / म बाटो लागें / म बाटो लाग्दा अगाडी एउटा मलाई फेरी म जत्रो केटो आयो / जुन पहिला मलाई कुटियामा लागेर लिन एको थियो, त्यही मैले भेट्टाएँ /
प्राणनाथ: त्यसले भन्यो, "ए दी ! तपाई त फेरी यहाँ?"
देवचन्द्र: मैले भने, "ए भाई ! तिमी पनि यहाँ ? तिमीलाई मैले कहिले भेटेको?
प्राणनाथ: "दाई! तपाईलाई मैले बाटोमा भेटेर कुटियामा लगेको होइन र? कुटिया मै बुढी आमासंग भेट भएको होइन र ?"
देवचन्द्र: "अँ, याद आयो / तिमी यहाँ के गर्न आएको?"
प्राणनाथ: "दाई, तपाईं किन आउनु भो त यहाँ?"
देवचन्द्र: "म त खोजीमा हिंडेको नि?"
प्राणनाथ: "दाई, के खोज्नु भो?"
देवचन्द्र: "अब मैले के खोजें भन्नु? तिमीलाई म देखाउन सक्दिन / तिमी जाउ, तिमी अलमल गर्दा रहेछौ / "
प्राणनाथ: "दाई, म तपाईलाई लिन आएको /" पो भनेछ फेरी /
देवचन्द्र: "तिमी अस्ति नि मलाई लिन आएको भनेर लगेउ, त्यहाँ बस्नु भनेर मलाई कत्रो जमघन्ट गर्यो / म बस्न सकिन / त्यही भन्नलाई त हो नि /"
प्राणनाथ: "होइन, दाई! जाउँ न जाउँ / तपाईलाई त म यहाँ लिन आएको हो / मलाई पठाएको क्या लिन पठाएको हो / जाउँ दाई जाउँ / आज त तपाई चार दिनको दाई भई सक्नु भयो अब/ तपाई दाई नै हो /"
देवचन्द्र: "हे बाबा ! तिमी बाटोमा यस्तो हल्ला गर्न आउने?" मैले भन्दा
प्राणनाथ: "होइन दाई, हल्ला गरेको होइन/ तपाईलाई लिन पठाएको हो /"
देवचन्द्र: "कसले" भन्दा
प्राणनाथ: "होइन, जाउँ न / गए पछी थाहा हुन्छ/" कुरा खोल्दैन उसले पनि /
देवचन्द्र: अनि मैले भने, "ल हिंड त! ल कहाँ जानु पर्ने?" उसको पछी पछी गएँ / उ अगाडी अगाडी हिंड्यो, म पछी पछी गएँ / पुग्दा पुग्दा फेरी एउटा त्यो जंगलमा त अति सुन्दर मन मोहक एउटा महल रहेछ त्यहाँ / र एउटा सुन्दर ठिटो आरामले हिन्डोलामा हिल्ली रहेको पो रहेछ/ "ठिटो मान्छे पनि हिन्डोलामा ? म पाँच बर्षको त हिन्डोलामा छैन? यस्तो ठिटो भएर पनि हिन्डोलामा झुली रहने? क्या धिक्कार को ठाउँ रहेछ यो त / मलाई किन ल्याईस?" भने मैले / "तिम्रो नाम के हो? " भनेर मैले सोधें /
प्राणनाथ: "पहिला तपाईको नाम भन्नु न दाई / मैले चार दिनको दाई भने, अब चार दिनको दाई / दाई मात्र साईनो भो, नाम त सोध्नै पो भुलिएछ / मलाई तँ नभन्नु न / - पहिला दाईको नाम सुनाउनु न / पहिला दाई बाट सुन्नु पर्छ /"
देवचन्द्र: "तेरो नाउँ भन न ? भाई भईस, तेरो नाउँ भन/"
प्राणनाथ: "होइन, दाईको नाउँ नसुनी के को भाईको नाउँ भन्नु? पहिला भन्नु दाईको नाम सुनौन /
देवचन्द्र: त्यो पनि कामको रहेन छ / त्यो हिन्डोलामा हिल्ली रहने ठिटो चाहिं मुसुमुसु हांस्दो रहेछ फेरी / मलाई त यत्रो बुढो भएर , उ चाहिं ठिटो भएर हिन्डोलामा बस्ने, हाँस्ने, यो त मजाक पो गर्दो रहेछ / भने म पनि, "ए दाई ! लाज लाग्दैन? हामी सानो त यसरी जंगलको बाटो एक्लै एक्लै हिंडछौं / यत्रो ठूलो मान्छे यत्रो महल मा बसेर भएर मस्तिले बसेर हिल्ली रहने, हाँस्ने? छ्या! मलाई त यस्तो राम्रो लागेन ", मैले त्यो भनि दिएँ / झन हाँस्यो तो ठिटो त / रिसाउँछ कि भनेको , झन पो हाँस्छ / त्यसले नाम सोधेको सोधेकै गर्यो /
"तेरो नाम भन?"
