२००२ मेई ०८ – श्री राज्जी श्याम श्यामाजीले श्री शरद चन्द्र चार दिनको आत्मिय बालकलाई बोल्न सिकाउँनु हुँदै मितिः २००२ मेई ०८ समयः साँझ १९ः०० बजे
स्थानः एउटा कोठा , कोठेश्वर, काठमाडौं
दर्शक श्रोताः श्री शकुन्तला सुनुवार रुपाचा (पक्षघातले सताईएकी बिरामी), यामदास, रामकृष्ण, कनकबाई, सुयोग, संझना, पसन्द, प्रकृती, रीनावती बाई,
प्र्रवचनः श्री राज्जी श्याम श्यामाजी ले आफ्नो छोरी लाई बोल्न सिकाउँदै
उनै श्री राज्जी महाराज महारानी ज्यूको निगाहले गर्दा सकेसम्म भिडियो क्यासेटमा कैद गरिएको अमृतमय बचनलाई जस्ताका तस्तै उतार्ने प्रयास गरेको छु । जानकारीको लागि भिडियो दस्तावेज कैदीबाबुसंग सुरक्षित छ ।
http://www.youtube.com/
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा) वाहाँ आँहा, वाहाँ आँहा , वाहाँ आँहा, वाहाँ आँहा
(भर्खर जन्मिएको आत्मिक बालिका रुँदै)
श्री राज्जी श्याम: “श्यामाजी, नानी रुँदैछ दुध खुवाउन , श्यामाजी ।”
बिरामीको अवस्था देखि चिन्तित घर परीवारका सदस्यहरु : दुध, दुध, दुध लेउ छिटो (संसारको दुध खुवाउने का लागि खोज, कोही आरती गरेर स्वागत गर्दै)
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा) एहे एहे एहे वाहाँ आँहा वाहाँ आँहा, वाहाँ आँहा , वाहाँ आँहा, वाहाँ (नानी रुने क्रम जारी । )
आमाको दुध (श्री श्यामाजीको) आत्मिक स्तन पान गर्दै (च्वप , च्वप, च्वप, च्वप, च्वप)
एहे, एई, तु तु ता (पक्षघातले पिडित बिरामीलाई मेई ५ को प्रवचनमा दिईएको निर्देशन मुताबिक पाटको रातो लुगाले बेह्रिएको हो )
यता उती शारीरिक हलचल गरेर भर्खरको बालकले चलमल गरे जस्तो गर्दै
एह, एई , आहई, आम ताक आतुम आऽऽऽत तुऽऽ ता ताक तम
चि चि चि चि
चि चि चि चि आ आ आ आ आहा आहा
तातु , आयई (बुररप बुररप बुररप मुखको आवाज)
आ ता त तु तुई तु तुई हादु अँहँहह
नानीलाई सिधा पारेर राख (आत्मिक बच्चा चलमल गर्दा शारीरिक कठिनाई भएकोले अह्राउँदै)
नानीको हात अगाडि
अई अई
श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “सिरी, नानी सिरी ।”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “आ चु चि चि चिई”
श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “सिरी”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “आई च चिई सि सि”
श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “सिरी”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “सि, सि, चिरी, श्री” (केही श्री भन्ने प्रयास गरिएको भिडियोको टुक्रा काटिएको छ)
श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “स्याबास नानीले श्री भन्यो । मेरो नानीले श्री भन्यो । २ एई राज्जी , राज्जी, नानीले श्री भन्यो , मेरो नानीले श्री भन्यो ।”
श्री राज्जी श्याम: “हँ ? पक्का हो ? खै म सुनुँ त !”
श्री राज्जी श्यामाजी : (श्री भन्न सिकाउनु हुँदै) “श्री भनेको छ नानीले । नानी सिरी ।”
श्री राज्जी श्याम: “बाबा सुन्ने, नानीको बाबाले सुन्ने । श्री नानीको बाबाले सुन्ने ।”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “सि , चि सिरी (श्री)”
श्री राज्जी श्याम: “अहो, कस्तो राम्ररी भन्यो मेरो छोरीले श्री बाफ्रे ! हगि श्यामाजी । नानीले श्री भनेको । यो नानी ज्ञानी छ ।”
श्री राज्जी श्यामाजी : “हो आज बल्ल श्री भन्यो । झगडा गर्छ, सुत्नु मान्दैन , के गर्ने होला ।”
श्री राज्जी श्याम: “फकाएर सुताई देउ न त श्यामाजी । नानी खुट्टा चलाउँदै छ क्या, थाक्छ सुत्छ ।”
श्री राज्जी श्यामाजी : “मान्दैन , तपाई भन्नु हुन्छ । नानी सुत्नु मान्दैन ।”
नानीलाई गर्मी भो, हल्लाई देउ पङ्खा । पङ्खा हल्लाई देउ , नानीलाई गर्मी भो । पङ्खा हल्लाई देउन, सखिहरु कहाँ गए हँ ?
सखिहरु : “श्यामाजी हामी लगेर सुताउँछौं नानीलाई ।”
श्री राज्जी श्यामाजी : “होईन, होईन बल्ल यसले श्री भनेको छ । यसलाई श्री राज श्याम भन्न लगाउनु पर्छ क्या । तिमीहरुले चउर डोलाउ नानीलाई, अनि बसि रहन्छ । अनि हामीले भनेको सुनेर भन्छ । न लैजाउ आज , न लैजाउ है ल चार दिनको नानीलाई
लानु हुँदैन ।”
सखिहरु : “ल ल ल उसो भए ।”
श्री राज्जी श्यामाजी : (राज भन्न सिकाउनु हुँदै) : “राज, नानी, नानी , राज ।”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “ला ला लाज् लाज ।”
श्री राज्जी श्यामाजी : “श्याबास । मेरो नानीले राज भन्यो । सुन्यौ ? सुन्नु भयो कि भएन ? नानीले राज भनेको छ ।”
श्री राज्जी श्याम: “हो र ? हो के त हौ ?”
श्री राज्जी श्यामाजी : “हो, फेरी सुन्नुहोस है त । नानी , राज ।”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “ला ला राज ।”
श्री राज्जी श्यामाजी : “ल सुन्नु भो राज भनेको ?”
श्री राज्जी श्याम: “सुने अहो ! बोल्ने भो हौ छोरी त । ओहो ! श्याबास नानीले श्री राज दुईटा शव्द बोली सक्यो ।”
श्री राज्जी श्यामाजी : (श्यामजी भन्न सिकाउनु हुँदै) “श्यामजी । श्री राज श्यामजी । श्यामजी ।”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): “च्या , श्या , च्याम , च्यामज, च्यामज जी ।”
श्री राज्जी श्यामाजी : “श्याबास, श्यामजी भन्यो । सखिहरुले सुन्यौ ? नानीले श्यामजी भनेको ? ताली देउ न त खुशियालीमा ।”
(अचानाक बिजुली बत्ति बन्द हुन्छ, परीवार माझ खैला बैला चल्छ, तर )
“सखिहरु नानीलाई तिमीहरुले हम्केको छैन क्यारे हँ ? पङ्खा हम्कि देउ नानीलाई । नानी गर्मी भएर रुन्छ अहिले । फकाउन सकिन्दैन ।”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): आऽऽऽ ता ता ता ता ता ता ता चिरी, लाज, च्यामाजी
श्री राज्जी श्यामाजी : “नानीले श्री राज श्यामजी भनेको छ नि ! श्यामजी ।”
श्री राज्जी श्याम: “सुन्दै छु, सखिहरुले उसलाई चउर डोलाउँदै छन् । त्यहाँ भन्दैछे, सुन्दै छु । अव खेलेको बेला बोलाउनु हुन्न नानीलाई । हुन्न । श्री राज श्यामजी भनि सक्यो । अब बोल्छ , नानी बोल्छ । नानी बोल्छ । खुट्टा चलाई राखेको छ नानीले ।” (आज सम्म पक्षघातले सताएकोले शरीरको कुनै पनि अङ्ग नचलेको ब्यहोरा जानकारी गराउँदछु )
“हात तानेर हिंड्न पनि सिकाउनु पर्छ नि श्यामाजी ।”
श्री राज्जी श्यामाजी : “हत्त तपाई पनि के को हतार । अब खुट्टा हल्लाउँदै छ त , नानी आफै उठेर हिंड्छ नि । किन हतार ? हतार गर्नु हुदैन ।”
नानी ! आ
नानी सुत्यो । सुत्यो है नानी सुत्यो ।
“हिंडोलामा हालि देउ न त नानीलाई । त्यो पनि भन्नु पर्छ कि ?” ठ्वाक्क ठ्वाक्क ठ्वाक्क (जिभ्रो पड्काउँदै) हे हे हे नानी ।
सखिहरु : “श्यामाजीको नानी । छोरी हो, छोरी छोरी । यो छोरी लक्षण को छ नि हगि सखि । हो त नि कति गजब को नानी हगि । श्यामाजीले कति राम्री छोरी पाउनु भएको ।”
“श्याम श्यामाजी खुशी हुनु होला हगि ? हो त नि ! अब यो छोरीले के गर्छ होला हगि सखि ?”