प्राणनाथ: "दाईको नाम भन?" त्यस्तै भयो हामी दुई जनाको / अनि त्यो भाई भनाउँदो पनि कमको भएन /
देवचन्द्र: मैले भने, "हे बाबु! मेरो नाम तैंले ढिपी गरिस / मैले नाम त सुनेको हुँ / तेरो नाम यो भन्थे/ हो कि होइन त्यो पनि थाहा भएन है / मलाई देव भन्छन क्या देव / अनि देव देव भन्नु हुन्थ्यो मेरो बुबा आमाले / देव देव भन्नु हुन्थ्यो / त्यसको पछाडी चन्द्र राखी दिनु पर्छ भन्थे / के पछाडी राख्ने हो त्यो चाहिं मलाई थाहा छैन क्या / म देव हो / मलाई देव देव भन्नु हुन्थ्यो बाबु आमाले माया गरेर / देव भन्थे /" मैले त्यही भने /
"अब लौ भन भाईको नाम सुनौ न ?"
प्राणनाथ: "म चाहिं आफ्नो प्राणको प्यारो भएको हुनाले मलाई प्राण प्राण भन्छन / ए दाई , म प्राण हो / मलाई यसको पछाडी पट्टि चाहिं नाथ राखी दिनु पर्छ भन्थे, तपाई जस्तै हो क्या /" भनेछ उसले /
देवचन्द्र: "त्यसो भए तँ प्राणनाथ परिस, नाम?"
प्राणनाथ: "त्यसो भए दाईको पनि देवचन्द्र पर्यो?" भन्यो उसले /
देवचन्द्र: "अब चन्द्र त पछाडी राख्ने भन्या छन्, मलाई देव देव भन्छन /
प्राणनाथ: "हो, म पनि प्राण हो प्राण, प्राण भन्छन सबैले /" अब उस्तै उस्तै फेला परिएछ / जबर जबर भो / अब त्यो ठिटो हांसी रहेको छ फेरी /
देवचन्द्र: मैले भने, त्यो ठिटोको हिन्डोलामा मैले तल तिर बाट उफ्रेर मेरो टाउको ले डुंग कि डुंग ठोकी दिएँ ल / म त्यो तल बाट उफ्रेको डुंग डुंग उफ्रेको छु, त्यसलाई डुंग डुंग डुंग ठोकी दिएँ म पनि / ल त यसलाई दिक्क लागोस / यसलाई लाज लागोस भनेर उफ्रिंदा, उफ्रिंदा, ठोक्दा, ठोक्दा गर्छु, दुख्यो पनि भन्दैन / ऐया पनि भन्दैन / गालि पनि गर्दैन / म फेरी निस्केर हेरें/ "ओः दाई! हामी पनि खेलौं हिन्डोला, सानो छ / तल झर्नुस / अब यहाँ मलाई पनि उफ्रेर ठोकी दिनु/" मैले त्यही भने / अनि त्यो दाई ले भन्यो
सुन्दर ठिटो: "पक्का हो? पक्का यहाँ खेल्छौ तिमी हिन्डोलामा? तिमी खेल्छौ?"
देवचन्द्र: "पक्का हो म पनि खेल्छु / यत्रो ठूलो मान्छेले त खेल्नु हुँदा हामी सानो मान्छेले पनि खेल्नु पर्छ नि /" मैले त्यो भन्दा
सुन्दर ठिटो: "ल ल खेल /" त्यो ठिटो उठेर मलाई त्यहाँ उचालेर राखी दियो /
देवचन्द्र: म बसें / "मलाई पनि उँभो उफ्रेर ठोकी दिनु हैदाई ले / मज्जा आउँदो रहेछ कि क्या हो / तपाई चुपपै लागेर बस्नु भो/" मैले त्यो भन्दा
सुन्दर ठिटो: "ल हुन्छ, ---
देवचन्द्र: ठोकी रहेको छ, ठोकी रहेको छ उफ्रेर / म चाहिं हिन्डोलामा बसी रहेको छु / मलाई ऐया पनि भएन / दुख्दा पनि दुखेन, बसी रहेको छु /" पछी निस्केर भन्यो , त्यो दाई ले मलाई जस्तै जिस्कायो /
सुन्दर ठिटो: "ए भाई! झर्ने बेला भएन ?"
देवचन्द्र: "ल म झर्छु अब /"
सुन्दर ठिटो: "आनन्द आयो?"
देवचन्द्र: "आनन्दको मलाई केही थाहा भएन / मलाई यहाँ ज्ञान आयो /" भने मैले /
सुन्दर ठिटो: "ल के ज्ञान आयो तिमीलाई?"
देवचन्द्र: "खै म के सुनाउँ? ज्ञान आयो यहाँ नेर बस्दा/ "खै म के सुनाउँ? ज्ञान आयो यहाँ नेर बस्दा / मलाई ज्ञान आएको छ/ भयो, म बस्दिन यो हिन्डोलामा / मलाई उचाली दिनु पर्छ/" त्यो दाईले उचालेर मलाई ट्याक्क भुइंमा बसाल्यो /