“छोरीले ? छोरी भनेको लक्ष्मी हो । चमत्कार गर्दो होला नि छोरीले । श्याम श्यामाजीको छोरी त भयो । अब सब भन्दा ठूलो भगवानको छोरीले चमत्कार त गर्छन नि ।”
“चमत्कार ? कस्तो गर्छ होला हगि चमत्कार नानीले ? संसारमा जान्छ होला कि यही बस्छ होला ?”
“खै त्यो त श्यामाजीले भन्नुभएको छैन । राज श्यामालाई सोधु नै है त ल ।”
श्री राज्जी श्यामाजी : “राज्जी , राज्जी , हाम्रो नानीले चमत्कार गर्ने हो रे ? सखिहरु त त्यस्ता गफ गर्छन मैले सुनेको ।”
श्री राज्जी श्याम: “गर्छ नि त , पक्का साईतमा जन्मेको छोरी छ । अब छोरी चमत्कार गर्नलाई त जन्माएको छोरी हो । लाटी, श्यामाजी पनि लाटी छ । त्यो पनि मैले भन्नु पर्छ श्यामाजीलाई ।”
श्री राज्जी श्यामाजी : “नजानेको कुरा सोध्नु परेन त ।”
श्री राज्जी श्याम: “ठीक गर्यौ, ठीक गर्यौ । हो, हो भन्नु पर्यो तिमीलाई , हो । कुराको खानी , महारानी ।”
श्री राज्जी श्यामाजी : “बल्ल खुट्टा चलाएको छ के को हतार । लड्छ के लड्छ ।”
श्री राज्जी श्याम: “ल, लड्छ भनेर राखि राख । राखि राख । बोल्नै नहुने बाह ! केटीहरुको अगाडि बोल्नै नहुने”
श्री राज्जी श्यामाजी : “नानी ! नानी ! नानी !”
नानी (पक्षघातले सताईएकी बिरामीको आत्मा): ई हि ही हा हा हा र्ईर्य , ओई । ट्वाक्क, ट्वाक्क, ट्वाक्क (जिभ्रो पड्काउँदै)
श्री राज्जी श्यामाजी : “नानी ताता गर्ने । सखिहरु हिंड्ने सिकाई देउ ल । हिंड्न सिकाई देउ है नानीलाई ।”
सखिहरु : “ता ता गर्ने नानी, ताता गर्ने । ता ता वन, टु, थ्रि, पो गर्ने । धत्तेरीका, नानीलाई त वन , टु पो भनेको संसारमा पो वन, टु, थ्रि, फोर, फाइव, सिक्स भन्छन । यहाँ त त्यो छैन । यहाँको त्यो होईन । श्यामाजीले सुन्नु भयो भने गाली गर्नु हुन्छ । साँच्ची त हगि परमधाममा पनि कहाँ वन , टु भन्छन ?”