सुन्दर ठिटो: दाईले भन्नु भयो, "ल भन, तिमीलाई ज्ञान के को आयो? भनन मलाई पनि / मलाई त त्यत्रो हिन्डोलामा बस्छु ज्ञान केही आएन / तिमीलाई त ज्ञान आएछ / भनन भन /"
देवचन्द्र: "होइन, यहाँ नेर के हो यो? म यो ज्ञान, भन्दिन, तर भन्दिन / म अहिले भन्दिन / यस्ता मलाई मन चोर्ने, कुरा गर्ने, कति आए? कति आए / म भन्दिन अब /"
सुन्दर ठिटो: "भनन भन्/"
देवचन्द्र: "होइन, कस्ता कस्ता बूढा मान्छे, बुढी मान्छेले त केही भन्दैनन्, तिमी जस्तो ठिटो मान्छेलाई के भन्नु? तिमीले त झन् अहिले च्यार्यापपै निचोरेर मार्न सक्छौ नि ? म भन्दिन /"
सुन्दर ठिटो: "भन्दैनौ त?"
देवचन्द्र: "भन्दिन म त / "
सुन्दर ठिटो: "भनन , भन /"
देवचन्द्र: "भन्दिन म त /" मैले यसरी भन्दिन भने पछी ठिटोले भन्यो
सुन्दर ठिटो: "भैगो त तिमी भन्दैनौ भने अब मैले जबर्जस्ति गर्नु छैन / तिमी कहाँ जाने त?"
देवचन्द्र: "म त यहाँ नेर पुग्ने भनेर निशाना चाहिं लगाएको छुइन / खोजि गर्न हिंडेको, के खोजि गर्छु? त्यो पनि म यहाँ भन्न त सक्दिन /" मैले यो भने /
सुन्दर ठिटो: "तिमी धेरै कुरा लुकाउंदा रहेछौ भाई ! भन एउटा कुरो, तिमीलाई मैले के तिमीले खोजेको कुरो भेट्टाई दिन सक्छु कि त?" भनेर आँट देखाए ती हिन्डोलामा बस्ने त्यस्ता ठिटोले /
देवचन्द्र: मैले भने, "तिमी ठिटो मान्छेलाई धर्म गर्नु मन लाग्दैन / हो, अर्काका छोरी चेली हेर्नु, राम्रा देखे मैले ल्याउनु भन्ने होला तिम्रो मनमा / म छोरी चेली पनि परिन / म धर्म को कुरा गर्छु, तिमीलाई मन पर्दैन/ त्यो हुनाले कुरो मिल्दैन क्या दाई / जे होस् ज्ञान प्राप्त भयो के यहाँ मलाई / कुरा मिल्दैन, मलाई नसोध्नु, म जान्छु/"
सुन्दर ठिटो: "तिमी कुन बाटो जान्छौ?"
देवचन्द्र: "म त अगाडी, अगाडी बढ्छु / बाटो जुन भेट्यो त्यही बाटो जान्छु/ कहिल्यै पहिला हिंडेको भए पो यो बाटो भन्नु / म भर्खर त हिंडदै छु, बाटो पहिलाएर भन्न सक्दिन नि /" त्यो प्राण भन्ने केटो कता गयो मैले देख्दिन / अनि त्यो ठिटो संग मैले बिदा मागें / "म जान्छु है, म कुनै दिन फर्केर आएँ भने तपाईंलाई बुढो भएको, म ठिटो भएको, तपाईलाई बुढो भएको भेट हुन्छ नि यहाँ " मैले भन्दा
सुन्दर ठिटो: "हुन्छ", अनि त्यो दाई ले भने, "बाबु! तिमी केही भर्जन लिएर जाउ न अब / तिमी बाबु आमा छोडेर हिंडेका रहेछौ, मलाई थाहा भयो / तिमीले भनेनौ / तर तिमी केही भर्जन गर / तिम्रा बस्त्रहरु, तिम्रो त्यो लगाएको कपडाहरु तिमी छोडी देउ / अब यहाँ नयाँ बस्त्र पहिरिएर जाउँ न / तिम्रो लागि जान तैयारी छ /
देवचन्द्र: "मलाई कसले तैयारी गरि दिन्छ? यस्ता फटाहा कुरा न सुनाउनुहोस दाई तपाई / तपाई ठिटो भएर जे पनि भन्न सक्नु हुन्छ / तपाईं को कुरा मैले सम्झिंदा मलाई अप्ठ्यारो पर्छ के / मलाई यही लुगा ठिक छ/"
सुन्दर ठिटो: "होइन भाइ होइन / तिमी भनेको त मान / भर्जन त तिमी गरेर जाउ / भोग लाग्छ, बीच बाटो मा केही पाइन्दैन /
देवचन्द्र: "के भर्जन गर्नु मैले ? म जस्तो यस्तो बालकलाई के दया गर्नु हुन्छ तपाई ? किन खान दिने भन्नु हुन्छ? मलाई भोकै लागेको छैन / म जंगलमा जे जे भेट्छु खानु हुने चिज, फलहरु भेट्दा म खाई हाल्छु नि / अघि त्यहाँ जोर धारा को पनि खाएको मलाई एकदम तृप्त छ के , म भोको छुइन /"
सुन्दर ठिटो: "ए तिमी जल धारा पिएर आयौ? त्यो जलधारा कस्तो थियो बाबु?" फेरी सोध्यौ /
देवचन्द्र: "खै कस्तो थियो भनु? त्यो जलधारा त्यही रही हाल्यो / मैले बोकेर आईन / हेर्न त फेरी फर्केर जानु पर्छ दाई /" मैले भने /
सुन्दर ठिटो: "कति टाढा छ बाबु?"
देवचन्द्र: धेरै टाढा छ, म धेरै छोडेर आई सकें / एउटा सुन्दरीले मलाई पछी पछी नानीले जाम भन्थिन/ अनि म जान्न भने / दाहिने बाटो लागिन / फेरी मलाई यो प्राणले लिन आयो / यो प्राणले मलाई यहाँ ल्याई पुर्याएको / "
सुन्दर ठिटो: "बाबु त्यो प्राण को थियो?"
देवचन्द्र: "को थियो ? को थियो? त्यो प्राण /"
सुन्दर ठिटो: "तिम्रो नाम के हो बाबु?"
देवचन्द्र: "म देव /"
सुन्दर ठिटो: "ए! तिमीहरु त्यस्ता पो भेट भयौ?" भनेर भने ती दाईले /
देवचन्द्र: "तपाई त यी कुरा चाख मानेर सुन्नु भो नि दाई किन ?" मैले सोधें /
सुन्दर ठिटो: "होइन, त्यस्तो नामको पो भेट भएछ भनेर मैले सोधेको /"
देवचन्द्र: "होइन, कुरा लुकाउनु हुँदैन दाई / कुरा लुकाउनु भयो, ल भन्नुस?" भनेर भने मैले /
सुन्दर ठिटो: "होइन भाई, तिमी साना छौ / यो कुरा मैले बुझें / तिमीहरु दुइ जना भेट भएछौ / राम्रो भयो / त्यो प्राण कता गयो ?"
देवचन्द्र: "कता गयो? मलाई यहाँ ल्याई पुर्याएर कता गयो? म त यहाँ उफ्रिन थालें / यो हिन्डोला मा तपाई लाई ठोक्न भनेर , उ त कता गयो, कता? मैले देखिन /
सुन्दर ठिटो: "ए! ल बाबु तिमीले केही भर्जन लिंदैनौ त?
देवचन्द्र: "म अहँ ! म जलधाराले अगही रहेको छु / म लिन्न /"
सुन्दर ठिटो: "तिमी बस्त्रहरु पनि फेर्दैनौ त ?"
देवचन्द्र: "फेर्दीन, मेरो सफ्फै त छ / जल धारामा डुबेको म, ढुंगा बोकेर उभिएको, ढुंगै संग उचालेर फेरी त्यही मै बसेको ढुंगामा ल्याई पुर्याए / सफ्फा छ, मेरो लुगा त सफ्फा भएको रहेछ/"
सुन्दर ठिटो: "हे बाबु! तिमी मान्दैन रहेछौ, तिमी जब्बरे रहेछौ / जंगलमा दुख हुन्छ किन हिंड्ने? यही महलमा बस /"
देवचन्द्र: "यही महलमा बस्थें भने त म बाबु आमा किन छोडथें ? मेरो पनि महल नै थियो नि / बाबु आमाको काखमा बस्ने, माया पाउने, त्यस्तो माया त छोडेर आएँ / मलाई यो महलको आशा न देखाउनुस / तपाईं आफ्नो हिन्डोलामा बस्नुस / म त जान लागें/ म त जान लागें / तपाईं अल्मलाउनु हुँदो रहेछ /"
सुन्दर ठिटो: "होइन, बाबु होइन, ल जाने हो त?"
देवचन्द्र: "म जान्छु/"
सुन्दर ठिटो: "जाने हो त?"
देवचन्द्र: "जान्छु/"
सुन्दर ठिटो: "जाने हो त?"
देवचन्द्र: "जान्छु/" म हिंडें त्यहाँ बाट / अनि पर पुगेर फर्केर हेर्दा हिन्डोलामा त्यो ठिटो छैन/ मैले महल भित्र पस्यो होला भने / म बाटो लागें / म बाटो लाग्दा लाग्दै बीच बाटोमा फेरी पनि एउटा ठूलो रुखको फेदमा एउटी बुढी मान्छे बसी रहेकी रहिछे / ती बुढी मान्छेले भनिन
बुढी मान्छे: "ए नानी कहाँ हिंडेको ?"
देवचन्द्र: "खै आमै ! म त्यतिकै यो जंगलमा बाहड खेल्न हिंडेको, कहाँ जानु र /"
बुढी मान्छे: "तिमी घर बाट छोडेर यसरी जंगलमा खेल्न आउने हो? यहाँ त धेरै जन्तु हरु हुन्छन / जन्तुहरुले त खाई हाल्छन नि नानी तिमीलाई /
 