(यहाँ भिडियोको टुक्रा काटिएको छ)
श्री राज्जी श्यामाजी :
गजारो गजारो हाउ गजारो । २
यही हो धामधनी नाम पुकारो । २
हो नानी लाई यो भजन सिकाई देउ न गजारो गजारो हाउ गजारो । २
यही हो धामधनी पान पाती । २
यो उक्त बेलुकीको एक टुक्रा श्री राज्जी श्यामाजी महारानीले नानी (पक्षघातले सताईएकी बिरामी शकुन्तला सुनुवार रुपाचाको आत्मा) लाई श्री राज श्यामजी भन्न सिकाउँदै गर्नु हुदाको एकक्षणको बार्तालापको अक्षररुपी प्रस्तुत सम्पूर्ण दीव्य आत्माहरु समक्ष पुर्याउने दुष्प्रयास गरेको छु । यहाँहरुलाई यो निबेदन छ कि परीवारका सम्पूर्ण सदस्यहरुलाई बिरामीको यस्तो अवस्था देखि धेरै चिन्ता लागि रहेको अवस्था छ । तरै पनि बिरामीको मुखारबिन्द बाट निस्किएको निर्देशनलाई कर्तव्य पालना गर्नु सिवाय केही ठानिएको थिएन । पहिलो प्रवचनमा बिरामी निको हुन्छ भनेको कुरा सत्य साबित भयो, एक बर्ष भित्रमा शकुन्तला सुनुवार आफै हिंडडुल गर्न सक्ने हुनु भयो । २००२ देखि २०१२ हालसम्म दश बर्षको अवधि पुग्दै गर्दा श्री राज्जी श्यामाजीले हामी आएर बोल्ने छौं, यसले केही पढ्नु, गुन्नु पर्दैन भन्ने कुराको साबित हरेक हप्ताको तीन दिन शनिबार – श्री हरीशरण माँ आसन, आईतबार – श्री राज्जी श्यामाजी महारानी आसन तथा सोमबार श्री राज्जी श्याम महाराज ज्यूको आसन हुँदै आएको जानकारी गराउँदछु ।
१६ तला परमधाम गोप्य रहेको र २८ सौं कलियुगमा भगवानहरु आउनु भई जागनी गराउने तथा गोप्य रहेको बचन , परमधामको बर्णन खुलाशा गर्नु पर्ने भएकोले श्रीमति शकुन्तला सुनुवारको आत्मामा पक्षघातले शिथिल बनाएर महिनौ अस्पतालमा बस्नु पर्ने अवस्था, अनेकौं दुष्टआत्माहरुले धडपकड गराएर, शुद्घ बनाई उहाँको आत्मालाई श्री शरदचन्द्र को अलौकिक जन्म गराई उहाँ हरु प्रबेश गर्नु भै बचन खोल्नु भएको तथा दशौं बर्ष क्यामेरामा बन्द रहेको अमृतमय बाणीलाई सुन्दरसाथ , दीव्य आत्माहरु सम्म पुराउने सुवर्ण अवसर प्रदान गरी दिनु भएकोमा उनै सतचिद आनन्द अखण्ड दिव्य धामको उननति चौकमा दक्षिण मुहाडा फर्केर बिराजमान आत्माहरुका धनी श्री राज्जी महाराजमा आत्मादान, दर्शण संसार बाटै टत्र्mयाउँन चाहन्छु, म कैदी बाबु । दस्ताबेज भिडियो क्लिपहरु जति बेला मलाई उनै राज्जी महाराज ज्यू ले सुअवसर दिनु भयो, रेकर्ड गरेर सुरक्षित राखेको छु । उहाँहरुबाट जोश तथा सुअवसर प्रदान गरी रहनु भयो भने बिज्ञ बर्ग, सुन्दरसाथ, दिव्य आत्माहरु समक्ष सेवामा प्रस्तुत गर्ने नै छु ।
१६ तला परमधाम दर्शन ÷ बर्णनको बेभ साईड बनाउँने योजनामा छु र धामधनी ज्यू बाट निगाह बक्स भयो भने यहाँहरुको सेवामा टकरयाउँने नै छु । जय श्री राज्जी श्यामश्यामाजी, जय श्री देवचन्द्र महाराज, जय श्री प्राणनाथ प्रभु, जय श्री शारदा नानी, जय श्री शरदचन्द्र, जय श्री सातौं आत्मा ।
http://www.pranami.org/index.php?option=com_content&view=article&id=49&Itemid=71
Meher Sagar
jAko leta hai meher meiN, tAye pehele mehere banAve vajud |
guN aNg indree meher kee, ruh mehere phukat mAheN bund ||14
Whom the Lord wants to embrace in His grace first, He makes his body fit for it and also the qualities and he makes him His favourite and afterwards He lets the drop of grace enter into his soul along with the qualities, body and senses.[14]
guN aNg indree meher kee, ruh mehere phukat mAheN bund ||14
Whom the Lord wants to embrace in His grace first, He makes his body fit for it and also the qualities and he makes him His favourite and afterwards He lets the drop of grace enter into his soul along with the qualities, body and senses.[14]