देवचन्द्र: "मलाई जन्तुहरुले खान्छन त ठिकै छ / अहिले सम्म खाएनन / मेरो रखुवारी छन् नि / खाने भने मलाई सर्पले टोक्थे , बिच्छीले टोक्थे, बाघले खान्थें, खाएनन / मलाई ज्ञान आयो त मेरो रखुवारहरु छन् / खांदैनन मलाई त / मलाई खांदैनन, डर लाग्दैन / तपाईं पो एक्लै बुढी मान्छे बस्नु भएको छ? तपाईंलाई पो कसले भ्याउदैनन्, झ्याम्म पार्दैनन ?

बुढी मान्छे: " नानी ! म बुढो मान्छेलाई कसले हेर्छन र हेर्दैनन् / कहिल्यै खांदैनन बाबु! खांदैनन / खाएको भए यत्रो बर्ष म बाँचथें ? पहिले नै खाइ हाल्थे नि / यत्रो उमेर मा त खाएनन , म यत्रो बुढो मा के खान्थे . मिठो हुँदैन, खांदैनन /
 
देवचन्द्र: मैले भने, "अनि तपाईं कहाँ बस्नु हुन्छ?"
 
बुढी मान्छे: "नानी मेरो बस्ने ठाउं तिमीलाई देखाउं भने कहाँ देखाउनु? म त यसै गरि बस्छु / यही जंगलमा बस्ने हुँ / तिमी पनि बस न त यहाँ एकछिन /"
 
देवचन्द्र: "म बस्दिन आमा / मलाई धेरै अल्मलाउन्छन् / अघि एक जना दाइले के के कुरा सोध्नु भयो / तपाईं पनि त्यस्तै कुरा सोध्ने होला / होइन्, म ढिलो हुन्छ, म लाग्छु /" त्यही आमैलाइ मैले त्यति भनेर बाटो लागें / लाग्दा लाग्दा त्यस बाटोमा मलाई एउटा ठूलो जन्तु आएर भन्यो,
 
ठूलो जन्तु: " तिमीलाई डर लाग्दैन ? तिमी को हौ? कहाँ हिंडेको ? "
 
देवचन्द्र: मैले भने, "म को हुँ? कहाँ हिंडेको हुँ? यो म बताउन सक्दिन / तपाईं को हुनुहुन्छ र मलाई किन सोध्नु भयो?"
 
ठूलो जन्तु: "म त यो जंगलको सबै भन्दा ठूलो जन्तु हुँ / म जसलाई भेटे पनि शिकार गर्छु / तिमी मेरो मुखमा आएछौ / अब तिमीलाई मैले शिकार गर्नु पर्दछ / के तिमी राजि छौ? "
 
देवचन्द्र: "म एकदमै राजी छु / गर्दिनुस, मैले खोजेको जे हो, त्यही भेट्टाउछु / मेरो केही पनि अभिलाषा हरु छैनन् / म पछाडी हटेर दराउन्ने पनि होइन्, अगाडी बढेर सुर्रिएर जाने पनि होइन् / मैले खोजेको जे हो, त्यही भेट्टाउँछु /त्यसैमा खुसि छु, तपाइंले भर्जन गर्न सक्नु हुन्छ /" मैले भन्दा
 
ठूलो जन्तु: "तिमीलाई डर लाग्दैन र ?"
 
देवचन्द्र: "होइन्, डर लागेर नै हिंडेको म / त्यही भएर, म डर लागेर हिंडेको, म जहाँ डर हराउने ठाउं पुगिन्छ, त्यही सिमित हुन्छु / मलाई डरले त लघारेको छ त / त्यही डर लागेर त हिंडेको म त /"
 
ठूलो जन्तु: "बाबु तिमी कुरा त धेरै ज्ञान का कुरा ल्यायौ / म यस जंगल मा सबै भन्दा ठूलो जन्तु, मैले जसलाई भेट्दा पनि शिकार गर्ने मेरो यहाँ चलन चल्ती आई रहेको छ / त्यसैले तिमीलाई शिकार गर्नु पर्ने हुन्छ/ तिमीलाई म चपाउँ भने तिमी मेरो मुख मै हराउने रहेछौ, साना छौ / यत्तिकै निल्यो भने मेरो भुँडी भित्र गएर तिमी यसै गरि बोलि रहन्छौ होला नि बाबु?" त्यो जन्तुले भन्दा
 
देवचन्द्र: "अब तपाईंको पेटमा के म सिंगै बस्नु सक्ने ठाउँ छ ?"
 
ठूलो जन्तु: "हे बाबु ! म त कत्रो ठूल-ठूलो जन्तुहरु त त्यत्तिकै निल्छु भने तिई त कहाँ मेरो जिभ्रोले नै अघि नै तल खंदी सकेको हुन्छ बाबु / तिमी जिउंदै हुन्छौ, बिस्सरी बोल्छौ होला नि / ए बाबु तिमी ज्ञान का कुरा गर्दा रहेछौ /"

देवचन्द्र: "अँ म बोल्छु होला / तपाइंले टट्टी गर्दा बोलेको बोलेकै निस्कन्छु नि /" मैले त्यही भनि दिएँ /
 
ठूलो जन्तु: "हे बाबु ! यस्तो बोल्ने बालक हरु मैले भेटेको तिमीलाई मात्रै हो/ म खान सक्दिन तिमीलाई अब म / मैले टट्टी गर्दा पनि तिमी बोलेको बोलेकै निस्कने ? ल भएन यो/ त्यसो हुनाले तिमी कहाँ हिंडेको त अब?"
 
देवचन्द्र: "म त खोजि गर्न हिंडेको /"
 
ठूलो जन्तु: "के को खोजि गर्छौ?"
 
देवचन्द्र: "आत्माको खोजि गर्न हिंडेको / परमात्मा संग भेट गर्न हिंडेको म / परमात्मा हुनु हुन्छ भन्ने मलाई ज्ञान आयो / मेरो आत्मा मा ज्ञान झल्कियो अनि हिंडेको, मलाई कसै ले सुनेको होइन् / बाबुले नि सुनाएनन, आमाले नि सुनाएनन, म त हिंडेको /"
 
ठूलो जन्तु: "लौ त बाबु त्यसो भए तिमीले यस्ता ज्ञानका कुरा गर्यौ, जाऊ तिमी शिकार हुँ सक्दैनौ / शिकार गर्नु मैले लायक भएन अब / म पनि यसमा अज्ञान रहेछु / एउटा ज्ञान दियौ तिमीले / ल जाऊ , तिमी आफ्नो खोजीमा जाऊ / तिमीलाई मैले शिकार गर्न सक्दिन /" त्यो जन्तुले त्यसो भनि सके पछि हवस्
 
देवचन्द्र: "हवस् त तपाईं म भन्दा भएर पनि मलाई तपाईको बल प्रयोग गर्न सक्नु भएन / तपाईं मा पनि केही कमजोरी आएको मैले महसुस गरें / तपाईंलाई म अरु के भन्न सक्छु र ? तपाईं लाइ मैले यस्ता अज्ञानता हरु चाहिं तपाइई बाट हराउंदै जाउँ भन्ने म एउटा सल्लाह दिंदै म बाटो लागें है /" भनेर उ संग बिदा भएर बाटो लागें / र म हिंडी रहेको छु र मलाई बीच बाटो मा एउटा कुरो आयो /
जाउँ कि न जाउँ त्यो पारी देश मा, देख्दै छु पारी देश मा
जाउँ कि न जाउँ भयो मलाई (यो जंगलको झोड़ीमा )२
पारी देश मा देख्दै छु देख्दै छु झल्झली बत्ति बलेको, देख्छु बत्ति बलेको
त्यो देशमा जान मलाई (कति दिन लाग्ने हो )२?
यति बेला मलाई याद आयो मेरो आमा बाबु को /
मेरा आमा मेरा बाबु भै दिए यो समय मा
पुराई दिने थिए होलान (त्यो पारी देशमा ) २
एक्लै छु जंगल मा (कसको लिउं सहारा )2
तरी जाने जंगल मा झोर जंगलको अघोर
जंगल को बाटो भो (साहित् मेरो बिग्र्यो र ?)2
यसरी मेरो अगाडी घोर जंगलको बाटो देख्दा पारी देशमा उज्ज्यालो बत्ति बलेको देख्द छु / त्यो देश मा जाने मेरो धेरै इच्छा छ /
 
कता भनु कसलाई भनु कति रुनु मलाई
आँसु झर्यो आँखा भरि (आत्मा कुट्यो अब लाइ २)
रोई रहन्छु रोई रहन्छु (पारी देश हेरेर २ )
म चाहिं भने जंगल मा झोड़ी घेरेर
म चाहिं भने जंगल मा झोड़ी मा एक्लै पसेर
कता गए ती मेरा बाबु आमा कता छन् ?
छोडी आएन जन्त जाँदा (बाटै मेरो छोडियो २ )
पारी देशमा जानु छ (त्यता छन् कि बाबु आमा २ )
समाचार सुनी दिने चरा औन्दैन किन चरा आउँदैन
 
मैले यहाँ बसेर केही गुनासा हरु गरें / त्यस समय मा मलाई एउटा अब याद आयो यहाँ र मैले भने
 
जानु छ परमधाम भन्छन सब जप्नु छ कसको नाम?
अब लिने मैले छैन मेरै लिन्छु मेरै नाम ?
 
मैले यो घमण्ड गरें / आफ्नै नाम लिन्छु अब म / म एउटा खोजि मा हिंडेको हुँ/ परमधाम त यहाँ रहेन छ / अब चार दिन भै सक्यो मैले परमधाम भेटिन / अब रात पर्न लागि सकी सक्यो / संसारमा यसै गरि पृथ्वी घुम्ने हो / रात पर्छ, दिन आउँछ / मलाई यो झोडिमा अब रात पर्ने भो / मलाई यहाँ केही डर लाग्यो / पहिला डर लाग्दैन थियो / यहाँ नेर मलाई डर लाग्यो / मेरा बाबु आमा लाई समाचार पुराउने चरा पनि आएन / त्यो ढुंगा मा त आयो कि? फर्केर जाउँ कि त्यो ढुंगामा / तर त्यो ढुंगामा पुग्न पनि त एक दिन नै लाग्छ नि अब धेरै रात पर्न लागि सक्यो / रात परेर त मैले बाटो देख्दिन होला / त्यो ढुंगा मा त आएको थियो होला कि चरा? त्यो ढुंगामा अब मैले कसरी पुग्ने ? त्यहाँ फर्केर जाँदा त फेरी मेरो एक दिन को बाटो ढिलो हुन्छ / फेरी त्यही बाटो दोहराउन म सक्दिन / चरा पनि बिलाप मा पर्यो होला समाचार पुराउन पाईन भनेर / मलाई यहाँ पारी देशमा बत्ति बलेको देख्दा मलाई यो झोड़ी मा धेरै दुखको अनुभूति भयो अब / र मैले यो झोड़ी मा एउटा कविता लेखें जस्तो मैले पाएँ /
झोड़ी होइन किन गनगन गर्नु छ र मैले
कति बाटो लागि सकें त्यो पारी देश देखेर अहिले
त्यो पारी देश मा बत्ति बलि रहेछ झलललल कति उज्ज्यालो देश हो
त्यो देशको नाम के हो ए मलाई बाटै देउन यो झोदिको नाम के हो ?
यो झोडीले किन मलाई अलमल गराउंद छ ?
भित्र भित्रै कुहिरो जस्तो घुमी रहेको देख्द छु
म एक्लो छु म एक्लो छु म एक्लो छु मेरो बिन्ति सुनी तिमी को हौ ?
लौ हेर २ यत्ति बेला मेरो कास्तो अवस्था भयो?
अघिका ती बुढी आमा कहाँ गईन ?
यति बेला मलाई सहायता गर्न न आउने ती बुढी पनि कति निस्ठुरी त रहिछन
ती अग्हे भेटेका ठुल दाइ ले भन्थे यही बस तिमी बस्त्र फेर तिमी भर्जन गर आराम ले बस भन्दथे
म कति पनि मानिन र आउंदा आउँदै यो पारीको देशले मेरो आत्मामा कति को ठेस लगायो
सुनी दिने कोही छौ त ? २ लौ अब मलाई भनि देउ
यस जंगल झाडी मा कोही आत्मा खुलेका छौ भने सरासरी (मलाई यो बाटो खुलाई देउ त )२
ए मलाई यहाँ बाटो खुलाई देउ म सरासरि जान्द छु
म जान्छु मलाई किन बाटो अन्धकार मा यो झोड़ी मा बाटो हराई दियौ /
म एक्लो बालक र भने अघिको राक्षस ठूला जन्तुले पनि मलाई के भन्ला
उसले मलाई खान सकेन २ नाघी आउन्दा यो झोर जंगल बाटो देख्न सकिन
यो पारि देश कुन हो ? बत्ति झल्झल बलि रहेको
त्यो देश को नाउ मलाई बताई देउ त २ कोही जान्दछौ भने ल त
मेरा बिन्ति सुनी कन मलाई बाटो खुलाई देउ त
अवश्य म त्यो देशमा पुग्ने छु
त्यो देश मा पुगेर म (केही)४ संदिश हरु त्यहाँ छर्न सक्ने छु
यत्ति भन्न सके भने त्यहाँ पुग्दा त मेरो ज्ञान बढ्ने छ
खोई को बोल्न सक्छौ र ?2
च्यार्र चुर्र गर्ने चराहरु पनि तिम्रा आवाज के थुनी सकेका हुँ र ?
कसैले पनि केही बचन बोल्न नसकने घोर जंगल मा के को आहारा खोज्द छौ र /
लौ खोज्छौ भने मलाई नै खोज म पनि अन्धकार मा परि रहेको छु
आजै को यो मेरो वियोग साम मलाई साँझ भै सक्यो (के म यहाँ बस्नु पर्छ र)२?
मैले यस्तरी, मलाई भन्न आयो त्यो यहाँ / मैले यो भने, मेरो कोलाहल कसैले सुनें जस्तो अनुभव भो / र मैले भने, मेरो कोलाहल कसैले सुनेन जस्तो अनुभव भो / र मैले यो झोड़ी मा बाटो पहिलाउन नसकेर चित्कार गर्न थालें, रुन थाले म पनि /
आँसु बग्यो मेरो आँखा को भलभलीमा मूल फुटे छ
कसले गर्छ मायाँ? कसले गर्छ दया? कसको आत्मा खुल्लै छ?
पुकारा को बाटो सुनाऊ मैले कहाँ जानु पर्छ र ?
आपत्ति भो मलाई कसलाई मैले सहताता माग्नु पर्छ र ?
यसरी मलाई आपत्ति भो, अब अघिका प्राण पनि छैनन, त्यो भाई आए पनि गफ गर्नु त हुन्थ्यो / त्यो भाइ पनि छैनन / हे प्राण तिमी प्राण भन्थ्यौ तिम्रा नाम कहाँ गयौ? र कोही पनि छैनन् मलाई दया गर्ने यो अवस्था मा / तर मैले भने, "यो पारि को उज्ज्यालो देश मा पुग्न त पुग्छु तर रात परी सक्यो / मैले बास बस्नु पर्ने यही झोड़ी मा आयो/ र मैले अब राति म यही बस्द छु अब / किन मैले बाटो देखिन / मलाई आपत्ति ले घेर्यो / बाटो कहीं पनि छैन बन्द भो कही झोड़ी जंगली जंगल ले घेरिएर म एक्लै मा म एउटा भुमरी परेको ठाउँ मा म पारि रहेको छु / यस अवस्थामा मलाई बाबु आमा को याद आयो / अब पहिला छोडेर हिन्डूनजेल याद आएको थिएन / जहाँ आपत्ति हुन्छ, त्यहाँ याद आउँदो रहेछ / मलाई बाबु आमा सम्झेर एकछिन रुनु मन लाग्यो / र मैले रुयें /
बाबा ममी कहाँ मैले नाम मैले सोधिन 2
बाबा आमा के हो नाम मैले सोधिन
समाचार पठाउन लाई अन्यौल परियो मलाई अन्यौल मच्चियो
मेरा गुनको नाम के हो (मैले सुनिन ) २
मेरो नाम निसाना (मैले छोदिना ) २
दर्द भयो मलाई ३ सम्झी सम्झी बाबु आमा (कहाँ होलान नि)२ ?
यति बेला यसरी बाबु आमाको याद आयो र म रोएँ / मेरो बाबा ममीले पनि यति बेला सम्झंदै होलान / मेरो बालक कहाँ गयो भनेर वियोगमा परेका होलान / तर म यहाँ छु भनेर जान सक्ने स्थिति मा पनि छैन / र बाबु आमाले मलाई खोजेर भेट्ने स्थिति पनि भएको छैन / र म यसरी यहाँ एक छिन रोएँ / मैले घर छोडेर हिंडें देखिको रोएको थिएन / जुन जन्ती जाँदा रोएको थिएँ, त्यहाँ बाट रुख को फेद मा बस्दा रोएर त्यहाँ बाट थाकी सके पछी म रोएको थिईन / आज म यो झोड़ी मा रुनु परेको छ / अब रात पर्यो म यो झोड़ी मा बस्ने अठोट गरें / एउटा लहरा रहेछ त्यो लहरा को फेद मा म बस्न पुगें / त्यो लहराको पातहरु भने ठूल ठूलो रहेछन र त्यसको फेद मा एउटा डुबुल्की जस्तो देखें / र त्यो माटो को डुबुल्की मा म बसें अब / म यहाँ बाट लाग्न सक्दिन / सबै तिर पर्दा भो, मैले बाटो देखिन / त्यस कारण ले गर्दा खेरि म बाटो अगाडी लाग्ने सक्दिन , म यही बस्द छु / मलाई रात पर्यो म बस्द छु र म बसें , डुबुल्की मा बसी रहें/ त्यस बखत मा मलाई केही भोग लागेको अनुभव भयो अब/ अब मलाई भोग लाग्यो अब म के खानु / मैले हेरें, केही पनि देखिन / खानु पर्ने के हो? मैले चिन्दा पनि चिनिन / म ती लहरा लाई समातेर त्यसको पात लाइ हेरेर टोलाई रहें / यस बखत मा मलाई निद्रा लागेछ / त्यो पात हेर्दा हेर्दै म निदाई सकेको रहेछु / म निदाएको थाहा पाईन / म त्यहाँ आनन्द ले निदाई सकेको थकाईले होला, निदाएछु र म निद्दाई सकें / त्यस पछी मलाई फेरी याद आएछ, र म ब्युन्झें छु / संसार यस्तै हो एक छिन मा निदाउनु पर्ने, छिन मा ब्युन्झिनु पर्ने र मैले भने ल ठिक छ बाबा ! म उठें र मैले भने
लहरा तिमीले मलाई बास दियौ
तिमी डुबुल्की बाणी खुबै मलाई साथ दियौ
अब तिमी दुइ लाई के भन्नु छ र अरु
यस्तै गरि बिपत मा पर्ने हरुलाई साथ दिने शक्ति तिमीहरु बाटो छुट्टै दिनु मलाई बाटो लाग्दछु बटुवारे
मेरा कोही छैनन् यो संसार मा
आत्मा सिवाय कोही देख्दिन यहाँ
हे माटो डुबुल्की तिमीलाई सुबसना भरि रहोस
ए लहरा का पातहरु मलाई निद्रा दिने तिमीलाई सधैं सधैं सुबासना छरोस
यही मेरो कामना दिंदै छोड्न लागें म यो बास लाई
छोडी दिन्छु म अब तिमी दुईलाई कुनै अभाग मलाई नलागोस भनेर मैले त्यो डुबुल्की र पात लाई आसिश बचन दिएँ / म जाबो ५ बर्ष को ले यस्तो आशिस बचन दिने? मलाई कसैले दिएका होलान / र त्यति भनि सके पछी मैले चट्ट बाटो देखें त्यहाँ / चट्टा बाटो खुलेको रहेछ / त बाटो हिंडें म / ठिक्क म अटाउने मात्र बाटो छ फेरी / ठूलो पनि छैन , सानो पनि छैन त्यहाँ/ बराबरी मेरो बराबरी को बाटो / चट्ट बाटो मा म मात्रै अट्टाउँछु / ठक ठक म हिंडेर गएँ, मलाई जोस बढ्यो त्यहाँ बाट, म हिंडें / र बीच बाटो मा एउटा सुन्दरी फेरी आईन /
सुन्दरी:  "एहे बाबु कहाँ हिंडेको ?' ती सुन्दरी को बाटो छुट्टै रहेछ / मेरो बाटो छुट्टै छ / म म अट्ने मात्रै बाटो छ त्यो झोड़ी मा / सुन्दरी सुन्दरी अट्ने बाटो मात्र लिएर aaundo रहेछ / म हिंडेको हुँ /
देवचन्द्र: "सुन्दरी ! जंगल मा एक्लै किन यस्तो सुन्दरी मान्छे?"
सुन्दरी: "ए बाबु सुन्दरी तिमीले देख्यौ ? तिम्रा आँखाहरु त निक्कै ज्ञानका आँखा हरु रहेछन नि / मलाई त सितिमिति कसैले देख्दैनन यहाँ / सुन्दरी कसैले भन्दैनन् / तिमीले कसरी सुन्दरी भन्यौ /"
देवचन्द्र: "मैले सुन्दरी देखें, केही गल्ति त भएन होला होइन कि गल्ति भयो भने माफ गर्नु होला / सुन्दरी देखेर नै सुन्दरी भनेको हुँ मैले / "
सुन्दरी: "सहि भन्यौ / तिमीलाई गल्ति छैन / तिमी अब रात भरि यो बाटो हिंडेर आयौ /"
देवचन्द्र: "होइन् म यो पर तिर एउटा झोडिमा परें / धेरै कथा व्यथा हरु भए मेरो / म धेरै रोएँ त्यहाँ / म आपत्ति मा परें / यस्ता मलाई शैली हरु आए / ती शैली हरु मैले भने सुनी दिने पनि कोही भएनन् / एउटा डुबुल्की रहेछ / डुबुल्की म बसें रात भरि, एउटा पात रहेछ, एउटा लहरा को पात त्यो पात हेरेर मलाई निद्रा भयो / म त्यहाँ साँझ बिताएँ /

No comments:

Post a Comment